युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.09.2019, 11:31am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
भक्तपुरमा ७ करोडभन्दा बढी क्षतिपूर्ति
Tuesday, 12.10.2013, 11:11am (GMT+5.5)

काठमाडौं । केही महिना पहिले भक्तपुर लगायत देशका विभिन्न क्षेत्रमा फैलिएको बर्डफ्लुका कारण कुखुरा व्यवसायीहरूले ठूलो आर्थिक क्षति भोग्नु परेको छ भने सरकारले पनि पीडित व्यवसायीलाई क्षतिपूर्ति रुकम वितरण गर्दैआएको छ । 

गत १२ साउनमा भक्तपुरको सिपाडोलस्थित हिमा ह्याचरीमा पहिलोपटक बर्डफ्लु देखिएपछि सरकारले जिल्लालाई संकटग्रस्त घोषणा गर्दै पक्षी र पक्षीजन्य वस्तु नष्ट गर्ने अभियान थालेको थियो । ३ असोजसम्म सञ्चालित अभियानले यहाँका १६ गाविस र २ नगरपालिकाका ५ सय १५ वटा फर्मबाट १० लाखभन्दा बढी कुखुरा र चल्ला तथा १२ लाख हाराहारी अन्डा नष्ट गरेको थियो । 

भक्तपुरमा हालसम्मकै सबैभन्दा ठूलो कुखुरा नष्ट गर्ने अभियान चलाइएको थियो । जसका लागि सरकारले १० पशु चिकित्सकसहित पशु सेवा विभाग, पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर तथा ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र धादिङमा कार्यरत प्राविधिक जनशक्तिलाई भक्तपुरमा केन्द्रित गरी पक्षी र पक्षीजन्य वस्तु नष्ट गरेको थियो ।

फर्म सञ्चालकमध्ये १० जना मात्रै भक्तपुर बाहिरका हुन् भने बाँकी ५ सय हाराहारी स्थानीयवासी हुन् । संकटग्रस्त क्षेत्र घोषणा गरेपछि भक्तपुरमा हालसम्म ७ करोड ७८ लाख २२ हजार ७८ रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको समाचार छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय भक्तपुरमार्फत वितरण भइरहेको क्षतिपूर्ति लिनेमा ४ सय ८० पोल्ट्री व्यवसायी रहेका छन् । जसमध्ये ४ सय ६६ साना किसान, ३ मासु व्यवसायी लगायत छन् । क्षतिपूर्ति लिन अब ३५ कुखुरापालक व्यवसायी बाँकी छन् । ३ मासु व्यवसायीलाई प्रतिकिलो मासुको १ सयका दरले ३ लाख २८ हजार ८ सय क्षतिपूर्ति दिइएको छ ।

मंगलबार मात्रै थप १६ व्यवसायीले दाबी गरेको १ करोड ७७ लाख १३ हजार ९ सय ७१ रुपैयाँ क्षतिपूर्ति भुक्तानीका लागि पशु सेवा कार्यालयले कोलेनिकालाई पत्राचार गरेको छ । सरकारले कुखुरा नष्ट गर्न थालेपछि भक्तपुरका किसानले क्षतिपूर्ति रकम अतिन्यून भएको जनाउँदै संशोधन गर्न माग गरेका थिए । उनीहरूको मागसमेत अध्ययन गरी सुझाव पेश गर्न कृषि मन्त्रालयले पशु उत्पादन निर्देशनालयका निर्देशक दिनेश पराजुलीको संयोजकत्वमा समिति गठन गरेको थियो । स्रोतका अनुसार समितिले गत २३ असोजमा मन्त्रालयलाई बुझाएको प्रतिवेदनले बर्डफ्लु आदेशमा उल्लेख भएको क्षतिपूर्ति रकम न्यून भएको सुझाव दिँदै क्षतिपूर्ति रकम बढाउन भनेको थियो । तर, मन्त्रालयले हालसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

