युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:18am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
९३ प्रतिशत रकम उपभोग्यमा खर्च
Tuesday, 08.29.2017, 11:57am (GMT+5.5)

काठमाडौं । नेपालमा वार्षिक रुपमा ७ खर्ब रुपैयाँभन्दा बढी विप्रेषण (वैदेशिक रोजगारीमा गएकाहरुबाट) भित्रिन्छ । तर, सो रकमको सात प्रतिशत रकम मात्रै व्यापार, व्यवसायमा प्रयोग हुने गरेको पाइएको छ । अर्थात् मुलुकमा भित्रिने रकमकोा ९३ प्रतिशत खर्च उपभोग्यमै खर्च हुन्छ ।
इस्टिच्युट फर इन्टिगे्रेटेड डेभलेपमेन्ट स्टडीज (आइआइडिएस) र इन्टरनेशनल एजेन्सी फर कन्ट्री इन्फरमेसन (आइएएससिआइ)ले हिमाल, पहाड र तराईका ३१ जिल्लाका घरधुरीमा गरको सर्वेक्षणका आधारमा ‘आप्रवासका कारण नेपालको विकासमा परेको बढ्दो प्रभाव’ विषयक अनुसन्धान प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको हो ।
अनुसन्धानले विप्रेषणबाट प्राप्त रकममध्ये ३९ प्रतिशत घरायसी खर्चमा, २८ प्रतिशत बचत तथा ऋण तिर्न, २६ प्रतिशत सम्पत्ति जोड्न र सात प्रतिशत व्यापारमा प्रयोग गर्ने गरेकोे देखाएको छ । विप्रेषणबाट प्राप्त गर्ने रकम सोचेभन्दा थोरै घरायसी खर्च हुने गरेको अध्ययनले देखाएको छ ।
यस्तै पहिलेभन्दा धेरै कामदारले औपचारिक माध्यमबाट मात्रै घरमा रकम पठाउन थालेको उल्लेख छ । अध्ययनको क्रममा अन्तर्वार्तामा सहभागी कामदारमध्ये ८८ प्रतिशतले बैंक वा वित्तीय संस्थामार्फत औपचारिक माध्यमबाट रकम पठाउने गरेको बताएका छन् ।
प्रतिवेदनमा केन्द्रित रहेर श्रम तथा रोजगार मन्त्रालय र अन्तरराष्ट्रिय आप्रवास संगठन(आइओएम)को आयोजनामा सम्पन्न दुई दिने कार्यशाला राजधानीमा शुरु भएको छ । कार्यशालामा सरकारी अधिकारी, विकास साझेदार संस्था, निजी क्षेत्र र रोजगारदाता संस्थाको सहभागिता रहेको छ । विप्रेषणलाई नेपालको विकासको लागि योजना बनाउने विषयमा छलफल केन्द्रित हुने आयोजकले जनाएको छ । 
कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव भुवन आचार्यले अध्ययन प्रतिवेदनबाट प्राप्त भएका तथ्य, तथ्याँक नेपालको सरकारी र निजी क्षेत्रले आगामी दिनमा विकास र आप्रवासका विषयका लागि योजना बनाउँदा सहयोगी बन्ने आशा व्यक्त गर्नुभयो ।
आइओएम नेपालका, नेपाल प्रमुख पाउल आई नोर्टोनले अध्ययन प्रतिवेदनले तथ्यको नजिक गएर वैदेशिक रोजगारीको आर्थिक, सामाजिक र मानवीय प्रभावको बारेमा समेटेको बताउनुभयो । नेपालले सन् २०१६ मा करिब रु नौ अर्ब विप्रेषणबाट प्राप्त हुने गरेको तथा विश्वकै सबैभन्दा बढी विप्रेषण प्राप्त गर्ने मुलुकमध्ये २३औँ स्थानमा परेको छ ।
मुलुकको कुल ग्राहस्र्थ उत्पादनमा विप्रेषणले सबैभन्दा बढी योगदान गर्ने मुलुकमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा बढी विप्रेषण प्राप्त गर्ने मुलुकमा ताजकिस्तान र किर्गिज गणतन्त्र रहेका छन् । नेपालका करिब आधा घरधुरीबाट कम्तीमा एकजना सदस्य वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
अहिले रेमिट्यान्सले नै आयात धानिरहेको छ । मुलुकमा औद्योगिकीकरण हुने, कृषि उत्पादन बढ्ने र रोजगारी सिर्जना हुने हो भने यो रकमको ठूलो हिस्सा उत्पादनमूलक कार्यमा लगाउन सकिन्छ । तर, परिस्थिति त्यस्तो छैन । ‘जनताको पानी जनताको लगानी’ र ‘रेमिट्यान्स हाइड्रो’ जस्ता योजना ल्याएर सरकारले केही सुधारको संकेत गरे पनि अहिले ती योजनाको गति के छ थाहा छैन । 


Rating (Votes: )   
Share     Print


Other Articles:
अध्ययनमा तीन हजार मेगावाट सुरु कहिले ? (08.29.2017)
विकास आयोजनामा हुने हेलचेक्र्याँइविरुद्ध अभियान (08.15.2017)
बाढीले विद्युतमा मात्र दुई अर्बभन्दा बढीको क्षति (08.15.2017)
तमोर आयोजनाको साइत आउने कहिले ? (08.08.2017)
आठ खर्बभन्दा बढीको व्यापार घाटा, कहाँ सुध्रियो अर्थतन्त्र (07.26.2017)
पन्ध्र अर्ब वैदेशिक लगानी उद्योग क्षेत्रमा (07.26.2017)
जुन वर्ष पनि पुँजीगत खर्चमै समस्या (06.28.2017)
नेपाल रेमिट्यान्समा धानिने पहिलो मुलुक (06.22.2017)
१० महिनामा सात खर्ब ४७ अर्ब व्यापार घाटा (06.15.2017)
२४ वर्षयताकै उच्च आर्थिक वृद्धि (05.31.2017)
फास्ट ट्रयाकको अभूतपूर्व अवसर (05.24.2017)
छ सय ८० मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदै सञ्चय कोष (05.24.2017)
निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव (05.24.2017)
वान बेल्ट वान रोडमा हस्ताक्षर : सीमासम्म रेल जोड्न आग्रह (05.17.2017)
सरकारले विदेशी औषधि आफँै खरिद बिक्री गर्ने (05.17.2017)
एडीबीको लगानी समाज रुपान्तरणमा हुनुपर्ने (05.11.2017)
सात वर्षपछि खुल्यो नेपाल औषधि लिमिटेड (05.11.2017)
चिनीया रेल लुम्बिनीसम्म (05.02.2017)
यस वर्ष ६.९४ प्रतिशतको आर्थिक वृद्धि हुने (05.02.2017)
दुई दशकपछि उत्साहप्रद आर्थिक वृद्धि ? (04.18.2017)



 
::| Latest News

 
[Page Top]