| युगसम्बाद साप्ताहिक | ||||
|
अब सौर्य ऊर्जामा लगानी बढ्नसक्ने Tuesday, 12.15.2015, 12:04pm (GMT5.5) काठमाडौं । मुलुकको अपार क्षमता हेको जलविद्युतको उत्पादनलाई प्राथमिकता दिइएको भए भारतको नाकाबन्दीपछि उत्पन्न इन्धन संकट यतिसाह्रो पर्ने थिएन । कमसेकम खाना पकाउनका लागि विद्युत उपलब्ध गराउनसक्ने अवस्था समेत नभएपछि अब सरकारले एक वर्षमा विद्युत् भार कटौती गर्न सौर्य ऊर्जालाई प्राथमिकता दिने बताइरहेको बेला प्रवद्र्धकहरूले भने सबैभन्दा पहिले विद्युत् खरिद सम्झौता (पिपिए) गर्नुपर्ने माग गरेका छन् । मुलुकमा इन्धनको हाहाका मच्चिएका बेला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता हुने र अहिले काम गर्न पनि सहज वातावरण बनेको भन्दै प्रवद्र्धकले सौर्य ऊर्जाको हकमा पनि सो दर कायम भए आपूmहरू युद्धस्तरमा काम गर्न तयार रहेको बताएका छन् । सामान्यरूपमा घरायसी प्रयोजनका लागि सौर्य ऊर्जा प्रयोग गर्नेको सङ्ख्या मुलुकमा बढ्दै गए पनि व्यावसायिक रूपमा भने सो प्रणालीबाट विद्युत् उत्पादन गर्न लागिएको पहिलो पटक हो । सौर्य ऊर्जाको व्यावसायिक उत्पादनका लागि भन्दै सरकारबाट तीन प्रवद्र्धकले अनुमतिपत्र लिएका छन् । विद्युत् विकास विभागका अनुसार हालसम्म अनुमति लिएकाले निर्माण सुरु गर्ने बताइरहेको बेला पिपिए नै पहिलो प्राथमिकतामा रहेको बताउने गरेका छन् । विभागका अनुसार पिपल्स डेभलपमेन्ट एण्ड पावर टेक कम्पनीको प्रवद्र्धनमा तनहँुको मानुङडाँडामा सोलार पावर स्टेसन स्थापना गर्ने गरी अनुमति लिएको छ । विभागबाट सो आयोजनाले ५० मेगावाटको सौर्य ऊर्जा केन्द्रमा जडान गर्ने अनुमति लिएको छ । यस्तै इजिगेन्स पावरले पाँच मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्ने गरी अनुमति लिएको छ । सूर्य पावर कम्पनीले औद्योगिक प्रयोजनका लागि भन्दै एक मेगावाटको सौर्य ऊर्जा प्रणाली जडान गर्ने अनुमति विभागबाट लिएको छ । विभागबाट कुल ५६ मेगावाट क्षमताको सौर्य ऊर्जा जडान गर्ने अनुमति पाउँ भन्दै अनुमति लिएका छन् । अनुमति लिएकाले नेपाल विद्युत् प्राधिकरणले पिपिए नगरिदिँदा काम गर्न समस्या भएको बताएका छन् । पिपल्स डेभलपमेन्ट एण्ड पावर टेक कम्पनीका अध्यक्ष तुलसीदास महर्जनले प्राधिकरणले पिपिए गरिदिए आपूmहरू निर्माण सुरु गर्न तयार भएर बसेको राससलाई जानकारी दिनुभयो । तनहुँको मानुङडाँडामा कुल ५३ हेक्टर जमिनमा सौर्य ऊर्जा प्रणाली जडान गरिने र नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ । सर्वेक्षणको काम सम्पन्न भइसकेको जानकारी दिँदै अध्यक्ष महर्जनले प्रसारण लाइन सम्झौता गर्न बाँकी रहेको र पिपिए भए आगामी दुई महिनाभित्र काम सुरु गर्न सकिने बताउनुभयो । सो आयोजनाको प्रवद्र्धकले ५० मेगावाट सौर्य प्रणाली जडान गर्न करिब रु एक अर्ब ५० करोड बराबरको लगानी गर्ने तयारी गरेको छ । अध्यक्ष महर्जन सरकारले घोषणा गरेको एक वर्षमा विद्युत् भार कटौती अन्त्य गर्न वैकल्पिक ऊर्जामा नगइकन सुखै नभएकाले आपूmहरूजस्ता प्रवद्र्धकलाई सहयोग गर्नुपर्ने बताउनुहुन्छ । सूर्यपावर कम्पनीका महाप्रबन्धक जितेन्द्र भट्टराई आपूmहरूले व्यावसायिक प्रयोजनका लागि सौर्य प्रणाली जडान गर्न लागिएको बताउनुभयो । प्राधिकरणमा पिपिएका लागि निवेदन दिएको उल्लेख गर्दै उहाँले सरकारले पनि वैकल्पिक ऊर्जामा ध्यान दिने भनेकाले आगामी दिनमा सहजता प्राप्त हुने उल्लेख गर्नुभयो । नवलपरासीको एक उद्योगका लागि विभागबाट एक मेगावाटको अनुमतिपत्र लिएको जानकारी दिँदै भट्टराईले एक महिनाभित्र आपूmहरूले स्वीकृति पाउने विश्वास व्यक्त गर्नुभयो । सूर्याेदय ऊर्जा प्रालिका प्रतिनिधि श्रीराम अधिकारी सौर्य ऊर्जामा अनुदान बढाउनु पर्नेमा जोड दिनुहुन्छ । उहाँले सरकारको सहयोग भए एक मेगावाट क्षमताको सौर्य ऊर्जा दुई महिनाभित्र जडान गर्न सकिने र त्यसका लागि आपूmहरू तयार रहेको बताउनुभयो । प्राधिकरण पनि सौर्य ऊर्जामा नेपाल विद्युत् प्राधिकरणले पनि विश्व बैंकको सहयोगमा तत्काल २५ मेगावाट सौर्य ऊर्जा जडान गर्ने प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाको खाली रहेको जग्गा, नुवाकोटको त्रिशूली एवम् देवीघाट जलविद्युत् आयोजनाको खाली रहेको जग्गामा सौर्य ऊर्जा प्रणाली जडान गर्ने तयारी गरेको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेय विश्व बैंकको सहयोगमा प्राधिकरणले सौर्य प्रणाली जडान गर्ने कार्य सुरु गरेको बताउनुहुन्छ । उहाँले विद्युत्को माग बढेको, जलविद्युत् आयोजना निर्माणको क्रममा रहेको अवस्थामा विद्युत् भार कटौतीलाई अन्त्य गर्न सौर्य ऊर्जालाई पनि जोड दिन लागिएको स्पष्ट पार्नुभयो । विश्व बैंकको सहयोगमा प्राधिकरणले गत वर्ष नै सौर्य ऊर्जा प्रणाली जडान गर्ने कार्यक्रम अगाडि बढाएको थियो । सरकारले एक वर्षभित्र विद्युत् भार कटौती अन्त्य गर्ने घोषणा गरिसकेको अवस्थामा सौर्य ऊर्जा प्रणालीलाई नै विशेष प्राथमिकता दिनुपर्ने जानकारहरूले जोड दिँदै आएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सहरी क्षेत्रमा घरायसी प्रयोजनका लागि अनुदानसहित सौर्य ऊर्जा प्रणाली जडान गर्ने अभियानलाई योजनावद्ध रूपमा अगाडि बढाउने कार्यक्रम अगाडि सारेको छ । |
||||
| Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com | ||||