युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 12.19.2018, 11:21am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
बिमा रकम कुम्ल्याउन नक्कली उद्धार
Tuesday, 08.28.2018, 01:22pm (GMT+5.5)

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा मौलाएको ठगी धन्दाको पर्दाफास भएको छ । यदि यो कृत्य रोकथाम नगर्ने हो भने पर्यटन क्षेत्र तहसनहस हुने भय मडारिएको छ । एकातिर मुलुकले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने योजना बनाइरहेको छ । अर्कोतिर पर्यटनको प्रमुख विधामा पर्ने पर्वतारोहणमा जानेहरूलाई औषधि खुवाएर बिरामी बनाउँदै उद्धारको नाममा बिमा रकम कुम्ल्याउने गरेको रहस्य खुलेको छ ।
हिमाल आरोहणमा जाने विदेशी पर्यटकलाई नियतवश बिरामी बनाई उद्धारका नाममा ठगी गर्ने प्रवृत्तिले नेपालको पर्यटन व्यवसायलाई तहसनहस पार्ने खतरा बढेको छ । यस्तो तथ्य खुलेपछि यात्रा बिमा सेवा प्रदान गर्ने कम्पनीहरूको एक अन्तर्राष्ट्रिय सञ्जालले नेपाल सरकारले आरोपित ठगीमा संलग्नहरूविरुद्ध कडा कारबाही नगरे आगामी महिनादेखि नेपाल भ्रमणमा जाने पर्यटकलाई बिमा सेवा उपलब्ध नगराउने चेतावनी दिएको छ ।
बेलायतस्थित उपचारका निम्ति उद्धार गराउने कम्पनी ‘ट्राभलर असिस्ट‘का प्रमुख ‘जनाथन ब्याङ्क्रफ्ट’ले बीबीसीसँग कुरा गर्दै उनीहरूका सामु आइपुगेका बिमा भुक्तानी सम्बन्धी विषयमध्ये झण्डै चालिस प्रतिशतमा ठगी भएको हुनसक्ने बताएर यस्नो चेतावनी दिएका हुन् ।
बिमा कम्पनीहरूले नेपाल सरकारले त्यस्ता ठगीमा संलग्न कम्पनीहरूको पहिचान र कारबाहीका लागि पहल गर्न चेतावनी नै दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अनुसन्धान र कारबाही थालिसकेको सो मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभएको छ । देवकोटाले सरकारले यस विषयमा अनुसन्धान गर्न थालेलगत्तै केही परिवर्तन देखिएको बताउँदै प्रतिवेदन आएपछि दोषीहरूलाई कारबाही गर्नका लागि मन्त्रीहरूको तहमा कुराकानी भएको र कारबाही प्रक्रिया शुरु गरिएको बताउनु भएको छ ।
उहाँका अनुसार पैसा कमाउने उद्देश्यले ठगी गर्नेहरूलाई कारबाही भएको छ भन्ने विज्ञप्ती मात्र ननिकालेको हो र यस किसिमको गलत काममा संलग्न भएकाहरूले महसुस गर्ने गरी कारबाही भएको छ । जवर्जस्ती बिरामी बनाई उद्धारका नाममा हेलिकप्टरदेखि अस्पतालसम्मको खर्च जोडी लाखौँ रुपैयाँ असुल्ने गरेको उजुरी व्यापक रुपमा परेको छ । यस्तो उजुरीपछि सरकारले छानबिन कार्यदल गठन गरेको छ ।
बिरामी पर्यटकले उपचारमा खर्च गरेको रकम विदेशी बीमा कम्पनीसँग दाबी गर्ने भएकाले यस्तो प्रवृत्तिले नेपालको समग्र पर्यटन उद्योगलाई नै बदनाम गराउने भन्दै सरकारी छानबिन कार्यदलका अधिकारीहरूले दोषीलाई कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका ट्रेकिङ एजेन्ट्स एसोसिएशन अफ नेपाल टानका महासचिव आङ पेम्बा शेर्पाका अनुसार पनि विदेशी पर्यटकलाई जानाजान बिरामी बनाई उद्धारका नाममा कमाउने प्रवृत्ति बढेको छ ।
