युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 01:04am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
मेलम्ची जालझेलमा पर्दै
Tuesday, 11.04.2014, 08:28am
राजधानीबासीका लागि पर्याप्त पानी उपलब्ध हुने भनिएको राष्ट्रिय गौरबको चिनारी दिइएको महत्वकांक्षी आयोजना मेलम्चीको पानी पछिल्लोपटक निर्धारण गरिएको समयमा नआउने भएको छ । चिनीया कम्पनीले ढिलाई गरेर ठेक्का सम्झौता रद्द भए जस्तै सोही काम गर्न आएको इटालियन कम्पनीले पनि तोकिएको समयमा सुरुङ मार्ग बनाउन नसकिने भन्दै समय थप्न आग्रह गरे
अब कसरी संविधान ?
Tuesday, 10.21.2014, 10:38am
संविधान लेखन कार्यतालिका अनुसार काम भएको भए यतिबेला मुलुकको नयाँ संविधानको मस्यौदा जनताको हातहातमा हुने थियो र उनीहरूले राय सुझाव दिइरहेका हुने थिए । तर पहिलो संविधानसभाले जस्तो नियति भोग्यो दोस्रो संविधानसभाले पनि त्यस्तै नियति भोगिरहेको छ । सहमति सहमति भन्दाभन्दै कार्यतालिका सार्दै जाने र मुलुकलाई अनिर्णयको बन्दी बनाउने खेल मात्र चलिरहेको छ । 

कति असुरक्षित छ सडक यातायात ?
Wednesday, 10.15.2014, 01:37pm
देशभर सडक संजाल पुगेको र जनताको जीवन सहज भएको दावी सरकारी निकायले गरिरहे पनि चाडबाडका बेला यात्रुको चाप हुँदा नेपालको सडक यातायात दुर्दास्त अवस्थामा पुग्छ । यातायात क्षेत्रमा निजी क्षेत्रको एकछत्र राज रहेकाले उनीहरूको हालिमुहाली चल्छ र यसै बेलामा उनीहरूले मनग्गे कमाउने योजना समेत बनाउँछन् । जसरी पनि पैसा कमाउने ध्याउन्नका कारण यात्रुको चाप हुने बेलामा सडक दुर्घटना बढी हुने गरेको छ ।

संविधान निर्माणमा संचारको भूमिका
Tuesday, 09.30.2014, 11:18am
२०४६ साल अघिसम्म नेपालमा उद्देश्यमूलक पत्रकारिता चलेको थियो । त्यो उद्देश्य र अभियान भनेको मुलुकमा प्रजातन्त्र स्थापना गर्नु थियो । अहिले मुलुकको राजनीतिक व्यवस्थाले ठूलो फड्को मारेको छ । पञ्चायतको समाप्तिको लागि भएको आन्दोलनको अढाई दशककै अवधिमा मुलुक गणतन्त्रमा प्रवेश गर्याे तर गणतन्त्रले अहिलेसम्म संस्थागत हुन पाएको छैन । अर्थात् गणतन्त्र नेपालको संविधान बनिसकेको छैन । 

