युगसम्बाद साप्ताहिक

९१ प्रतिशत आयात, निर्यात नौ प्रतिशत मात्र
Tuesday, 09.13.2016, 11:11am (GMT5.5)

काठमाडौं । मुलुकको वैदेशिक व्यापार चिन्ताजनक अवस्थामा पुगेको छ । हरेक वर्ष निर्यात घट्दैै गएको छ । व्यापार घाटा बढ्दो छ । गत आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले ह्रास आइ रु आठ खर्ब ५२ अर्ब २९ करोडमा सीमित भएको छ । 

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.३ प्रतिशत र ९१.७ प्रतिशत रहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । गत आवको तथ्याङ्कको विश्लेषणका आधारमा मुलुकको व्यापारघाटा निरन्तर रूपमा वृद्धि हुने क्रम जारी छ ।

आव २०७२।७३ मा अघिल्लो आवको तुलनामा व्यापार घाटा १.७ प्रतिशतले वृद्धि भई नेपालको कुल व्यापार घाटा रु सात खर्ब १० अर्ब एक करोड पुगेको केन्द्रले जनाएको छ । 

केन्द्रले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार गत आवमा कुल निकासीमा १७.९ प्रतिशतले ह्रास आइ रु ७१ अर्ब ६४ करोड तथा कुल पैठारीमा ०.४ प्रतिशतले ह्रास आई रु सात खर्ब ७८ अर्ब १५ करोड पुगेको केन्द्रका निर्देशक सुयश खनालले जानकारी दिनुभयो ।

केन्द्रका अनुसार आव २०७१।७२ अवधिमा निकासी– पैठारी व्यापारको अनुपात एक भागको ९.१ भाग भएकोमा आव २०७२।७३ मा निकासी–पैठारी व्यापारको अनुपात एक भागको ११ भाग रहेको छ । समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैँंचाको निर्यातमा १६ प्रतिशतले वृद्धि भर्ई रु आठ अर्ब छ करोड, तयारी पोसाकको निर्यातमा ११.३ प्रतिशतले वृद्धि भर्ई रु पाँच अर्ब ८८ करोड र पस्मिना सलको निर्यातमा ९.१ प्रतिशतले वृद्धि भर्ई रु दुई अर्ब ८९ करोड पुगेको छ । 

फलाम तथा स्टिल र तिनका उत्पादनको निर्यातमा ५४.६ प्रतिशतले ह्रास आई रु चार अर्ब ६७ करोड, पोलिस्टर तथा अन्य धागोमा १९.४ प्रतिशतले ह्रास आइ रु पाँच अर्ब ३६ करोड पुगेको छ भने मुसुरोको दालमा २.६ प्रतिशतले वृद्धि भर्ई रु एक अर्ब २९ करोड पुगेको छ ।

सो अवधिमा रु ७३ करोडको छाला, रु चार अर्ब ६१ करोडको अलैँंची, रु दुई अर्ब ४० करोडको चिया, रु ६४ करोडको अदुवा, रु ६३ करोडको चाउचाउ, रु एक अर्ब २४ करोडको जडीबुटी, रु एक अर्ब दुई करोडको टुथपेष्ट, रु तीन अर्ब ३९ करोडको टेक्सटाइल, रु ७५ करोडको हस्तकलाका सामान, रु ६५ करोडको नेपाली हातेकागज, रु १३ करोडको चाँदीका गरगहना निकासी भएको केन्द्रले जनाएको छ । 

सो अवधिमा पैठारी भएका प्रमुख वस्तुमा अघिल्लो वर्षको तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनमा १.९ प्रतिशतले ह्रास आई रु ७८ अर्ब २५ करोड, पेट्रोलियम पदार्थमा ३८.३ प्रतिशतले ह्रास आई रु ६९ अर्ब १९ करोडको आयात भएको छ । यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ३४.९ प्रतिशतले वृद्धि भई रु ६६ अर्ब ६३ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीमा ४.३ प्रतिशतले ह्रास आई रु ३४ अर्ब ५८ करोड, औषधिमा २२.९ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ५३ करोडको आयात भएको छ । 

केन्द्रका अनुसार मेसिनरी तथा पार्ट्समा ११.९ प्रतिशतले वृद्धि भर्ई रु ५७ अर्ब ११ करोड, पोलिथिन ग्रेन्युल्समा १०.५ प्रतिशतले वृद्धि भई रु १५ अर्ब ८१ करोड र कच्चा पाम आयलमा ४२.५ प्रतिशतले ह्रास आर्ई रु दुई अर्ब ८५ करोड अर्ब आयात भएको छ । 

दुरसञ्चारका सामग्रीमा २२.८ प्रतिशतले वृद्धि भई रु २३ अर्ब ७३ करोड, रसायनमा १२.९ प्रतिशतले वृद्धि भई रु नौ अर्ब ९९ करोडको आयात भएको केन्द्रले उल्लेख गरेको छ । यसैगरी समीक्षा अवधिमा रु १६ अर्ब आठ करोड बराबरको सुन, रु १५ अर्ब ९५ करोड बराबरको रासायनिक मल तथा रु नौ अर्ब ५३ करोड बराबरका हवाईजहाज तथा हवाईजहाजका पार्ट्स पैठारी भएका छन् । 

गत वर्ष रु नौ अर्ब ८४ करोडको समेन्ट क्लिङ्कर, रु १२ अर्ब ३६ करोडको कच्चा भटमासको तेल, रु १२ अर्ब ८७ करोडको तयारी पोसाक, रु ३९ अर्बको ३४ करोडको अन्न र रु तीन अर्ब ८२ करोडको ऊन आयात भएको छ । 


Copyright © 2011 Yugasambad Weekly (Yugasambad.Com.Np). All rights reserved. Powered By Neeraz.Com