युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 09.23.2018, 09:40am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
दृष्‍टिकोण
 
विकृतिको जड नै शक्तिशाली
Monday, 03.04.2013, 04:28pm
नेपालमा राजनीतिक दुष्चक्रले सबैभन्दा बढी गाँजेको छ शैक्षिक क्षेत्रलाई । शैक्षिक क्षेत्रमा भएको राजनीतिकरणले मुलुकको शिक्षा पद्धति नै असफल सिद्ध हुन पुगेको छ । नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो बन्द लागेकोमा शिक्षाविद्हरूले जति चिन्ता व्यक्त गरे पनि त्यसमा सुधार छैन । राजनीतिक दलहरूले शिक्षा क्षेत्रमा हस्तक्षेप बढाएर आफ्नो शक्ति आर्जनको मोह देखाएका कारण अनेक किसिमका विकृतिहरू भित्रिन पुगेका छन् ।
प्रजातन्त्र दिवस : सन्दर्भभित्रका कुरा
Wednesday, 02.27.2013, 05:04am
मुलुकले अघिल्लो हप्ता ६३ औं प्रजातन्त्र दिवस मनायो । प्रजातन्त्रका मेरुदण्ड मानिने राजनीतिक दलहरू भने गैरप्रजातान्त्रिक काम गर्न उद्यत भए । प्रजातन्त्रको फलाको हालेर प्रजाको हुर्मत लिने काम नेताहरूबाट विगत केही वर्षयतादेखि निरन्तर हुँदैआएको छ । औपचारिकता निर्वाहका लागि प्रजातन्त्र दिवस मनाउने क्रममा फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस सदाझैं औपचारिक कार्यक्रम आयोजना गरी देशभर नै मनाइयो । प्रजातन्त्रको बखान गर्न कसैले पनि छाडेनन् तर उनीहरू राजनीतिक दलका नेताहरू असफल भएर गैरदलीय शासन स्थापनाको कसरतमा जोडदार रुपमा लागिरहे । 

एकीकरण ताकाको राज्य सहकारी खडा गरौं - खगेन्द्रराज सिटौला
Monday, 02.11.2013, 03:45pm
कुनै निश्चित उद्देश्यका लागि राज्यका हरेक घरधुरीबाट कोष खडा गरेर त्यो उद्देश्य सफलतापूर्वक अघि बढाइन्छ भने त्यसलाई राज्य सहकारी भन्नु उपयुक्त हुन्छ । यसरी हेर्दा नेपाल राज्य सहकारी सोचको साथ अघि बढेको हो । नेपाल एकीकरण अभियान अघि बढाउनका लागि आर्थिक रुपले छटपटिएका तत्कालीन राजा पृथ्वीनारायण शाहले कसरी राज्य एकीकरण कोष खडा गरे त्यो महत्वपूर्ण पक्ष छ । 
सिद्धान्तविहीन परनिर्देशित राजनीतिको परिणाम
Monday, 02.04.2013, 06:53pm
मुलुकका जिम्मेवार राजनीतिक दलहरू आफ्नो आदर्श, सिद्धान्त र दृष्टिकोणबाट विमुख भएर परनिर्देशित बाटोमा मात्र हिंड्न थाल्दाको परिणाम राजनीतिक मुठभेडको अवस्था सिर्जित छ । यो मुठभेडले न मुलुकको हित गर्छ न त राजनीतिक दलहरूको नै । जनताको नजरमा सत्ता र विपक्षी दुबै नैतिक रुपमा चरम स्खलित भैसकेका भए पनि उनीहरू आफ्नो स्वार्थ पूर्तिका लागि जनता गुहार्दै सडकमा पसारो लागेका छन् । सत्तापक्ष र प्रतिपक्ष दुबैले सडकलाई आफ्नो आधार बनाएका छन् । 

