युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
वान बेल्ट वान रोडमा हस्ताक्षर : सीमासम्म रेल जोड्न आग्रह
Wednesday, 05.17.2017, 12:08pm (GMT+5.5)

काठमाडौं । लामो समयको अन्योलपछि नेपालले अन्ततः चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेको छ । नेपालको आर्थिक विकासमा ठूलो सघाउ पुग्ने र नेपाल चीनसंग बाँकी विश्वको व्यापारको ट्रान्जिट बन्ने सम्भावनालाई मूर्तरुप दिन यो अभियानमा सरिक हुनुपर्ने थियो । शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्पmबाट परराष्ट्र सचिव शङ्करदाश बैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले सो अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । 
शुक्रबार उक्त समझदारीपत्रमा हस्ताक्षरपछि मन्त्री डा महतले यस नयाँ समझदारी दुई देशको सम्बन्धमा महत्वपूर्ण पाइला भएको बताउनुभयो । उहाँले भन्नुभयो–“यो सम्झौताले नेपाल र चीनबीच सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको छु ।” 
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको समेत उपस्थिति रहेको सो समारोहलाई सम्बोधन गर्दै मन्त्री डा महतले नेपालका लागि यो सम्झौता महत्वपूर्ण रहेको र यसपछि नेपालमा सडक सञ्जाल, रेलमार्गको निर्माण, नेपालमा चिनियाँ लगानीजस्ता विषयमा नेपाललाई फाइदा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
मन्त्री डा महतले भन्नुभयो– “नेपाल भूपरिवेष्टित देश हो र अझै पनि अल्पविकसित अवस्थामा नै छ, यसलाई ध्यानमा राखेर चीनजस्तो महत्वपूर्ण छिमेकीबाट नेपालमा लगानी हुनेछ र नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्नेछ ।” 
यो समझदारीपत्रमा हस्ताक्षरसँगै नेपालमा विदेशी लगानी र व्यापार प्रवद्र्धनका क्षेत्रमा नयाँ अध्यायको थालनी समेत भएको डा महतले बताउनुभयो । युरोप र अफ्रिकासमेतमा विस्तारित हुने यस चिनियाँ आयोजनाबाट नेपाल पनि लाभान्वित हुने हँुदा यस आयोजनाको समझदारीपत्रमा भएको हस्ताक्षरले नेपालको आर्थिक विकासमा पनि नयाँ आयाम थपिएको रूपमा आफूले लिएको पनि उहाँले बताउनुभयो । 
नेपाललाई बढीभन्दा बढी लगानीको खाँचो छ, यसै नयाँ आयोजनामार्फत नेपालमा चिनियाँ लगानी होस् भन्ने हामी चाहन्छौं– उहाँले भन्नुभयो । “पछिल्लो समयमा नेपालमा हामीलाई धेरै ठूलो वैदेशिक लगानीको आवश्यकता रहेको भन्दै उहाँले दुई देशबीच भएको समझदारीबाट नेपालले लाभ उठाउने विश्वास व्यक्त गर्नुभयो ।”
मन्त्री डा महतले यस समझदारीपत्रमा हस्ताक्षर हुने समयसम्म आइपुग्नाका लागि दुबै देशका विभिन्न तहमा कैयौँं पटकसम्म छलफल र अन्तक्र्रिया भएका स्मरण गर्दै यसका लागि सहयोग गर्ने चिनियाँ र नेपाली दुबै पक्षलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको उहाँका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो । 
सो कार्यक्रममा परराष्ट्र सचिव वैरागीले नेपालले पनि चीनको यो महत्वपूर्ण आयोजनाबाट लाभान्वित हुने भन्दै यसलाई नेपालको विकास प्रयासको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत यु होङले यस आयोजनाबाट चीन–नेपाल सहयोग र विशेषगरी दक्षिणी एसियाली क्षेत्रकै आर्थिक विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो । 
सो हस्ताक्षरसंगै चीन भ्रमणमा रहनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक र रेल सञ्जालले नेपालको सीमासम्म जोड्न चीनका यातायात मन्त्रीसमक्ष प्रस्ताव गर्नुभएको छ । मन्त्री लेखकले सोमबार चीनका यातायात मन्त्री लि जियाओ पेङसँगको भेटवार्तामा यस्तो प्रस्ताव राख्नुभएको हो । भेटका अवसरमा चिनियाँ मन्त्री पेङले ओबिओआर (वन बेल्ट वन रोड) मा हस्ताक्षरपछि नेपालको आर्थिक विकासमा नयाँ सुरुवात भएको बताउनुभयो ।
मन्त्री लेखकको नेपालमा लगानी र ठूला परियोजनामा सहयोगका लागि गर्नुभएको प्रस्तावलाई पनि उहाँले स्वीकार गर्नुभएको स्वकीय सचिव जनक भट्टले जानकारी दिनुभयो । ठूला परियोजनामा लगानीका लागि नेपालका तर्फबाट चीनका लागि राजदूत लीलामणि पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ ।
यसैगरी चीनले यो परियोजनाका लागि अन्तर्राष्ट्रिय विभागका महाप्रबन्धकलाई स्रोत व्यक्ति तोकेको छ । दुवै सम्पर्क एवम् स्रोत व्यक्तिको समूहले सोमबारैदेखि काम अघि बढाएको छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
सरकारले विदेशी औषधि आफँै खरिद बिक्री गर्ने (05.17.2017)
एडीबीको लगानी समाज रुपान्तरणमा हुनुपर्ने (05.11.2017)
सात वर्षपछि खुल्यो नेपाल औषधि लिमिटेड (05.11.2017)
चिनीया रेल लुम्बिनीसम्म (05.02.2017)
यस वर्ष ६.९४ प्रतिशतको आर्थिक वृद्धि हुने (05.02.2017)
दुई दशकपछि उत्साहप्रद आर्थिक वृद्धि ? (04.18.2017)
एनसेलको करबाट बन्छ ठूलो जलविद्युत आयोजना (04.11.2017)
जलस्रोतमा लगानी यसरी पनि हुनेरहेछ (03.22.2017)
प्रतिफल दिने आयोजनामा लगानी गरौं (03.22.2017)
विकासमा राजनीति गर्दा समस्या (02.28.2017)
माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको चालीस प्रतिशत काम सम्पन्न (02.28.2017)
छ महिनाको व्यापार घाटा ७१ प्रतिशत (02.15.2017)
अध्ययन विदेशमा हैन नेपालकै आयोजनाको (02.15.2017)
“नेपालको पानी जनताको लगानी” (01.31.2017)
नियमित विद्युत दिए दोब्बर राजस्व उठ्ने (01.18.2017)
छ महिनामा पूँजीगत खर्च नौ प्रतिशत मात्र (01.12.2017)
विद्युत आपर्ति हुँदा वार्षिक २० अर्ब बचत (01.12.2017)
यसरी हुँदोरहेछ जलस्रोतमा भ्रष्टाचार (01.04.2017)
पाँच महिनामा १०० मेगावाट विद्युत उत्पादन (01.04.2017)
योजना बन्छ अनि धमिराको आहारा हुन्छ (12.29.2016)



 
::| Latest News

 
[Page Top]