युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 08.22.2019, 09:07pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
नेपालीले बनाए मिनी पानीजहाज
Thursday, 04.04.2019, 01:39pm (GMT+5.5)

काठमाडौं । नेपालमा एक वर्षयता पानीजहाजको खुब चर्चा भएको छ । यो चर्चाको बीचमा नेपाली प्राविधिकहरुले दुई करोड रुपैयाँका लागतमा नेपालमै मिनी पानीजहाज (जेटबोट) निर्माण गरेका छन् । नेपाली पुँजी र प्राविधिकले बनाएको जेटबोटलाई सगरमाथाको उचाइका नाममा ८८४८ मिटर नाम दिइएको छ । 
समाचार अनुसार मोरङको सुन्दरहरैँचाको बलियामा नेपालकै प्राविधिकहरुले बनाएको जेटबोट शनिबार सप्तकोसीमा सफल परीक्षणसमेत भएको छ । जेटबोटको बडीमै लेखिएको छ ‘प्राउड्ली म्यानुफ्याक्चर्ड इन नेपाल लेखिएको छ । शनिबार साँझ ७ बजेपछि परीक्षण गरिएको इन्जिनियर लेखराज रिजालले जानकारी दिनुभएको छ । 
आगामी जेठ २२ गते दर्ता भएर सञ्चालनमा आउन लागेको जेटबोट सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन नामक जलयात्रा गराउने कम्पनीले बनाएको हो । ३० सिटे जेटबोट निर्माणको नेतृत्व इन्जिनियरहरु सुमन खत्री र लेखराज रिजालले गरेका थिए ।
जेटबोटका नक्सांकन भने फाइनआर्टका कलाकार सुरेश चौधरीले गरेका थिए । सुन्दररहैंचाको जयलक्ष्मी फाइबर उद्योग र विराटनगरको जिडिएस फाइबर वल्डको सँगको सहकार्यमा जेटबोट निर्माण भएको हो । काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ गरेका खत्री र भारतबाट सोही विषय पढेका रिजालले नेपालको पहिलो जेटबोट बनाएका हुन् ।
जेटबोटका लेआउट, बडी र सबै संरचनाहरु नेपालमै उपलब्ध सामानहरुबाट बनाइएको हो भने इन्जिन र जेट भने फिनल्यान्डबाट ल्याइएको हो । फाइबर र स्टिल लगायतका सामान प्रयोग गरेर बनाइएको जेटबोटमा इन्जिन र जेटमात्रै विदेशबाट ल्याउँदा पनि धेरै जोखिएको प्राविधिक बताउँछन् ।



Rating (Votes: )   
Share     Print


Other Articles:
उत्साहका साथ सकियो लगानी सम्मेलन (04.04.2019)
लगानी सम्मेलन उद्घाटनदेखि समापनसम्म (04.04.2019)
भाषा परीक्षाका लागि ९२ हजारको आवेदन (04.04.2019)
बढ्दो आर्थिक अपराध (03.28.2019)
माथिल्लो तामाकोशी हरेक घरको चासो (03.28.2019)
नयाँ वर्षदेखि जनकपुर–जयनगर रेल (03.18.2019)
१२ सय मेगावाट विद्युत थप हुँदै (03.18.2019)
मध्यमस्र्याङ्दीलाई माथ गर्दै मेलम्ची (01.01.2019)
कूटनीतिक क्षमता भए नेपाली विमान युरोप उड्थे (12.11.2018)
भ्रष्टाचार नगर्ने र गर्न नदिने पुनः प्रतिबद्धता (12.11.2018)
विमान थपिंदै बजार गुम्दै किन ? (11.20.2018)
वार्षिक २० अर्ब बाहिरिन्छ (10.10.2018)
भैरहवा विमानस्थल छ महिनाभित्रैसञ्चालन योग्य (10.10.2018)
व्यापारघाटा दुई महिनामा दुई खर्ब (10.02.2018)
महिनामा एक प्रतिशत पूँजीगत खर्च (10.02.2018)
अब काम नपाएर भौतारिएकालाई निर्माणको अभियानमा लगाइने (10.02.2018)
गरीबी निवारण राजनीतिक चलखेल र चासोको शिकार (09.25.2018)
भारतले नेपालको नोट किन साटेन ? (09.11.2018)
एक महिनामा साँढे तीन अर्बको खाद्यान्न आयात (09.11.2018)
एक महिनाको व्यापारघाटा एक खर्ब १३ अर्ब (09.04.2018)



 
::| Latest News

 
[Page Top]