युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 12.17.2017, 04:07am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
व्यापार घाटा दश खर्ब नाघ्ने
Friday, 11.24.2017, 12:57pm (GMT+5.5)

काठमाडौं । मुलुकको व्यापारघाटामा सुधार आउने कुनै संकेत छैन । रेमिट्यान्सले धानिरहेको आयात बढ्दो छ भने निर्यात घटिरहेको छ । वार्षिक सात खर्बको हाराहारीमा रेमिट्यान्स भित्रिए पनि त्यो रकमको ठूलो हिस्सा उपभोगमा सकिने गरेको छ । अहिलेको अनुपातमा व्यापार घाटा बढ्दै जाने हो भने यो आर्थिक वर्षमा १० खर्बभन्दा बढीको घाटा हुने देखिएको छ ।
सरकारले पनि वैदेशिक रोजगारीबाट भित्रिएको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने योजना नै बनाउन सकेको छैन । केही योजना बने पनि त्यो कार्यान्वयनमा छैन । विदेशबाट श्रम गरेर भित्रिएको रकम दैनिक उपभोग्यदेखि विलासिताका सामग्रीहरूमा खर्च हुने गरेको छ । जताबाट रकम आउँछ उतैबाट बस्तु आयात गर्दा सो रकम उतै फर्किने गरेको छ । पछिल्लो समय विलासी वस्तुहरुको आयात उच्च रहेपछि चालु आर्थिक वर्षको तीन महिनामै व्यापार घाटा २ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तीन महिनाको तुलनामा १९ प्रतिशतले वृद्धि भई व्यापार घाटा २ खर्ब ३९ अर्ब ७५ करोड रुपैयाँ पुगेको हो । गत वर्ष यही अवधिमा २ खर्ब १ अर्ब ६९ करोड रुपैयाँ व्यापार घाटा भएको थियो । 
स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र आयातित सामग्रीहरूमा परनिर्भरता बढिरहेकाले बर्से्नि व्यापार घाटा चुलिँदै गएको हो । विगत वर्षहरूझैं चालु वर्षको तीन महिनामा सबैभन्दा बढी व्यापार घाटा भएको मुलुकमा पहिलो भारत र दोस्रोमा चीन हो । तेस्रो र चौथोमा क्रमशः अर्जेन्टिना र भियतनाम छन् । व्यापार घाटा हुने मुलुकहरूमा प्रायस् भारत र चीन पहिलो र दोस्रो देखिए पनि तेस्रो र चौथो मुलुकहरू भने फरक–फरक हुने गरेको छ । 
भन्सार विभागको तथ्यांकअनुसार साउन, भदौ र असोज महिनामा मात्रै २ खर्ब ६० अर्ब २० करोड रुपैयाँका सामग्री आयात भए । यो गत आर्थिक वर्षको तुलनामा करिब १८ प्रतिशतले बढी हो । निर्यात भने २० अर्ब ४५ करोड रुपैयाँको मात्रै भएको छ । जुन गत वर्षको तुलनामा ८ प्रतिशत मात्रै बढेको हो ।
यो वर्षको आगामी महिनाहरूमा पनि यही अनुपातमा आयात भइरहे चालु वर्षको व्यापार घाटा १० खर्ब रुपैयाँभन्दा बढी हुनेछ । यो तथ्यांकले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले नीतिगत रूपमा गरेका कार्यक्रम विफल हुँदै गएको देखिन्छ । गत वर्ष साढे ३० प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १७ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो । विभागको तथ्यांकअनुसार भारतबाट १ खर्ब ६७ अर्ब ७५ करोड रुपैयाँका सामान आयात भएका छन् । निर्यात भने १० अर्ब ९५ करोड रुपैयाँको मात्रै हो ।
चीनबाट ३६ अर्ब ५२ करोड रुपैयाँका सामग्री आयात भएको छ । निर्यात भने ४९ करोड रुपैयाँ भएको छ । चीन, भारत र थाइल्यान्डबाट चामल मात्रै १३ करोड ५ लाख ७४ लाख ५५ हजार किलो आएको छ । भन्सार मूल्यअनुसार यसको मूल्य ५ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ हो । 
तीन महिनामा १ सय २७ मुलुुकसँग व्यापार भएको छ । यसमध्ये १ सय ६ मुलुकसँगको व्यापार घाटामा छ । यी मुलुकहरूसँग नेपालले सामानहरू निर्यातभन्दा बढी आयात गरेको छ । अघिल्ला वर्षहरूमा पनि यस्तै प्रवृत्ति थियो । 


Rating (Votes: )   
Share     Print


Other Articles:
बुढी गण्डकी अन्योलमा, पश्चिमसेतीको भने ढोका खुल्यो (11.24.2017)
केरुङबाट लुम्बिनीसम्म रेल कुदाउन सम्भव (11.15.2017)
अनुदान लिन नयाँ नियम (11.07.2017)
पाँच वर्षमा दुई हजार किमी रेलमार्ग ! (11.07.2017)
आयल निगममा गोपालको गोलमाल (10.11.2017)
जिएमआर आयोजना मात्र ओगट्दै (09.12.2017)
मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति (09.12.2017)
एक महिनाको व्यापार घाट ७९ अर्ब (09.06.2017)
सिमेन्टमा चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने (09.06.2017)
९३ प्रतिशत रकम उपभोग्यमा खर्च (08.29.2017)
अध्ययनमा तीन हजार मेगावाट सुरु कहिले ? (08.29.2017)
विकास आयोजनामा हुने हेलचेक्र्याँइविरुद्ध अभियान (08.15.2017)
बाढीले विद्युतमा मात्र दुई अर्बभन्दा बढीको क्षति (08.15.2017)
तमोर आयोजनाको साइत आउने कहिले ? (08.08.2017)
आठ खर्बभन्दा बढीको व्यापार घाटा, कहाँ सुध्रियो अर्थतन्त्र (07.26.2017)
पन्ध्र अर्ब वैदेशिक लगानी उद्योग क्षेत्रमा (07.26.2017)
जुन वर्ष पनि पुँजीगत खर्चमै समस्या (06.28.2017)
नेपाल रेमिट्यान्समा धानिने पहिलो मुलुक (06.22.2017)
१० महिनामा सात खर्ब ४७ अर्ब व्यापार घाटा (06.15.2017)
२४ वर्षयताकै उच्च आर्थिक वृद्धि (05.31.2017)



 
::| Latest News

 
[Page Top]