युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.09.2019, 10:26am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
हवाई उडान र पर्यटनका लागि दीर्घकालीन योजना
Monday, 03.31.2014, 04:30pm (GMT+5.5)

मुलुकको आर्थिक विकासको मुख्य र दिगो आधार मानिएको पर्यटनको अपार सम्भावना भए पनि नेपालले त्यसको समुचित लाभ लिन सकेको छैन । विश्वका कतिपय मुलुकमा कृतिम सुन्दरताले समेत पर्यटकलाई आकर्षित गरिरहेका बेला प्राकृतिक सुन्दरताको खानी रहेको मुलुक नेपालमा भने पर्यटन प्रबद्र्धनको स्पष्ट कार्ययोजना नै नबिनरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण कार्ययोजना अघि सारेको छ ।

पर्यटनको मुख्य आधार मानिने नेपालको हवाई सेवा क्षेत्र सुधारका लागि मन्त्रालयले नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको तात्कालिक तथा भावी बृहत् कार्ययोजना ल्याएको हो ।

मन्त्रालयले वायुसेवा निगमको तात्कालिक मुख्य कार्ययोजनाको रुपमा निगमको १० वर्षे व्यावसायिक योजना २०१४ अप्रिलसम्ममा सम्पन्न गर्ने र यस योजनाअन्तर्गत दुई वटा वाइड बडी विमान खरिद गर्ने प्रक्रिया अविलम्ब अगाडि बढाउने जनाएको छ । सन् २०१७ सम्ममा निगमले दुई वटा न्यारो र दुई वटा वाइड विमान आफ्नो वेडामा थप्ने छ र कुल विमान सङ्ख्या अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा न्यारो र दुई वटा वाईड गरी सात वटा सञ्चालनमा ल्याउने छ ।

यी विमानबाट हाल सञ्चालनमा रहेका दोहा, क्वालालम्पुर, हङकङ, बैंककलगायत जापान, मुम्बई, कोलम्बो, रङ्गुन, दक्षिण कोरिया, लन्डन, फ््रयाङ्फर्ट, ल्हासा, दुबइ, बैंग्लोर, साङ्घाई, सारजाहाँ, दमाम क्षेत्रमा सेवा सञ्चालन हुने मन्त्रालयले योजनापत्रमा उल्लेख गरेको छ ।

आन्तरिक उडानतर्फ सन् २०१४ को अक्टोबरसम्म दुई वटा एमएसिक्टी, एमए ६० चार वट,ा वाई १२ई र तीन वटा ट्वीनअटर विमानबाट उडान सञ्चालन गरिने र ती वायुयानबाट आन्तरिकतर्फ अधिकांश क्षेत्रमा उडान सञ्चालन गरिनेछ । सन् २०१४ को अक्टोबरसम्ममा निगमको आन्तरिकतर्फ नौ वटा विमान सञ्चालनमा आउनेछन् र २०१७ सम्ममा दुई वटा मूल रुटमा र चार वटा स्टोल दुर्गम क्षेत्रमा सञ्चालन हुने वायुयान थप भई कुल १५ वटा विमानद्वारा आन्तरिक हवाई सेवा सञ्चालन गर्ने मन्त्रालयको योजना छ ।

वायुसेवा निगमको आर्थिक व्यवस्थापनलाई चुस्त र पारदर्शी बनाउँदै निगमको आन्तरिक सुधारतर्फ विदेशी वायुयानबाट अतिरिक्त आयआर्जन, इञ्जिनियरिङ दक्षता अभिवृद्धि गरिने जनाइएको छ ।

त्यसै गरी नागरिक उड्डयन प्राधिकरणको चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रम, हालसम्मको प्रगति एवम् आगामी योजना प्रस्तुत गर्दै मन्त्रालयले विमानचालक अनुमतिपत्र र तालिमसम्बन्धी कार्य (सिनियर र जुनियर क्याप्टेन) का लागि पाठ्यक्रम १५ सेप्टेम्बर २०१४ सम्म सम्पन्न गर्ने जनाएको छ ।

यस आर्थिक वर्षभित्र नेपाल नागरिक उड्डयन प्राधिकरणको पञ्चवर्षीय योजना २०७१ असार मसान्तसम्म तयार गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार र विस्तारका लागि २०७१ साउनदेखि लागु गर्ने गरी टिआइएलाई सक्षम र अत्याधुनिक बनाइने योजना छ ।

यस्तै, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा विराटनगर र नेपालगञ्ज विमानस्थललाई आधुनिकीकरण गर्ने, दुर्गम पहाडका विभिन्न आन्तरिक विमानस्थललाई सुदृढीकरण गर्ने, सुदूरपश्चिम क्षेत्रका विमानस्थललाई सेवा योग्य तुल्याउने, धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय कार्गो हबका रुपमा विकसित गर्ने मुस्ताङ, तेह्रथुम, वसन्तपुर, धरान, उदयपुर, मकालु बरुण क्षेत्रको (गुदेंल)लगायतका विमानस्थलको सम्भाव्यता अध्ययन गरी आवश्यक निर्यण लिने, देशका सबै विमानस्थललाई कालेपत्र गर्नेलगायत महत्वपूर्ण योजना अघिसारिएको छ ।