शेर्पाका अनुसार विदेशीलाई उनीहरू सस्तोमा प्याकेज दिन्छन् । तर जब हिमालतिर उक्लिन थाल्छन् पर्यटकलाई पखाला लाग्ने औषधि खुवाइदिन्छन् । अनि तत्काल उद्धार गर्ने नाममा ठगी हुने गरेको छ । उहाँका अनुसार पथप्रदर्शकदेखि लिएर उद्धारका लागि प्रयोग गरिने हेलिकप्टर, पु¥याउने अस्पताल र उद्धार एजेन्सीसम्ममा पैसाको मिलेमतो हुने गर्छ ।
हिमाली भेगमा बिरामी हुँदा हेलिकप्टरबाट उद्धार गर्नुबाहेक अरू विकल्प नभएपछि महँगो मानिने सो प्रक्रियालाई पैसा कमाउने बाटो बनाएको देखिन्छ । एकजना पर्यटकको नाममा १० लाख रुपैयाँसम्मको रकम बीमाबाट उठाइने गरेको बताइन्छ ।
कतिसम्म भने एउटा ट्रेकिङ एजेन्सीका सबैजना पर्यटक नै बिरामी भई उद्धार गरिएका घटना रहेको तथा एक दिनमा १५ जनासम्मको उद्धार गरिएको घटना छ । त्यस्ता गुनासा बढ्न थालेपछि मन्त्रालयले छानबिन कार्यदल गठन गरेको हो ।
कार्यदलका संयोजक तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले हेलिकप्टरदेखि अस्पताल जस्ता जस्तोसुकै बहानामा गरिएका काम ठगी र राज्यविरुद्धको अपराध भएकाले यसमा गम्भीर छानबिन हुन्छ । कार्यदललाई आगामी असार १५ गतेभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ।
पर्यटकलाई बिरामी बनाइदिँदा उनीहरूको भ्रमण लक्ष्य पूरा नहुने र अन्तर्रा्ष्ट्रिय बीमा कम्पनीहरूमा नेपालप्रति नराम्रो छाप परेपछि पछिल्ला दिनमा नेपाल आउने पर्यटकको बीमा गर्नसमेत कठिनाइ हुन थालेको बताइएको छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
हरियो वन नेपालको धन.....तर काठ आयात छ अर्बको (08.28.2018)
बेरोजगारलाई भत्ता कि काम ? (08.14.2018)
विश्व बैंककोे सहायता रकममा दोब्बर हुने (08.14.2018)
बल्ल कमाउने भो नेपालले कार्बन व्यापारबाट (07.25.2018)
एक दर्जन बढी रेलमार्गको प्रक्रिया सुरु (07.25.2018)
हुण्डीको हुण्डरी र स्वीस बैंकको रकम (07.10.2018)
अभिलेख राखिन्छ अनुदानमा औजार वितरण गरेको, औजार हुन्छ गोदममै (07.10.2018)
भारतले तत्काल विद्युतको मूल्य नबढाउने (07.10.2018)
बन्ला त संसारकै गहिरो खोंच क्षेत्रमा जलविद्युत आयोजना (06.12.2018)
बजेट घाटा एक सय ३८ अर्ब (06.12.2018)
सुन तस्करीको सनसनी (05.30.2018)
साठी लाख नेपालीलाई गरीबीको रेखामुनीबाट निकाल्ने चुनौति (05.30.2018)
विदेशिनेमा महिला बढी ! (05.08.2018)
आयो कृषि मन्त्रीको प्रतिबद्धता : कृषिजन्य उपजमा आत्मनिर्भरतादेखि निर्यातसम्म (05.08.2018)
१० खर्बको व्यवसाय शून्य राजश्व (04.24.2018)
एक अर्ब ३२ करोड बक्यौता उठ्न बाँकी (04.24.2018)
दक्षिण कोरिया र जापानमा थप अवसरको खोजी (04.12.2018)
भारतको चौकीदारीभन्दा गाउँमै स्वरोजगार राम्रो (04.12.2018)
यसरी देश समृद्ध बन्दैन (04.03.2018)
अर्थतन्त्रमा संरचनात्मक समस्या : समाधानका लागि अपिल (04.03.2018)



 
::| Latest News

 
[Page Top]