युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.21.2017, 01:47pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
केरुङबाट लुम्बिनीसम्म रेल कुदाउन सम्भव
Wednesday, 11.15.2017, 02:16pm (GMT+5.5)

काठमाडौं । आखिर चीनको ल्हासा हुँदै केरुङबाट काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बन्ने सम्भावना बढेर गएको छ । भारतको नाकाबन्दीपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाल र चीनबीच रेलमार्गले जोड्ने सम्झौता अनुसार अहिले चिनीया पक्षले त्यसको अध्ययन गर्दै रेलमार्ग सम्भव भएको बताएको छ ।
उच्च हिमाली क्षेत्र छिचोलेर रेलमार्ग बनाउन कठिन हुने भए पनि चिनियाँ प्राविधिकहरुको टोलीले नेपा र चीन जोड्ने रेलमार्गबारे अध्ययन गरेपछि रेल निर्माण प्राविधिक रुपमा सम्भव भएको बताएका छन् । 
नेपालमा निकै चासो र उत्सुकताकासाथ हेरिएको अनि व्यंग्य गर्ने गरेकको केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग सम्भव भएको चिनीया टोलीको निष्कर्ष छ । त्यसो त चीन सरकारले आफ्नै किसिमले यसअघि नै अध्ययन गरिसकेको थियो ।
रेलमार्गको अध्ययन गरेको उक्त टोलीले अध्ययन प्रतिवेदन भने केही समयपछि बुझाउने छन् । चिनियाँ प्राविधिकले थप अध्ययन गरेर त्यसको सम्भावनालाई टुंगो लगाउने बताएका छन् । 
चीनको राष्ट्रिय रेलवे प्रशासनका उपप्रमुख चेङ चियान नेतृत्वको २३ सदस्यीय टोली उक्त अध्ययन र लगानीको अवस्थाबारे अध्ययन गर्न सोमबार नेपाल आएको थियो । टोलीले नेपालभित्र र सीमामा जोड्ने रेलको प्राविधिक पक्षबारे अध्ययन गरेको थियो । 
उक्त टोलीले आएलगत्तै र स्थलगत अवलोकन सकेर जानुअघि छलफल गर्दै सम्भावाना रहेको निश्कर्ष निकालेको हो । टोलीले अन्य प्राविधिकहरुको समेत धारणा र नेपाल सरकारको रेल विभागले तयार गरेको अध्ययनको आधारलाई राखेर नेपालमा रेलमार्ग सम्भव रहेको जानकारी चीन सरकारलाई दिनेछ ।  
उनीहरुले आफ्नो पक्षबाट अध्ययन समेत गरिसकेकाले नेपालले पनि अव छुट्टै प्रस्तावसहित रेल निर्माणको लागि अघि बढ्न पर्ने हुन्छ । 
चिनीया पक्षले यस क्षेत्रमा भौगर्भिक समस्या रहेको जानकारी पनि दिएका छन् । दुई प्लेटको बीचमा रहेको क्षेत्र भएकाले प्लेट आपसमा जुध्दा रेलमार्गको सुरुङमा समस्या आउनसक्ने भए पनि त्यहाँ रेल कुद्नसक्ने सम्भावना रहेको धारणा उनीहरुले ब्यक्त गरेका छन् । 
यसै गरी नेपालको रेलमार्ग विस्तारमा चीनले प्राविधिक क्षमता बढाउन तालिम दिने भएको छ । नेपालको रेल क्षेत्रका प्राविधिक जनशक्तिको क्षमता विकासका लागि अर्को वर्ष (सन् २०१७) देखि तालिम दिन चीन सहमत भएको छ ।
त्यससम्बन्धी दुईपक्षीय सहमतिपत्र हस्ताक्षरसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र चिनियाँ टोली प्रमुख जेङ चियानबीच माइन्युट आदनप्रदान भएको छ ।
सहमतिअनुसार नेपाली पक्षले सन् २०१७ को सुरुवातमै इन्जिनियरलाई तालिम दिनेबार प्रस्ताव पठाउनेछ । भौतिक पूर्वाधार मन्त्रालयका अनुसार कुन विषय, कतिजना, केका लागि भन्ने विषयलाई निश्चित गरेर प्रस्ताव पठाइनेछ । आजो नयाँ पत्रिकामा खबर छ ।
यसअघि गत सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुई देशका उच्च अधिकारीबीच भएकोे छलफलमा नेपालको रेल क्षेत्रका लागि अत्यावश्यक संस्थागत विकास र प्राविधिक जनशक्तिको क्षमता विकासबारे मौखिक समझदारी भएको थियो ।
तालिमले डिजाइन, विस्तृत आयोजना प्रतिवेदन तयारी, रेलमार्गको स्टेसन निर्माण, रेलका संकेतलगायत विषयमा नेपाली प्राविधिकको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्नेछ । त्यसपछि रेलमार्गको हरेक काममा परामर्शदातामा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
अनुदान लिन नयाँ नियम (11.07.2017)
पाँच वर्षमा दुई हजार किमी रेलमार्ग ! (11.07.2017)
आयल निगममा गोपालको गोलमाल (10.11.2017)
जिएमआर आयोजना मात्र ओगट्दै (09.12.2017)
मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति (09.12.2017)
एक महिनाको व्यापार घाट ७९ अर्ब (09.06.2017)
सिमेन्टमा चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने (09.06.2017)
९३ प्रतिशत रकम उपभोग्यमा खर्च (08.29.2017)
अध्ययनमा तीन हजार मेगावाट सुरु कहिले ? (08.29.2017)
विकास आयोजनामा हुने हेलचेक्र्याँइविरुद्ध अभियान (08.15.2017)
बाढीले विद्युतमा मात्र दुई अर्बभन्दा बढीको क्षति (08.15.2017)
तमोर आयोजनाको साइत आउने कहिले ? (08.08.2017)
आठ खर्बभन्दा बढीको व्यापार घाटा, कहाँ सुध्रियो अर्थतन्त्र (07.26.2017)
पन्ध्र अर्ब वैदेशिक लगानी उद्योग क्षेत्रमा (07.26.2017)
जुन वर्ष पनि पुँजीगत खर्चमै समस्या (06.28.2017)
नेपाल रेमिट्यान्समा धानिने पहिलो मुलुक (06.22.2017)
१० महिनामा सात खर्ब ४७ अर्ब व्यापार घाटा (06.15.2017)
२४ वर्षयताकै उच्च आर्थिक वृद्धि (05.31.2017)
फास्ट ट्रयाकको अभूतपूर्व अवसर (05.24.2017)
छ सय ८० मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदै सञ्चय कोष (05.24.2017)



 
::| Latest News

 
[Page Top]