सिद्धान्तहीन गठबन्धनका विकृत उपजहरू
Monday, 01.28.2013, 04:04pm
नेपालको वर्तमान राजनीति मुलुकलाई अग्रगामी उज्यालो दिशातिर डो¥याउन लक्षित नभै भाँडभैलोको स्थितिलाई निरन्तरता दिने गलत बाटोतिर मोडिएको छ । राष्ट्रिय राजनीतिलाई सैद्धान्तिक विचार र नैतिक मूल्य मान्यताले प्रभावित पार्न छोडेर केवल सत्ताप्राप्तिको होडले प्रभाव पारिरहेको छ । 
गुम्दो राष्ट्रिय प्रतिष्ठा
Monday, 01.21.2013, 04:15pm
सशस्त्र युद्धका अवशेषलाई निट्यिान्न पार्दै समाजमा शान्ति मेलमिलापको वातावरण बनाउने पहिलो जिम्मा सरकारको हो भने त्यसलाई मद्दत प्रोत्साहित गर्ने जिम्मेवारी राजनीतिक दलहरूको हो तर नेपालमा के देखियो भने शान्ति मेलमिलापको वातावरण बनाउने सवालमा पनि तत्कालीन विद्रोही पक्ष अन्य पक्षबीच सहमति हुन सकेको छैन
महिला हिंसा : विकृत मानसिकताको उपज
Tuesday, 01.08.2013, 03:04pm
पछिला दुई हप्ता यता नेपालमा महिलामाथि भएको हिंसाका घटनाहरूले संचार माध्यमहरूमा यसरी स्थान पाएका छन् कि योभन्दा अघि यस्ता घटनाहरूको शृङ्खला चलेकै थिएन हुन पनि महिला हिंसाका साथै बालिका बलात्कारका घटना यसरी छरपस्ट भए कि त्यसले नेपालीमा मानवीय सम्वेदना हराउँदै गएको हैन भन्नेसम्मका आशंकाहरू व्यक्त गरिए
समानताको नाराभित्र कैद महिला अधिकार
Tuesday, 01.01.2013, 07:09am

विश्वभर नै नेतृत्व तहमा पुरुषको बोलवाला योग्यता, क्षमताका आधारमा पुरुष महिलाले समान अवसर पाउनुपर्ने भने पनि त्यसको कार्यान्वयन हुन सकेको छैन महिलालाई सन्तान उत्पादन गर्ने मेसिन वा भोगविसालको वस्तु मात्र मान्ने प्रवृत्तिमा सुधार छैन यो विकासित वा अविकसित जुनसुकै मुलुकको समस्या हो फरक त्यसको मात्रामा मात्र यस्तो अवस्थामा महिलामाथि संसारभर नै अनेक किसिमका याताना दिने काम भैरहेका छन् महिला अधिकारका लागि विश्वव्यापी रुपमा नारा जति घन्के पनि त्यसको कार्यान्वयन भएको छैन महिला अधिकार नाराभित्र कैद पारिएको

अभिषाप बनेको एउटा कलंकित प्रथा
Monday, 12.24.2012, 06:35pm

ज्ञान विज्ञानको चमत्कारले मानिसले चन्द्रमामा बस्ती बसाउने सपना बुनिरहेको   यससंगै समाजमा धर्मपरम्पराका नाममा मानिसलाई चरम याता दिने काम पनि जारी नै   यस्तै एउटा कुसंस्कारका कारण नेपालको ग्रामीण क्षेत्रका महिलाहरू चर्को यातना सहन विवश छन्  सुदूरपश्चिमको ग्रामीण क्षेत्रमा छाउपडी प्रथाको नाममा रजस्वला भएका बेला महिलाहरूलाई गोठगुफा वा ओढारमा लगेर कसैले नदेख्ने गरी राखिन्छन्  जसका कारण मानवअधिकारको हनन्  भएकै महिलाको ज्यान समेत जाने गरेको   रजस्वला हुनु भनेको महिलाले ठूलो अपराध गरेजस्तो व्यवहार हुने गरेको  

समय जति बित्दै छ, उति विमति सिर्जना हुँदैछ
Monday, 12.17.2012, 06:34pm

आजको प्रयास असफल भए भोलिको प्रयासले केही नतिजा दिन्छभोलि पनि नभए पर्सि  पक्कै केही  केही कुरा दिन्छ दिन्छ  वार्ता वा छलफलमा बसिसकेपछि हुन्छ वा हुँदैन भन्ने स्पष्टै हुनुपर्छ तर नेपालमा राजनीतिक सहमतिका लागि भनेर जति वार्ता भएका छन् सबै विना निष्कर्ष टुंगिएका छन्समय क्रमसंगै वार्तामा बसेका समूहहरूबीच विमति सिर्जनाको प्रतिस्पर्धा हुने गरेको   दलहरुबीच सहमतिपत्रमा हस्ताक्षर भैसकेपछि समेत विमति सिर्जना गरिएको दृष्टान्त अनेक छन् 

