युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
नेपाल रेमिट्यान्समा धानिने पहिलो मुलुक
Thursday, 06.22.2017, 12:16pm (GMT+5.5)

काठमाडौं । धेरैलाई थाहा छ, नेपालको आयातलाई रेमिट्यान्सले धानेको छ । यहाँबाट औद्योगिक उत्पादको साटो जनशक्ति निर्यात भैरहेको छ । नेपालबाट दैनिक १५ सयको हाराहारीमा युवाहरू कामको खोजिमा बिदेशिन्छन् । र उनीहरूबाट वार्षिक ६ खर्ब रुपयाँको हाराहारीमा रकम भित्रिन्छ । ठूलो संख्यामा युवा शक्ति पलायन भइरहँदा देशको अर्थतन्त्र नै रेमिट्यान्समा मात्र भर पर्न थालेको छ । वार्षिक व्यापार घाटालाई तुलना गर्ने हो भने रेमिट्यान्स नहुँदो हो त मुलुक आर्थिक संकटमा परिसक्थ्यो । यो वर्ष आर्थिक वृद्धिदर दुई दशककै सबैभन्दा बढी भएको प्रक्षेपण गरिएको छ । तर, यो वृद्धिको ठोस आधार औद्योगिक उत्पादन नभएर रेमिट्यान्समा वृद्धि र अनुकूल मौसम मात्र हो । त्यसैले नेपाल पूर्णतः रेमिट्यान्समा भरपरेको छ ।
हालै मात्रै संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको एक प्रतिवेदनमा नेपाल रेमिट्यान्समा भरपर्ने राष्ट्रहरूको सूचीमा पहिलो स्थानमा देखिएको छ । राष्ट्रसंघको कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी)का अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको झण्डै ३२ प्रतिशत बराबरको रकम रेमिट्यान्समार्फत स्वदेश भित्रने गरेको छ । नेपालमा वार्षिक ६ खर्बभन्दा धेरै रकम रेमिट्यान्समा रुपमा भित्रिन्छ । त्यस्तै लिबेरीया रेमिट्यान्समा भरपर्ने राष्ट्रहरूको सूचीमा दोस्रो स्थानमा परेको छ । यसले कुल गाह्रस्थ उत्पादनको ३१ प्रतिशत बराबरको रकम रेमिट्यान्सबाट भित्र्याउँछ । त्यस्तै कुल गाह्रस्थ उत्पादनको ताजिकिस्तानले २९, किर्गिस्तानले २६ र हाइटिले २५ प्रतिशत बराबरको रकम रेमिट्यान्समार्फत भित्र्याउने गरेका छन् ।
विदेशमा काम गर्न गएका लगभग प्रत्येक युवाहरूले स्वदेशमा पैसा पठाउँछन् । आखिर यसरी विश्वभर रहेका कामदारले स्वदेशमा कति रकम पठाउँछन् होला त ? आइएफएडीका अनुसार २०१६ मा विश्वभरबाट रेमिट्यान्सको रुपमा स्वदेशमा पठाइएको रकम कुल ४ सय ४५ बिलियन (४ हजार ५ सय अर्ब रुपैयाँ) अमेरीकी डलर बराबर रहेको छ । र, यो एक दशकमा यसमा झण्डै ५१ प्रतिशले बृद्धि भएको छ । यो वर्ष झण्डै ५ बिलियन अमेरिकी डलर बराबरको रकम बढ्ने छ ।
अहिले २ सय मिलियन कामदारहरूले विदेशमा काम गरेर ८ सय मिलियन परिवार बराबर पालिरहेका छन् । आइएफएडीका अध्यक्ष गिलबर्ट हुङ्बोल भन्छन्– अमेरिकी डलर २ सय वा तिन सय रुपैया एक जना विदेशमा काम गर्ने कामदारले स्वदेशमा पठायो भने त्यसले परिवारको आम्दनीको झण्डै ६० प्रतिशत हिस्सा ओगट्छ, जसले उनीहरूको दैनिक जीवनयापानमा ब्यापक परिवर्तन ल्याइदिएको हुन्छ ।
सबैभन्दा धेरै रेमिट्यान्स भित्राउने राष्ट्रमा भारत पहिलो स्थानमा रहेको छ । यसले गत वर्ष सन् २०१६ मा ६३ बिलियन अमेरीकी डलर बराबरको रकम रेमिट्यान्स भित्र्याएको थियो । केही वर्ष अघिसम्म चीन सबैभन्दा बढी रेमिट्यान्स भित्राउने राष्ट्रमा थियो । सन् २००७ मा चीनले ३८.५ बिलियन बराबरको रकम रेमिट्यान्समार्फत भित्र्याएको थियो भने भारतले ३७.२ बिलियन रकम भित्राएको थियो । तर अहिले भने भारतभन्दा चीनले झन्डै २ बिलियन कम रकम रेमिट्यासबाट भित्राएको छ ।
तर, भारतले यसरी रेमिट्यान्समार्फत भित्र्याएको रकम देशको अर्थतन्त्रमा सुधार गर्नलाई भने सानो मात्रै भूमिका खेल्छ । भारतको कुल गार्हस्थ उत्पादनको झण्डै ३ प्रतिशत बराबरको रकम रेमिट्यान्स मार्फत भित्रन्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
१० महिनामा सात खर्ब ४७ अर्ब व्यापार घाटा (06.15.2017)
२४ वर्षयताकै उच्च आर्थिक वृद्धि (05.31.2017)
फास्ट ट्रयाकको अभूतपूर्व अवसर (05.24.2017)
छ सय ८० मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदै सञ्चय कोष (05.24.2017)
निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव (05.24.2017)
वान बेल्ट वान रोडमा हस्ताक्षर : सीमासम्म रेल जोड्न आग्रह (05.17.2017)
सरकारले विदेशी औषधि आफँै खरिद बिक्री गर्ने (05.17.2017)
एडीबीको लगानी समाज रुपान्तरणमा हुनुपर्ने (05.11.2017)
सात वर्षपछि खुल्यो नेपाल औषधि लिमिटेड (05.11.2017)
चिनीया रेल लुम्बिनीसम्म (05.02.2017)
यस वर्ष ६.९४ प्रतिशतको आर्थिक वृद्धि हुने (05.02.2017)
दुई दशकपछि उत्साहप्रद आर्थिक वृद्धि ? (04.18.2017)
एनसेलको करबाट बन्छ ठूलो जलविद्युत आयोजना (04.11.2017)
जलस्रोतमा लगानी यसरी पनि हुनेरहेछ (03.22.2017)
प्रतिफल दिने आयोजनामा लगानी गरौं (03.22.2017)
विकासमा राजनीति गर्दा समस्या (02.28.2017)
माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको चालीस प्रतिशत काम सम्पन्न (02.28.2017)
छ महिनाको व्यापार घाटा ७१ प्रतिशत (02.15.2017)
अध्ययन विदेशमा हैन नेपालकै आयोजनाको (02.15.2017)
“नेपालको पानी जनताको लगानी” (01.31.2017)



 
::| Latest News

 
[Page Top]