युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 12.09.2019, 11:33am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
सानो माछा बल्छीमा : ठूलो माछो पोखरीमै
Wednesday, 08.13.2014, 11:26am (GMT+5.5)

काठमाडौं । नेपाल भ्रष्टाचार हुने मुलुकहरुको अग्रपंक्तिमा आउँछ । भ्रष्टाचारको आँकडा केही तलमाथि पर्ने गरे पनि नेपालको स्थिति दक्षिण एसियामा अफगानिस्तानभन्दा मात्र राम्रो छ । सुशासनको स्थितिमा नेपाल विश्वका सयभन्दा बढी मुलुकभन्दा पछि छ । नीतिगत र संस्थागत भ्रष्टाचार बढ्दो छ । सुडान काण्ड यसको ज्वलन्त उदाहरण हो । यस्तोमा भ्रष्टाचार निवारण गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनसन्धान आयोगको सक्रियता बढेको देखिन्छ । अख्तियारको पछिल्लो सक्रियताले मुलुकमा भ्रष्टाचार नभएको क्षेत्र कुन रहेछ भन्ने सोच्न बाध्य पारेको छ । तर पनि अख्तियारको सक्रियता र भ्रष्टाचारीहरुमाथि गरिएको मुद्दा दायरले मुलुकमा सुशासन कायम हुन्छ भन्न सकिने स्थिति छैन । अहिले त केवल साना माछाहरु मात्र बल्छीमा परेका हुन् ।

यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरेक दिन भ्रष्टाचारका मुद्दा दायर गर्ने र हरेक दिन भ्रष्टहरुलाई हिरासतमा लिएको समाचारहरु आउँछन् । दिनको एक दर्जनका हाराहारीमा भ्रष्टाचारका मुद्दाहरुमा अख्तियार प्रवेश गर्दा पनि भ्रष्टाचारका कथा समाप्त हुँदैनन् । मुलुकमा भ्रष्टाचारले कति जरा गाडेको रहेछ भन्ने यसैबाट पुष्टि हुन्छ । 
अख्तियारको यो सक्रियता ऐतिहासिक मानिएको छ तर उसको पञ्जा वास्तविक भ्रष्टाचारमा पुग्न नसकेको र उजुरी परेका ठूला भ्रष्टाचारका काण्डहरुमा अनुसन्धान भैरहेको भन्दै समय व्यतित गरिरहेको आरोप पनि लाग्ने गरेको छ । वास्तविकता पनि त्यस्तै देखिन्छ– अख्तियारले अहिलेसम्म कर्मचारी र सामान्य भ्रष्टाचारमा मात्र हात हालेको छ । उच्च तह र नीतिगत रुपमा भएका भ्रष्टाचारमाथि हात हाल्नै सकेको छैन । अर्बौं अर्ब रुपैयाँका भ्रष्टाचारका मुद्दाहरु थाती नै रहेका छन् ।

यसबीचमा माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारको कुरा बेलाबेलामा अख्तियार प्रमुख लोकमानसिं कार्कीले उठाउने गरे पनि यो वास्तविकता हो कि जनता भुलाउने मेसो मात्र भन्नेमा शंका गर्नुपर्ने ठाउँ बाँकी नै छ । त्यस्तै सुडान घोटाला काण्डका मुख्य मतियारहरु भनिएकाहरुमाथि अनुसन्धान समेत हुन सकेको छैन । नेपाल प्रहरीका सदस्यहरुको गाँस कटाएर जम्मा भएको कल्याणकारी कोषको रकमबाट खरीद गरिएको एपीसी लगायतका बन्दोबस्तीका सामग्रीमा ठूलो रकम भ्रष्टाचार भएको थियो । 

संसदीय समितिले सुडान नै पुगेर छानबिन प्रतिवेदन बुझायो । थप अनुसन्धान गर्न अख्तियारलाई दियो तर त्यतिबेला अख्तियार कर्मचारीको भरमा थियो । अख्तियारले नेपाल प्रहरीका अधिकारीहरु, ठेकेदार र सामान निर्यातकलाई मात्र मुद्दा चलायो । उनीहरु सबै धरौटीमा छुटिसकेका छन् । सुडान घोटालामा मुछिएकाहरुले आफूले त आदेशको पालना मात्र गरेको बताइरहे पनि थप अनुसन्धान भएन ।

यतिबेला अख्तियारले नेतृत्व पाएको छ र सुडान घोटालाको पुनः छानबिन होला भन्ने आम अपेक्षा कायमै छ । राजनीतिक तहको संलग्नाबिना ३२ करोड रुपैयाँ बराबरको रकम भ्रष्टाचार हुनै सक्दैन भन्ने धेरैको तर्क छ र यसलाई नजरअन्दाज गर्न सकिने स्थिति छैन । तर अख्तियारले भित्रभित्रै अनुसन्धान गरिरहेको भए कुन्नि नत्र यो विषय त्यत्तिकै सेलाउने छ । भ्रष्टाचारका ठूलठूला काण्डहरुलाई छोपछाप पारिरहने र सानातिनालाई मात्र कारवाही गरिरहने हो भने यसले मुलकले चाहेको सुशासन कायम हुँदैन ।


Rating (Votes: )   
Share     Print


Other Articles:
एक वर्षमा पाँच लाख विदेशिए (08.04.2014)
बजेटको चुनौती, सम्भावना र कार्यान्वयन (07.22.2014)
धान दिवसमा खेतजति बाँझै (07.02.2014)
बिचौलिया मात्र हटाउन सके व्यापार घाटा कम (06.24.2014)
पैसासंगै हिंसा बढ्यो (06.02.2014)
दुई दर्जन चिया उद्योग बन्द (06.02.2014)
नयाँ बजेट घोषणापत्र अनुसार बनाउ (06.02.2014)
विकास खर्चको गफ नै बढी (05.26.2014)
कष्ट सहेरै जानुपर्ने वैदेशिक रोजगारी (05.19.2014)
बेलैमा सचेत नभए भयावह स्थिति आउने (05.05.2014)
यत्रो बक्यौता बाँकी रहँदा पनि चुपचाप (05.05.2014)
गरीबी निवारण : नारा, यथार्थ र वस्तविकता (04.28.2014)
नेपालको विकासमा सघाउन विश्व समुदय प्रतिबद्ध (04.21.2014)
आर्थिक वृद्धिदर लक्ष्यभन्दा कम (04.08.2014)
लगानी बोर्डमा क्षमताको अभाव ! (04.08.2014)
यसपालिदेखि जेठमा बजेट (04.08.2014)
कागजमा सीमित छ १० हजार मेगावाट उत्पादन (03.31.2014)
हवाई उडान र पर्यटनका लागि दीर्घकालीन योजना (03.31.2014)
मासिक १४ मेगावाट विद्युत (03.24.2014)
अबको बजेट छ खर्बको (03.19.2014)



 
::| Latest News

 
[Page Top]