देश टुक्र्याउनेलाई जन्माउने को ?
Tuesday, 09.23.2014, 06:07am
नेपालको अन्तरिम संविधान २०६३ ले प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता र संघ संस्था खोल्ने स्वतन्त्रता दिए पनि नेपालको सार्वभौमसत्ता, अखण्डता र विभिन्न जातजाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने वा दुरुत्साहन दिने कार्यमा रोक लगाएको छ । तर, जनआन्दोलन २०६२।०६३ पछि नेपालमा निषेध गरिएका तिनै कुराहरू बढी भएका छन् ।
केही विजुलीको लोभमा भोकमरी नफैलियोस्
Tuesday, 09.09.2014, 05:36pm
काठमाडौं । आयोजनाले पार्ने असरमाथि विचार नपुर्याउने हो भने माथिल्लो कर्णालीबाट साढे तीन घन्टा मात्रै विद्युत उत्पादन गर्ने गरी आयोजना निर्माण गर्दा कैलाली र बर्दियाका ७७ लाख हेक्टर जमिनको सिंचाई प्रभावित हुन्छ । सिंचाई विभागले ती दुई जिल्लाको रानी–जमरा–कुलरिया, राजपुर र सूर्यपटवा तथा अन्य सिंचाइ आयोजना प्रभावित हुने प्रक्षेपण गरेको छ । 
संविधानको मर्म व्यक्ति पोस्ने मेसो हैन
Tuesday, 09.02.2014, 08:52pm
संविधान जारी गर्ने समय आउन लागिसक्यो तर संविधानसभा अपूर्ण छ । सरकारले मनोनित गर्नुपर्ने २६ सभासदमध्ये शुक्रबार १७ जनाको मनोनयन गर्याे तर त्यसले दलहरूभित्र अर्को रडाको मच्चिएको छ । नेताहरूले एकलौटी ढंगले आफ्ना मान्छे नियुक्त गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ । अब बाँकी ९ जना सभासदको मनोनयन एकीकृत नेकाप माओवादी र मधेशवादी र साना दलहरूको कोटाबाट हुनेछ । 
गाई हिन्दुको मात्र हैन राष्ट्रिय जनावर हो
Thursday, 08.28.2014, 01:08pm
नेपालको अन्तरिम संविधान २०६३ अनुसार राष्ट्रिय जनावर गाई हो र राष्ट्रिय जनावरको बध गर्नु अपराध हो । जनआन्दोलन २०६२।०६३ को सफलतापश्चात गौबधको शृङ्खलाा बढ्दै गयो । विशेषतः नेपाललाई धर्म निरपेक्ष राष्ट्रको घोषणा गरिएपछि यो क्रम बढे पनि अन्तरिम संविधानले गाईलाई राष्ट्रिय जनाबर मानेपछि यसमा केही कमी आए पनि यस्ता घटना निमिट्यान्न भने भएका छैनन् । गाई मार्नेहरूले यसलाई आफ्नो अधिकार भन्ने गरे पनि संविधानले निषेध गरेको कुरा गर्नु गैरकानुनी हो । राष्ट्रिय जनावर गाई काटेर खान पाउनुपर्छ भन्नु संविधान विपरीतको काम हो । 
विदेशीले स्वतन्त्र भनिदिंदा हामी मख्ख
Wednesday, 08.20.2014, 01:36pm
सीमा अतिक्रमण, नेपालबाट हुने वस्तु निकासीमा सम्झौता विपरीतको अबरोध, सिमावर्ती क्षेत्रमा बाँधिएका बाँध, असमान जल सम्झौताका साथै राजनीतिक हस्तक्षेपको चर्को मार नेपालले भोगिरहेको छ । भारतसंगको रहेको परम्परागत सम्बन्धमा भारतको व्यवहारकै कारण नेपाली जनमानसमा भारतप्रति नकारात्मक दृष्टिकोण विकसित भैरहेको छ । 
“संविधान बनाउन ऋषिमन चाहिन्छ”
Wednesday, 08.13.2014, 11:23am
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शस्त्र छाडेर शास्त्रको बाटोमा हिंड्नु ठूलो काम हो भन्दै नेपालले संविधान बनाउँदै गरेको र त्यस्तो संविधान बनाउन अग्रसर भएकाहरुमा ऋषिमन हुनुपर्ने सुझाव दिए । शास्त्र र शस्त्रको भेद जानेका मोदीले संविधान कसैको लहड वा आकांक्षा तृप्त गर्ने ठेली नभएर मुलुक चलाउने शास्त्र नै भएको जिकिर गर्दै आगामी पुस्तालाई समेत काम लाग्ने संविधान दिन सुझाव दिए । उनले संविधानलाई शास्त्रको रुपमा चित्रित गरे । 
विकास गर्न मगन्ते हैन उद्यमी बन्नुपर्छ
Monday, 08.04.2014, 06:52pm
नेपाल अथाह प्राकृतिक स्रोत साधन भएर पनि गरीब छ । भएको स्रोत साधनको समुचित उपयोग नभएपछि जो कोही गरीब हुन्छ नै । यहाँको स्रोत साधनको सदुपयोग हुन नसक्दा आर्थिक उत्पादकत्व बढ्न सकेको छैन । वार्षिक रुपमा छाकटार्ने चिन्ता नै अहिले आम नेपालीको अहम् सवाल बनेको छ । नेपालका दुई छिमेकी चीन र भारत तीब्र आर्थिक विकासमा लागिरहेका भए पनि नेपाल भने आर्थिक रुपमा कमजोर–कमजोर मात्रै बन्दै गएको छ ।
नेपाली–नेपालीको भावना जोड्ने भानुभक्त
Tuesday, 07.22.2014, 09:52am
पृथ्वीनारायण शाहले गरेको नेपालको भौगोलिक एकतामा भाषिक एकताको जलप लगाउने आदिकवि भानुभक्त आचार्य हुन् । तत्कालीन समाजलाई आधार मानेर उनले संस्कृत रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनजनको जिभ्रोमा पुर्याएपछि नेपाली भाषा–साहित्यले गति लिन थालेको हो । त्यसैले नेपाली भाषालाई जनजनमा फिजाउन र सबैको साझा भाषा बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका भानुभक्त आचार्यलाई नेपालको भाषिक एकीकरणकर्ता मानिन्छ । 

