| युगसम्बाद साप्ताहिक | ||||
|
बेरुजु बढ्दै फछ्र्यौट दर घट्दै Monday, 01.27.2014, 04:34pm (GMT5.5) काठमाडौं । मुलुकमा अघिल्लो र यस वर्षको गरी ७४ अर्ब रुपैयाँ बेरुजु फछ्र्यौट गर्न बाँकी रहेको छ । बेरुजुको दर बढ्दै गएको छ । विशेषतः विकासे आयोजना संचालन गर्ने निकायमा बेरुजु बढिरहेको छ । गत आवमा करिब रु ४६ अर्ब बेरुजु रहेकामा रु २१ अर्ब मात्र फछ्र्यौट भएको थियो भने यसपटक त्यसलाई ५० प्रतिशतमा झार्ने घोषणा गरिएको छ । बेरुजु बढ्दै गएको सन्दर्भमा सरकारका सचिवहरूले बेरुजु नथप्ने र विद्यमान बेरुजु चाँडोभन्दा चाँडो फछ्र्यौट गर्दै त्यसलाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा ५० प्रतिशतमा झार्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । असार मसान्तसम्मको विवरणअनुसार नेपाल सरकारको बेरुजु रु ४५ अर्ब १९ करोड र फछ्यौट रु २० अर्ब ९३ करोड पुगेको छ । बेरुजुको तुलनामा फछ्र्यौट ४६.३३ प्रतिशत हो । यस्तो स्थितिमा बुधबार महालेखा परीक्षकको कार्यालयले ५० औं वार्षिक प्रतिवेदनमा औंल्याएको बेरुजु फछ्र्यौट तीव्र गतिमा अघि बढाउन अर्थमन्त्रीको संयोजकत्वमा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकमा उहाँहरूले बेरुजु फछ्र्यौट ५० प्रतिशतमा छार्ने दृढता गरिएको हो । सबै मन्त्रालय, मातहतका बोर्ड, समिति, परिषद्, कोष, स्वायत्त निकाय र विश्वविद्यालयको बेरुजु आव २०६८÷६९ मा फछ्र्यौट प्रतिशत ४.२८ प्रतिशत रहेकोमा आव २०६९÷७० मा ३.७७ जनाउँदै बेरुजु फछ्र्यौट मूल्याङ्कन र अनुगमन समितिले केन्द्रदेखि स्थानीयस्तरसम्मका निकायले कम्तिमा फछ्र्यौट प्रतिशत ५० पुर्याउने लक्ष्यबाट नचुक्न सुझाव दिएको छ । अर्थमन्त्री कोइरालाले बेरुजु उत्पादन हुन नदिन र भएका बेरुजु फछ्र्योट गर्नेतर्पm लाग्न सरोकारवालाहरूसंग आग्रह गर्नुभयो । बेरुजुको अङ्कभन्दा पनि बेरुजु घटाउन गरिएका प्रतिबद्धता गम्भीर भएर पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रमाण नष्ट भएका, अप्राप्य कागजात र श्रोतान्तर मुद्दालाई उदारतापूर्वक हेर्नुपर्ने खाँचो आँैल्याउँदै मन्त्रालयले भोगेका व्यावहारिक समस्या र बेरुजु उत्पादन घटाउन आएका सुझाव समेटेर मन्त्रिपरिषद्मा प्रतिवेदन बुझाउने बताउनुभयो । संविधानसभा निर्वाचन, सीमित जनशक्ति जस्ता असामान्य परिस्थितिमा पनि बेरुजु कम गर्न भएका प्रयास प्रशंसनीय रहेका भन्दै बेरुजु फछ्र्यौटलाई दैनिक कार्यसूचीमा समावेश गर्न आग्रह गर्नुभयो । समिति सदस्य एवम् ऊर्जामन्त्री उमाकान्त झाले बेरुजु फछ्र्यौट साढे १३ प्रतिशतमा झर्नु उत्साहप्रद रहेको बताउनुभयो । उहाँले बर्सेनि बढ्ने बेरुजुको समाधान खोज्न जरोकै पहिचान गरी अघि बढ्नुपर्ने बताउनुभयो । त्यस्तै समितिका अर्का सदस्य कृषिमन्त्री टेकबहादुर घर्तीले बेरुजु सम्परीक्षणलाई गति दिएर अघि बढ्ने हो भने त्यसको प्रभाव सकारात्मक ढङ्गमा अघि बढ्ने बताउनुभयो । गति सुस्त भए पनि काममा देखिएको प्रतिबद्धता उत्साहप्रद भएको भन्दै उहाँले कार्ययोजना बनाएर अघि बढ्न सुझाव दिनुभयो । केही मन्त्रालयका सचिवहरूले कतिपय बेरुजु एउटै मन्त्रालयले समाधान गर्न नसक्ने भन्दै त्यसका लागि छुट्टै गृहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँहरूले असामान्य परिस्थिति र कानुनले निर्देशित गरेका विषयसमेत नजरअन्दाज गरेर बेरुजु आउने गरेकोतर्पm महालेखाले विवेक पुर्याउनुपर्ने पनि बताउनुभयो । सरकारले सरकारी निकायमा हुने बेरुजु समस्या समाधान गर्न अर्थमन्त्रीको संयोजकत्वमा कृषि र ऊर्जामन्त्री रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । समितिको सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा हुनुहुन्छ । उक्त समितिले शतप्रतिशत बेरुजु फछ्र्योट गर्नुपर्नेमा जोड दिँदै कम्तिमा पनि ५० प्रतिशत फछ्र्योट गर्ने लक्ष्य निर्धारण गरेको थियो । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||