युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Thursday, 08.22.2019, 09:33pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
विश्वव्यापी बजार भएको रत्न प्रशोधन कहिले ?
Wednesday, 04.10.2019, 11:00am (GMT+5.5)

काठमाडौं । प्रकृतिले नेपाललाई सबथोक दिएको छ । पेट्रोलियमदेखि ग्यास अनि खनिजका साथै विश्वमा अत्यधिक मूल्य रहेको युरेनियम र गहनाका रुपमा प्रयोग हुने रत्न (पत्थर) प्रशस्तै छ । पूर्वी पहाडदेखि पश्चिमका पहाडी जिल्लामा यी रत्नहरुको खानी रहेको छ । यसको केही सीमित व्यापारीहरुले उत्खनन् गरेर कमाइरहेका छन् । सरकारलाई कुनै राजश्व छैन अनि बहुमूल्य पत्थरका खानीको छेउमा बस्ने जनता गरीबीको चरम सीममा छन् ।
युरेनियम खेर गैरहेको छ । नेपालको युरेनियममा भारत र अमेरिकाले एक किसिमले आँखा गाडिरहेको लुकाउनुपर्ने विषय हैन । नेपालको मुस्ताङमा प्रशस्न युरेनियम रहेको खुलासा अहिले हैन दशकांै अघि भएको हो । त्यस्तै तिब्बतमा पनि प्रशस्त युरेनियम छ । अमेरिका र भारतले नेपालमाथि आँखा गाडेर चीन बिरोधी (फ्रि तिब्बत) गतिविधि उक्साइरहनुको मूल कारण तिब्बतको युरेनियम नै हो ।
युरेनियम जस्तै मुलुकको आर्थिक विकास छोटै समयमा हुने स्रोत हो रत्न । विश्वकै उच्चकोटीको रत्न पाइन्छ नेपालमा त्यो पनि गरीबीले पिल्सिएका मध्यपश्चिमको जाजरकोट जिल्लामा यस्ता पत्थरको पहाड छ । तर यसको सदुपयोग छैन र केही व्यापारीहरुले उत्खनन अनुमति लिएर करोडपति बनिरहेका छन् । सरकारी तहबाट उत्खनन नहुँदा बहुमूल्य पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले भैरहेको छ ।
रुवी, सफायर, टुर्मालिन, ज्यास्पर, कोरोण्डम, टोपाज, इमेराल्ड, क्वार्ज, गार्नेट, ओपल, ज्याडेट, मूनस्टोन, काइनाइड, एक्युमरिन जस्ता बहुमूल्य पत्थरको नेपालमा ठूलो भण्डार छ । 
जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको टालेगाउँ, अछार्नी, पजारु, दहलगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेका छन् । खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्षेनी करोडौँ मूल्यको पत्थर चोरी निकासी हुने गरेको हो । अर्छानी, टालेगाउँ, पजारु, पैंक, दह, कोर्ताङ्ग, गर्खाकोट लगायत गाउँबाट विभिन्न स्थानमा पाइने उक्त बहुमूल्य पत्थरको स्थानीय बजारमा उक्त पत्थर किलोको रु एक हजारदेखि ३० हजारसम्म बिक्री हुने गरेको छ । खानी आसपासमा रु १५० देखि रु एक हजार ५०० सम्ममा बिक्री हुने गरेको छ । साविकका टालेगाउँ, अर्छानी, दह र कोर्ताङ्ग गाविसबाट मात्र वार्षिक १० टन टुर्मालिन तथा काइनाइट चोरी निकासी हुने गरेको यसअघ अनुसन्धानबाट खुलेको थियो । 
यस्ता पत्थरको चोरी निकासीबाट तस्कर मालामाल भएका छन् । खानीबाट स्थानीयलाई संकलन गर्न लगाएर तस्करले कम मूल्यमा खरिद गर्ने गर्दछन् । पत्थर राजस्व छलेर तस्करले जिल्लाका विभिन्न नाकाबाट निकासी गर्दै आएका छन् । जिल्लामा खानी सञ्चालनका लागि सरकारी पहल नहुँदा चोरी निकासी बढेको हो ।