भक्तपुर पशु सेवा कार्यालय प्रमुख खगेन्द्रराज भट्टका अनुसार क्षतिपूर्ति वितरण बर्डफ्लु नियन्त्रण आदेशले तोकेकै दरअनुसार दिइएको छ । उक्त आदेशले अन्डा प्रतिगोटा ३, चल्लाको ५०, ४ साताभन्दा बढीको ब्रोइलर कुखुरा प्रतिगोटा १ सय ३०, प्यारेन्टको २ सय ५० रुपैयाँ तोकेको छ । यस्तै, दाना प्रतिकिलो १० र मासु प्रतिकिलो १ सय क्षतिपूर्ति तोकेको छ । 

पशु सेवा कार्यालयका अनुसार भुक्तानी लिन ठूला फर्म बाँकी छन् । भट्टका अनुसार ठूला फर्मले सरकारलाई कर तिरिरहेको प्रमाण, प्यारेन्ट चल्ला आयात गर्दा भन्सार कार्यालयले प्रमाणित गरेको प्रज्ञापनपत्रलगायत कागजात नबुझाएकाले क्षतिपूर्ति लान ढिलाइ भएको हो ।

सरकारले भक्तपुरका लागि मात्र १३ करोड २८ लाख क्षतिपूर्ति रकम विनियोजन गरेको छ । हालसम्म संकटग्रस्त घोषित भक्तपुरमा पक्षी र पक्षीजन्य वस्तुको ओसारपसार र किनबेच निषेध छ । अपरेसन अभियान ३ असोजमा सकिएको थियो । सोही दिनदेखि लागू हुने गरी तोकिएको संकटग्रस्त क्षेत्र घोषणाको समयसीमा आगामी ३ पुसमा मात्र सकिन्छ । ९० दिनपछि मात्रै सकिने समयसीमापछि भक्तपुरमा कुखुरा, अन्डा, मासु र चल्ला किनबेच, ओसारपसार फुकुवा हुनेछ ।



Rating (Votes: )   
Share     Print


Other Articles:
१२ अर्ब खर्च पौने दुई करोड आम्दानी (12.05.2013)
प्रमुख दलहरुको आर्थिक विकासको समान नारा (10.30.2013)
दुई महिनामा आधा खर्ब (10.08.2013)
आयआर्जनको भरपर्दो स्रोत बन्दै ट्राउट माछा - श्याम शुन्दर पुडासैनी (10.02.2013)
कृषि : नारा चर्को, लगानी न्यून (09.18.2013)
सयौं प्रतिबद्धतामा कार्यान्वयन शून्य (09.10.2013)
उचित प्रबन्ध नगरिए २५ अर्बको लगानी जोखिममा (08.28.2013)
बजेट ४ खर्ब २४ अर्ब, व्यापार घाटा ५ खर्ब १८ अर्ब (08.21.2013)
पूँजी पलायनको ढोका खोल्दै मजदुर (08.14.2013)
नेपालमै पाइन्छ पेट्रोल तर निकालिंदैन ! (08.06.2013)
भारतसंगको व्यापार घाटा कहालिलाग्दो (07.30.2013)
बैंकभित्र कालो काम (07.24.2013)
ग्रामीण अर्थतन्त्रको वेवास्ता (07.24.2013)
जस्तो बजेट त्यस्तै मौद्रिक नीति (07.24.2013)
झोलामा खोला हाल्नेलाई तनाव (07.24.2013)
बजेटभन्दा बढीको व्यापार घाटा (07.17.2013)
नाराले मात्र मुलुकको सुधार हुँदैन (07.09.2013)
लगानी वर्षमै लगानी भित्रिएन (07.05.2013)
दश महिनामा चार खर्बको व्यापार घाटा (06.26.2013)
कृषिप्रधान मुलुक : खाद्य अभावको क्षेत्र बढ्दै (06.18.2013)



 
::| Latest News

 
[Page Top]