युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 09.22.2018, 07:38am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
एक महिनामा साँढे तीन अर्बको खाद्यान्न आयात
Tuesday, 09.11.2018, 12:11pm (GMT+5.5)

काठमाडौं । नेपाल कृषिप्रधान मुलुक भनिन्छ । तर, वार्षिक आधा खर्बभन्दा बढीको खाद्यसामग्री आयात हुन्छ । कृषि उपजमा मात्रै निर्भर हुने हो भने व्यापारघाटाको ठूलो अंश कम हुन्छ तर अहिलेको स्थिति देख्दा नेपाललाई कृषिप्रधान मुलुक भन्न, अकमकाउनु पर्ने अवस्था आइसकेको छ । 
चालु आर्थिक वर्षको असार महिनामा दुई लाख ७६ हजार ४११ प्रतिशतले दैनिक आवश्यक पर्ने खाद्यान्न आयातमा वृद्धि भएको छ । 
असार एक महिनामा रु तीन अर्ब ५६ करोड २९ लाख ३८ हजारको खाने खाद्यान्न आयात भएको हो । जबकी सोही अनुपातमा आयात हुने हो भने एक वर्षमा रु ४२ अर्ब ७५ करोड ५२ लाख ५६ हजारको खाद्यान्न आयात हुने देखिन्छ । 
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा सोही अवधिमा १२ लाख ८९ हजारको खाद्यान्न निर्यात भएको उल्लेख छ । सोही अनुपातमा निर्यात हुँदा एक वर्षमा नेपालले रु एक करोड ५४ लाख ६८ हजारको खाद्यान्न निर्यात गर्नसक्छ ।
नेपालले एक महिनामा भारत, चीन, मलेशियालगायत अन्य केही देशबाट धान, मकै, गहुँ, कोदो, फापर र अन्य केही खाद्यान्न आयात गरेको हो । उत्पादनमा प्रचुर सम्भावना रहँदारहदै पनि असार महिनामा खाद्यान्नबाट मात्र नेपाललाई रु ४२ अर्ब ७३ करोड ९७ लाख ८८ हजार व्यापार घाटा भयो । 
सोही अवधिमा जीउँदो पशु रु ५३ करोड ७४ लाख ७४ हजारको आयात भएको छ । मुख्यगरी मासुका लागि खसी, बोका, राँगा, भैँसी, बङ्गुरलगायत अन्य चौपाया आयात हुने गर्दछ । 
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार एक वर्षमा जति चौपाया खरीद हुन्छ, त्यतिकै सङ्ख्या बराबर दशैँ र तिहारमा मात्रै रु १२ अर्ब ८९ करोड ९३ लाख ७६ हजार बराबरका मासुजन्य चौपाया आयात हुने गर्दछ । जबकी नेपालबाट कुनै पनि मुलुकमा पशुको बिक्रीवितरण भने शून्य रहेको तथ्याङ्कले देखाएको छ । 
दसँैको समयमा मासुका लागि वर्षभरिमा खपत हुने चौपायाको दोब्बर खपत हुन्छ । अझै दसैँमा चीनबाट थप भेडा, च्याङ्ग्रासमेतको आयात हुन्छ । नेपालमा आयात हुने भेडा, च्याङ्ग्रालाई उक्त हिसाबमा समावेश गरिएको छैन । 
नेपालबाट सागसब्जीमा निर्यातको प्रचुर सम्भावना छ । असारको एक महिनामा रु एक अर्ब ९७ करोड ९२ लाख ९७ हजारको तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट जम्मा रु १३ करोड ३८ लाख ३९ हजारको निर्यात भएको छ । 
उक्त तथ्याङकलाई केलाउँदा सागसब्जी, तरुल, पिँडालुलगायतका तरकारीजन्य वस्तुको वार्षिक आयात रु २३ अर्ब ७५ करोड १५ लाख ६४ हजार र निर्यात रु एक अर्ब ६० करोड ६० लाख ६८ हजार हुन्छ । यसरी तरकारीबाट पनि नेपाललाई रु २२ अर्ब १४ करोड ५४ लाख ९६ हजार व्यापारघाटा रहेको भन्सार विभागको तथ्याङ्कले जनाएको छ । 
नेपालमा झण्डै ८३ हजार नदीनाला र सयौँको सङ्ख्यामा तालतलैया रहेपनि त्यसमा व्यावसायिक माछापालन नहुँदा माछाको आयात घटेको छैन । असारमा भारतलगायत अन्य मुलुकबाट रु १५ करोड आठ लाख ४३ हजारको ताजा माछा आयात भएको छ तर निर्यात भने जम्मा रु २८ हजारको रहेको छ । 
माछाको आयात निर्यातको लेखाजोखा गर्दा नेपालमा वार्षिक ताजा मााछाको रु एक अर्ब ८१ करोड एक लाख १६ हजारको आयात र निर्यात रु तीन लाख ३६ हजार देखिन्छ । माछाबाट नेपाललाई रु एक अर्ब ८० करोड ९७ लाख ८० हजारको व्यापार घाटा रहेको छ । 
खाद्यान्नमा रु ४२ अर्ब ७३ करोड ९७ लाख ८८ हजार, चौपायामा रु १२ अर्ब ८९ करोड ९३ लाख ७६ हजार, तरकारीमा रु २२ अर्ब १४ करोड ५४ लाख ९६ हजार र माछामा रु एक अर्ब ८० करोड ९७ लाख ८ हजार गरी एक वर्षमा चार कृषि उत्पादनबाट मात्र रु ७९ अर्ब ५९ करोड ४४ लाख ४० हजारको आयात भएको तथ्याङकबाट पुष्टि हुन्छ । 
