युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 08.21.2019, 12:33am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
लगानी सम्मेलन उद्घाटनदेखि समापनसम्म
Thursday, 04.04.2019, 01:28pm (GMT+5.5)

काठमाडौं । झण्डै ३० खर्ब रुपैयाँ बराबरका परियोजनाहरु सार्वजनिक गर्दै त्यसमा लगानी गर्न विदेशी लगानीकर्ता तथा दातृ निकायलाई आकर्षित र आव्हान गर्ने उद्देश्यका साथ लगानी सम्मेलन सम्पन्न भएको छ । चेत्र १५ र १६ गते सम्पन्न सम्मेलन अपेक्षाकृत सफल भएको सरकारी पक्षको दावी छ र नेपाल लगानीको पवित्र भूमि भएको तर्क वक्ताहरुले दिए ।
‘नेपाल लगानी सम्मेलन २०१९’ प्रति उत्साही देखिएका उद्योगी–व्यवसायीले लगानीको सिलसिलामा मुलुकको प्रशासनिक प्रक्रियामा सुधार र सरकारी प्रतिबद्धता कार्यान्वयनमा चासो व्यक्त गरेका छन् । मुलुकमा यतिखेर लगानीका लागि सबैभन्दा उत्तम वातावरण तयार भएकाले आफूहरु उत्साहित भएको उल्लेख गर्दै सम्मेलनमा सहभागी स्वदेशी तथा विदेशी लगानीकर्ताले नीति कार्यान्वयन र लगानी सुरक्षाका लागि सरकारी प्रतिबद्धताको दृढतापूर्वक कार्यान्वयन खोजेका छन् ।
लगानी प्रोत्साहनका लागि सरकारले आवश्यक कानून बनाएर सहजता तुल्याएको प्रति खुशी व्यक्त गर्दै उनीहरुले प्रशासनिक काम कारवाहीमा देखिएका कमीकमजोरी हटाउन सरकारले कस्तो कदम चल्ने हो भनेर प्रतीक्षा गरेको बताएका छन् । विसं २०४६ मा प्रजातन्त्र पुनस्र्थापनासँगै नयाँ राजनीतिक परिवेशमा नेपालमा पहिलो पटक २०४८ सालमा लगानी सम्मेलन भएको थियो । त्यस सम्मेलनमा करीब १० करोड अमेरिकी डलर विदेशी लगानीको प्रतिबद्धता आएको र झण्डै २५ प्रतिशत कार्यान्वयनमा आएको थियो ।
शान्तिप्रक्रिया टुङ्गिएसँगै २०७२ सालमा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि २०७३ सालमा तत्कालीन सरकारले दोस्रो लगानी सम्मेलन आयोजना गरेको थियो । दोस्रो सम्मेलन झण्डै रु १४ खर्बको वैदेशिक लगानी प्रतिबद्धता भएकामा त्यसको २५ प्रतिशत कार्यान्वयनमा आएको सरकारको भनाइ छ । 
यसपटक सरकारले सम्मेलनलाई लक्षित गरी सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनाका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधनसमेत गरिसकेको छ । यसबाहेक अन्य आवश्यक कानून तर्जुमाको चरणमा रहेको जनाइएको छ । 
संविधानअनुसार तीनै तहका निर्वाचनपछि राजनीतिक स्थितरता कायम भएको परिस्थितिमा भएको यस सम्मेलनमा लगानीकर्ताबाट प्राप्त हुने प्रतिबद्धतालाई कार्यान्वयन गर्न सरकारले अवसरका रुपमा लिनुपर्ने आर्थिक क्षेत्रका जानकारहरुको जोड छ । यो अवसरलाई प्रयोग गर्न चुकाउन नहुने उनीहरुले बताएका छन् । सरकारी अधिकारीले भने लगानी सुरक्षाका लागि पूर्ण प्रत्याभूति दिलाउँदै ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

गैरआवासीय नेपालीमा उत्साह
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)का अध्यक्ष भवन भट्टले यो पटकको लगानी सम्मेलनमा गैरआवासीय नेपाली उत्साही भएको बताउनुभयो । सम्मेलनमा प्रतिबद्धता धेरै आएपछि सबै कार्यान्वयनमा नआउने उल्लेख गर्दै उहाँले नेपालमा लगानीका लागि शुरु भएको प्रक्रियाले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको बताउनुभयो । 
