युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Monday, 04.23.2018, 07:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
अदुवाले बजार नपाउँदा किसान चिन्तित
Thursday, 01.25.2018, 12:29pm (GMT+5.5)

पूर्वी नेपालको आर्थिक विकासको प्रमुख स्रोत तीन ‘अ’मध्येको एक अदुवाले बजार नपाउँदा अहिले कृषक चिन्तित बनेका छन् । निकासीमा समस्या आएपछि तेह्रथुममा उत्पादित अदुवा त्यतिकै थन्किएको छ । 
निकासी ठप्प भएपछि यहाँका व्यापारीले संकलन गरेको अदुवा गोदाममा र किसानको बारीमै थन्किएको हो । विर्तामोडबाट भारततर्फ निकासी हुने अदुवा केही दिनयता निकासी हुन छाडेपछि जिल्लाका गाउँगाउँबाट संकलन भएको अदुवा व्यापारीले अटेसम्म गोदाममा र नअटेको सडक पेटिमै थन्काएका छन् । 
एक सातायता निकासी हुन बाँकी रहेको करोडौँ रुपैयाँको अदुवा सदरमुकामको म्याङलुङ बसपार्क नजिकै सडकमै राखिएको छ । निकासी ठप्प भएपछि जिल्लाबाट समेत अदुवा लिएर जान नपाएको व्यापारी अमृत निङ्लेकुले बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सारमा अदुवा छिराउन पाइएकै छैन, त्यसैले यहाँ हामीले संकलन गरेको अदुवा त्यतिकै थन्किएको हो ।” 
आफूसँग भएका सबै गोदाम भरिएर बाँकी रहेको अदुवा सडकमै भए पनि थुपारेर राख्नुपरेको उहाँले बताउनुभयो । व्यापारी निङ्लेकुले सिंहवाहिनी अलैँची, अदुवा तथा जडीबुटी संकलन केन्द्रबाट समेत अदुवा, अलैँचीको संकलन गरी कारोबार गर्छन् । साता यतामात्र अदुवा निकासी ठप्प हुँदा जिल्लामा करोडाँैँको अदुवा त्यतिकै थन्किएर बसेको उहाँले बताउनुभयो । 
“अदुवा निकासी रोकिएपछि कारोबार ठप्प छ, हामीले गाउँबाट समेत माल उठाउन पाएका छैनौँ” उहाँले भन्नुभयो । किसानले व्यापारीले लैजाने भनेपछि खनेर तयार पारेका अदुवाको बोरा गाउँगाउँमा पुगेका कृषि सडकका डिलमा त्यतिकै लडिरहेका छन् । खनेपछि अदुवा बिग्रिने भएकाले किसानलाई चिन्ताले सताउन थालेको छ भने व्यापारी पनि लगानी डुब्ने त्रासमा छन् ।
सडक पुगेपछि गाउँका किसानले बारीबाट खनेर तयार गरेको अदुवा व्यापारीलाई पठाउन सडकपेटिमा निकालेका छन् । अब ती सडकबाट व्यापारीले काँटा गरेर किसानबाट अदुवा खरिद गर्छन् । तर अदुवा निकासी ठप्प भएपछि नआउने हुन् कि भन्ने चिन्ताले सताएको म्याङलुङ नगरपालिका–८, आम्बुङकी कोमलमाया लिम्बूले बताउनुभयो । 
“अदुवा खनेर रोडमा निकालियौँ तर उता जानै छाड्यो रे, त्यसैले व्यापारीले लगेका छैनन्” उहाँ भन्नुहुन्छ, “अदुवा राख्दाराख्दै बिग्रिने हो कि भन्ने चिन्ता छ ।” अदुवा भण्डारणका लागि उपयुक्त स्थान नहुँदा किसानबाट किनेको अदुवा सडकपेटिमा राख्नुपरेको गुणासो व्यापारी दुर्गा भण्डारीको छ । 
“अदुवा निकासी ठप्प छ, अहिले यताबाट लगेको अदुवा कसैले लिदैनँ,” उहाँ भन्नुहुन्छ, “निकासी ठप्प भएपछि गाउँमा लोड भएका गाडी यहाँ ल्याएर खाली गर्नुपर्छ, भण्डारण गर्ने ठाउँ छैन, त्यसैले सडकमै राख्नु परेको छ ।” सडकपेटिमा अदुवा थुपारेर राख्नुपर्दा आफूहरूलाई दैनिक हजारौँ रुपैयाँ घाटा रहेको उहाँले बताउनुभयो । अदुवाका बोरा काटेर अदुवा चोरीसमेत हुने गरेको छ । 
गाउँमा भने अदुवाका बोरा खुला ठाउँमा राखेपछि चोरी हुँदैन । “गाउँमा अदुवा चो¥यो भने सन्तान प्राप्ति नहुने किंवदन्ती छ, त्यसैले अदुवा कसैले चोर्दैनँ,” उहाँले भन्नुभयो, “तर बजारमा चाँहि दैनिक पाँच केजी बढी अदुवा हराउँछ ।” बसपार्क नजिकै थुपारिएको करोडौँको अदुवाबाट दैनिक पाँच÷सात केजी बढी अदुवा नास भएर गइरहेको व्यापारीले बताए ।
