युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.09.2019, 10:00am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
बिचौलिया मात्र हटाउन सके व्यापार घाटा कम
Tuesday, 06.24.2014, 01:48pm (GMT+5.5)

काठमाडौंं । नेपालको व्यापार घाटा पाँच खर्बभन्दा बढी छ । यसमा भारतसंगको घाटा दुई तिहाईभन्दा बढी छ । भारतसंगको आयात निर्यातको अन्तर आकाशजमिनको फरक छ तर नेपालले सानो कुरामा प्रतिबद्धता जनाएर काम गर्ने हो भने एक वर्षमै भारतसंगको व्यापार घाटालाई ३८ प्रतिशतसम्म झार्न सकिन्छ । 

यसको लागि नेपालको खाद्यान्न र तरकारीको निर्यात आयात रोक्ने गरी उत्पादन बढाउनु हो । नेपालले डेढ खर्बभन्दा बढीको खाद्यान्न र तरकारी भारतबाट आयात गर्ने गरेको छ । यसलाई रोक्ने हो भने मुलुकभित्र खाद्यान्न र तरकारी खेती बढाउनुपर्छ तर यसका लागि कृषकले उचित मूल्य र हौसला पाउनु आवश्यक छ ।

मुलुकममा तरकारी खेतीको लहर चलेको भए पनि यसबाट पलायन हुनेको संख्या अझ  बढी छ । यसको एउटै कारण भनेको उत्पादित तरकारीको मूल्यमा बिचौलियाको मनोमानी चल्नु हो । उत्पादक कम मूल्यमा तरकारी बेच्न बाध्य हुनुपर्ने तर उपभोक्ता महंगोमा खरीद गर्नुपर्ने बाध्यता अहिले चलिरहेको छ । 

यसका लागि सरकारले बिचौलियालाई मात्र कारबाही गरिदिने हो भने नेपालको भारतसंगको व्यापार घाटामा ३८ प्रतिशतले कमी आउने विज्ञहरूको भनाइलाई किसानहरू पनि समर्थन गर्दछन् । त्यसैले उनीहरू सो उपलब्धिका लागि बिचौलिया हटाउनुपर्ने बताउँछन् । 

बिचौलियाकै कारण उत्पादक वर्ग र उपभोक्ताहरू व्यापक ठगिँदा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि किसानहरूको सो भनाइ बाहिर आउन थालेको छ । बिचौलियाको मारमा किसानहरू परेपछि उपभोक्ताले स्वस्थ्यकर र सस्तो तरकारी खान नपाएको उनीहरूको भनाइ छ । 

कृषक जमुना श्रेष्ठ तरकारीमा विषादी प्रयोग कृषकको रहर नभई बाध्यता भएको बताउनुहुन्छ । प्राङ्गारिक उत्पादन देख्दा आकर्षक नदेखिने भएकालेसमेत उपभोक्ताहरू हेर्दा राम्रो देखिने तरकारीमा मात्र बढी मूल्य तिर्न तम्सने गरेको उहाँले बताउनुभयो । काभ्रे नालाकी कृषक सोविता जिसीले बनेपाको तरकारी बजारमा भिँडे खुर्सानी प्रतिकेजी रु १५ का दरले बिक्री गरे लगत्तै एक व्यापारीले एक मिनेटकै अन्तरमा सोही खुर्सानी रु ३० मा बिक्री गरे भने खुद्रा व्यापरीले सोही खुर्सानी उपभोक्तालाई रु ७० मा बिक्री गर्ने गरेको पाइन्छ ।

उत्पादन गर्ने कृषकले भन्दा थोक विक्रेताले १०० प्रतिशत र खुद्रा विक्रेताले १०० प्रतिशतभन्दा बढी नाफा लिएर उपभोक्तालाई बिक्री गरेकोबाट सजिलै अनुमान गर्न सकिन्छ कि बजारमा बिचौलियाकै कारण उपभोक्ता र उत्पादक वर्ग व्यापक ठगिएका हुन् । 

सरकारले सबै प्रकारको तरकारीको मूल्य निर्धारण नगर्दासम्म किसान र उपभोक्ता सधँै फसिरहने अवस्था देखिन्छ । 

