कुचो समाउने हैन संयन्त्र बनाउने गर
Monday, 04.09.2012, 02:10pm
महानगरपालिकामा बस्ने महानगरबासीहरू घरको फोहर सडकमा थुपारेर कुन सभ्यताको चिनारी दिइरहेका छन् भन्ने प्रश्न एउटा हो । अर्को सरकारले यति सामान्य कामका लागि पनि अभियान नै छेड्नुपर्ने अवस्था किन आयो भन्ने हो ।
|
|
 |
सत्य निरूपण तथा मेलमिलाप आयोग - राज्य पुनःसंरचना आयोग जस्तो नहोस्
Tuesday, 04.03.2012, 02:16pm
प्रमुख राजनीतिक दलहरूबीच ‘सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्ने सहमति भएपछि द्वन्द्वकालको घाउ पुरिने आशा गर्न थालिएको छ । आयोगको काम द्वन्द्वका अवशेषलाई निमिट्यान्न पारेर समाजमा भाइचारा, सद्भाव र मित्रता कायम गराउनु र दण्डनीय अपराध गरेकालाई कार्वाही गर्नु पनि हुनेछ ।
|
|
 |
परिवर्तन, जनअपेक्षा र वर्तमान सन्दर्भ
Monday, 03.26.2012, 03:36pm
नेपालमा छ दशकको अवधिमा चारवटा राजनीतिक परिवर्तन भए । २००७ सालमा राणा शासनको अन्त्य, २०१७ सालमा पञ्चायती व्यवस्थाको स्थापना, २०४६ सालमा पुनः प्रजातन्त्रको स्थापना र २०६२।०६३को आन्दोलनपछि गणतन्त्रको स्थापना ।
|
|
 |
राजनीतिकरणले निम्त्याएको दुष्परिणाम
Friday, 03.23.2012, 03:23pm
अति राजनीतिक महत्वकांक्षा राख्ने कुनै एक नेताले गरेको गलत निर्णयको शिकार सिंगो मुलुक हुनुपर्छ भन्ने दृष्टान्त यतिबेला देखिएको छ ।
|
|
 |
मितव्ययी प्रधानमन्त्रीको खर्चालु चाला
Monday, 03.12.2012, 03:24pm
पञ्चायतकाल छोड्ने हो भने मुलुकले अहिलेसम्म उच्च शिक्षित व्यक्तित्व प्रधानमन्त्री पाएको यो पहिलोपटक हो । उच्चशिक्षित, क्रान्तिकारी राजनीतिक पृष्ठभूमि त्यसमा पनि प्राविधिक शिक्षामा ज्ञान आर्जन गर्नुभएका डा. भट्टराईको कार्यकालमा मुलुकले फड्कै मार्छ भन्ने आम जनताको विश्वास यतिबेला टुट्दै छ ।
|
|
 |
गलत दिशातिर उन्मुख नेपाली समाज
Tuesday, 02.28.2012, 10:20am
विश्व दिन प्रतिदिन उन्नतिको शिखर चढ्दैछ । हिजोसम्म हामीभन्दा कमजोर अवस्थामा रहेका मुलुकहरू आज हामीलाई भीख दिनसक्ने हैसियतको मात्र भएनन् विश्वमा हैकम जमाउनसक्ने अवस्थामा पुुगे । हामी भने दिन प्रतिदिन उन्नति गर्दै जानुपर्नेमा अवन्नतिको दलदलमा भासिंदै गैरहेका छौं ।
|
|
 |
नेताहरूका अभिव्यक्ति र नैतिकताको प्रश्न
Monday, 02.20.2012, 03:46pm
नेपालको राष्ट्रिय एकतामाथि आघात पुर्याउने खालको अभिव्यक्ति दिने क्रम बढ्दो छ । विशेष गरी डा. बाबुराम भट्टराई नेतृत्वको सरकार गठन भएपछि यस्तो शृङ्खला नै चलिरहेको छ ।
|
|
 |
दण्डहीनताको बढोत्तरीले हिंसामा वृद्धि
Monday, 02.13.2012, 03:28pm
कानुनको पालना गराउनेहरू नै अपराधीलाई संरक्षण गरेर हिंडेपछि समाजमा अपराधले मौलाउने मौका पाउँछ नै । पछिल्लो समय मुलुकमा बढ्दो दण्डहीनताका कारण महिलाहरू बढी मात्रामा हिंसाको शिकार हुनु परिरहेको छ ।
