काठमाडौं । अहिले राष्ट्रिय ध्वजवाहक नेपाल वायुसेवा निगमको बजार युरोपसम्म थियो कुनैबेला भन्दा अहिलेको पुस्तालाई पत्याउन गाह्रो पर्छ । त्यतिबेला विश्वका उत्कृष्ट वायुसेवामध्येमा पनि पर्दथ्यो भन्दा झनै आश्चर्यको विषय बन्दछ । विमान खरीद–विक्री र भाडा काण्डले भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको निगम अहिले विमान भएर पनि बजार पाउन सकेको छैन । विश्वका विमानसेवा कम्पनीहरुको आकर्षक गन्तव्य नेपाल बनिरहेका बेला नेपाल भने आफ्नो बजार गुमाउँदै गएको छ ।
पछिल्लो समय दुईवटा वाइडबडी जहाज ल्याएपछि निगमको अन्तर्राष्ट्रिय उडान बजार सहजै विस्तार हुने जुन हौवा खडा गरियो त्यो अहिले झूठा सावित भएको छ । विमान खरीद प्रकरणमा भ्रष्टाचार भएको आशंका मात्र हैन त्यो विमान खरीद नै नगरिएको, भाडामा ल्याइएको भन्ने जस्ता समाचारहरु बाहिर आइरहेका छन् । यसमा कति सत्यता छ त्यो सम्बन्धितले जान्ने कुरा हो । तर, विमानले किन बजार पाइरहेको छैन । बजार विना विमान किन ल्याइयो भन्ने अहिलेको प्रमुख सवाल बनेको छ ।
आन्तरिक तथा बाह्य उडानका लागि विमान थपिएका छन् । तर, निगमले आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ । यसै भएर केही दिन अघि मात्र निगमले श्वेतपत्र जारी गर्दै टाट पल्टन लागेको जनाएको छ । नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको हो । आन्तरिक मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत निगमले आफ्नो बजारलाई विस्तार गर्न सकेको छैन् । निगमले जारी गरेको श्वेतपत्रअनुसार अघिल्लो वर्षको तुलनामा निगमको बजार हिस्सा १.८ प्रतिशतले घटेको छ भने आन्तरिकतर्फ १.३ प्रतिशतले बढेको छ । तुलनात्मक रुपमा अघिल्लो वर्ष निगमको आन्तरिक बजार कमजोर थियो ।
निगमले हालै भित्र्याएको वाइड बडी ए३३० जहाजले नयाँ गन्तव्य पाउन सकेको छैन । पुरानै गन्तव्यमा सीमित उडान भर्दै आएको छ । वाइड बडी जहाजले जापान, कोरिया र रियादमा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र जिएसए छनोट कार्य भइरहेको बताइएको छ । व्यवसायिक अवस्थालाई सुधार्न उक्त जहाजलाई लामो गन्तव्यमा यथासक्य चाँडो सञ्चालन गर्नुपर्ने स्वेतपत्रमा औँल्याइएको छ । निगमले बोइङ ७५७, एयरवस ३२० र वाइड बडी ए ३३० मार्फत विभिन्न सेक्टरमा दैनिक औसत ५.५७ उडान गर्दै आएको छ । निगमका अनुसार नयाँ दिल्लीमा हप्तामा १०, दोहा र दुबईमा समान सात उडान तथा हङकङ, क्वालालम्पुर, बैंकक, मुम्बई र बैंग्लोरमा हप्तामा समान तीन उडान गरी जम्मा ३९ उडान गर्दै आएको छ ।
निगमको अन्तर्राष्ट्रिय उडानतर्फ बजार अंश आव २०७०÷७१ मा ५.६, आव २०७१÷७२ मा ७.३५, २०७३÷७४ मा ४ र २०७४÷७५ मा ९.७५ प्रतिशत रहेको छ । निगमले दुई थान एयरवस ए ३२० थपे पश्चात निगमको बजार अंशमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७४÷७५ मा अन्तर्राष्ट्रियतर्फ निगमको बजार अंश केही तल झरेको देखिएको छ । आन्तरिक उडानतर्फ निगमको बजार अंश आव २०७४÷७५ मा ३.३ बाट ४.६ प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रियतर्फ कार्गोमा उल्लेखनीय वृद्धि भएको छ । आव २०७४÷७५ मा एक हजार २३१ टन कार्गो निगमले बोकेको छ ।
नयाँ जहाज खरीद गरेबापत अधिक कर्जा दायित्वले वित्तीय जोखिममा परेको निगमले प्रतिस्पर्धी बजारमा आफूलाई दरिलो रुपमा प्रस्तुत गर्न नसक्दा हवाई बजारमा आफ्नो पहुँच कमजोर बनाएको हो । अन्तर्राष्ट्रिय बजारमा निगमले आफ्नो बजारलाई विस्तार गर्न सकेको छैन् । निगमले जारी गरेको स्वेतपत्रअनुसार अघिल्लो वर्षको तुलनामा निगमको बजार हिस्सा १.८ प्रतिशतले घटेको छ भने आन्तरिकतर्फ १.३ प्रतिशतले बढेको छ । तुलनात्मक रुपमा अघिल्लो वर्ष निगमको आन्तरिक बजार कमजोर थियो ।