नेपालले सबैभन्दा धेरै आयात गर्ने वस्तु पेट्रोलियम पदार्थ हो । यस वर्षको साउन महिनामा सबै प्रकारको पेट्रोलियम पदार्थ खरीद गर्दा भारतको आयल निगम (आइओसी) लाई रु १८ अर्ब १० करोड भुक्तानी गरेको छ । सो आयात गत वर्षको भन्दा ८७ प्रतिशतले बढी हो । गतवर्ष सोही महिनामा रु नौ अर्ब ६९ करोड थियो । 
यसै वर्षको साउन महिनाको अनुपातमा खरीद हँुदै जाँदा नेपालले एक वर्षमा आइओसीसँग रु दुई खर्ब १७ अर्ब २० करोडको पेट्रोलियम पदार्थ खरीद गर्नुपर्ने देखिन्छ । भारतसँग देखिएको बढ्दो व्यापार घाटालाई कम गर्ने मुख्य स्रोत भनेकै कृषि उत्पादनको वृद्धि रहेको वरिष्ठ कृषिविज्ञ कृष्ण पौडेल बताउनुहुन्छ । कृषि विकास मन्त्रालयले आर्थिक वर्ष २०७३÷७४ मा रु १० अर्ब ७८ करोड कृषि अनुदानको रकम उपलब्ध गराएको भएपनि त्यसको प्रतिफल भने सन्तोषजनक नभएको उहाँको भनाइ छ । 
सरकारी तथ्याङ्कले उत्पादन बढेको देखाए पनि आयातको तुलनामा निर्यातको निक्कै फराकिलो हँुदै गएको छ । राज्यको आँखा बाँझो जमीनलाई उपयोगमा ल्याउनतर्फ केन्द्रीकृत नहुँदा नेपालको कूल खेतीयोग्य जमीनको झण्डै ११ लाख हेक्टर जमीन पूर्ण रुपमा बाँझो छ । 
सरकारले सार्वजनिक गरेको २० वर्षे कृषि विकास रणनीतिमा आगामी पाँच वर्षमा नेपाललाई कृषिमा पूर्ण आत्मनिर्भर बनाइने उल्लेख छ । हालसम्म बाँझो जग्गा उपयोगमा ल्याउन नसक्नु, जग्गाको हदबन्दी नतोक्नु, कृषि ऋणलाई सरलीकरण नबनाउनु तथा कृषिमा युवालाई आकर्षित नगर्नुले सरकारको योजना सफल हुन्छ भन्नसक्ने पर्याप्त आधार भने देखिंदैन । 
बाँझो जमीनलाई उपयोगमा ल्याउने हो भने अहिले भारतसँग देखिएको व्यापार घाटा रु एक खर्ब ३७ अर्ब ६० करोड ५५ लाख ६० हजार झार्न सकिन्छ । कृषि क्षेत्रबाट लाखांँै जनताले रोजगारको अवसर प्राप्त गर्न सक्ने सम्भावना छ । 
कृषि मजदुर, भूमिहीन र सीमान्तकृत, मझौला र कृषि क्षेत्रमा संलग्न किसानको हातमा जमीन छैन । छैटौँं कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमीन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेकामा ८३ प्रतिशत जनता कृषि पेशामा आत्मनिर्भर छन् । ४२ प्रतिशत कृषकले कृषि गर्न ऋण उपलब्ध नभएको उल्लेख छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
एक महिनाको व्यापारघाटा एक खर्ब १३ अर्ब (09.04.2018)
विमानस्थल अब दैनिक २२ घण्टा (09.04.2018)
बिमा रकम कुम्ल्याउन नक्कली उद्धार (08.28.2018)
हरियो वन नेपालको धन.....तर काठ आयात छ अर्बको (08.28.2018)
बेरोजगारलाई भत्ता कि काम ? (08.14.2018)
विश्व बैंककोे सहायता रकममा दोब्बर हुने (08.14.2018)
बल्ल कमाउने भो नेपालले कार्बन व्यापारबाट (07.25.2018)
एक दर्जन बढी रेलमार्गको प्रक्रिया सुरु (07.25.2018)
हुण्डीको हुण्डरी र स्वीस बैंकको रकम (07.10.2018)
अभिलेख राखिन्छ अनुदानमा औजार वितरण गरेको, औजार हुन्छ गोदममै (07.10.2018)
भारतले तत्काल विद्युतको मूल्य नबढाउने (07.10.2018)
बन्ला त संसारकै गहिरो खोंच क्षेत्रमा जलविद्युत आयोजना (06.12.2018)
बजेट घाटा एक सय ३८ अर्ब (06.12.2018)
सुन तस्करीको सनसनी (05.30.2018)
साठी लाख नेपालीलाई गरीबीको रेखामुनीबाट निकाल्ने चुनौति (05.30.2018)
विदेशिनेमा महिला बढी ! (05.08.2018)
आयो कृषि मन्त्रीको प्रतिबद्धता : कृषिजन्य उपजमा आत्मनिर्भरतादेखि निर्यातसम्म (05.08.2018)
१० खर्बको व्यवसाय शून्य राजश्व (04.24.2018)
एक अर्ब ३२ करोड बक्यौता उठ्न बाँकी (04.24.2018)
दक्षिण कोरिया र जापानमा थप अवसरको खोजी (04.12.2018)



 
::| Latest News

 
[Page Top]