|
|
 |
योभन्दा लाजमर्दो स्थिति अर्को छैन
Monday, 02.06.2012, 03:11pm
नेपालको सर्वाधिक अस्तव्यस्त निकायहरूमध्येमा पर्दछ शैक्षिक क्षेत्र । राजनीतिको सर्वाधिक प्रहारको क्षेत्र पनि शैक्षिक प्रतिष्ठान नै हुन् । विद्यार्थी संगठनहरूले त विद्यालय, उच्च विद्यालय कलेज र विश्वविद्यालयहरूलाई आ–आफ्नो संगठनको राजनीतिक दृष्टिकोण सार्वजनिक गर्ने र शक्ति प्रदर्शन गर्ने थलो बनाएकै थिए केही वर्षयतादेखि शिक्षक र अभिभावक पनि सोही कर्मको प्रतिस्पर्धामा उत्रिएका छन् ।
|
|
 |
बेमौसमी बाजाले मनोरञ्जन दिंदैन
Monday, 01.30.2012, 03:31pm
बाजा बजाउनुपर्ने समयमा बजायो भने त्यसले मनोरञ्जन दिन्छ । आधारातमा मसानघाटमा गएर बजाइएको पञ्चेबाजाको कुनै अर्थ हुँदैन । बाजा जन्तीको अघिअघि बजाएको मात्र सुहाउँछ । मलामी जाँदा पञ्चेबाजा बजाइदैन । त्यस्तै कुनै पनि काम कुरा समय र परिस्थिति अनुसार गर्यो भने मात्र त्यसले सार्थकता प्राप्त गर्दछ ।
|
|
 |
सञ्चारमा वैदेशिक लगानीको सवाल
Monday, 01.23.2012, 02:59pm
देश अहिले संक्रमणकालीन अवस्थामा छ । समयसापेक्ष दृष्टिकोणको अभाव र नीतिविहीनताले कुनै पनि क्षेत्रमा परिवर्तनका अपेक्षित परिणामहरू देखापर्न सकेका छैनन् । सञ्चार क्षेत्र पनि त्यसबाट अछुतो छैन । यही मेसोमा सञ्चार क्षेत्रमा ४९ प्रतिशतसम्म वैदेशिक लगानी आउन दिने प्रावधान सहितको सञ्चार सम्बन्धी नीति २०६८ को मस्यौदा छलफलमा आएको छ ।
|
|
 |
समावेशीको नाममा भँडुवा नीति
Monday, 01.16.2012, 04:46pm
दलित–जनजातिका नाममा खुलेका पार्टी बाहेक संविधानसभामा प्रतिनिधित्व गरेका अधिकांश राजनीतिक दलको शक्ति बाहुन–क्षेत्रीहरूकै नियन्त्रणमा छ । समावेशीताको नारा चर्कोसंग घन्काउने एकीकृत नेकपा माओवादी नै समावेशी सिद्धान्तमा टिक्न सकेको छैन ।
|
|
 |
भारत रिझाउन घातक शैक्षिक मान्यता
Monday, 01.02.2012, 03:47pm
राजनीतिकरणले थिलथिलो भएको नेपालको उच्चशिक्षाको क्षेत्र अब भारतको दवाव थेग्न पनि विवश हुनुपरेको छ । अघिल्लो साता प्रकाशित एउटा समाचारले नेपालको शैक्षिक गुणस्तर र यसको मूल्य–मान्यतामा समेत ठूलो प्रश्न खडा गरेको छ ।
|
|
 |
भीडको मात्र निर्देशन मान्ने प्रवृत्ति
Monday, 12.26.2011, 04:00pm
मुलुकको कानुनमा छुवाछुत गर्न पाइँदैन । जातकै आधारमा कसैलाई भेदभाव गरे त्यो दण्डीय अपराध मानिन्छ । यस्तोमा एक दलितलाई उच्च जातका भनिनेबाट चुल्हो छोएकै निहुँमा कुटपिट गरी हत्या गरिन्छ भने त्योभन्दा निकृष्ट कार्य अर्को हुँदैन ।
|
|
 |
गैरजिम्मेवारीपनको घृणित दृष्टान्त
Tuesday, 12.20.2011, 10:41am
शिक्षा मानवीय चेतनाको अत्यन्त महत्वपूर्ण पक्ष समेट्ने
