युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
२४ वर्षयताकै उच्च आर्थिक वृद्धि
Wednesday, 05.31.2017, 01:54pm (GMT+5.5)

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४÷७५ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार व्यवस्थापिका–संसद् बैठकको बहुमतले पारित गरेको छ । सोमबार आर्थिक वर्ष २०७४।०७५ को वार्षिक बजेट पेश भएको छ । यसअघि आइतबार संसदमा पेश गरिएको यस वर्षको वार्षिक आर्थिक समीक्षामा सरकारले चालु आर्थिक वर्षमा मलुकको आर्थिक वृद्धिदर ६ दशमलव ९४ प्रतिशत पुग्ने अनुमान गरेको छ । सरकारको अनुमान यसअघिको भन्दा बढी हो । गत आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर शुन्य दशमलव ०१ प्रतिशत थियो । 
यो आर्थिक बर्ष २०५०।५१ यताकै सबैभन्दा बढी हो । अर्थ मन्त्रालयले समिक्षा प्रतिवेदन सार्वजनिक गर्दै अनुकुल मौसम, सरकारको पुँजीगत खर्चमा भएको बृद्धि, लगानीको अनुकूल वातावरण, ऊर्जाको उपलब्धता लगायतका कारणले आर्थिक वृद्धिदर बढेको जनाएको हो । सरकारले यो बर्ष कुल गार्हस्थ उत्पादन पनि बढेको जनाएको छ । गत बर्षको तुलनाका प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन करिब ११ हजारले बढेर यो बर्ष ९० हजार ५ सय २१ रुपैयाँ पुगेको छ । यस्तै, प्रतिव्यक्ति आय ६ दशमलव १ प्रतिशतले बृद्धि भई ८ सय ६२ अमेरिकी डलर पुगेको छ । 
मुद्रास्फीति दर पनि केही वर्ष यताकै न्युन रहेको छ । चालु आर्थिक बर्षको पहिलो ८ महिनामा उपभोक्ता मुद्रास्फीति दर ५ दशमलव १ प्रतिशत रहेको छ । गत बर्ष सोही अवधीमा मुद्रास्फीति दर ९ दशमलव ७ प्रतिशत थियो । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको उत्पादन ५ दशमलव २९ र गैर कृषि क्षेत्रको उत्पादन ७ दशमलव ७४ प्रतिशतले बढ्ने अनुमान गरीएको छ । यस्तै उद्योग क्षेत्रको उत्पादन १० दशमलव ९७ र सेवा क्षेत्रको उत्पादन ६ दशमलव ९० प्रतिशतले बढ्ने सर्वेक्षणमा उल्लेख छ ।  
समिक्षा अवधीमा समग्र शोधानान्तर स्थिति ५० अर्ब ६ करोडले बचतमा रहेको छ । गत बर्षको सोही अवधीमा शोधानान्तर बचत १ खर्ब ५८ अर्ब १८ करोड थियो । 
त्यस्तै यो बर्षको पहिलो ८ महिनामा कुल वस्तु व्यापार घाटा ४७ दशमलव ६ प्रतिशतले बढेर ५ खर्ब ८० अर्ब ३४ करोड पुगेको छ । गत बर्षको सोही अवधीमा यस्तो घाटा १२ दशमलव ५ प्रतिशतले घटेको थियो ।
यसअघि प्रमुख दलहरूबीच संसद चल्नदिने सहमति भएपछि आव २०७४÷७५ का लागि सरकारको नीति तथा कार्यक्रम संसद्को आइतबारको बैठकले बहुमतले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । यसअघि नीति कार्यक्रमका विपक्षमा सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल र अनुराधा थापामगरले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । 
