युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
तमोर आयोजनाको साइत आउने कहिले ?
Tuesday, 08.08.2017, 06:03pm (GMT+5.5)

काठमाडौं । सन् १९८५ मा जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी(जाइका) ले तमोर जलासययुक्त (७६२ मेगावाट) आयोजना पहिचान गरेको थियो । उक्त आयोजना सञ्चालन अनुमतिपत्र (लाइसेन्स) का लागि नेपाल विद्युत प्राधिकरणले विसं २०७० मा ६५० ‘फुल सप्लाइ लेभल’ माग गरिएकामा ४५० कायम गरेर सम्भाव्यता अध्ययन गर्न तीन वर्षका लागि ऊर्जा मन्त्रालयले लाइसेन्स दिएको थियो । तदपश्चात् क्षमता अध्ययन गर्दा ७६२ मेगावाटभन्दा ठूलो बनाउँदा आकर्षक हुने निष्कर्ष निकालिएको थियो । 
सोही आधारमा २०७३ मा ७६२ मेगावाटको लाइसेन्सका लागि प्राधिकरणले ऊर्जा मन्त्रालयमा निवेदन दिएको थियो तर अझै लाइसेन्स पाएको छैन । चार सय ५० को लाइसेन्सको अवधि पनि यही साउन १३ गते सकिएको छ । 
विगतमा गुरुयोजनामा पहिचान भएको यो आयोजनालाई प्रतिकूल असर पर्नेगरी कावेली ए (३७ं६ मे.वा.) र तल्लो हेवा (२१.६ मे.वा) को लाइसन्ेस जारी भएका कारण आयोजना अन्योलमा रहेको सरोकार समितिले जनाएको छ ।
अहिले प्राधिकरणलाई दुवै आयोजनाको ऊर्जा मौज्दातको अध्ययन गरी प्रतिवेदन ल्याउन मन्त्रालयले भनेको छ । 
जाइकाद्वारा सन् १९८५ मा गरिएको गुरुयोजनाअनुरुप १३ वटा ठूला आयोजनामध्येको तमोर एक हो । तेह्रथुमका ११ पाँचथरका ११ र ताप्लेजुङका आठ गाविसमा फैलने तमोर नदीमा २०५ मि अग्लो बाँध बनाउँदा नदीको पानी बाँध स्थलबाट ४० किलोमिटर क्षेत्रफलको तलाउ बन्नेछ । यो पोखराको फेवातालभन्दा करिब आठ गुणा ठूलो हुन्छ ।
ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेले सम्भावना बोकेको तमोर आयोजना कानुनी उल्झन भए पनि सञ्चालनका लागि सहज बाटो खोज्ने प्रक्रियामा रहेको बताउनुभयो ।