निगमले हालै भित्र्याएको वाइड बडी ए३३० जहाजले नयाँ गन्तव्य पाउन सकेको छैन । पुरानै गन्तव्यमा सीमित उडान भर्दै आएको छ । वाइड बडी जहाजले जापान, कोरिया र रियादमा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र जिएसए छनोट कार्य भइरहेको बताइएको छ । व्यवसायिक अवस्थालाई सुधार्न उक्त जहाजलाई लामो गन्तव्यमा यथासक्य चाँडो सञ्चालन गर्नुपर्ने स्वेतपत्रमा औँल्याइएको छ ।
निगमले बोइङ ७५७, एयरवस ३२० र वाइड बडी ए ३३० मार्फत विभिन्न सेक्टरमा दैनिक औसत ५.५७ उडान गर्दै आएको छ । निगमका अनुसार नयाँ दिल्लीमा हप्तामा १०, दोहा र दुबईमा समान सात उडान तथा हङकङ, क्वालालम्पुर, बैंकक, मुम्बई र बैंग्लोरमा हप्तामा समान तीन उडान गरी जम्मा ३९ उडान गर्दै आएको छ ।
निगमले आन्तरिक बजारतर्फ हाल आफ्नो आन्तरिक बजारलाई २५ वटा सेक्टरमा विस्तार गरेको छ । ट्रङक सेक्टरमा भद्रपुर, भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज, सिमरा, सुर्खेत र पोखरा उडान गर्छ भने स्टल सेक्टरतर्फ बागलुङ, बाजुरा, भोजपुर चौरजहारी, डोल्पा, जोमसोम, जुम्ला, लामीडाँडा, लुक्ला, मेघौली, मुगु, फाप्लु, रुकुम, सिमिकोट, ताप्लेजुङ र थामखर्कमा सेवा विस्तार गरेको छ ।
गत आव भन्दा चालू आवको साउन र भदौमा ‘सेट फ्याक्टर’ घटेको र यसलाई तत्काल उपयुक्त बजार व्यवस्थापन रणनीति बनाई अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ । आन्तरिकतर्फ सम्पूर्ण सेक्टर गत आवमा ८३ प्रतिशत रहेकोमा चालू आवको साउनमा ६६ प्रतिशतमा आएको तथा भदौमा ७४ प्रतिशत ‘सेट फ्याक्टर’ रहेको निगमले जनाएको छ ।
दीर्घकालीन कर्जा तथा ब्याज दायित्वले निगमलाई उच्च वित्तीय जोखिममा पारेको छ । अन्तर्राष्ट्रिय उडानका लागि हालै दुईवटा नयाँ वाइड बडी जहाज भित्र्याएको निगमले ऋणाभार बढी भएकै कारण अधिकृत पूँजी विस्तार गर्न सरकारलाई गुहारेको छ ।
निगमले नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व अधिक रहेकाले तरलता अवस्था तथा नाफामा सिधै असर पर्न गएको भन्दै वित्तीय जोखिम न्यूनीकरणका लागि तत्काल पूँजी वृद्धि गर्नुपर्ने औँल्याएको छ । वाइड बडी जहाजको व्यावसायिक योजनाअनुसार सञ्चालन नभएसम्म उक्त कमीलाई पूर्ति गर्न निगमलाई तत्कालै सरकारको आर्थिक सहायता आवश्यक परेको जनाएको छ ।
निगमले आन्तरिक बजारतर्फ हाल आफ्नो आन्तरिक बजारलाई २५ वटा सेक्टरमा विस्तार गरेको छ । ट्रङक सेक्टरमा भद्रपुर, भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज, सिमरा, सुर्खेत र पोखरा उडान गर्छ भने स्टल सेक्टरतर्फ बागलुङ, बाजुरा, भोजपुर चौरजहारी, डोल्पा, जोमसोम, जुम्ला, लामीडाँडा, लुक्ला, मेघौली, मुगु, फाप्लु, रुकुम, सिमिकोट, ताप्लेजुङ र थामखर्कमा सेवा विस्तार गरेको छ ।
गत आव भन्दा चालू आवको साउन र भदौमा ‘सेट फ्याक्टर’ घटेको र यसलाई तत्काल उपयुक्त बजार व्यवस्थापन रणनीति बनाई अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ । आन्तरिकतर्फ सम्पूर्ण सेक्टर गत आवमा ८३ प्रतिशत रहेकोमा चालू आवको साउनमा ६६ प्रतिशतमा आएको तथा भदौमा ७४ प्रतिशत ‘सेट फ्याक्टर’ रहेको निगमले जनाएको छ ।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइड बडी ए ३३० जहाज, दुई थान न्यारो बडी ए ३२० जहाज र एक थान बोइङ जहाज छन् । आन्तरिक उडानका लागि तीन टुइनटर, दुई एमए–६० र चार थान वाई–१२ इ विमान छन् ।