पर्यटन प्रवद्र्धनका लागि हवाई क्षेत्रको सुधार योजनाबारे हालै आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यले हवाई क्षेत्र पर्यटनसँग सम्बन्धित मात्र नभई आर्थिक समृद्धिको विषय भएकाले यसको सुधारका लागि मन्त्रालयले तात्कालिक र दीर्घकालीन कार्ययोजना अघि बढाएको बताउनुभयो । उहाँले देशको महत्वपूर्ण आधार पर्यटन भएको र यसका लागि चाहिने बाटोघाटो र हवाई जहाज नै भएकाले यसको विकासका लागि विद्यमान संरचनालाई सुधार गरेर लैजानुपर्नेमा जोड दिनुभयो ।

मन्त्री आचार्यले अन्तर्राष्ट्रिय विमानस्थलको सुधार र क्षेत्रीय विमानस्थल तथा पहाडी इलाकाका धावनमार्गलाई कालोपत्र गर्ने तथा पर्यटकीय स्थल मुस्ताङलगायतका क्षेत्रलाई प्राथमिकता दिइने बताउनुभयो । देशका करिब २५ वटा पर्यटकीयस्थलको अन्तर्राष्ट्रियरुपमा प्रचार गरी पर्यटकीय हब बनाउने योजना रहेको पनि मन्त्री आचार्यले जानकारी दिनुभयो । 

वायुसेवा निगमका प्रबन्ध निर्देशक मदन खरेलले निगमको सुधारका लागि पछिल्लो समय राम्रा काम भइरहेको र अप्रिल महिनभित्र जहाज गरिद गरिसक्ने जानकारी दिनुभयो । उहाँले निगमले अघि सारेका कार्ययोजना समयावधिभित्रै पूरा गर्ने प्रतिवद्धता जनाउँदै आगामी १० वर्षभित्र निगमले ठूलो फड्को मार्ने दाबी गर्नुभयो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गरी २४ घन्टे सेवा दिलाउन लागिपरेको बताउनुभयो । उहाँले देशका विभिन्न विमानस्थलको सुधारका लागि पाँच वर्षे कार्ययोजना बनाउन लागेको जानकारी दिँदै सन् २०१७ सम्म गौतमबुद्ध विमानस्थल बनाइसक्ने योजना रहेको उल्लेख गर्नुभयो । 

नेपालका जहाज बढी दुर्घटना भई इयुको कालोसूचीमा नेपाल परेको सन्दर्भ कोट्याउँदै उहाँले नागरिक उड्डयनको क्षमता विस्तार गरी कालोसूचीबाट नेपाललाई हटाउन आफूहरू लागिपरेको बताउनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
मासिक १४ मेगावाट विद्युत (03.24.2014)
अबको बजेट छ खर्बको (03.19.2014)
मौसमको भरमा आर्थिकवृद्धि (03.10.2014)
सार्कजस्तो नहोस बिम्स्टेक (03.03.2014)
राजनीतिक स्थिरता नै लगानीको द्वार (02.24.2014)
नेपालको स्रोत, नेपालकै पूँजी, नेपालीकै उन्नति - बिनिता देवकोटा (02.17.2014)
बजेट कार्यान्वयन : पुरानै प्रवृत्तिको निरन्तरता (02.10.2014)
वैदेशिक रोजगारीको योगदान २३.५ प्रतिशत (02.03.2014)
नेपाल दक्षिण एसियाकै पहिलो (02.03.2014)
बेरुजु बढ्दै फछ्र्यौट दर घट्दै (01.27.2014)
कृषिप्रधान मुलकको दुर्गती (12.30.2013)
चौधबुँदे सहमति गर्दै सकियो नेपाल–भारत बैठक (12.24.2013)
अख्तियारको निर्देशनपछि जनक शिक्षा अप्ठ्यारोमा (12.24.2013)
नेपाललाई लाभ छैन (12.17.2013)
बैंकहरूमा पैसा थुप्रियो, लगानीको क्षेत्र छैन (12.10.2013)
भक्तपुरमा ७ करोडभन्दा बढी क्षतिपूर्ति (12.10.2013)
१२ अर्ब खर्च पौने दुई करोड आम्दानी (12.05.2013)
प्रमुख दलहरुको आर्थिक विकासको समान नारा (10.30.2013)
दुई महिनामा आधा खर्ब (10.08.2013)
आयआर्जनको भरपर्दो स्रोत बन्दै ट्राउट माछा - श्याम शुन्दर पुडासैनी (10.02.2013)



 
::| Latest News

 
[Page Top]