स्रोत केन्द्र हो । शिक्षा नै मुलुकको विकासको आधार हो तर, नेपालको
सन्दर्भमा शिक्षितहरू नै अमानवीय, असभ्य, अत्यन्त भ्रष्ट र अनुत्तरदायीका
रुपमा प्रस्तुत हुन्छन् भन्ने उदाहरण केही दिन पहिले उदाङ्ग भयो ।
|
|
 |
राष्ट्रिय पोशाकको महत्व
Tuesday, 12.13.2011, 01:02pm
हरेक मुलुकको आफ्नै राष्ट्रिय पोशाक हुन्छ । नेपालको पनि
आफ्नै राष्ट्रिय पोशाक छ– दौरा–सुरुवाल । यो नेपालीको परम्परागत पोशाक हो ।
यो पोशाक कुनै जात विशेषको नभएर राष्ट्रको पोशाक बनिरहेकोमा वर्तमान सरकार
गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नै दौरा–सुरुवाललाई
राष्ट्रिय पोशाक होइन भन्ने निर्णय ग¥यो । त्यसपछि नेपाल राष्ट्रिय
पोशाकविहीन हुन पुग्यो ।
|
|
 |
साँच्चै घटेको हो कि तथ्यांक लुकाएको ?
Tuesday, 12.06.2011, 11:48am
मंसिर १५ (डिसेम्बर १) विश्व एड्स दिवसको अवसरमा एउटा
नेपालको एचआईभी÷एड्स सम्बन्धी तथ्यांक सार्वजनिक भयो । नेपालमा अघिल्लो
वर्षको तुलनामा झण्डै १२ हजारले एड्स संक्रमितको संख्या घटे । विश्व एड्स
दिवसको अवसर पारेर राष्ट्रिय एड्स तथा यौन नियन्त्रण केन्द्रले एक पत्रकार
सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङक अनुसार एच.आइ.भी संक्रमितहरूको
अनुमानित संख्या ५६ हजार पुगेको छ भने पहिचान भएको संख्या १८ हजार ६ सय २६
रहेको छ ।
|
|
 |
असहमति जनाउन यत्रो हुँकार ?
Monday, 11.28.2011, 03:32pm
चर्चा शान्ति र संविधानको छ । अनि चर्चा राजनीतिक दलहरूभित्र मडारिइरहेको अन्तरद्वन्द्वको पनि छ । एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसभित्र मौलाइरहेको अन्तरद्वन्द्वले समग्र राजनीतिक क्षेत्रलाई तताइरहेको छ ।
|
|
 |
नेताहरूको गुटबन्दी ः सैद्धान्तिक कि व्यक्तिगत ?
Monday, 11.21.2011, 04:16pm
राजनीतिक दलहरूबीच सहमतिको नयाँ नयाँ बुँदा र आधार तयार भैरहँदा दलरुभित्र मडारिंदै गएको अन्तरद्वन्द्व तथा अविश्वास झन् बढ्दो छ । यसले कायम हुने भनिएका सहमति र गर्ने भनिएको सहकार्यको बाटो नै अवरुद्ध भैरहेको स्पष्ट संकेत गर्दछ ।
|
|
 |
हचुवा तालमा भएको घोषणा
Monday, 11.14.2011, 02:50pm
कुनै काम सफलतापूर्वक सम्पन्न गर्नुभन्दा पनि त्यो काम गर्ने भनेर प्रतिबद्धता जनाउनु र त्यसमा सहमति जनाउनु नै अहिलेका लागि ठूलो कुरा भएको छ । कार्तिक १५ गते भएको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने सहमति अनुसार सरकारले मंसिर सात गतेभित्र माओवादीको कब्जामा रहेका घरजग्गा फिर्ता भैसक्नुपर्छ । तर सरकारले बिना गृहकार्य कब्जा गरिएका घर जग्गा फिर्ता गर्ने घोषणा गर्दा यसले अर्को समस्या उत्पन्न गर्ने भए पनि त्यस दिशातिर ठोस कदम चालिएको छैन ।
|
|
 |