प्रमाणपत्र मात्र भिराउने कि क्षमता पनि बढाउने ?
Tuesday, 12.11.2012, 03:43pm

पाठ्य पुस्तक कम र गेस पेपर तथा गाइडको भर बढी पर्ने गरिएका कारण विद्यार्थी उत्तीर्ण संख्या जति नै बढे पनि दक्ष जनशक्तिको उत्पादन हुन सकेको छैन । गेस पेपरमुखी शिक्षाले गर्दा विद्यार्थीहरूले शैक्षिक योग्यताको प्रमाणपत्र त बोक्छन् तर हाँसिल गरेको योग्यता अनुसारको क्षमता प्रदर्शन गर्न सक्तैनन् ।

राष्ट्रियभन्दा व्यक्तिगत आकांक्षा हावी
Monday, 12.03.2012, 04:02pm

ऐतिहासिक राजनीतिक परिवर्तनलाई राजनीतिक दलका नेताहरुले संस्थागत गर्न सकेका छैनन् । व्यक्तिगत स्वार्थको भारीले थचक्कै भएका नेताहरुमा राष्ट्रिय भावना र त्यागको प्रचूर अभाव देखिएको छ । मुलुकले नेताहरुबाट त्यागको माग गरिरहेको भए पनि त्यो अत्यन्त दुर्लभ बन्न पुगेको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम अत्यन्त दूषित बन्दै गएको छ ।


पोशाक संहिता विद्यालयलाई मात्र ?
Wednesday, 11.28.2012, 05:58am
सरकारले राजधानी लगायत मुलुकका विभिन्न शहरी क्षेत्रमा निजी क्षेत्रबाट संचालित उच्च माविका विद्यार्थीहरूका लागि पोशाकको मापदण्ड लागू गर्ने तयारी गरिरहेको छ । विशेष गरी निजी क्षेत्रबाट संचालित उच्च माविमा अध्ययनरत विद्यार्थीहरूको पोशाक भड्किलो भएको आम गुनासो आएपछि त्यसलाई मर्यादित बनाउन त्यस्तो तयारी गरिएको हो । 

बढ्दो भोकमरीसंगै हतियार व्यापारको वृद्धि
Tuesday, 11.20.2012, 04:24pm
विश्वमा खाद्यान्न उत्पादनमा कमी आउन थालेको छ । यसका अनगिन्ती कारणहरूमध्ये जलवायु परिवर्तन प्रमुख कारण हो । सहायक कारणमा बढ्दो जनसंख्यालाई लिने गरिएको छ तर विडम्बना के भने खाद्यान्न उत्पादन घट्दै गए पनि हतियारको उत्पादन भने बढिरहेको छ । अमेरिकाले इराक र अफगानिस्तानको युद्धका लागि खर्चेको रकम गरिब मुलुकमा खाद्यान्न उत्पादनका लागि खर्च गरिएको भए करोडौं मानिसको भोक शान्त हुन्थ्यो । खाद्यान्न जीवन बचाउन नभै नहुने वस्तु हो भने हतियार जीवन समाप्त पार्ने विनाशक वस्तु । 
शैक्षिक क्षेत्रमा राजनीतिकरणको मार
Tuesday, 11.13.2012, 05:26pm

मुलुकको अन्य निकायमा भन्दा शैक्षिक निकायमा राजनीतिक हस्तक्षेप चर्को हुने गरेको   राजनीतिक हस्तक्षेपकै कारण विगतमा देश बाहिर समेत ख्याति कमाएका प्रतिष्ठानहरू यतिबेला आफ्नो शाख गुमाउँदै जान थालेका छन्  योग्यस्वतन्त्र  स्वच्छ छविका व्यक्तिलाई नियुक्त गरेर ती प्रतिष्ठानहरूको गुणस्तर अझ उकास्दै जानुपर्नेमा राजनीतिक आस्थाका आधारमा पदाधिकारी नियुक्ति गरेर राजनीतिक स्वार्थकै आधारमा संस्थामा चलखेल हुँदा ती निकायको अस्तित्व नै संकटमा पर्न थालेको  


