युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 07.22.2018, 06:52am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
अर्बौंका रक्तचन्दन किन त्यतिकै सडाउने ?
Tuesday, 01.30.2018, 02:44pm (GMT+5.5)

केही वर्षअघिसम्म नेपाल रक्तचन्द तस्करीको ट्रान्जिट जस्तै बनेको थियो । भारत हुँदै नेपालबाट चीनतिर तस्करी हुने बहुचर्चित रक्तचन्दनको नाम आजकल सुन्न छाडिएको छ र प्रश्न उठेको छ के रक्तचन्दनको तस्करी बन्द भएको हो ? काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी नाकाहुँदै चीनतिर रक्तचन्दन पठाइन्थ्यो । केही मात्रामा रसुवागढीबाट पनि । अहिले यसको कुनै चर्चा छैन । बरामद गरिएका करोडौं रुपैयाँका रक्तचन्दन सडिसकेका छन् । 
विगत दश वर्षमा दुई लाख १० हजार १२० किलोग्राम रक्तचन्दन सड्ने अवस्थामा पुगेको छ । विभिन्न जिल्लाबाट विगत १० वर्षमा बरामद ती रक्तचन्दन शुरुमा आवश्यक कानूनको अभावमा र पछि कानून बने पनि सो कानूनअनुसार सम्बन्धित मुलुक (भारत)ले फिर्ता लैजान नमानेपछि अलपत्र परेको हो । अन्तर्रा्ष्ट्रिय कानूनअनुसार रक्तचन्दन बिक्रीवितरण गर्न प्रतिबन्ध छ ।
बरामद रक्तचन्दन १० वर्षदेखि वन विभाग, काठमाण्डु, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा कडा सुरक्षाका साथ राखिएको छ । त्यसमध्ये एक लाख किलोग्राम भन्दा बढी रक्तचन्दन वन विभाग र काठमाण्डु उपत्यकाका तीनै जिल्लामा रहेका छन् ।
केही वर्षअघि रक्तचन्दनको अवैध ओसारपसार हुँदा प्रहरीले काभ्रेपलाञ्चोकको पाँचखाल, दोलालघाट, उग्रचण्डीनाला, धुलिखेललगायतका क्षेत्रबाट विभिन्न व्यक्तिलाई पक्राउ गरेको थियो । सिन्धुपाल्चोकको विभिन्न ठाउँबाट रक्तचन्दन बरामद हुनाका साथै तस्करसमेत समातिएका थिए । 
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले सिन्धुपाल्चोकको तातोपानी नाका अवरुद्ध भएको र चीनमा पनि उत्पादन शुरु भएका कारण यसको कारोबार नभएको अनुमान लगाउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “सुनको अवैध कारोबार फाट्टफुट्ट सुनिन्छ तर यसको कारोबार सुन्नमा आएको छैन ।”
रक्तचन्दनमा धेरै कडाइ भएपछि तस्करले शैली परिवर्तन गरेर रक्तचन्दनको तेलको अवैध धन्दा पनि चलाएका थिए । काठमाडौंँमा केही वर्षअघि ९० लिटर रक्तचन्दनको तेलसहित केही व्यक्ति फेला परेपछि तेलको पनि कारोबार भएको कुरा खुलेको थियो । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले चीनको मुख्य नाका तातोपानी बन्द भएका कारण रक्तचन्दको कारोबार नभएको हुनसक्ने आशंका गर्नुहुन्छ । 
रक्तचन्दन साइटिस सन्धिको अनुसूची–२ मा सूचीकृत छ । अनुसूची–२ मा सूचीकृत भएकाले व्यापार–व्यवसाय गर्न पाइने भए पनि भारत सरकारले व्यापार–व्यवसायमा पूर्णरूपले प्रतिबन्ध लगाएको छ । सन्धि बमोजिम बरामद भएका वस्तु जुन देशमा उत्पादन भएको सोही ठाउँमा पठाउनुपर्ने कानूनी प्रावधान छ । चीनमा रक्तचन्दनको मूल्य प्रतिकेजी रु १६ हजारसम्म पर्छ । 
सिन्धुपाल्चोकमा रहेर पत्रकारिता गरिरहेका पत्रकार दिनेश थापा रक्तचन्दनको अवैध कारोबार गर्ने व्यक्तिले भारतबाट नै कारोबार गरेका कारण नेपालमा यसको नाम कम सुनिएको जानकारी दिँदै तातोपानी नाका बन्द भएपछि कारोबार नभएको बताउनुहुन्छ । 
नाका केही समय खुल्दा फाट्टफुट्ट कारोबारसमेत भएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “रसुवा नाकाबाट रक्तचन्दनको कारोबार सम्भव नभएकाले तस्करले भारतबाट नै रक्तचन्दन चीन पठाउँछन् ।” 
काभ्रेपलाञ्चोक क्षेत्रबाट केही वर्षअघि झण्डै ९०० किलो अवैध रक्तचन्दन बरामद भएको जिल्ला वन कार्यालयका अधिकृत अर्जुन खड्का जानकारी दिनुहुन्छ । उहाँका अनुसार बरामद भएका सबै रक्तचन्दन वन विभागलाई बुझाइएको र रक्तचन्दनको अवैध ओसारपसारसम्बन्धी आठ वटा मुद्दा दायर भएका छन् । 


Rating (Votes: )   
Share     Print


Other Articles:
गरीबका नाममा आउने सहायता स्वार्थको पोको (01.25.2018)
निजगढ विमानस्थल निर्माणको दुई ढाँचा, गौतमबुद्ध विमानस्थलको काम युद्धस्तरमा (01.25.2018)
अदुवाले बजार नपाउँदा किसान चिन्तित (01.25.2018)
जालझेल नभएर राम्रो निर्णय (01.09.2018)
२२ वर्षदेखि चर्चामा रहेको पीश्चमसेती अझै अलमलमा (01.09.2018)
राष्ट्रिय गौरवका आयोजनामा समन्वय नहुँदा समस्यामा (01.09.2018)
बाइस वर्षपछि विद्युत माग १८ हजार मेगावाट पुग्ने (01.02.2018)
बल्ल एक वस्तुमा आत्मनिर्भर (12.26.2017)
पाँच महिनामा थपियो ४० मेगावाट बिजुली (12.26.2017)
अकबरे खोर्सानीको भाउ घटेपछि किसान चिन्तित (12.26.2017)
संघीय संरचनालाई आठ खर्ब २० अर्व रुपैयाँ (12.19.2017)
आर्थिक समृद्धिका लागि मतदान (12.12.2017)
रेमिट्यान्सले उत्पादन घटायो परनिर्भरता बढायो (12.05.2017)
बूढीगण्डकी चुनावी नारा नबनोस् (11.28.2017)
यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना (11.28.2017)
व्यापार घाटा दश खर्ब नाघ्ने (11.24.2017)
बुढी गण्डकी अन्योलमा, पश्चिमसेतीको भने ढोका खुल्यो (11.24.2017)
केरुङबाट लुम्बिनीसम्म रेल कुदाउन सम्भव (11.15.2017)
अनुदान लिन नयाँ नियम (11.07.2017)
पाँच वर्षमा दुई हजार किमी रेलमार्ग ! (11.07.2017)



 
::| Latest News

 
[Page Top]