बढ्दो आपराधिक प्रवृत्ति र राजनीति
Wednesday, 07.09.2014, 12:35pm
केही समयअघि प्रकाशित एउटा अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनको प्रभाव मानवीय स्वाभावमा पनि पर्ने र यसले मानिसलाई बढी हिंसात्मक बनाउने उल्लेख गरिएको छ । जलवायु परिवर्तनका कारण पर्ने तमाम क्षेत्रमध्ये मानवमा विकसित हिंसात्मक प्रवृत्तिको बढोत्तरीले मानव समाज हिंसाको दावानलमा परेको छ । कुनै एक घटना साम्य भयो भने त्यसको सहायक उपजका रुपमा त्यस्तो गतिविधि गर्नेहरू अनगिन्ती जन्मेका हुन्छन् । 
नेतृत्वको हानथापले नीति ओझेलमा ?
Wednesday, 07.02.2014, 11:55am
नेकपा एमालेभित्र आधा दशकयताको गुटबन्दीको स्वरुप बदलिएको छ । गुटबन्दीले एमालेलाई जति घाटा पुर्याए पनि नेताहरूको चेत खुलेको छैन । कहिले कुन त कहिले कुन गुट हावी भैरहँदा यसपटक सिर्जना भएको दुई गुट समान शक्ति देखाइरहेका छन् । एक पक्षले अर्को पक्षको पराजय निश्चित भएको दावी गरिरहे पनि असारको तेस्रो सातामा त त्यसको टुंगो लाग्ने नै छ । के त्यसपछि एमालेको गुटबन्दी सकिएला ? 
व्यक्ति वा दल केन्द्रित सहमति अर्थहीन
Friday, 06.27.2014, 09:06am
मुलुक सहमति र सहकार्यबाट अघि बढ्ने भनिए पनि त्यो सहमति केवल कागजमै सीमित छ । अबको ७ महिनामा मुलुकले नयाँ संविधान पाउनुपर्छ । संविधानसभा कार्यसूचीले यसै भन्छ । तर संविधानका गम्भीर विषयहरूमा संविधानसभामा सहमति भैरहे पनि संविधानसभामा प्रतिनिधित्व गरेका दलहरूबीच सहमति जुटाउने प्रयास भएको छैन । 
हिरो हुने कि जीरो ?
Monday, 06.16.2014, 08:16pm
पाएको अवसरको सदुपयोग गरी आफूलाई सार्वजनिक रुपमा उत्कृष्ट बनाउने अभिलाषा राख्नु मानवीय स्वाभाव भए पनि नेपालको राजनीतिको सन्दर्भमा भने पाएको अवसरले आफूलाई मात्र पोस्ने र सार्वजनिक रुपमा बदनाम हुने चरित्र भएकाहरू प्रशस्तै छन् । यसै भएर यहाँ सानोतिनो काम गर्ने पनि जनताको नजरमा उत्कृष्ट ठहरिएका छन् । 
औंलो ठड्याउन मात्र सजिलो हुन्छ
Monday, 06.09.2014, 08:30pm
अरुलाई औंलो ठड्याउन जति सजिलो छ त्यसको पालना आफूले गर्ने बेलामा भने विगतमा उठेको ओंलो बिर्सने गर्दछन् नेपालका नेता तथा मन्त्रीहरूले । हिजो आफूले विरोध गरेको विषय आजा आफूले लागू गर्दा कत्ति पनि सरम नमान्ने प्रवृत्तिको बढोत्तरी छ । यो विषय हो रकमान्तरको र मुलुकको अर्थ राजनीतिमा यतिबेला रकमान्तरको ठूलो चर्चा छ । यसले एक सातासम्म संसद अबरुद्ध भयो । 
गणतन्त्रको खुट्टा किन गलेको ? - यादब देवकोटा
Monday, 06.02.2014, 03:20pm
संसारमै अत्यन्त दुर्लभ किसिमको परिवर्तन नेपालमा भएको हो । शान्तिपूर्ण आन्दोलनबाट संविधानसभाले घोषणा गरेपछि राजाले पत्रकार सम्मेलन गरेर राजगद्दी त्यागेको अनुपम सन्दर्भ अहिले पनि झल्झली सम्झना हुन्छ । तर गणतन्त्रले बामे सर्न समेत सकेन । यसको एउटै कारण भनेको गणतान्त्रिक संविधान बन्न नसक्नु हो र त्यसका लागि राजनीतिको ठेकेदारी चलाउने प्रमुख दलका शीर्ष नेताहरू प्रमुख जिम्मेवार छन् । 
शपथग्रहण कूटनीति : भारतको छवि सुध्रेला - यादब देवकोटा
Monday, 05.26.2014, 07:39pm
विश्वको दोस्रो ठूलो आर्थिक शक्ति चीनसंगको सम्बन्ध मोदीको प्रमुख प्राथमिकता हो । मुख्यमन्त्री छँदै चीन भ्रमण गरेर अपार सम्मान पाउनुभएका मोदीले चीनको विकास मोडल गुजरातमा अपनाउनुभएको बताइन्छ । मोदीकै पालामा चिनीया लगानी गुजरातमा भित्रियो । १९६२ को युद्धदेखि नै सीमा विवादमा रुल्मुलिएका तर व्यापारिक सम्बन्ध बढ्दै गएको अवस्थामा राजनीतिक सम्बन्ध पनि सुधार हुनसके यसले एसियामा नयाँ गठबन्धनको निर्माण गर्ने र पश्चिमी जगतको प्रभावबाट मुक्त हुने आँकलन पनि गर्न थालिएको छ ।