बारीमा खनेर निकालेपछि धेरै दिन राख्दै जाँदा अदुवाको तौल पनि घट्ने गरेको छ । खनेर बोरामा थन्काएको अदुवाको तौल घट्ने र कम मात्रै आम्दानी हुने किसानलाई चिन्ता छ । व्यापारी पनि किसानबाट किनेको अदुवा किनेको भन्दा धेरै तौल कम भइदिएला कि ? भन्ने पीरमा छन् । यसरी धेरै समय खुला ठाउँमा भण्डारण गरेर राख्नुपर्दा १० प्रतिशत तौल कम हुने व्यापारी बताउँछन् । 
“अदुवा भण्डारणका लागि कोल्डस्टोर चाहिन्छ, तर हामी कहाँ त्यस्तो सुविधा छैन” व्यापारी भण्डारीले भन्नुभयोे, “त्यसैले किनेर दुई दिनमात्रै खुला ठाउँमा राखे पनि १० प्रतिशत बढी घाटा हामीले बेहोर्नुपर्छ ।” अदुवा समयमै बिक्री गर्न नसके त्यही उम्रिनेसमेत उहाँले बताउनुभयो । जिल्लाका बजारमा अहिले अदुवा प्रतिकेजी रु १८ देखि २० का दरले कारोबार भइरहेको छ । 
विगतभन्दा खेतीको क्षेत्रफल र उत्पादन झण्डै दोब्बरले बढे पनि मूल्य नबढेपछि किसान अदुवा खेतीप्रति निराश छन् । वर्षेनी अदुवाको मूल्य र बजारमा समस्या देखिन थालेपछि किसान यसप्रति निराश बन्दै गएका आठराई गाउँपालिका–५, छातेढुंगाको भित्रिया अदुवा उत्पादक कृषक समूहका अध्यक्ष सोमनाथ आचार्यले बताउनुभयो । किसानले अदुवाखेतीको विकल्पसमेत खोज्न थालेका उहाँले बताउनुभयो । गत वर्ष जिल्लामा २६० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवाखेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । 
नेपालमा उत्पादित अदुवाको मुख्य बजार भारत हो । अदुवा किसानका मागलाई सरकारले सम्बोधन गर्न नचाहेका कारण यसको खेतीप्रति किसान निराश हुनु परेको अदुवा व्यवसायीको भनाइ छ । 
अदुवा किसानमा प्राविधिक ज्ञान सीपको कमी रहेको फेदाप गाउँपालिका–३, जलजलेका किसान तुलसी कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानलाई खेती प्रविधिको ज्ञान छैन, कृषि कार्यालयले पनि धानखेतीका विशेषज्ञलाई अदुवाखेतीबारे काम गर्न पठाउँछ ।” अदुवाखेतीकै लागि बैंकले ऋण नदिने, अदुवाखेतीको बीमाको व्यवस्था नहुनु, बजार अनिश्चित हुनु, अदुवा किसानप्रति सरकार अनुदार देखिनु, कृषि क्षेत्रप्रति स्थानीय सरकार पनि प्रतिकूल हुनुजस्ता समस्याका कारण यसको खेतीबाटै विस्थापित हुने अवस्था आएको किसानको गुनासो छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
जालझेल नभएर राम्रो निर्णय (01.09.2018)
२२ वर्षदेखि चर्चामा रहेको पीश्चमसेती अझै अलमलमा (01.09.2018)
राष्ट्रिय गौरवका आयोजनामा समन्वय नहुँदा समस्यामा (01.09.2018)
बाइस वर्षपछि विद्युत माग १८ हजार मेगावाट पुग्ने (01.02.2018)
बल्ल एक वस्तुमा आत्मनिर्भर (12.26.2017)
पाँच महिनामा थपियो ४० मेगावाट बिजुली (12.26.2017)
अकबरे खोर्सानीको भाउ घटेपछि किसान चिन्तित (12.26.2017)
संघीय संरचनालाई आठ खर्ब २० अर्व रुपैयाँ (12.19.2017)
आर्थिक समृद्धिका लागि मतदान (12.12.2017)
रेमिट्यान्सले उत्पादन घटायो परनिर्भरता बढायो (12.05.2017)
बूढीगण्डकी चुनावी नारा नबनोस् (11.28.2017)
यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना (11.28.2017)
व्यापार घाटा दश खर्ब नाघ्ने (11.24.2017)
बुढी गण्डकी अन्योलमा, पश्चिमसेतीको भने ढोका खुल्यो (11.24.2017)
केरुङबाट लुम्बिनीसम्म रेल कुदाउन सम्भव (11.15.2017)
अनुदान लिन नयाँ नियम (11.07.2017)
पाँच वर्षमा दुई हजार किमी रेलमार्ग ! (11.07.2017)
आयल निगममा गोपालको गोलमाल (10.11.2017)
जिएमआर आयोजना मात्र ओगट्दै (09.12.2017)
मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति (09.12.2017)



 
::| Latest News

 
[Page Top]