सम्मेलनमा अपेक्षाभन्दा बढी स्वदेशी र विदेशी लगानीकर्ताको सहभागिता हुनु नै सम्मेलनको सफलताको पहिलो कडी भएको बताउँदै उहाँले सरकारले लगानीको वातावरणका लागि छ वटा कानूनमध्ये तीन वटा कानून बनाइसकेको र अन्य प्रक्रियामा रहेकामा खुशी व्यक्त गर्नुभयो । 
“कुनैपनि देश आफ्नै लगानीले धनी भएको इतिहास छैन, अमेरिकाले पनि पाँच करोडभन्दा बढी लगानी गर्नेलाई ग्रिनकार्ड दिने गरेको छ, सरकारको अभियानलाई टेवा पु¥याउन हामीले रु १० अर्बको लगानी कोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गर्दैछौँ त्यही बास्केट फण्डबाट लगानी हुन्छ ।”

अपेक्षित वैदेशिक लगानी भित्रिने आशा
सरकारले लगानीकर्ताहरुलाई आश्वस्त पार्न ७७ वटा आयोजना ‘सो केस’मा राखेका कारण पनि सम्मेलन अपेक्षाअनुसार वैदेशिक लगानी भित्रिने नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताउनुभयो । विगतको सम्मेलनभन्दा यो सम्मेलन फरक भएको उल्लेख गर्दै अधिकारीले त्यसबाट पाठ सिकेर यो सम्मेलनको आयोजना गरिएको बताउनुभयो । 
उहाँले भन्नुभयो, “यस सम्मेलनमा लगानीकर्ताका लागि आयोजनाहरु पस्केका छौँ, आशय मात्रै लिने नभई प्रस्ताव नै आउने आशमा छौँ, कतिपय प्रस्ताव आउन थालिसकेका छन् ।” प्रस्ताव आएपछि त्यो औपचारिक हुने र हामीलाई काम गर्न कर लाग्ने उहाँको भनाइ छ । सम्मेलनपछि सरकारले निरन्तर यसको फलोअप गर्ने र यसका लागि बोर्डबाटै आवश्यक संयन्त्र निर्माण गरिनेसमेत उहाँले बताउनुभयो । 
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले यस्तो लगानी सम्मेलनको उद्देश्य आफूसँग भएका सम्भावनाको सम्भावित लगानीकर्तालाई जानकारी गराउने भएको बताउँदै यसबाट प्राप्त हुने प्रतिबद्धताा सबै कार्यान्वयनमा आउँछ भन्ने छैन भन्नुभयो । 
यसअघि विसं २०४८ मा भएको पहिलो सम्मेलनमा रु १० करोड अमेरिकी डलर प्रतिबद्धता जाहेर भए तापनि करीब २५ प्रतिशत मात्रै कार्यान्वयनमा आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “युनिलिभर, डाबर, खिम्ति र भोटेकोशी जलविद्युत् आयोजना जस्ता ठूला बहुराष्ट्रिय कम्पनीको नेपाल प्रवेश त्यही बेलाको उपलब्धि हो ।”
विसं २०७३ मा भएको दोस्रो सम्मेलनमा करीब रु १४ खर्बको प्रतिबद्धता भई २५ प्रतिशत कै हाराहारीमा कार्यान्वयमा आएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो पटकको स्थित सरकार भएकाले सही समयमा सही काम भएको छ, राम्रै लगानी आउने सङ्केत छ । यसले कालान्तरमा मुलुकको अर्थतन्त्रमा राम्रै प्रभाव पार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसपटक सरकारले परियोजना बैंकका रुपमा ७७ परियोजनालाई प्रस्तुत गर्नु सम्मेलनको सुन्दर पक्ष हो भन्नुभयो । यस क्षेत्रका लागि स्थापना हुन लागेको एकल विन्दु सेवा सबैभन्दा राम्रो पक्ष बनेको उहाँको भनाइ थियो । 
यसले लगानीकर्तालाई उत्साहित बनाएको कोइरालाले बताउनुभयो । यसबाहेक सबै विदेशी लगानीकर्ताले प्रत्यक्ष रुपमा आफैँ काम नगर्ने र स्थानीय लगानीकर्तामार्फत गर्ने हुनाले स्थानीय निजी साझेदारको भूमिका महत्वपूर्ण हुने र सरकारले सम्मेलनको प्रतिबद्धतालाई निरन्तर फलोअप गरे राम्रो हुने उहाँको धारणा छ । 
समापनका अवसरमा भएका विभिन्न दुई पक्षीय व्यावसायिक सम्झौताले अन्य लगानीकर्तालाई प्रेरित गरेको छ । नेपालका कम्युनिष्टहरु लोकतान्त्रिक हुन सक्दैनन् र उनीहरुले विदेशी लगानी वा निजी क्षेत्रलाई प्रोत्साहित गर्दैनन् भन्ने भ्रमलाई सम्मेलनले चिरेको छ । सरकारले विदेशी लगानीको संरक्षण र मुनाफा सुरक्षित गराउन उद्घाटन सत्रमा प्रतिबद्धता व्यक्त गरेको थियो । 