त्यस क्रममा प्रधानमन्त्री दाहालले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमा नै हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले आफू र आफ्नो पार्टीलाई मात्र केन्द्रमा राखेको–हेरेको भए सबैलाई जोडेर स्थानीय तहको निर्वाचनमा जान सकिँदैन थियो भन्दै देशको आवश्यकता र संविधान कार्यान्वयनका लागि आफूले यस्तो कदम चालेको स्पष्ट पार्नुभयो । 
केही सांसदले सरकार र नीति तथा कार्यक्रम कामचलाउ भनेको प्रति जवाफ दिँदै भन्नुभयो, “यो नीति कामचलाउ होइन र छलफल पनि काम चलाउ होइन, अझ परिमार्जन गर्न छलफल हो । यो सरकार बहुमत गुमाएको वा अविश्वास दर्ता भएको होइन न त  जनताको विरोध भएर राजीनामा गरी कामचलाउ भएको हो । सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउन गरिएको महत्वपूर्ण कदम हो ।” 
उहाँले भन्नुभयो, “मेरो जोड स्थानीयपछि प्रदेश र सङ्घको निर्वाचनसमेत सम्पन्न गरी सङ्क्रमणकाल अन्त्य गर्नेमा छ ।” भारतसँगको छलफलपछि हुलाकी राजमार्गको करिब ८०० किमी सडक जोडतोडका साथ निर्माण अघि बढेको जानकारी गराउँदै उहाँले चीनसँगका सम्झौता पनि अघि बढेका छन् भन्नुभयो । 
प्रतिपक्षीलाई आफूले सदैव विश्वासमा लिने क्रमलाई निरन्तरता दिँदै आएको अवगत गराउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “म निरन्तर प्रतिपक्षीलगायतसँग संवादमा छु ।” सरकारले थालेको महत्वपूर्ण अभियानअन्तर्गत विद्युत्भार कटौती अन्त्य र आर्थिक वृद्धिदर बढेको उल्लेख गर्नुभयो  । 
परराष्ट्र नीति आवेगबाट होइन विवेकबाट हुनुपर्छ भन्ने कुरा आफूले व्यवहारमा कार्यान्वयन गरेको प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा छुटेका केही विषयलाई बजेटले समेट्ने आश्वासन पनि दिनुभयो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
फास्ट ट्रयाकको अभूतपूर्व अवसर (05.24.2017)
छ सय ८० मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदै सञ्चय कोष (05.24.2017)
निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव (05.24.2017)
वान बेल्ट वान रोडमा हस्ताक्षर : सीमासम्म रेल जोड्न आग्रह (05.17.2017)
सरकारले विदेशी औषधि आफँै खरिद बिक्री गर्ने (05.17.2017)
एडीबीको लगानी समाज रुपान्तरणमा हुनुपर्ने (05.11.2017)
सात वर्षपछि खुल्यो नेपाल औषधि लिमिटेड (05.11.2017)
चिनीया रेल लुम्बिनीसम्म (05.02.2017)
यस वर्ष ६.९४ प्रतिशतको आर्थिक वृद्धि हुने (05.02.2017)
दुई दशकपछि उत्साहप्रद आर्थिक वृद्धि ? (04.18.2017)
एनसेलको करबाट बन्छ ठूलो जलविद्युत आयोजना (04.11.2017)
जलस्रोतमा लगानी यसरी पनि हुनेरहेछ (03.22.2017)
प्रतिफल दिने आयोजनामा लगानी गरौं (03.22.2017)
विकासमा राजनीति गर्दा समस्या (02.28.2017)
माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको चालीस प्रतिशत काम सम्पन्न (02.28.2017)
छ महिनाको व्यापार घाटा ७१ प्रतिशत (02.15.2017)
अध्ययन विदेशमा हैन नेपालकै आयोजनाको (02.15.2017)
“नेपालको पानी जनताको लगानी” (01.31.2017)
नियमित विद्युत दिए दोब्बर राजस्व उठ्ने (01.18.2017)
छ महिनामा पूँजीगत खर्च नौ प्रतिशत मात्र (01.12.2017)



 
::| Latest News

 
[Page Top]