शैक्षिक दूरावस्थाको कारण - यादब देवकोटा
Monday, 05.19.2014, 06:42pm
सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानी खन्याए सरह भैरहेको छ । शिक्षाको लगानी विद्यालयदेखि विश्वविद्यायसम्मका शिक्षक, प्राध्यापक र कर्मचारीलाई तलब खुवाउने मेसो मात्र बनिरहेको छ । यी शिक्षण संस्थाको उपलब्धि भनेको राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने, राजनीतिको अखाडा बनाउने हो कि भन्ने आम बुझाई छ । ती निकायका गतिविधि पनि त्यस्तै छन् । 
  » भ्रष्टाचारमा संस्थागत संलग्नता - यादब देवकोटा
  » राष्ट्रिय महत्वका आयोजनाहरूको कामभन्दा गफ नै बढी
  » नारा र व्यवहारको बेमेल - यादब देवकोटा
  » धनी कतार : गरीबलाई कहर - यादब देवकोटा
  » खै कहाँ छ परिवर्तन ? - यादब देवकोटा
  » पुरानैबाट नयाँ सोचको अपेक्षा कति ? - यादब देवकोटा
  » राज्य पुनःसंरचना लहडमा हैन - यादब देवकोटा
  » धनी र गरीबको समावेशी मन्त्रिमण्डल - यादब देवकोटा
  » मेटिएको छैन शंकाको रेखा - यादब देवकोटा
  » दिवस–महोत्सव र उत्सवको उपलब्धि ? - यादब देवकोटा
  » यसपटक पनि ‘ककस’को सकस - यादब देवकोटा
  » संघर्ष र बलिदानीको स्मरण गरौं - यादब देवकोटा
  » खै कसरी पत्याउने अब ? - यादब देवकोटा
  » वैदेशिक रोजगारी र मनोरोग- यादब देवकोटा
  » सन्दर्भ शहीद दिवस : सम्मानमा चुकेकै हो - यादब देवकोटा
  » व्यवस्थापिकाको भूमिका र जनअपेक्षा -यादब देवकोटा
  » विषयान्तरले जकडिएको राजनीति - यादब देवकोटा
  » यसकारण मनाउने पृथ्वी जयन्ती - यादब देवकोटा
  » नेपाल सिध्याउने खतरनाक खेल ? - यादब देवकोटा
  » बीउ संरक्षण : सृष्टिको संरक्षण - वेदराज पन्त



 
::| Latest News

 
[Page Top]