युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 06:35am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
एक महिनाको व्यापारघाटा एक खर्ब १३ अर्ब
Tuesday, 09.04.2018, 12:44pm (GMT+5.5)

काठमाडौं । एक महिनाको व्यापार घाटा एक खर्ब १३ अर्बभन्दा बढी भएको तथ्यांक सार्वजनिक भएपछि मुलुकको आर्थिक अवस्थाको नाजुक चित्र पुनः प्रकट भएको छ । लामो समयदेखि मुलुक चरम व्यापारघाटामा रहेको र यसलाई कम गर्न अनेक नीति तथा कार्यक्रम बने पनि चालु आर्थिक वर्षको पहिलो महिनामै व्यापारघाटा अघिल्लो वर्षको आँकडा नाघेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा ५७.१८ प्रतिशतले व्यापारघाटा बढेको हो । महिना नै मुलुकले १ खर्ब १३ अर्ब ६८ करोड ८६ लाख ४६ हजार रुपैयाँ व्यापारघाटा बेहोरेको छ ।
गत आर्थिक वर्षको साउन महिनामा ७६ अर्ब ७३ करोड ६० लाख ७३ हजार रुपैयाँको व्यापार घाटा भएको थियो । अघिल्लो वर्षको तुलनामा निर्यात थोरै भए पनि बढेको छ । तर, आयात भने ठूलो मात्रामा बढ्दा व्यापारघाटा पनि वृद्धि भएको हो । गत वर्षको साउन महिनामा ६ अर्ब ७० करोड ७७ लाख ९५ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थिए ।
दुई तिहाईको सरकार र विज्ञ अर्थमन्त्री भएको समयमा अर्थतन्त्रमा व्यापक सुधार हुने दावी रहे पनि एक महिनामा सवा खर्ब नजिक व्यापारघाटा हुनु अर्थतन्त्रका लागि राम्रो संकेत होइन । आर्थिक वर्षको पहिलो महिना साउनमा विभिन्न मुलुकबाट १ खर्ब २० अर्ब ६१ करोड २० लाख ५३ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ भने सोही अवधिमा ६ अर्ब ९२ करोड १५ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।
विगतको झै साउन महिनामा भारतसँगकै व्यापारघाटा उच्च देखिएको छ । एम महिनाको अवधिमा भारतबा ७१ अर्ब ३० लाख ९८ हजार रुपैयाँ बरारबरको वस्तु तथा सेवा आयात हुँदा जम्मा ३ अर्ब ९८ करोड ७९ लाख ८२ हजार रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागले जनाएको छ । जसअनुसार भारतसँगको व्यापारघाटा एक महिनाको अवधिमा ६७ अर्ब १ करोड ५१ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
व्यापार घाटाका आधारमा चीन दोस्रो स्थानमै देखिएको छ । विगतमा पनि दोस्रो स्थानमै देखिने चीनसँग नेपालको व्यापारघाटा समीक्षा अवधिमा १४ अर्ब ८५ करोड ४० लाख ७४ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा नेपालबाट चीन तर्फ ८ करोड ५१ लाख ३० हजार रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ भने सोही अवधिमा १४ अर्ब ९३ करोड ९२ लाख ४ हजार रुपैयाँको वस्तु तथा सेवा चीनबाट आयात भएको विभागले जानकारी दिएको छ ।
व्यापारघाटाका हिसाबले तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः फ्रान्स, यूएई र क्यानडा देखिएका छन् । यस अवधिमा फ्रान्ससँगको व्यापारघाटा १२ अर्ब ७४ करोड ४७ लाख २८ हजार रुपैयाँ भएको छ भने यूएईसँग २ अर्ब १७ करोड ८६ लाख ७७ हजार रुपैयाँको व्यापारघाटा भएको छ । क्यानडासँगको भने यस अवधिमा १ अर्ब ९० करोड ४७ लाख ४४ हजार रुपैयाँको व्यापारघाटा भएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा इन्धन आयातमात्रै ८७ प्रतिशतले बढेको छ र भन्सार विभागका अनुसार गत वर्षको श्रावण महिनामा हवाईजहाज तथा पाटपूर्जा १ अर्व ४४ करोडको रु।को मात्र आयात भएकोमा यस वर्षको साउन महिनामा १३ अर्व ३० करोड रुपैयाँको आयात भएको छ ।
