युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:46pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
१० महिनामा सात खर्ब ४७ अर्ब व्यापार घाटा
Thursday, 06.15.2017, 01:02pm (GMT+5.5)

काठमाडौं । मुलुकको आर्थिक वृद्धिदर २० वर्षयताकै सबैभन्दा बढी भएको देखिए पनि व्यापार घाटा भने कम हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्मको देशको आर्थिक अवस्था सार्वजनिक गर्दै निर्यात रु ६१ अर्ब दुई करोड हुँदा आयात रु आठ खर्ब आठ अर्ब ६८ करोड पुगेको जनाएको छ । जसले गर्दा समग्र व्यापार घाटा रु सात खर्ब ४७ अर्ब ६५ करोड पुगेको छ । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा यसको पार्टपुर्जा आयातका कारण समग्र व्यापार घाटा बढेको हो ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत वैशाखसम्मको मुलुकको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा सो कुरा उल्लेख भएको छ । सो अवधिमा विप्रेषणमा भने वृद्धि भएको छ ।
गत वैशाखसम्म विदेशमा रहेका नेपालीले रु पाँच खर्ब ६६ अर्ब ९७ करोड विप्रेषण पठाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ५.२ प्रतिशतले बढी रहेको बैंकले जनाएको छ ।
देशबाट बाहिरिनेभन्दा भित्रिने रकम शोधनान्तर रु ५३ अर्ब ८४ करोड बचतमा रहेको छ । यद्यपि चालु खाता भने रु ७ खर्ब ५७ करोड घाटामा रहेको छ ।
त्यसै गरी मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको देखाएको छ ।
यस्तै तराइमा ३.६ प्रतिशत, हिमालमा २.८ र काठमाडौँ उपत्यकामा १.९ प्रतिशतको हाराहारीमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा ११, तराइमा ८.६, हिमालमा ९.१ र काठमाडौँ उपत्यकामा ११.५ प्रतिशत रहेको थियो ।
सरकारले बजार अनुगमनलाई निरन्तरता दिएको र कुनै पनि बन्द तथा हडताल नभएका कारण मूल्यवृद्धि नियन्त्रणमा नै रहेको पाइएको छ । वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४ प्रतिशत कायम भएको छ– नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
गत वर्षको सोही अवधिमा मुद्रास्फीति दर १० प्रतिशत थियो । गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.६ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १३.४, तरकारीको मूल्यमा १३.१ र घ्यु तथा तेलको मूल्यमा १.९ प्रतिशत कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको बैंकको प्रतिवेदनमा उल्लेख छ ।
सो अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १२.७ र मदिराजन्य पेय पदार्थको मूल्य १०.७ प्रतिशत वृद्धि भएको छ । समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति भने ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति १०.४ प्रतिशत थियो । यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्यलगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य मुद्रास्फीति कम हुन गएको हो ।
समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.९ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ५.३ प्रतिशत वृद्धि भएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
२४ वर्षयताकै उच्च आर्थिक वृद्धि (05.31.2017)
फास्ट ट्रयाकको अभूतपूर्व अवसर (05.24.2017)
छ सय ८० मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदै सञ्चय कोष (05.24.2017)
निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव (05.24.2017)
वान बेल्ट वान रोडमा हस्ताक्षर : सीमासम्म रेल जोड्न आग्रह (05.17.2017)
सरकारले विदेशी औषधि आफँै खरिद बिक्री गर्ने (05.17.2017)
एडीबीको लगानी समाज रुपान्तरणमा हुनुपर्ने (05.11.2017)
सात वर्षपछि खुल्यो नेपाल औषधि लिमिटेड (05.11.2017)
चिनीया रेल लुम्बिनीसम्म (05.02.2017)
यस वर्ष ६.९४ प्रतिशतको आर्थिक वृद्धि हुने (05.02.2017)
दुई दशकपछि उत्साहप्रद आर्थिक वृद्धि ? (04.18.2017)
एनसेलको करबाट बन्छ ठूलो जलविद्युत आयोजना (04.11.2017)
जलस्रोतमा लगानी यसरी पनि हुनेरहेछ (03.22.2017)
प्रतिफल दिने आयोजनामा लगानी गरौं (03.22.2017)
विकासमा राजनीति गर्दा समस्या (02.28.2017)
माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको चालीस प्रतिशत काम सम्पन्न (02.28.2017)
छ महिनाको व्यापार घाटा ७१ प्रतिशत (02.15.2017)
अध्ययन विदेशमा हैन नेपालकै आयोजनाको (02.15.2017)
“नेपालको पानी जनताको लगानी” (01.31.2017)
नियमित विद्युत दिए दोब्बर राजस्व उठ्ने (01.18.2017)



 
::| Latest News

 
[Page Top]