युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 09.21.2018, 08:41am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
भारतको चौकीदारीभन्दा गाउँमै स्वरोजगार राम्रो
Thursday, 04.12.2018, 11:14am (GMT+5.5)

बाजुराका दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ । गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्र्रतिनिधि आएपछि घर फर्किन थालेका छन् । स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विकासमा अग्रसर हुनुभएको छ । गाउँमा नै विभिन्न विकास र निर्माण कार्य शुरु भएपछि विदेश भन्दा गाउँकै विकासका लागि भारतबाट  फर्केको अर्का युवा कृष्ण रोकायाले बताउनुभयो ।
गौमूल गाउँपालिकामा रहेका युवालाई विकास निर्माणका कार्यले गर्दा फुर्सदसमेत पाउन सकेका छैन् । यस अगाडिका वर्षमा असोज कात्तिकमा खेतीपाती लगाएर भारतका विभिन्न शहरमा चौकीदारी गर्न जाने युवालाई  भ्याइनभ्याइ छ । 
गाउँपालिकालगायत विकासे निकायले स्थानीयवासीलाई गाउँमै रोजगारीको अवसर दिएकाले गाउँले यतिबेला विकासका काममा लागिपरेका हुन् । गाउँपालिकाका हरेक बस्तीमा विकास निर्माणका कार्य भइरहेकाले स्थानीयवासीलाई भ्याइनभ्याइ भएको गौमूल गाउँपालिका– ३ माझपालिका कृष्ण रोकायाले बताउनुभयो । 
स्थानीय तहपछि गाउँमा खानेपानी, बाटो पुलपुलेसालगायत अन्य विकास निर्माणका काममा लाग्नु परेकाले  कसैलाई  घरमा बस्ने फुर्सद नभएको उहाँको भनाइ थियो ।
गाउँपालिकाको योजना र अन्य विकासे निकायले गाउँमा धेरै काम दिएकाले भ्याइनभ्याइ भएको अर्का स्थानीयवासी धनबहादुर सार्कीले बताउनुभयो । गाउँपालिकाको पनि धेरै योजना छन्, त्योसँगै अन्य निकायकाले पनि धेरै काम दिएकाले स्थानीयवासीलाई रोजगारी जस्तै बनेको हो । स्थानीय युवा काममा व्यस्त भएकाले गाउँमा जुवा तास खेल्ने मदिरा सेवन गर्नेको संख्यामा कमी भएको उहाँले जानकारी दिनुभयोे । 
गौमूल गाउँपालिका अन्तर्गत ग्रामीण जलस्रोत परियोजनाले मात्र १० वटा ठूला खानेपानी योजना निर्माण गरिरहेको छ । सो योजनामा पनि काम गर्ने मान्छे पाउन मुस्किल छ । ग्रामीण जलस्रोत परियोजनाले मात्र दह खोला सिँचाइ, बिरा खानेपानी, तल्लाखाली खानेपानी, थलाचौका खानेपानी धल्काडा खानेपानी, रनेडा खानेपानीगायत १० वटा ठूलो योजना सञ्चालन गरेको निमित्त जिल्ला जलस्रोत सल्लाहकार नरवीर ऐडीले बताउनुभयो ।
त्योसँगै वडापालिका भवन निर्माण बाटो र पुलमा पनि ठूलो संख्यामा जनशक्ति परिचालन भइरहेकाले गाउँमा काम गर्न भ्याइनभ्याइ नभएको उहाँले जानकारी दिनुभयो ।  गाउँमै रोजगारीको अवसरसँगै गाउँको विकास हुनथालेपछि यो वर्ष भारतमा चौकीदारीको काम गर्न जाने युवा यतै व्यस्त भएको वडा नं १ का वडाअध्यक्ष बलबहादुर रोकायाले बताउनुभयो । 
उहाँले भन्नुभयो,“गाउँका युवालाई गाउँमै स्वरोगार बनाउने गरी बजेट विनियोजनका साथै हरेक वडा र बस्तीमा खानेपानी र बाटो लगायतका विकास निर्माणका कामले सुबिधासँगै युवालाई रोजगारीे सिर्जना भइरहेको छ । ” 
गौमूल गाउँपालिका ग्रामीण जलस्रोत परियोजनाले गाउँपालिकाभित्र शुद्ध खानेपानीलाई सबैकोे पहुँचमा ल्याउन रू ८३ लाख ५० हजार भन्दा बढी रकम चालुतर्फ र दुई करोड ५८ लाख सात हजार भन्दा बढी पुँजीगततर्फ रकम विनियोजन गरेको छ । 
योवर्ष मात्र गाउपालिका भित्रका ३३९ घरपरिवारलाई शुद्ध खानेपानी व्यवस्थापन गरिने जसमा दुई हजार १७३ जनसंख्या लाभान्वित हुने जिल्ला खानेपानी उपभोक्ता महासंघका अध्यक्ष तुल्सीराम रोकायाले जानकारी दिनुभयोे । 
ग्रामीण जलस्रोत परियोजनाले गाउँमा खानेपानीको व्यवस्था गर्नुका साथै गाउँमा बेरोजगार युवालाई रोजगार दिएको वडा न ३ का वडा अध्यक्ष धनबहादुर बोहराले बताउनुभयो । गाउँको जनशक्ति बाहिर नजाने हो भने गाउँको विकास चाडै हुने उहाँले भन्नुभयो, “गौमूल गाउँपालिका जस्तै सबै स्थानीय तहमा विकास निर्माणका कार्य युवाको जिम्मा दिने हो भने जिल्लाको विकासमा अगाडि बढ्ने देखिन्छ ।” 



