युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 10.23.2017, 04:10am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
सिमेन्टमा चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने
Wednesday, 09.06.2017, 03:37pm (GMT+5.5)

काठमाडौं । नेपालको आर्थिक विकासमा ठूला उद्योगमा वैदेशिक लगानीको अपेक्षा अनुसार मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आइतबार परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो । 
सम्झौताअनुसार रु ३६ अर्ब ७५ करोड बराबरको चिनियाँ लगानी मुलुक भित्रिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताउनुभयो । 
परियोजना लगानी सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र कम्पनीका तर्फबाट निर्देशक लाइ वेईपेङले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि चिनियाँ राजदूत यू होङको उपस्थिति थियो । 
परियोजना लगानी सम्झौता नेपाल सरकार र कम्पनीबीचको करार हो । सम्झौतामा दुवै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानीको सुरक्षाको प्रत्याभूति गरिएको उल्लेख गर्नुभयो । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा कारखाना स्थापना गर्नेछ । कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ । आयोजनामा नेपालको शिवम् होल्डिङ समूहको लगानी रहेको छ । कम्पनीले सन् २०१८ भित्र उत्पादन सुरु गर्नेछ । शुरुमा दैनिक ६ हजार टन क्षमताको हुने सो उद्योगको उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पु¥याउने लक्ष्य रहेको छ । 
आयोजनाका लागि तत्काल नेपाल विद्युत् प्राधिकरणले दुई मेगावाट विद्युत् उपलब्ध गराएको छ । कारखानाका लागि करिब १२ मेगावाट विद्युत् जरुरी रहेको छ । परियोजनामा चिनियाँ कम्पनीको ७० प्रतिशत र नेपाली साझेदारको ३० प्रतिशत लगानी रहनेछ । 
नेपालमा नै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने र सिमेन्ट उद्योगमा पूर्णरूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कारखाना स्थापना गर्न लागिएको हो । 
हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री कार्कीले लगानी सम्झौताबाट नेपालको व्यावसायिक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताउनुभयो । उहाँले परियोजना कार्यान्वयनका क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
‘परियोजना कार्यान्वयनका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र सहजीकरणको सुनिश्चितता दिलाउन चाहन्छु’ अर्थमन्त्री कार्कीले भन्नुभयो । उहाँले बजेटमा व्यक्त भएअनुसार आवश्यक पूर्वाधार तथा अन्य सुविधा सरकारले उपलब्ध गराउने उल्लेख गर्दै सम्झौतालाई अन्तिमरूप दिने क्रममा बोर्ड कार्यालय र सम्वद्ध मन्त्रालय तथा सरकारी निकायका तर्फबाट भएका प्रयासको प्रसंशासमेत गर्नुभयो । 
बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस सम्झौताले विदेशी लगानीकर्तालाई नेपाल वास्तवमै आकर्षक गन्तव्य बन्दै गइरहेको भन्ने प्रमाणित भएको बताउनुभयो । 
सम्झौतासँगै नेपालमा विश्वस्त भएर लगानी गर्ने र नेपालको आर्थिक समृद्धिको यात्रामा साझेदार बन्न विदेशी कम्पनीका लागि नेपालमा लगानीको अनन्त अवसर सिर्जना भएको उहाँको कथन थियो । 
परियोजनाको कार्यान्वयन सहजीकरण गर्न बोर्डले आवश्यक समन्वय गर्ने विश्वास दिलाउनुभयो । 
होङसी शिवम् प्रालिका निर्देशक लाइ वेईपेङले परियोजनालाई हालको अवस्थामा ल्याउनका लागि बोर्डले खेलेको भूमिकाका लागि प्रशंसासहित धन्यवाद दिनुभयो । 
यो सम्झौता साकार पार्न बोर्डको भूमिका निकै महत्वपूर्ण रह्यो, नेपालमा लगानीको वातावरणसम्बन्धी हाम्रै अनुभवले पनि विदेशी लगानी भित्र्याउन लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने उहाँको कथन थियो । 
निजी क्षेत्रमा नै पहिलो पटक भएको यस खालको सम्झौताले अन्य साझेदारी लगानीको समेत अभिवृद्धि गर्ने सो अवसरमा जानकारी दिइयो । हङकङको रेड लायन शिवम् सिमेन्टसँग मिलेर होङसी शिवम् सिमेन्ट प्रालि स्थापना गरेको हो । लगानी बोर्डले अगाडि बढाएका केही ठूला परियोजनामध्ये जलविद्युत् आयोजनापछि यो नै ठूलो र महत्वपूर्ण हो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
९३ प्रतिशत रकम उपभोग्यमा खर्च (08.29.2017)
अध्ययनमा तीन हजार मेगावाट सुरु कहिले ? (08.29.2017)
विकास आयोजनामा हुने हेलचेक्र्याँइविरुद्ध अभियान (08.15.2017)
बाढीले विद्युतमा मात्र दुई अर्बभन्दा बढीको क्षति (08.15.2017)
तमोर आयोजनाको साइत आउने कहिले ? (08.08.2017)
आठ खर्बभन्दा बढीको व्यापार घाटा, कहाँ सुध्रियो अर्थतन्त्र (07.26.2017)
पन्ध्र अर्ब वैदेशिक लगानी उद्योग क्षेत्रमा (07.26.2017)
जुन वर्ष पनि पुँजीगत खर्चमै समस्या (06.28.2017)
नेपाल रेमिट्यान्समा धानिने पहिलो मुलुक (06.22.2017)
१० महिनामा सात खर्ब ४७ अर्ब व्यापार घाटा (06.15.2017)
२४ वर्षयताकै उच्च आर्थिक वृद्धि (05.31.2017)
फास्ट ट्रयाकको अभूतपूर्व अवसर (05.24.2017)
छ सय ८० मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदै सञ्चय कोष (05.24.2017)
निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव (05.24.2017)
वान बेल्ट वान रोडमा हस्ताक्षर : सीमासम्म रेल जोड्न आग्रह (05.17.2017)
सरकारले विदेशी औषधि आफँै खरिद बिक्री गर्ने (05.17.2017)
एडीबीको लगानी समाज रुपान्तरणमा हुनुपर्ने (05.11.2017)
सात वर्षपछि खुल्यो नेपाल औषधि लिमिटेड (05.11.2017)
चिनीया रेल लुम्बिनीसम्म (05.02.2017)
यस वर्ष ६.९४ प्रतिशतको आर्थिक वृद्धि हुने (05.02.2017)



 
::| Latest News

 
[Page Top]