नेपालमा पाइने यी बहुमूल्य पत्थरको कारोबार कत्रो छ भन्ने सरकारलाई जानकारी छैन । सरकारी तहबाट यसको अनुमति नभए पनि विदेशमा नेपालको भनेर कारोबार भइरहेको रुवीको विक्री भैरहेको छ । जाजरकोटको टालेगाउँमा पाइने पत्थर काइनाइट विश्वकै उच्च गुणस्तरमा परेको छ । विभिन्न स्थानमा पाइने नवरत्न पत्थरमध्ये टालेगाउँमा पाइने काइनाइट विश्वकै उच्च गुणस्तरमा पर्ने यसअघि नै पत्ता लागेको हो । एक हजार रत्न पत्थरमध्ये टुमार्लिन, काइनाइट, रुबी, हेम्वरगाइड, डेम्वराइट, गार्नेट, क्रिष्ट्रनलगायतका आठ प्रकारका रत्न पत्थर नेपालमा पाइन्छ । त्यस्तै धादिङमा पाइने रुबी पनि विश्वकै उच्च कोटीको पत्थर हुन् । ताप्लेजुङमा हेम्वरगाइड पाइन्छ भने सङ्खुवासभामा डेम्वराइट र गार्नेट पाइने गरेको छ । 
धादिङ र रसुवामा रुवी, जाजरकोट र अछाममा काइनाइट, टुर्मा्लिन, एक्युमरिन तथा संखुवासभा, धादिङमा क्वार्जका खानी विभागको अनुमति विना संचालन भइरहेको कारोबारमा लागेकाहरू बताउँछन् । केही ग्रामको लाखौं रुपैयाँ पर्ने सफायर जस्ता बहुमूल्य पत्थर यसरी मिल्किँदा समृद्ध नेपाल सुखी नेपालीको सपनालाई नै गिज्याउँछ ।
भारत, चीन, यूरोपदेखि अमेरिकासम्म नेपाली रत्नपत्थरहरूको ठूलो कारोबार छ । तर यो कारोबारबाट राज्यलाई कुनै लाभ छैन । यी महँगा पत्थरको उत्खनन र कारोबारको अनुमति दिने, अनुगमन गर्ने र नियन्त्रण गर्ने जिम्मेवारी पाएको खानी तथा भूगर्भ विभाग कमजोर र अक्षम हुँदा गैरकानूनी रूपमा यसको कारोबार भइरहेको छ । 
अब भने सरकार यसमा तातेको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोटको पत्थर खानी उत्खननको तयारीमा सरकार रहेको जानकारी दिनुभएको छ । यदि यसो हुनसके यो इतिहासकै सबैभन्दा ठूलो काम हुनेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
पाँच वर्षभित्र नेपाल अल्पविकसितको सूचीबाट हट्ने ! (04.10.2019)
नेपालीले बनाए मिनी पानीजहाज (04.04.2019)
उत्साहका साथ सकियो लगानी सम्मेलन (04.04.2019)
लगानी सम्मेलन उद्घाटनदेखि समापनसम्म (04.04.2019)
भाषा परीक्षाका लागि ९२ हजारको आवेदन (04.04.2019)
बढ्दो आर्थिक अपराध (03.28.2019)
माथिल्लो तामाकोशी हरेक घरको चासो (03.28.2019)
नयाँ वर्षदेखि जनकपुर–जयनगर रेल (03.18.2019)
१२ सय मेगावाट विद्युत थप हुँदै (03.18.2019)
मध्यमस्र्याङ्दीलाई माथ गर्दै मेलम्ची (01.01.2019)
कूटनीतिक क्षमता भए नेपाली विमान युरोप उड्थे (12.11.2018)
भ्रष्टाचार नगर्ने र गर्न नदिने पुनः प्रतिबद्धता (12.11.2018)
विमान थपिंदै बजार गुम्दै किन ? (11.20.2018)
वार्षिक २० अर्ब बाहिरिन्छ (10.10.2018)
भैरहवा विमानस्थल छ महिनाभित्रैसञ्चालन योग्य (10.10.2018)
व्यापारघाटा दुई महिनामा दुई खर्ब (10.02.2018)
महिनामा एक प्रतिशत पूँजीगत खर्च (10.02.2018)
अब काम नपाएर भौतारिएकालाई निर्माणको अभियानमा लगाइने (10.02.2018)
गरीबी निवारण राजनीतिक चलखेल र चासोको शिकार (09.25.2018)
भारतले नेपालको नोट किन साटेन ? (09.11.2018)



 
::| Latest News

 
[Page Top]