सम्मेलनको समापन समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा स्थिर सरकार निर्माणसँगै सरकारले उपयुक्त समयमा महत्वपूर्ण सम्मेलन आयोजना गरेर विश्व समुदायलाई आर्थिक रुपान्तरणको सन्देश दिएको बताउँदे भन्नुभयो, “अब हामीले समृद्धि र विकासका लागि ढिलाइ गर्नु हुँदैन । सधैँ द्वन्द्व र अस्थिरतामा रुमल्लिएर मुलुक अघि बढ्न सक्दैन । सम्मेलनले स्पष्टरुपमा यो सन्देश दिन सकेकामा खुशी लागेको छ ।”
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष भवन भट्टले लगानी सम्मेलनले नेपालमा विकास र समृद्धिको स्रोत तथा प्रविधि जुटाउने असल थालनी भएको जनाउँदै यसले विश्वभर रहेका नेपालीलाई विपन्न र असफल मुलुकको हीनताबाट माथि उठाउन योगदान दिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा लगानी गर्न चाहनेले विदेशमा रहेका गैरआवासीय नेपालीमार्फत पनि समन्वय गर्न सक्ने उल्लेख गर्नुभयो ।
नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले सम्मेलनमा धेरै आइडिया (विचार)को आदान प्रदान भएको र मलेसियालगायत मुलुकले कसरी विकासमा फड्को मारेका रहेछन् भन्ने बुझ्न सम्मेलन सार्थक भएको बताउनुभयो । उहाँले रासससँग भन्नुभयो, “सम्मेलनबाट प्राप्त ऊर्जालाई सेलाउन नदिई निरन्तर फलोअप गर्न सकेमा र ठूला पूर्वाधार विकासका लागि आवश्यक पर्ने रकमका लागि सरकारी बैंकलाई विदेशी बैंकबाट रकम परिचालन वा ग्यारेन्टी बस्ने वातावरण मिलेमा लगानीको थप सम्भावना देखिनेछ ।”
मलेसियाका लगानी विकाससम्बन्धी प्राधिकरणका प्रमुख कार्यकारी शिव सूर्यमूर्ति सुन्दर राजाले आफूहरुले शुरुमा लगानी भित्र्याउन विश्वका मुख्य मुलुकमा आफ्नो लगानी बोर्डको कार्यालय खोलेको र सम्पर्क विस्तार गरेको अनुभव प्रस्तुत गर्दै निरन्तर लगानीका लागि विश्वजगत्मा सम्पर्कमा रहनु सुझाव दिएको सन्दर्भलाई नेपाली सहभागीले रुचाएका थिए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलनको सफलताले आफूहरुलाई उत्साहित बनाएको र नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि गरेका प्रतिबद्धता पूरा गरेमा लगानी र विकासको अवसर सिर्जना हुने बताउनुभयो । नेपालको ज्योति समूहका अध्यक्ष पद्म ज्योतिले विकसित मुलुकका लगानी र विकासका सफलताका अनुभवले आफूहरुलाई समेत ऊर्जा मिलेको बताउनुभयो । उहाँले नेपाल विकास र समृद्धिको मार्गमा अघि बढ्न सक्ने सम्भावनालाई सम्मेलनले पहिल्याएको जनाउनुभयो ।
नेपालमा २०७२ को भूकम्पपछि पुनः निर्माणका लागि दाता सम्मेलन र विसं २०७३ मा भएको दोस्रो लगानी सम्मेलन सम्मेलनभन्दा थप महत्व बोकेको यस लगानी सम्मेलनले नेपालको समृद्धिको यात्रालाई सहयोग गर्ने अपेक्षा गरिएको छ । 

विकसित मुलुकका सफलताका अनुभव
सम्मेलनमा सहभागी विभिन्न मुलुकका सम्बन्धित निकायका प्रतिनिधिले नेपालले नयाँ संविधान र राजनीति स्थिरतासँगै लगानी र विकासका लागि उपयुक्त अवसर भएको जनाएका छन् । आफ्नो मुलुकको विकासको अनुभव प्रस्तुत गर्दै उनीहरुले नेपालले सम्मेलन गरेर वैदेशिक लगानीका लागि उचित ढोका खोलेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्नुभएको सो सम्मेलनको शनिबार सम्पन्न भएको हो ।
नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत साडिक जाफेरले आफ्नो मुलुकले खुल्ला अर्थतन्त्रमा विश्वास गर्ने र नेपालको छिमेकी भारतसँग व्यापारिक सम्बन्ध विकसित भइसकेकाले नेपालमा लगानी ल्याउन कठिनाई नहुने बताउनुभयो ।संयुक्त अरब इमिरेट्स (युएई) का अर्थ मन्त्रालयका वैदेशिक व्यापार उपसचिव अब्दुल्लाह अल सालेहले वैदेशिक लगानी आकर्षित गर्न लगानी संरक्षण सम्झौता र दोहोरो कर उन्मुक्ति सम्भौता आवश्यक भएको बताउनुभयो । 
लगानीकर्तालाई कुनै प्रकारको कानूनी व्यवधान आउन नदिन सतर्क हुनुपर्ने भन्दै उहाँले त्यसका लागि नेपाल सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले अन्य मुलुकको तुलनामा नेपालमा लगानी गर्ने लगानीकर्ताले उच्च प्रतिफल हासिल गर्न सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक लगानी भनेको रकम मात्र होइन, प्रविधि र ज्ञानको दक्षता पनि हो ।”
राजनीतिक स्थिरतासँगै अगाडि बढेको मुलुकमा लगानीको प्रचुर सम्भावना रहेको औँल्याउँदै उहाँले नेपालका दुई छिमेकीमूलुक यहाँका उद्योगीका लागि ठूलो बजार भएको बताउनुभयो । चीन युएईको पहिलो र भारत दोस्रो व्यापार साझेदारी मुलुक हो । युएई नेपालका लागि तेस्रो ठूलो व्यापार साझेदार मुलुक भएको तथ्य पेश गर्दै उहाँले दुई मुलुकबीच तीस करोड अमेरिकी डलर बराबरको व्यापार भएको उल्लेख गर्नुभयो ।
मलेसियाका लगानी विकाससम्बन्धी प्राधिकरणका प्रमुख कार्यकारी शिव सूर्यमूर्ति सुन्दर राजाले आफूहरुले शुरुमा लगानी भित्र्याउन विश्वका मुख्य मुलुकमा आफ्नो लगानी बोर्डको कार्यालय खोलेको र सम्पर्क विस्तार गरेको अनुभव सुनाउनुभयो । उहाँले लगानी बोर्डलाई अध्यागमनको निकायसँग तालमेल गर्दै लगानीकर्ताका लागि प्रमाणपत्र वितरण र लगानीका लागि सहजीकरण गर्न बोर्ड प्राधिकार हुनुपर्ने सुझाव दिनुभयो । 
नेपालको ज्योति समूहका अध्यक्ष पद्म ज्योतिले विकसित मुलुकका लगानी र विकासका सफलताका अनुभवले आफूहरुलाई समेत ऊर्जा मिलेको र नेपाल विकास तथा समृद्धिको मार्गमा अघि बढ्नसक्ने सम्भावना देखिएको औल्याउनुभयो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भाषा परीक्षाका लागि ९२ हजारको आवेदन (04.04.2019)
बढ्दो आर्थिक अपराध (03.28.2019)
माथिल्लो तामाकोशी हरेक घरको चासो (03.28.2019)
नयाँ वर्षदेखि जनकपुर–जयनगर रेल (03.18.2019)
१२ सय मेगावाट विद्युत थप हुँदै (03.18.2019)
मध्यमस्र्याङ्दीलाई माथ गर्दै मेलम्ची (01.01.2019)
कूटनीतिक क्षमता भए नेपाली विमान युरोप उड्थे (12.11.2018)
भ्रष्टाचार नगर्ने र गर्न नदिने पुनः प्रतिबद्धता (12.11.2018)
विमान थपिंदै बजार गुम्दै किन ? (11.20.2018)
वार्षिक २० अर्ब बाहिरिन्छ (10.10.2018)
भैरहवा विमानस्थल छ महिनाभित्रैसञ्चालन योग्य (10.10.2018)
व्यापारघाटा दुई महिनामा दुई खर्ब (10.02.2018)
महिनामा एक प्रतिशत पूँजीगत खर्च (10.02.2018)
अब काम नपाएर भौतारिएकालाई निर्माणको अभियानमा लगाइने (10.02.2018)
गरीबी निवारण राजनीतिक चलखेल र चासोको शिकार (09.25.2018)
भारतले नेपालको नोट किन साटेन ? (09.11.2018)
एक महिनामा साँढे तीन अर्बको खाद्यान्न आयात (09.11.2018)
एक महिनाको व्यापारघाटा एक खर्ब १३ अर्ब (09.04.2018)
विमानस्थल अब दैनिक २२ घण्टा (09.04.2018)
बिमा रकम कुम्ल्याउन नक्कली उद्धार (08.28.2018)



 
::| Latest News

 
[Page Top]