युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 11.20.2018, 04:45pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
विमानस्थल अब दैनिक २२ घण्टा
Tuesday, 09.04.2018, 12:37pm (GMT+5.5)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल शनिबारदेखि बिहान ५ बजे नै खुला गरेसँगै दैनिक २२ घण्टा सञ्चालनमा आएको हो । 
सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । विमानस्थलको आन्तरिक टर्मिनल सञ्चालन व्यवस्थापनका लागि बिहान ५ बजेदेखि शुरु गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
यसअघि बिहान ६ बजे खुलेर ६.४५ देखि ७ बजेपछि मात्र आन्तरिक उडान हुने गरेको थियो । अब भने बिहान ठीक ६ बजे विमान उडिसक्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ । 
नजिकिएको चार्डपव, पर्यटकीय मौसम तथा विमानस्थलको चापलाई समेत मध्यनजर गरी विमानस्थलले विमान ५ बजे नै सेवा शुरु गरेको हो । सबैरै विमानस्थल खुलेपछि अन्तर्राष्ट्रिय उडान पनि केही समयअघि ल्याउने गरी विमानस्थले व्यवस्थापन गर्न लागेको महाप्रबन्धक क्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार अन्तर्राष्ट्रिय विमानमध्ये बिहान पहिलो अवतरण (६ः४५ बजे) गर्ने टर्किज एवरवेजको अवतरणको समय २० मिनेट अगावै हुने भएको छ । 
अब विमानस्थलको टावर बिहान ५ः४० बजे नै खुल्नेछ । यसअघि ६ बजे खुल्ने गरेको थियो । यसअघि विमनस्थल जाडो याममा बिहान ६ः३० र गर्मी याममा बिहान ६ बजे खुल्ने गरेको थियो ।
विमानस्थलले थपेको समय राति १२ः३० देखि ३ बजेको समयमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान भर्ने गरेका छन् । अन्य अन्तर्राष्ट्रिय एयरलाइन्ससँग पनि छलफल भइरहेको बताइएको छ । 



Rating (Votes: )   
Share     Print


Other Articles:
बिमा रकम कुम्ल्याउन नक्कली उद्धार (08.28.2018)
हरियो वन नेपालको धन.....तर काठ आयात छ अर्बको (08.28.2018)
बेरोजगारलाई भत्ता कि काम ? (08.14.2018)
विश्व बैंककोे सहायता रकममा दोब्बर हुने (08.14.2018)
बल्ल कमाउने भो नेपालले कार्बन व्यापारबाट (07.25.2018)
एक दर्जन बढी रेलमार्गको प्रक्रिया सुरु (07.25.2018)
हुण्डीको हुण्डरी र स्वीस बैंकको रकम (07.10.2018)
अभिलेख राखिन्छ अनुदानमा औजार वितरण गरेको, औजार हुन्छ गोदममै (07.10.2018)
भारतले तत्काल विद्युतको मूल्य नबढाउने (07.10.2018)
बन्ला त संसारकै गहिरो खोंच क्षेत्रमा जलविद्युत आयोजना (06.12.2018)
बजेट घाटा एक सय ३८ अर्ब (06.12.2018)
सुन तस्करीको सनसनी (05.30.2018)
साठी लाख नेपालीलाई गरीबीको रेखामुनीबाट निकाल्ने चुनौति (05.30.2018)
विदेशिनेमा महिला बढी ! (05.08.2018)
आयो कृषि मन्त्रीको प्रतिबद्धता : कृषिजन्य उपजमा आत्मनिर्भरतादेखि निर्यातसम्म (05.08.2018)
१० खर्बको व्यवसाय शून्य राजश्व (04.24.2018)
एक अर्ब ३२ करोड बक्यौता उठ्न बाँकी (04.24.2018)
दक्षिण कोरिया र जापानमा थप अवसरको खोजी (04.12.2018)
भारतको चौकीदारीभन्दा गाउँमै स्वरोजगार राम्रो (04.12.2018)
यसरी देश समृद्ध बन्दैन (04.03.2018)



 
::| Latest News

 
[Page Top]