युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 01.16.2018, 03:11pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
आर्थिक समृद्धिका लागि मतदान
Tuesday, 12.12.2017, 02:50pm (GMT+5.5)

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले मुलुक राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चरणमा प्रवेश गर्ने भन्दै उद्योगी तथा व्यवसायीले खुसी व्यक्त गरेका छन् । 
राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा अमनचयन कायम हुने र त्यसले एकाध वर्षमा आर्थिक उन्नतीको मार्ग प्रशस्त गर्ने उहाँहरुको भनाइ छ । 
प्रमुख राजनीतिक दलले राजनीतिक क्रान्तिको युग सकिएको भन्दै आफ्ना घोषणापत्रमार्फत औद्योगिक वातावरण बन्ने, लगानीका अवसरमा वृद्धि हुने, बेरोजगारीको अन्त्य हुने र लगानीकर्तामा समेत विश्वास र आशा पैदा हुने चरणमा पुगेको भन्दै खुसी व्यक्त गरेका छन् । 
दलहरुले घोषणापत्रमा समेत महत्वकाक्षी आर्थिक समृद्धिको कार्यक्रम समावेश मात्रै गरेका छैनन्, आगामी पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय रु पाँच लाख पु¥याउने घोषणा गरेका छन् । 
उद्योगी व्यावसायीले दलका घोषणापत्रको स्वागत गर्दै मुलुक निर्वाचनको माध्यमबाट राजनीतिक स्थिरता प्राप्त गर्ने चरणमा प्रवेश गरेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले आफूले समृद्धिको पक्षमा मतदान गरेको प्रतिक्रिया दिनुभयो । मुरारकाले काठमाडौँको थापाथलीमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । 
उहाँले भन्नुभयो, “राजनीतिक एजेण्डा सकिएको छ, अबको मुख्य कार्यसूची आर्थिक समृद्धि हो, मलाई विश्वास छ राजनीतिक दल आर्थिक समृद्धिको यात्रामा लामवद्ध हुनेछन्, मैले आर्थिक समृद्धिका लागि मतदान गरे ।”
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले काठमाडौँ क्षेत्र नं– ५ स्थित बाँसबारी मतदान केन्द्रबाट मतदान गर्नुभयो । उहाँले देश औद्योगिकरुपमा समृद्ध हुनुपर्ने बताउँदै आफूले समृद्धशाली मुलुकका असल नागरिक हुने रहर पूरा हुने अपेक्षासहित मतदान गरको टिप्पणी गर्नुभयो । 
गत वर्षदेखि मुलुकमा विद्युत्भार कटौतीको अन्त्य भएको छ । त्यसले औद्योगिक वातावरण तयार पारेको छ । आर्थिक वर्ष २०७३÷७४ मा ६.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुन सक्यो । चालु आवमा ७.२ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखिएको छ । देशभर नै उद्योगी व्यवासायीमा नयाँ उत्साह छाएको छ । 
संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले काम सुरु गरिसकेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि राजनीतिक संघर्षको अध्याय सकिने र मुलुक आर्थिक समृद्धिको युगमा प्रवेश गर्ने कम्प्युटर एसोसियसन महासंघ नेपालका अध्यक्ष विनोद ढकाल बताउनुुहुन्छ । 
उहाँले भन्नुभयो,  “राजनीतिक स्थिरताका लागि मैले मतदान गरे, देशले आर्थिक निकास पाओस् । मुलुक समृद्ध बनोस् ।” उहाँले कालीमाटीस्थित जनप्रभात मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो । 
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले आफ्नो मताधिकार जनजागृति मावि गोल्फुटारबाट प्रयोग गर्नुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरिरहेकाले यस पटक उक्त सपना पूरा हुने धारणा राख्नुभयो । 
अध्यक्ष गुरागाईले भन्नुभयो “राजनीतिक लडाइँ र झगडाबाट मुलुकले मुक्ति पाउँदैछ । आर्थिक समृद्धिको यात्रा सुरु हुन लागेको छ । उद्योग धन्दाको विकास हुनेछ । बेरोजगारीको अन्त्य हुने छ । ऊर्जाको क्षेत्रमा उल्लेख्य प्रगति हुन्छ भन्ने मैले विश्वास लिएको छु ।”
उहाँले आगामी बन्ने सरकारले नेपालको जलविद्युत्को क्षेत्रमा उल्लेख्य योगदान गर्ने र नेपालको ऊर्जा सुरक्षामा समेत विशेष ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । 
निर्वाचनलाई भयरहित, मर्यादित र शान्तिपूर्ण बनाउन उद्योग वाणिज्य महासंघले अनुगमन समूह नै बनाएको छ । । यस्तै उद्योगी तथा व्यावसायीले पनि निर्वाचनको पर्यवेक्षण समेत गरेका छन् । आर्थिक वृद्धि र समृद्धिका लागि उनीहरुले आफूले मतदान गरेको समेत प्रतिक्रिया दिएका छन् । चीन र भारत जस्ता आर्थिक विकासको शिखरमा पुगेका मुलुकको बीचमा रहनुले पनि आगामी दिन नेपालका लागि थप सुखद् रहने उद्योगी तथा व्यावसायीको भनाइ छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
रेमिट्यान्सले उत्पादन घटायो परनिर्भरता बढायो (12.05.2017)
बूढीगण्डकी चुनावी नारा नबनोस् (11.28.2017)
यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना (11.28.2017)
व्यापार घाटा दश खर्ब नाघ्ने (11.24.2017)
बुढी गण्डकी अन्योलमा, पश्चिमसेतीको भने ढोका खुल्यो (11.24.2017)
केरुङबाट लुम्बिनीसम्म रेल कुदाउन सम्भव (11.15.2017)
अनुदान लिन नयाँ नियम (11.07.2017)
पाँच वर्षमा दुई हजार किमी रेलमार्ग ! (11.07.2017)
आयल निगममा गोपालको गोलमाल (10.11.2017)
जिएमआर आयोजना मात्र ओगट्दै (09.12.2017)
मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति (09.12.2017)
एक महिनाको व्यापार घाट ७९ अर्ब (09.06.2017)
सिमेन्टमा चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने (09.06.2017)
९३ प्रतिशत रकम उपभोग्यमा खर्च (08.29.2017)
अध्ययनमा तीन हजार मेगावाट सुरु कहिले ? (08.29.2017)
विकास आयोजनामा हुने हेलचेक्र्याँइविरुद्ध अभियान (08.15.2017)
बाढीले विद्युतमा मात्र दुई अर्बभन्दा बढीको क्षति (08.15.2017)
तमोर आयोजनाको साइत आउने कहिले ? (08.08.2017)
आठ खर्बभन्दा बढीको व्यापार घाटा, कहाँ सुध्रियो अर्थतन्त्र (07.26.2017)
पन्ध्र अर्ब वैदेशिक लगानी उद्योग क्षेत्रमा (07.26.2017)



 
::| Latest News

 
[Page Top]