नेपाली कांग्रेस र पुनःस्थापनाको मुद्दा
Tuesday, 11.06.2012, 03:23pm
लोकतन्त्रको सुन्दर पक्ष भनेको ताजा जनदेशका लागि आवधिक निर्वाचनमा जानु हो । तर नेपालमा ताजा जनादेशमा जाने कुरालाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको पक्षमा वकालत गर्दैआएका दलहरू र तिनका बहुसंख्यक नेताहरूले सजिलै स्वीकार्दैनन् र चुनावको प्रसंग उठ्नासाथ त्यसै डराउँछन् । विगतमा विघटित संसदको चुनावको माग नगरी पुनःस्थापनाको माग गरियो र त्यसका निम्ति आन्दोलनको लहर नै उठाइयो ।
राष्ट्रिय सोचको अभाव नै अहिलेको अबरोध
Tuesday, 10.30.2012, 09:38am
संविधानसभा विघटन भएको पाँच महिना बितिसकेको छ । यसबीचमा मुलुक हरक्षण संकटको दिशातिर मात्र उन्मुख छ । सन्तोष गर्ने कुनै विषय र सन्दर्भ नै छैन । संवैधानिक र राजनीतिक संकटको निकासका नाममा वितेका पाँच महिनामा भएको खेलले मुलुकले निकास नै नपाउने र राष्ट्र विघटनको संघारमा पुग्ने त होइन भन्ने चिन्ता व्यापक रुपमा उठिरहेको छ । 
मुलुक असफल राष्ट्र बन्ने चिन्ता
Monday, 10.15.2012, 03:49pm
लोकतन्त्र वहालीपछि मुलकमा जस्तो परिवर्तनको अपेक्षा गरिएको थियो त्यो सब पानीको फोका जस्तो बिलाउन पुगेको छ । राजनीतिक परिवर्तनमा सफलता हात पारेका नेताहरूले मुलुकको आर्थिक—सामाजिक रुपान्तरणमा पटक्कै ध्यान दिन सकेनन् ।
राष्ट्रिय स्वाधीनता र नेताहरूको चरित्र
Monday, 10.01.2012, 08:11pm
मुलुकको राष्ट्रिय स्वाधीनता यतिबेला निकै कमजोर रहेको जगजाहेर विषय हो । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले मुलकको अवस्था जटिल रहेको बताइरहे पनि निदानका कुनै उपाय निस्किएको छैन ।
जनस्वास्थ्यमा अनुदार सरकारी कदम
Monday, 09.24.2012, 04:30pm
नेपालमा वर्षेनी १५ देखि २५ लाख मानिस सूर्ती र सूर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगका कारण प्रभावित हुने गरेको ज्ञात भएको छ । मदिराजन्य पदार्थको सेवनले उत्पन्न गरेको समस्या पनि त्यत्तिकै ठूलो छ । यसबाट सामाजिक अपराध बढ्नुका साथै आर्थिक क्षति समेत भैरहेको छ । यस्तो गम्भीर विषयबारे सरकारले अहिलेसम्म चासो दिएको छैन । राजश्व उठाउने शैलीमा मात्र मदिरा र सूर्तीजन्य पदार्थको विक्री वितरण गर्न दर्ताको आव्हान गर्ने सरकारले त्यस्ता पदार्थको विक्री वितरणका लागि निश्चित मापदण्ड तोक्न सकेको छैन । 

  » प्रहरी संगठन : राजनीतिकरणको शिकार
  » विकल्प नभए सहमति किन भएन
  » खडेरी परेको राजनीतिक नैतिकता
  » भ्रष्टाचारीलाई राजनीतिक संरक्षण
  » सहमतिको नारा अलाग्दै द्वन्द्वको सिर्जना
  » आफ्नो पहिचानको रक्षा गर
  » राष्ट्रियता गम्भीर खतरामा
  » जनदवावका सामु कसैको केही लाग्दैन
  » प्रधानमन्त्रीको सुविधा मोहको लाभ अरुलाई
  » नेपालको भाषिक एकीकरण र भानुभक्त
  » राजनीतिमा निष्ठा हराउँदाको परिणाम
  » स्वार्थकेन्द्रित राजनीतिले संविधान बनेन
  » एसएलसी परीक्षाको दुर्दशा
  » सहमतिको राग अलापेर विमतिको खेती
  » शान्ति सुरक्षाको नाजुक अवस्था
  » वस्तुलाई विषय बनाउनु नै रुपान्तरण हो
  » कहाँ गयो त्योबेलाको जनउत्साह ?
  » गलत प्रवृत्तिले हरायो मौलिकता
  » बुद्ध जयन्तीलाई राष्ट्रसंघीय दिवस बनाउ
  » जनताको ध्यान अन्तै मोड्ने प्रपञ्च



 
::| Latest News

 
[Page Top]