युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.09.2019, 10:06am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
राजनीतिक स्थिरता नै लगानीको द्वार
Monday, 02.24.2014, 06:26pm (GMT+5.5)

काठमाडौं । नेपालको अर्थतन्त्र धान्ने एउटै आधार भनेको वैदेशिक रोजगारी मात्र हो । ३० लाखभन्दा बढी नेपालीले विदेशमा श्रम गरेर पठाएको रकमबाटै आयात धानिरहेको छ । मुलुकमा रोजगारीको सिर्जना हुन नसक्दा नेपाली युवाहरूको बाँच्ने आधार नै वैदेशिक रोजगारी बनिरहेको छ । यसको एउटै कारण भनेको नेपालमा औद्योगिक वातावरण नबन्नु र राजनीतिक अस्थिरता लम्बिदै जानु हो । राजनीतिक अस्थिरताले गर्दा बाह्य तथा आन्तरिक लगानी भित्रिन नसक्दा मुलुक कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । नेपालको वैदेशिक व्यापार घाटा आकाशिंदो छ । 

अर्कोतिर मुलुकमा भित्रिएको पूँजीको उत्पादनमूलक कार्यमा उपयोग हुन नसक्नु पनि प्रमुख समस्या हो । वैदेशिक लगानीबाट भित्रिएको झण्डै चार सय अर्ब बराबरको रकम उपभोग्य वस्तु खरीदमै जान्छ । आयातित वस्तु खरीदमा आयात भएको रकम खर्चिने गरिंदा मुलुकमा पूँजी निर्माण पनि हुन सकेको छैन । स्वदेशी लगानी विस्तारमा पनि अनेक किसिमका समस्या रहेका कारण विदेशी लगानी भित्रिने अपेक्षा पनि कम मात्रै गर्न सकिन्छ । विगत आधा दशकयता भएको यस्तै देखिन्छ । 

यसबीचमा राजनीतिक स्थिरताको संकेत आउनासाथ मुलुकमा बाह्य लगानीको ढोका खुलेको देखिएको छ । चालू आर्थिक वर्षको सात महिनामा झन्डै १ खर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । समाचार अनुसार उद्योग विभागमा १६ अर्ब ४ करोड ६० लाख रुपैयाँ सिधै लगानीको प्रतिबद्धता आएको छ भने लगानी बोर्डमार्फत ८२ अर्ब ५० करोड गरी ९८ अर्ब ९० करोड लगानी ल्याउने प्रतिबद्धतासहित उद्योग दर्ता भएका छन् । यस अवधिमा ९ वटा जलविद्युतमा ९२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ । नेपालको आर्थिक विकासमा जलस्रोतको उपयोग गर्नुपर्छ भन्ने गरिए पनि चाहे अनुसारको लगानी भित्र्याउन नसकिएका बेला प्रतिबद्धता भएकामा सबैभन्दा बढी लगानी जलविद्युतमै हुनु सुखद् सन्देश हो ।

यस अवधिमा विदेशी लगानीका लागि ३४ मुलुक आएको देखिन्छ । त्यसमध्ये सबैभन्दा बढी लगानीको प्रतिबद्धता देखाउने मुलुक भारत हो । उसले १६ वटा उद्योगमा ८८ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता देखाएको हो । एउटा मात्रै उद्योग दर्ता गर्ने मुलुकको संख्या दर्जनभन्दा बढी छ । संख्याको आधारमा सबैभन्दा बढी उद्योग दर्ता गर्ने मुलुक भने चीन हो । उसले ४८ वटा उद्योग चालू आर्थिक वर्षको सात महिनामा दर्ता गरेको हो । लगानी भने ५ अर्ब ५५ करोड रुपैयाँ मात्रै छ ।

लगानी बोर्डमार्फत स्वीकृति पाएको भारतको सतलज जलविद्युत निगम पनि छ । उक्त कम्पनीले संखुवासभाको अरुण तेस्रो जलविद्युत्मा ८२ अर्ब ५० करोड रुपैयाँ लगानीको तत्परता देखाएको हो । बाँकी रकम कृषि, उत्पादन, खानी, सेवा र पर्यटन क्षेत्रमा भएको तथ्यांकले देखाउँछ ।

सबैभन्दा कम पर्यटन क्षेत्रमा लगानी भएको हो । ३० वटा पर्यटनमूलक उद्योगमा ४८ करोड रुपैयाँको मात्रै एफडीआई प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्षको सात महिनामा आएको प्रतिबद्धता गत आर्थिक वर्षभरिको भन्दा झन्डै ६ गुणाले बढी हो । आर्थिक वर्ष ०६९।७० मा जम्मा वैदेशिक लगानीको प्रतिबद्धता १९ अर्ब ९३ करोड रुपैयाँ मात्रै भित्रिएको थियो । 
प्रतिबद्धता जनाइएका उद्योगहरूका विदेशी लगानीकर्ताले ६ हजार १ सय ३८ जनलाई रोजगारी दिने प्रतिबद्धता देखाएका छन् । त्यसमध्ये सबैभन्दा बढी सेवा क्षेत्रका उद्योगले रोजगारीको सिर्जना गर्ने प्रतिबद्धता देखाएका हुन् । विभागको तथ्यांकअनुसार सेवा क्षेत्रमा १ हजार ८ सय २४ जनालाई रोजगारी दिने प्रतिबद्धता छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपालको स्रोत, नेपालकै पूँजी, नेपालीकै उन्नति - बिनिता देवकोटा (02.17.2014)
बजेट कार्यान्वयन : पुरानै प्रवृत्तिको निरन्तरता (02.10.2014)
वैदेशिक रोजगारीको योगदान २३.५ प्रतिशत (02.03.2014)
नेपाल दक्षिण एसियाकै पहिलो (02.03.2014)
बेरुजु बढ्दै फछ्र्यौट दर घट्दै (01.27.2014)
कृषिप्रधान मुलकको दुर्गती (12.30.2013)
चौधबुँदे सहमति गर्दै सकियो नेपाल–भारत बैठक (12.24.2013)
अख्तियारको निर्देशनपछि जनक शिक्षा अप्ठ्यारोमा (12.24.2013)
नेपाललाई लाभ छैन (12.17.2013)
बैंकहरूमा पैसा थुप्रियो, लगानीको क्षेत्र छैन (12.10.2013)
भक्तपुरमा ७ करोडभन्दा बढी क्षतिपूर्ति (12.10.2013)
१२ अर्ब खर्च पौने दुई करोड आम्दानी (12.05.2013)
प्रमुख दलहरुको आर्थिक विकासको समान नारा (10.30.2013)
दुई महिनामा आधा खर्ब (10.08.2013)
आयआर्जनको भरपर्दो स्रोत बन्दै ट्राउट माछा - श्याम शुन्दर पुडासैनी (10.02.2013)
कृषि : नारा चर्को, लगानी न्यून (09.18.2013)
सयौं प्रतिबद्धतामा कार्यान्वयन शून्य (09.10.2013)
उचित प्रबन्ध नगरिए २५ अर्बको लगानी जोखिममा (08.28.2013)
बजेट ४ खर्ब २४ अर्ब, व्यापार घाटा ५ खर्ब १८ अर्ब (08.21.2013)
पूँजी पलायनको ढोका खोल्दै मजदुर (08.14.2013)



 
::| Latest News

 
[Page Top]