युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 07.24.2019, 05:36am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
नेवानिको व्यवस्थापन विदेशीलाई दिने तयारी नेपाली असक्षम कि राजनीतिक स्वार्थ ?
Monday, 07.22.2019, 05:38pm
लामो समयदेखि संकटमा परेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यवस्थापन विदेशीलाई दिने तयारी गरिएपछि अनेक प्रश्न उठेको छ । के नेपालमा वायुसेवा व्यवस्थापन गर्ने विज्ञ नै छैनन् त भन्ने प्रश्न पनि उठेको छ र यसको उत्तर पनि सजिलै छ– नेपाली सक्षम नभए निजी विमान कम्पनी कसरी चले ?

दशैं अगाडि नै नारायणीमा मिनी पानीजहाज
Monday, 07.22.2019, 05:37pm
काठमाडौं । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) दशैं अगाडि नै सञ्चालनमा आउने भएको छ । क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार चितवनमा पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो ।
यार्सा जोगाउने चिन्ता
Tuesday, 06.18.2019, 02:48pm
हिमाली जिल्लाका बासिन्दाको आयस्रोतको २५ प्रतिशत हिस्सा बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा हो । यार्सा एक प्रकारको हेपियालिडिइ परिवारको लेपिडोप्टेरा वर्गमा पर्ने लार्भा सङ्क्रमित भएर उम्रने परजीवी ढुसी हो । विगत दुई दशकयता यसको व्यावसायिक संकलन सुरु भएपछि यसको आकर्षण बढेको हो । 
संघीय संरचनाको पहिलो बजेट– कुन प्रदेशको कति ?
Tuesday, 06.18.2019, 02:37pm
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि आइतबार प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिनुभएको छ ।

सन्तोषजनक बजेट - कार्यान्वयन चुनौतिपूर्ण
Wednesday, 06.05.2019, 12:39pm
काठमाडौं । दुई तिहाई बहुमतको सरकारको पहिलो वर्ष अपेक्षा विपरीत निराशाजनक रह्यो । प्रधानमन्त्री केपी शर्मा ओली । अर्थमन्त्री डा. युवराज खतिवडाले यो वर्ष कानुनहरु निर्माणमै बित्यो अब आउँने वर्षबाट गुनासा आउन दिने छैन भन्ने प्रतिबद्धता जनाउनुभएको थियो । सरकारले आर्थिक वर्ष २०७६।०७७ का लागि गरेको १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट सार्वजनिक ग¥यो । 
दुई तिहाईको सरकार गफमै सीमित - विकास खर्च न्यून व्यापार घाटा उच्च
Tuesday, 05.28.2019, 11:19am
काठमाडौं । दुई तिहाई बहुमतको एकल सरकार पनि विगतका कमजोर र अस्थिर सरकारभन्दा फरक देखिएन । दुई तिहाईको सरकार बनेको झण्डै डेढ वर्षमा मुलुकमा तात्विक रुपमा देखिने विकासका कुनै काम भएका छैनन् । तथ्यांक जस्तोसुकै सार्वजनिक गरे पनि मुलुकको आर्थिक अवस्था कमजोर रहेको र विकास गर्न सरकार असक्षम रहेको प्रष्टै देखिएको छ । यो सरकारले पनि विकास खर्च गर्न सकेको छैन । चालू खर्च बढ्दै जाने तर विकास खर्च हुनै नसक्ने अवस्था अहिले कायम छ । सम्भवतः अबको केही सातापछि दैनिक अबौं रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक हुनेछ । 

भूकम्पले खण्डहर बनेको तातोपानी नाका यसरी खुल्दैछ
Tuesday, 05.28.2019, 11:04am
काठमाडौं । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका अबको केही समयपछि संचालनमा आउनेछ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । 
आठ महिनामा २४ प्रतिशतले आयात वृद्धि
Tuesday, 04.30.2019, 01:51pm
काठमाडौं । नेपाल राष्ट्र बैंकको सार्वजनिक तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको आठ महीनामा आयातको वृद्धिदर २३ दशमलव ८ रहेको तर निर्यातको वृद्धिदर भने १४ दशमलव ६ प्रतिशत रहेको छ । विप्रेषणको आप्रवाह रु २३ दशमलव चार प्रतिशतले वृद्धि भएको छ । शोधनान्तर स्थिति भने ५८ अर्ब ९९ करोडले घाटामा छ ।

