युगसम्बाद साप्ताहिक

सरकारी संस्थान ः सुधारको विकल्प छैन
Monday, 09.12.2011, 03:07pm (GMT5.5)

मुलुकको आर्थिक वृद्धि आत्मनिर्भरताको दिशातिर अग्रसर हुने गरी स्थापना गरिएको सरकारी संस्थाहरूको हालत अहिले नाजुक निजीकरण, उदारीकरण बजार अर्थतन्त्रका नाममा कतिपय संस्थानहरू कौडीको मोलमा बेचियो भने भएका संस्थानहरूमा पनि राजनीतिकरण गरेर ध्वस्त पारिएको यस्तो अवस्थामा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संस्थानहरूको सुदृढिकरणका लागि पहल गर्ने सार्वजनिक गर्नुभएको उहाँले राजनीतिक स्वार्थका लागि संस्थानका प्रमुखहरू राजनीतिक नियुक्ति नगरी खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रक्रिया सुरु भएको पनि बताउनुभएको सस्थाहरूमा बढ्दो राजनीतिक हस्तक्षेपले भ्रष्टाचार, अनियमितता बढिरहेको ३६ मध्ये दुईवटा संस्थानले मात्र सरकारलाई लाभांश दिन सफल भएका छन् बाँकी ३४ संस्थाको हालत दयनीय यसबीचमा तत्कालीन शाही औषधि लिमिटेड जनकपुर चुरोट कारखाना बन्द भैसकेका छन्

गत आर्थिक वर्षमा ३६ वटा संस्थानहरूबाट सरकारले जम्मा अर्ब ८० करोड रुपैयाँ मात्र लाभांश पाएको नेपाल टेलिकम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मात्र लाभांश दिएका थिए संस्थानहरूमा सरकारले ८४ अर्ब ११ करोड बराबरको ऋण ८२ अर्ब ७५ करोड बराबरको शेयर लगानी गरेको ऋण शेयरमा गरेर डेढ खर्बभन्दा बढी लगानी गरेको सरकारले त्यसको प्रतिफल भने पौने पाँच अर्ब मात्र पाउनु भनेको सरकारी लगानी बालुवामा पानी खन्याएसरह हुनु हो त्यसो यसबीचमा १४ संस्थान खुद घाटामा गएको २२ वटाले नाफा कमाएको उल्लेख २२ वटा संस्थानले कमाएको नाफा १० अर्ब ५५ करोड ८६ लाख रुपैयाँ रहेको गत असारमा गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख

यसबीचमा नेपाल विद्युत प्राधिकरणमा केही सुधारको संकेत भयो भने अन्य संस्थाहरूको हालत विगतको भन्दा पृथक छैन यिनीहरूको सुदृढिकरणको विकल्प नभए पनि राजनीतिक स्वार्थले गर्दा मुलुकको ठूलो धनराशी डुब्ने खतरा बढिरहेको अघिल्लो आर्थिक वर्षमा संस्थानहरूबाट प्राप्त लाभांशको हिसाब गर्ने हो भने सरकारले गरेको लगानीको न्यूनतम व्याज पनि पुग्दैन चुरोट कारखाना, औषधि लिमिटेड बन्द भैसकेको अवस्थामा अहिले अस्तित्वमा रहेकामध्ये मुलुकको अत्यावश्यक सेवा प्रदान गर्ने संस्थानहरू- नेपाल वायुसेवा निगम, विद्युत प्राधिकरण, नेपाल औषधि लिमिटेड, आयल निगम जस्ता संस्थानहरू टाट पल्टिएको अवस्थामा पुग्दैगरेका छन् विद्युत प्राधिकरण यस वर्ष २९ अर्ब रुपैयाँ घाटामा पुगेको आयल निगमको घाटा पनि बढ्दो उता ती निकायका अधिकारीहरू भने दिन प्रतिदिन चिल्लो मोटो हुँदै गएका छन प्राधिकरण, वायुसेवा आयल निगमले राजनीतिक दलका नेताहरूको इच्छा पूर्ति गरी गरी टाट पल्टने स्थितिमा पुगेका हुन् आर्थिक-सामाजिक विकासका नाममा समेत राजनीतिक कार्यकर्तालाई विना योग्यता-क्षमता भर्ती गर्ने गर्दा डेढ खर्बभन्दा बढीको लगानीको प्रतिफल सरकारले . प्रतिशत मात्र पाएको जवकि निक्षेपमा बैंक व्याजदर १० प्रतिशत रहेको

व्यवस्थापिका संसद् सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी संस्थानहरूमा प्रतिस्पर्धाबाट प्रमुख नियुक्ति गर्ने आदेश सरकारलाई दिएको भए पनि त्यसको पालना हुन सकेको छैन अघिल्लो सरकारका ऊर्जा मन्त्री गोकर्ण बिष्टले मात्र नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुभयो अब अन्य संस्थानका प्रमुख पनि प्रतिस्पर्धाबाटै नियुक्त गर्ने प्रधानमन्त्री डा. भट्टराईको प्रतिबद्धता स्वागतयोग्य मानिएको आधारभूत सेवा प्रदान गरिरहेका संस्थानहरूमा राजनीतिक नियुक्ति हुँदा भ्रष्टाचार बढेको जगजाहेर विषय हो विद्युत प्राधिकरण, आयल निगम तथा वायुसेवा निगम जस्ता संस्थानहरू चरम आर्थिक संकटमा पर्नुको प्रमुख कारण भ्रष्टाचारलाई मानिएको यदि जिम्मेवार योग्य व्यक्तिलाई संस्थान प्रमुख बनाउने हो भने उनीहरूले संस्थानलाई सुधार गर्न पक्कै पनि सक्छन् प्रतिस्पर्धी अन्य निकाय नै नभए पनि सरकारी स्वामित्वका संस्थानहरू निरन्तर घाटामा जानु आफैंमा लज्जास्पद विषय हो

संचालनमा भैरहेका संस्थान मात्र होइन बन्द भएका संस्थानहरूको संचालन पनि अहिलेको प्रमुख चुनौति बनेको औषधि लिमिटेड, जनकपुर चुरोट कारखाना, कपडा उद्योगहरूको संचालन मुलुकको आर्थिक-सामाजिक रुपान्तरणकै लागि महत्वपूर्ण पाटो मानिएको मुलुकको आवश्यकताको ठूलो अंश उत्पादन गरेर सघाइरहेका ती संस्थानहरू बन्द हुनु मुलुक परनिर्भरताको भाषमा जाकिनु मात्र हो मुलुकमा खपत हुने औषधिको ठूलो हिस्सा नेपाल औषधि लिमिटेडले पूरा गर्दै आएको थियो तर त्यही संस्थान टाट पल्टियो यसको एउटै कारण भनेको राजनीतिकरण नै हो राजनीतिक आस्थाका आधारमा प्रमुख नियुक्त गर्ने मजदूरहरूले आफ्नो पक्ष विपक्षको भन्दै बन्द, हड्ता, घेराउ, तालाबन्दी जस्ता अनैतिक काम गरी अमूक राजनीतिक दलको पृष्ठपोषण मात्र गर्ने गरेकाले सरकारी संस्थानहरूको हालत नाजुक हुन पुगेका हुन् राजनीतिक स्वार्थ आर्थिक अनुशासनहीनताको चरम दुर्गन्धले मुलुकको समग्र संरचनामा मच्चिइरहेको भाँडभैलोको संकेत संस्थानहरूको दूरावस्थाले नै इङ्गित गरिरहेको अहिलेको सन्दर्भमा ती संस्थानहरूको सुदृढिकरणको विकल्प छैन



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com