उहाँले काबेली र हेवा आयोजना प्रतिस्पर्धाबाट सरकारले नै छनौट गरेकाले अबको समस्या कसरी समाधान गर्ने भन्ने प्रयास भइरहेको बताउनुभयो ।
आयोजनाबाट वार्षिक तीन हजार ३५४ गिगावाट पावर हिउँदमा र वर्षा याममा २४ घण्टा विद्युत् उत्पादन गर्न सकिन्छ । आयोजनाले चार जिल्ला धनकुटा, तेह्रथुम, ताप्लेजुङ र पाँचथर जिल्लाका स्थानीयवासी लाभान्वित मात्र हैन समग्र देशको विकासमा टेवा पुग्ने बताइएको छ । 
प्राधिकरणका अनुसार यो आयोजना सम्पन्न गर्न तीन वर्ष अध्ययन र पाँच वर्ष निर्माण गरी आठ वर्ष लाग्नेछ । तमोर आयोजना आकर्षणका रुपमा बूढीगण्डकीभन्दा आर्थिक, सामाजिक र वातावरणीय हिसाबले उपयुक्त छ । 
उक्त आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे तमोर जलाशययुक्त आयोजना सरोकार समूह, तमोर आयोजना संयुक्त सरोकार समिति र जलस्रोत तथा ऊर्जा पत्रकार समाजले संयुक्तरुपमा सरोकार भएका निकाय, राजनीतिक दल तथा सम्बद्ध पक्षसँग गरेको अन्तक्र्रिया                               कार्यक्रमका वक्ताले देशको आर्थिक समृद्धिसँग जोडिएको आयोजना अघि बढाउन नियामक निकाय ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले दतारुपता देखाउनुपर्ने औँल्याए ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महत्वको तमोर जलाशययुक्त आयोजनालाई तत्काल अघि बढाइनुपर्ने बताउनुभयो । उहाँले तमोर आयोजना नाफायुक्त र देशको समृद्धिसँग जोडिएकाले सहमतिका साथ नियामक निकायले लाइसेन्स दिएर प्राधिकरणले निर्माण प्रक्रिया अघि बढाउनुपर्ने खाँचो औँल्याउनुभयो ।
“तमोर आयोजना देशको ऊर्जा संकट समाधान मात्र हैन पर्यटन र कृषि व्यवसायको प्रवद्र्धनमा समेत टेवा आयोजनालाई सफल बनाउन सबैको सक्रियता चाहिन्छ, पूर्वाञ्चल र समग्र देशको विकासमा यो आयोजनाले सहयोग पुग्छ”– उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसका नेताद्वय डा मीनेन्द्र रिजाल, भीष्मराज आङ्देम्बे, नेकपा (एमाले) का सचिव भीम आचार्य, प्रमुख सचेतक भानुभक्त ढकाल लगायतले तमोर जलाशययुक्त आयोजनालाई तत्काल अघि बढाउन सरोकार निकायको ध्यानाकर्षण गराउनुभयो ।
प्राधिकरणका उपकार्यकारी निर्देशक मोहनरत्न शाक्यले राष्ट्रिय महत्वको जलाशययुक्त आयोजना निर्माणले देशको ऊर्जा संकट निवारणमा टेवा पुग्ने भएकाले प्राधिकरणको प्राथमिकतामा रहेको बताउनुहुन्छ ।
उहाँका अनुसार भूकम्पीय जोखिम नभएको तथा कम लगानीमा चाँडो फाइदा लिनसक्ने तमोर आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको र विस्तृत इन्जिनियरिङ अध्ययन गर्न दुई वर्ष लाग्नेछ । यो आयोजनाको कूल लागत रु एक खर्ब १२ अर्ब लाग्ने बताइएको छ । 
प्रभावित आयोजनाका तर्फबाट काबेली ‘ए’ का प्रमुख कार्यकारी अधिकृत शेरसिंह भाटले राष्ट्रिय महत्वको ठूलो परियोजना भएकाले सरकारकै निर्णयमा भरपर्ने बताउनुभयो । लोयर (तल्लो) हेवा आयोजनाका प्रमुख सञ्जीवकुमार ठाकुरले आयोजनाको भविष्यबारे सरकारको निर्णय स्वीकार्य हुने बताउनुभयो ।
तमोर जलाशययुक्त सरोकार समूहका अध्यक्ष वसन्त नेम्वाङले राष्ट्रिय प्रसारण प्रणालीलाई सहयोग पुग्ने आयोजनाको काम चाँडो अघि बढाउन दबाब सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
आठ खर्बभन्दा बढीको व्यापार घाटा, कहाँ सुध्रियो अर्थतन्त्र (07.26.2017)
पन्ध्र अर्ब वैदेशिक लगानी उद्योग क्षेत्रमा (07.26.2017)
जुन वर्ष पनि पुँजीगत खर्चमै समस्या (06.28.2017)
नेपाल रेमिट्यान्समा धानिने पहिलो मुलुक (06.22.2017)
१० महिनामा सात खर्ब ४७ अर्ब व्यापार घाटा (06.15.2017)
२४ वर्षयताकै उच्च आर्थिक वृद्धि (05.31.2017)
फास्ट ट्रयाकको अभूतपूर्व अवसर (05.24.2017)
छ सय ८० मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदै सञ्चय कोष (05.24.2017)
निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव (05.24.2017)
वान बेल्ट वान रोडमा हस्ताक्षर : सीमासम्म रेल जोड्न आग्रह (05.17.2017)
सरकारले विदेशी औषधि आफँै खरिद बिक्री गर्ने (05.17.2017)
एडीबीको लगानी समाज रुपान्तरणमा हुनुपर्ने (05.11.2017)
सात वर्षपछि खुल्यो नेपाल औषधि लिमिटेड (05.11.2017)
चिनीया रेल लुम्बिनीसम्म (05.02.2017)
यस वर्ष ६.९४ प्रतिशतको आर्थिक वृद्धि हुने (05.02.2017)
दुई दशकपछि उत्साहप्रद आर्थिक वृद्धि ? (04.18.2017)
एनसेलको करबाट बन्छ ठूलो जलविद्युत आयोजना (04.11.2017)
जलस्रोतमा लगानी यसरी पनि हुनेरहेछ (03.22.2017)
प्रतिफल दिने आयोजनामा लगानी गरौं (03.22.2017)
विकासमा राजनीति गर्दा समस्या (02.28.2017)



 
::| Latest News

 
[Page Top]