अब पैंतालीस हजारमै जापान उड्न पाइने !
Tuesday, 04.30.2019, 01:43pm
काठमाडौं । लामो समयदेखिको गृहकार्यपछि नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ ।

२५ खर्बको लगानी प्रस्ताव- द्रुत कार्यान्वयन आवश्यक
Thursday, 04.25.2019, 02:24pm
काठमाडौं । नेपालमा लगानीका क्षेत्र अनेक छन् । यी क्षेत्रमा स्वदेशी तथा विदेश लगानी भित्र्याउन सके मुलुकले आर्थिक फड्को मार्ने निश्चित छ । तर, दशकौंदेखि विदेशी लगानी भित्र्याउने भन्दै भन्दै आएका कुरा र गरिएका काम प्रभावकारी हुन सकिरहेको छैन । परिणाम देशको आयात बढुदो छ निर्यात घट्दो छ । 
केही भएको पनि छैन नभएको पनि हैन
Thursday, 04.25.2019, 02:19pm
राम्रोलाई हृदयदेखि नै स्वागत र खराबलाई आलोचनात्मक रुपमास सुझाव दिने संस्कार नहुँदा देशको राजनीतिमा एकथरिले खराबै मात्रै देख्ने र अर्कोथरिले राम्रो मात्रै देख्ने प्रवृत्ति हावी छ । यो प्रवृत्ति विशेषतः सरकारको काम कारबाहीमा बढी स्थापित छ ।
कामै नगरी भुक्तानी भ्रष्टाचार होइन र ?
Tuesday, 04.16.2019, 01:35pm
काठमाडौं । नेपालमा भ्रष्टाचार संस्थागत हुँदै गएको छ । देशका ठूला विकास आयोजना हुन् वा अन्य सरकारी काम सबैमा काम कसरी सुलभ, र छिटो सम्पन्न गर्ने भन्दा पनि कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्न बढी हुने गरेको छ । 
सबै नेपालीलाई बैंक खाता अभियान- वित्तीय पहुँचको आधार
Tuesday, 04.16.2019, 01:24pm
 सरकारले नयाँ वर्ष पहिलो दिन नै देशैभर ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको हो । ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान शुरु गरिएको हो ।
पर्यटनमा देखिएको उत्साह र भोग्नुपरेको वियोग
Tuesday, 04.16.2019, 01:17pm
विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने वर्षको उत्तरार्धतिर हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित पर्यटन क्षेत्रमा योगदान गरेका महत्वपूर्ण व्यक्तिको निधनले उत्साहलाई वियोगान्तमा परिणत गरिदियो । 

विश्वव्यापी बजार भएको रत्न प्रशोधन कहिले ?
Wednesday, 04.10.2019, 11:00am
प्रकृतिले नेपाललाई सबथोक दिएको छ । पेट्रोलियमदेखि ग्यास अनि खनिजका साथै विश्वमा अत्यधिक मूल्य रहेको युरेनियम र गहनाका रुपमा प्रयोग हुने रत्न (पत्थर) प्रशस्तै छ । पूर्वी पहाडदेखि पश्चिमका पहाडी जिल्लामा यी रत्नहरुको खानी रहेको छ । यसको केही सीमित व्यापारीहरुले उत्खनन् गरेर कमाइरहेका छन् । सरकारलाई कुनै राजश्व छैन अनि बहुमूल्य पत्थरका खानीको छेउमा बस्ने जनता गरीबीको चरम सीममा छन् ।
पाँच वर्षभित्र नेपाल अल्पविकसितको सूचीबाट हट्ने !
Wednesday, 04.10.2019, 10:48am
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पन्ध्रौँ आवधिक योजना अवधिमा नेपाल अल्पविकसितको सूचीबाट हटेर विकसित मुलुकमा स्तरोन्नतिका लागि आधार तयार हुने बताउनुभएको छ । 
नेपालीले बनाए मिनी पानीजहाज
Thursday, 04.04.2019, 01:39pm
काठमाडौं । नेपालमा एक वर्षयता पानीजहाजको खुब चर्चा भएको छ । यो चर्चाको बीचमा नेपाली प्राविधिकहरुले दुई करोड रुपैयाँका लागतमा नेपालमै मिनी पानीजहाज (जेटबोट) निर्माण गरेका छन् । नेपाली पुँजी र प्राविधिकले बनाएको जेटबोटलाई सगरमाथाको उचाइका नाममा ८८४८ मिटर नाम दिइएको छ । 