Rating (Votes: )   
Share     Print


Other Articles:
यसरी देश समृद्ध बन्दैन (04.03.2018)
अर्थतन्त्रमा संरचनात्मक समस्या : समाधानका लागि अपिल (04.03.2018)
खाना पकाउन ग्यासको साटो बिजुली (03.27.2018)
यही पाराले समृद्धि असम्भव (03.20.2018)
कहाँ खर्च भो डेढ खर्ब रुपैयाँ (03.06.2018)
चिनीया रेल र फास्ट ट्रयाकको सम्भावना (02.20.2018)
९४ अर्ब अनुदानसहित बूढीगण्डकीलाई लगानीयोग्य बनाउने सरकारी योजना (02.20.2018)
अर्बौंका रक्तचन्दन किन त्यतिकै सडाउने ? (01.30.2018)
गरीबका नाममा आउने सहायता स्वार्थको पोको (01.25.2018)
निजगढ विमानस्थल निर्माणको दुई ढाँचा, गौतमबुद्ध विमानस्थलको काम युद्धस्तरमा (01.25.2018)
अदुवाले बजार नपाउँदा किसान चिन्तित (01.25.2018)
जालझेल नभएर राम्रो निर्णय (01.09.2018)
२२ वर्षदेखि चर्चामा रहेको पीश्चमसेती अझै अलमलमा (01.09.2018)
राष्ट्रिय गौरवका आयोजनामा समन्वय नहुँदा समस्यामा (01.09.2018)
बाइस वर्षपछि विद्युत माग १८ हजार मेगावाट पुग्ने (01.02.2018)
बल्ल एक वस्तुमा आत्मनिर्भर (12.26.2017)
पाँच महिनामा थपियो ४० मेगावाट बिजुली (12.26.2017)
अकबरे खोर्सानीको भाउ घटेपछि किसान चिन्तित (12.26.2017)
संघीय संरचनालाई आठ खर्ब २० अर्व रुपैयाँ (12.19.2017)
आर्थिक समृद्धिका लागि मतदान (12.12.2017)



 
::| Latest News

 
[Page Top]