युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव
Wednesday, 05.24.2017, 11:06am (GMT+5.5)

अर्थविद्हरूले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने गरी बजेट नल्याउन सरकारलाई सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दीपेन्द्रबहादुर क्षेत्रीले संविधानले दिएको अधिकारलाई प्रयोग गरेर तोकिएकै समयमा कामचलाउ बजेट ल्याउनुपर्ने बताउनुभयो । 
उहाँले भन्नुभयो – “कर्मचारीको तलब खर्च र विगतमा चल्दै आएका परियोजनाको बजेट ल्याउँदा केही फरक पर्दैन,” उहाँले भन्नुभयो । डा क्षेत्रीले बजेट ल्याउँदा सबैलाई समेट्नु जरुरी रहेको बताउनुभयो । 
अर्थविद् डा शङ्कर शर्माले स्थानीय तहलाई बढी अधिकार दिने गरी बजेट ल्याउनुपर्ने बताउनुभयो । संविधानले दिएको अधिकारमध्ये कुन शीर्षकमा कति रकम दिने भन्नेबारे सरकार अहिले अन्योलमा रहेको उहाँको भनाइ थियो । डा शर्माले देशले २४ वर्षमा नभएको आर्थिक वृद्धिदर हासिल गरेको बताउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 
अर्थविद् डा डिल्लीराज खनालले निश्चित क्षेत्रको आवश्यकतालाई हेरेर बजेट निर्माण गर्नुपर्ने बताउनुभयो । “कुल बजेटको आधा स्थानीय क्षेत्रमा जाने गरी बजेट निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो । डा खनालले स्थानीय तहलाई अधिकार दिएर बजेट ल्याए मात्र देशको विकास हुने स्पष्ट पार्नुभयो । 
यसैबीच उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताउनुभएको छ । उद्योग मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा धनगढीदेखि विराटनगरसम्म १० वटा ब्लकको पहिचान भएको भन्दै सवै ब्लकमा उक्त टेन्डरमार्फत आह्वान गर्ने मन्त्री जोशीले बताउनुभयो । उहाँले पैसावालाभन्दा पनि प्राविधिक रूपमा सक्षम निजी क्षेत्रलाई काम दिने बताउनुभयो । 
राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान हुने र रसुवामा रहेको जस्ता र सिसा खानी उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री जोशीको भनाइ थियो । कुनै पनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी लगानी गर्ने उहाँले बताउनुभयो । 
छाला जुत्ताका व्यवसायीले उद्योग स्थापनाका लागि पहल गरिरहेकाले उक्त क्षेत्रमा लगानी गर्न अर्थमन्त्रालयसँग पहल भइरहेको समेत उहाँले जानकारी दिनुभयो । नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलामखानी सञ्चालन गर्ने कार्य अगाडि बढाउने तयारी भइरहेको भन्दै मन्त्री जोशीले गणेश हिमालजस्ता सिसा परियोजना उद्योग सञ्चालनमा ल्याउन छलफल भइरहेको बताउनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
वान बेल्ट वान रोडमा हस्ताक्षर : सीमासम्म रेल जोड्न आग्रह (05.17.2017)
सरकारले विदेशी औषधि आफँै खरिद बिक्री गर्ने (05.17.2017)
एडीबीको लगानी समाज रुपान्तरणमा हुनुपर्ने (05.11.2017)
सात वर्षपछि खुल्यो नेपाल औषधि लिमिटेड (05.11.2017)
चिनीया रेल लुम्बिनीसम्म (05.02.2017)
यस वर्ष ६.९४ प्रतिशतको आर्थिक वृद्धि हुने (05.02.2017)
दुई दशकपछि उत्साहप्रद आर्थिक वृद्धि ? (04.18.2017)
एनसेलको करबाट बन्छ ठूलो जलविद्युत आयोजना (04.11.2017)
जलस्रोतमा लगानी यसरी पनि हुनेरहेछ (03.22.2017)
प्रतिफल दिने आयोजनामा लगानी गरौं (03.22.2017)
विकासमा राजनीति गर्दा समस्या (02.28.2017)
माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको चालीस प्रतिशत काम सम्पन्न (02.28.2017)
छ महिनाको व्यापार घाटा ७१ प्रतिशत (02.15.2017)
अध्ययन विदेशमा हैन नेपालकै आयोजनाको (02.15.2017)
“नेपालको पानी जनताको लगानी” (01.31.2017)
नियमित विद्युत दिए दोब्बर राजस्व उठ्ने (01.18.2017)
छ महिनामा पूँजीगत खर्च नौ प्रतिशत मात्र (01.12.2017)
विद्युत आपर्ति हुँदा वार्षिक २० अर्ब बचत (01.12.2017)
यसरी हुँदोरहेछ जलस्रोतमा भ्रष्टाचार (01.04.2017)
पाँच महिनामा १०० मेगावाट विद्युत उत्पादन (01.04.2017)



 
::| Latest News

 
[Page Top]