उत्साहका साथ सकियो लगानी सम्मेलन
Thursday, 04.04.2019, 01:38pm
काठमाडौं । ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य साकार पार्न वैदेशिक लगानी र प्रविधि भित्र्याउने उद्देश्यका साथ आयोजना गरिएको लगानी सम्मेलनमा अपेक्षाकृत लगानी प्रतिबद्धता आएको छ । अब यसको कार्यान्वयन कस्तो हुन्छ भन्ने चासोको विषय छ । दुई वर्षअघि पनि यस्तै सम्मेलन भएको र सो सम्मेलनमा प्रतिबद्धता भएको लगानीको सानो अंश मात्रै नेपाल भित्रिएको सन्दर्भमा यसपटकको सम्मेलनपछि कस्तो नतिजा आउँछ त्यो भने हेर्न बाँकी छ ।

लगानी सम्मेलन उद्घाटनदेखि समापनसम्म
Thursday, 04.04.2019, 01:28pm
काठमाडौं । झण्डै ३० खर्ब रुपैयाँ बराबरका परियोजनाहरु सार्वजनिक गर्दै त्यसमा लगानी गर्न विदेशी लगानीकर्ता तथा दातृ निकायलाई आकर्षित र आव्हान गर्ने उद्देश्यका साथ लगानी सम्मेलन सम्पन्न भएको छ । चेत्र १५ र १६ गते सम्पन्न सम्मेलन अपेक्षाकृत सफल भएको सरकारी पक्षको दावी छ र नेपाल लगानीको पवित्र भूमि भएको तर्क वक्ताहरुले दिए ।

भाषा परीक्षाका लागि ९२ हजारको आवेदन
Thursday, 04.04.2019, 01:27pm
काठमाडौं । बेरोजगारी समस्याले आक्रान्त नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियामा काम गर्न जान चाहनेहरुको संख्या ९२ हजार पुगेको छ ।

  » बढ्दो आर्थिक अपराध
  » माथिल्लो तामाकोशी हरेक घरको चासो
  » नयाँ वर्षदेखि जनकपुर–जयनगर रेल
  » १२ सय मेगावाट विद्युत थप हुँदै
  » मध्यमस्र्याङ्दीलाई माथ गर्दै मेलम्ची
  » कूटनीतिक क्षमता भए नेपाली विमान युरोप उड्थे
  » भ्रष्टाचार नगर्ने र गर्न नदिने पुनः प्रतिबद्धता
  » विमान थपिंदै बजार गुम्दै किन ?
  » वार्षिक २० अर्ब बाहिरिन्छ
  » भैरहवा विमानस्थल छ महिनाभित्रैसञ्चालन योग्य
  » व्यापारघाटा दुई महिनामा दुई खर्ब
  » महिनामा एक प्रतिशत पूँजीगत खर्च
  » अब काम नपाएर भौतारिएकालाई निर्माणको अभियानमा लगाइने
  » गरीबी निवारण राजनीतिक चलखेल र चासोको शिकार
  » भारतले नेपालको नोट किन साटेन ?
  » एक महिनामा साँढे तीन अर्बको खाद्यान्न आयात
  » एक महिनाको व्यापारघाटा एक खर्ब १३ अर्ब
  » विमानस्थल अब दैनिक २२ घण्टा
  » बिमा रकम कुम्ल्याउन नक्कली उद्धार
  » हरियो वन नेपालको धन.....तर काठ आयात छ अर्बको



 
::| Latest News

 
[Page Top]