“उत्पादन गर्ने किसानले जबसम्म उत्पादनको उचित मूल्य पाउँदैनन् तबसम्म व्यावसायिक उत्पादनमा आकर्षण बढ्दैन” भन्नुहुन्छ कृषक रमेश खड्का । हजारौँको सङ्ख्यामा कृषि सहकारी संस्था स्थापना भए पनि उक्त संस्थाहरूले किसानका हितमा काम नगरेको स्वयम् किसानहरू बताउँछन् । केही वर्षदेखि सरकारले प्राङ्गारिक उत्पादनमा जोड दिने नीति ल्याए पनि सो कार्य प्रभावकारी हुन नसक्दा उपभोक्ता मारमा परेका छन् भने बिचौलिया रातारात मालामाल हुनु र उत्पादक वर्ग निरास हुनुले खाद्य सुरक्षाको कुरा यथार्थमा रूपान्तरण हुन मुस्किलै देखिन्छ । 

एकातिर विषादी प्रयोग गरेका तरकारी खान उपभोक्ता बाध्य हुनु र अर्कातिर चर्को मूल्यमा तरकारी खरिद गर्नुपर्ने बाध्यता सिर्जना हुनुबाट ‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने उखान प्रमाणित हुन्छ । नेपालमा प्रत्येक वर्ष ३५० मेट्रिक टन विषादी भित्रिने गरेकोमध्ये ८५ प्रतिशत विषादी तरकारीमा मात्रै खपत हुने बाली संरक्षण निर्देशनालयको तथ्याङ्क छ । पछिल्लो समयमा बजारमा चलेको वर्णशङ्कर बीउबिजनबाट उत्पादन बढी हुने भए पनि त्यसलाई रोग किराले बढी आक्रमण गर्ने गरेको प्रयोगकर्ताहरूले गुनासो गरेका छन् । जैविक प्रविधि, गाईको गहुँत, तितेपातीको झोल, टिम्मुर तथा खरानी पानीको झोल, सिस्नु आदिलेसमेत किरा नमर्न थालेपछि कडा विषादी खरिद गर्नु परेको किसानहरूको भनाइ छ । 

बढी फलाउने र छिट्टै नाफा कमाउने लोभले किसानले विषादीको प्रयोग गर्ने गरेका छन् । सरकारले पनि पछिल्लोपल्ट प्राङ्गारिकखेतीमा जोड दिए पनि प्रभावकारी हुन सकेको छैन । सत्रुजीव बढ्दै गएका छन् । मित्रुजीव प्रायः विनाश भइरहेका छन् । विषादी प्रयोग भएको तरकारी खाने मानिसलाई पेट पोल्ने, वाकवाकी लाग्ने, बेहोस हुने र थरीथरीका रोग लाग्ने गरेको चिकित्सकको भनाइ छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पैसासंगै हिंसा बढ्यो (06.02.2014)
दुई दर्जन चिया उद्योग बन्द (06.02.2014)
नयाँ बजेट घोषणापत्र अनुसार बनाउ (06.02.2014)
विकास खर्चको गफ नै बढी (05.26.2014)
कष्ट सहेरै जानुपर्ने वैदेशिक रोजगारी (05.19.2014)
बेलैमा सचेत नभए भयावह स्थिति आउने (05.05.2014)
यत्रो बक्यौता बाँकी रहँदा पनि चुपचाप (05.05.2014)
गरीबी निवारण : नारा, यथार्थ र वस्तविकता (04.28.2014)
नेपालको विकासमा सघाउन विश्व समुदय प्रतिबद्ध (04.21.2014)
लगानी बोर्डमा क्षमताको अभाव ! (04.08.2014)
आर्थिक वृद्धिदर लक्ष्यभन्दा कम (04.08.2014)
यसपालिदेखि जेठमा बजेट (04.08.2014)
कागजमा सीमित छ १० हजार मेगावाट उत्पादन (03.31.2014)
हवाई उडान र पर्यटनका लागि दीर्घकालीन योजना (03.31.2014)
मासिक १४ मेगावाट विद्युत (03.24.2014)
अबको बजेट छ खर्बको (03.19.2014)
मौसमको भरमा आर्थिकवृद्धि (03.10.2014)
सार्कजस्तो नहोस बिम्स्टेक (03.03.2014)
राजनीतिक स्थिरता नै लगानीको द्वार (02.24.2014)
नेपालको स्रोत, नेपालकै पूँजी, नेपालीकै उन्नति - बिनिता देवकोटा (02.17.2014)



 
::| Latest News

 
[Page Top]