युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:09am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
एक महिनाको व्यापार घाट ७९ अर्ब
Wednesday, 09.06.2017, 03:52pm (GMT+5.5)

यस वर्ष मुलुकको व्यापार घाटा १२ खर्बको हाराहारीमा हुने देखिएको छ । मुलुकको आर्थिक वृद्धिदर २० वर्षयताकै सबैभन्दा बढी (७.३ प्रतिशत) भनेर भाषण चुटिए पनि व्यापारघाटाको तुला भने उकासिंदै गएको छ । मुलुकभित्र उत्पादन बढाउनेभन्दा रेमिट्यान्सको रकमले आयात धान्ने काम गर्ने प्रवृत्ति कायमै रहेका कारण नयाँ आर्थिक वर्षको पहिलो महिनामा ८० अर्ब रुपैयाँ बराबरको व्यापार घाटाको तथ्यांकले प्रष्ट गर्दछ ।
यो घाटा गत वर्षको पहिलो महिनाको तुलनामा २६ प्रतिशतले बढी हो । तथ्यांकअनुसार साउन महिनामा नेपालमा ८६ अर्ब ७० करोड ४८ लाख ८६ हजार रुपैयाँका सामग्रीहरू आयात भएका छन् । निर्यात भने ६ अर्ब ७० करोड ७७ लाख ९५ हजार रुपैयाँ मात्रै भएको हो । 
साउन महिनामा निर्यात पनि घटेकको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष साढे तीन प्रतिशतले निर्यात घटेको छ । गत आर्थिक वर्षमा ६ अर्ब ९५ करोड ८ लाख ११ हजार रुपैयाँको निर्यात भएको थियो ।
भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा ७९ अर्ब ९९ करोड ७० लाख ९१ हजार रुपैयाँले व्यापार घाटा भएको हो । गत आर्थिक वर्षको साउनमा भने ६३ अर्ब २१ करोड ४९ लाख ४० हजार रुपैयाँले व्यापार घाटा भएको थियो । 
पहिलो महिना भएको व्यापार घाटाकै अनुपात चालु आर्थिक वर्षका महिनाभरि हुने हो भने यो वर्षको व्यापार घाटा झन्डै १२ खर्ब रुपैयाँ पुग्ने सम्भावना देखिन्छ । 
नेपालले ९८ मुलुकसँग व्यापार गरेको छ । यसमध्ये ८३ मुलुकसँग व्यापार घाटा छ । अर्थात् यी मुलुकहरूसँग नेपालले सामानहरू निर्यातभन्दा बढी आयात गरेको हो । अघिल्ला वर्षहरूमा समेत यस्तै प्रवृत्ति देखिने गरेको छ । गत वर्ष ३३ वटा मुलुकहरूसँग त १ अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा भएको छ । 
स्वदेशी उत्पादन वृद्धि हुन नसक्नु, उत्पादन भएका सामग्री निर्यात हुन नसक्नु र आयातित सामानमा परनिर्भरता बढिरहेकाले बर्से्नि व्यापार घाटा चुलिँदै गएको हो । विगतमा झैं साउन महिनामा सबैभन्दा बढी व्यापार घाटा भएका मुलुकमा भारत र चीन नै देखिएका छन् । 
विभागको तथ्यांकअनुसार भारतबाट ५५ अर्ब ७२ करोड ९६ लाख ६१ हजार रुपैयाँको सामग्री साउन महिनामा आयात भए । निर्यात भने ३ अर्ब ६३ करोड ९६ लाख ३४ हजार मात्रै भएको छ । जसले गर्दा भारतसँग व्यापार घाटा ५२ अर्ब ९ करोड २७ हजार रुपैयाँ पुगेको हो । त्यस्तै चीनबाट साउन महिनामा ११ अर्ब १५ करोड ४९ लाख ३१ हजार रुपैयाँका सामग्री आयात भएको छ । निर्यात भने १५ करोड ४० लाख ८८ हजार रुपैयाँ भएको हो । जसले गर्दा चीनसँग ११ अर्ब ८ लाख ४३ हजार रुपैयाँले पहिलो महिनामा व्यापार घाटा भएको छ । 
गत आर्थिक वर्षमा पनि सबैभन्दा बढी व्यापार घाटा भारतसँग नै भएको थियो । वर्षभरिमा भारतबाट ६ खर्ब ४१ अर्ब १७ करोड २४ लाख ३८ हजार रुपैयाँको सामान आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । निर्यात भने ४१ अर्ब ६० करोड ३ लाख ७९ हजार रुपैयाँ मात्रै भएको थियो । उक्त आधारमा भारतसँग गत वर्ष व्यापार घाटा ५ खर्ब ९९ अर्ब ५७ करोड २० लाख ५९ हजार रुपैयाँ भएको हो ।
गत आर्थिक वर्षमा सवा ९ खर्ब रुपैयाँले व्यापार घाटा भएको थियो । मुलुकमा उत्पादकत्व बढ्न नसक्नु, मनसुनले साथ दिए कृषि उत्पादन राम्रो हुँदा आर्थिक वृद्धिदर केही बढेकको देखिए पनि वैदेशिक रोजगारी नहुँदो हो त मुलुकले आयात धान्न सक्दैन । नेपालमा वार्षिक सात खर्ब रुपैयाँभन्दा बढी रेमिटुयान्स भित्रिन्छ ।
यो रकमको ९७ प्रतिशत रजग्गा, भौतिक र उपभोग्य वस्तु खरीदमै सकिन्छ । अर्थात् विदेशबाट आएको रकम विदेशबाट वस्तु आयात गरेर उतै जान्छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
सिमेन्टमा चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने (09.06.2017)
९३ प्रतिशत रकम उपभोग्यमा खर्च (08.29.2017)
अध्ययनमा तीन हजार मेगावाट सुरु कहिले ? (08.29.2017)
विकास आयोजनामा हुने हेलचेक्र्याँइविरुद्ध अभियान (08.15.2017)
बाढीले विद्युतमा मात्र दुई अर्बभन्दा बढीको क्षति (08.15.2017)
तमोर आयोजनाको साइत आउने कहिले ? (08.08.2017)
आठ खर्बभन्दा बढीको व्यापार घाटा, कहाँ सुध्रियो अर्थतन्त्र (07.26.2017)
पन्ध्र अर्ब वैदेशिक लगानी उद्योग क्षेत्रमा (07.26.2017)
जुन वर्ष पनि पुँजीगत खर्चमै समस्या (06.28.2017)
नेपाल रेमिट्यान्समा धानिने पहिलो मुलुक (06.22.2017)
१० महिनामा सात खर्ब ४७ अर्ब व्यापार घाटा (06.15.2017)
२४ वर्षयताकै उच्च आर्थिक वृद्धि (05.31.2017)
फास्ट ट्रयाकको अभूतपूर्व अवसर (05.24.2017)
छ सय ८० मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदै सञ्चय कोष (05.24.2017)
निर्वाचनलाई प्रभाव पार्ने गरी बजेट नल्याउन अर्थविद्को सुझाव (05.24.2017)
वान बेल्ट वान रोडमा हस्ताक्षर : सीमासम्म रेल जोड्न आग्रह (05.17.2017)
सरकारले विदेशी औषधि आफँै खरिद बिक्री गर्ने (05.17.2017)
एडीबीको लगानी समाज रुपान्तरणमा हुनुपर्ने (05.11.2017)
सात वर्षपछि खुल्यो नेपाल औषधि लिमिटेड (05.11.2017)
चिनीया रेल लुम्बिनीसम्म (05.02.2017)



 
::| Latest News

 
[Page Top]