युगसम्बाद साप्ताहिक

परिसंघको ऊर्जा विकास परिषद्
Monday, 11.21.2011, 04:17pm (GMT5.5)

काठमाडौं । जलविद्युत विकासमा निजी क्षेत्रको आकर्षण बढ्न नसकिरहेको बेला नेपाल उद्योग परिसंघले ऊर्जा विकास परिषद्को स्थापना गरेको छ । मुलुक ऊर्जा संकटबाट ग्रस्त रहेका बेला जलविद्युतमा निजी क्षेत्रको लगानी अभिवृद्धि गरी आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले सो परिषद् स्थापना गरिएको परिसंघले जनाएको छ । यो परिषद्ले जलविद्युतमा निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सरकारलाई नीतिगत सुझाव दिनेछ ।
नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको साझेदारी बढाउन परिषद्ले सरकारलाई ऊर्जासम्बन्धी आवश्यक सूचनाको उपलब्धता, लगानीको वातावरण तथा नीतिगत सुझाव प्रदान गर्ने परिसंघका महानिर्देशक मेघनाथ न्यौपानेले बताउनुभयो ।  उहाँले ऊर्जा क्षेत्रमा लगानी गर्न निजी क्षेत्र उत्साही भए पनि कतिपय नीतिगत अस्पष्टता एवं व्यावहारिक कठिनाइ रहेकाले त्यसको समाधान गर्न परिषद्ले आवश्यक संयन्त्र निर्माणमा सहयोग गर्ने पनि बताउनु भयो ।



Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com