गत वर्षको श्रावण महिनामा सवै प्रकारका पेट्रोलियम ईन्धन ९ अर्व ६९ करोडको मात्र आयात भएकोमा उक्त वस्तुको आयात करिव ८७ प्रतिशतले वढी यस वर्षको श्रावण महिनामा १८ अर्व १० करोडको आयात भएको विभागको तथ्यांक छ ।
यसैगरी फलाम तथा स्टील वस्तुहरुको आयात गत वर्षको श्रावण महिनामा ८ अर्व ६३ करोडको भएकोमा यस वर्षको श्रावण महिनामा करिव ६९ प्रतिशतले वढी १४ अर्व ६२ करोडको आयात भएको विभागले जनाएको छ ।
व्यापारघाटासंगै सरकारको विलासी वस्तुमा खर्चको आँकडा पनि बढ्दै गएको छ । सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा अर्थ समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३।७४ मा राज्यको ढुकुटीबाट सवारीसाधनतर्फ रु ६ अर्ब ७१ करोड खर्च भएको उल्लेख छ । विप्रेषणबाट प्राप्त हुने रकमको ठूलो अंश मोबाइल, टेलिभिजन, कपडालगायत विलासिता तथा दैनिक उपभोग्य वस्तुमा खर्च हुँदै आएकाले त्यसलाई कसरी उत्पादनतर्फ जोड्ने भन्नेबारे सरकार र अर्थतन्त्रका जानकारबीच छलफल हुँदै आएकोमा सरकारी खर्च नै यतिधेरै हुँदा चिन्ता थपिएको छ । अघिल्लो आर्थिक वर्षमा सवारीसाधनतर्फ रु तीन अर्ब बजेट विनियोजन भएकामा २१९ प्रतिशतले थप गरी रु ६ अर्ब ७१ करोड खर्च भएको छ । 
महालेखा परीक्षकको प्रतिवेदनमा विनियोजन सिद्धान्त विपरीत राज्यका ढुकुटीबाट रकम खर्च गर्ने प्रवृत्ति बढेको तथा अनुगमन प्रणाली कमजोर भएकै कारण असार महिनामा मात्र पूँजीगत खर्चको ४२.३३ प्रतिशत रकम खर्च गरेको भनी बिल भौचर बनाइने गरेको उल्लेख छ । त्यसैगरी मनोरञ्जन, चियापान, अतिथि सत्कार र कार्यालय सुरक्षाको नाममा आव २०७३र७४ मा रु ६ अर्ब ९४ करोड खर्च भएको विवरण महालेखाले उपलब्ध गराएको छ । उक्त आर्थिक वर्षमा विविध खर्चतर्फ रु एक करोड १६ करोड विनियोजन भएकोमा ५९६ प्रतिशत रकम थप गरिएको थियो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
विमानस्थल अब दैनिक २२ घण्टा (09.04.2018)
बिमा रकम कुम्ल्याउन नक्कली उद्धार (08.28.2018)
हरियो वन नेपालको धन.....तर काठ आयात छ अर्बको (08.28.2018)
बेरोजगारलाई भत्ता कि काम ? (08.14.2018)
विश्व बैंककोे सहायता रकममा दोब्बर हुने (08.14.2018)
बल्ल कमाउने भो नेपालले कार्बन व्यापारबाट (07.25.2018)
एक दर्जन बढी रेलमार्गको प्रक्रिया सुरु (07.25.2018)
हुण्डीको हुण्डरी र स्वीस बैंकको रकम (07.10.2018)
अभिलेख राखिन्छ अनुदानमा औजार वितरण गरेको, औजार हुन्छ गोदममै (07.10.2018)
भारतले तत्काल विद्युतको मूल्य नबढाउने (07.10.2018)
बन्ला त संसारकै गहिरो खोंच क्षेत्रमा जलविद्युत आयोजना (06.12.2018)
बजेट घाटा एक सय ३८ अर्ब (06.12.2018)
सुन तस्करीको सनसनी (05.30.2018)
साठी लाख नेपालीलाई गरीबीको रेखामुनीबाट निकाल्ने चुनौति (05.30.2018)
विदेशिनेमा महिला बढी ! (05.08.2018)
आयो कृषि मन्त्रीको प्रतिबद्धता : कृषिजन्य उपजमा आत्मनिर्भरतादेखि निर्यातसम्म (05.08.2018)
१० खर्बको व्यवसाय शून्य राजश्व (04.24.2018)
एक अर्ब ३२ करोड बक्यौता उठ्न बाँकी (04.24.2018)
दक्षिण कोरिया र जापानमा थप अवसरको खोजी (04.12.2018)
भारतको चौकीदारीभन्दा गाउँमै स्वरोजगार राम्रो (04.12.2018)



 
::| Latest News

 
[Page Top]