युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 06.26.2019, 08:15pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
दुई तिहाईको सरकार गफमै सीमित - विकास खर्च न्यून व्यापार घाटा उच्च
Tuesday, 05.28.2019, 11:19am (GMT+5.5)

काठमाडौं । दुई तिहाई बहुमतको एकल सरकार पनि विगतका कमजोर र अस्थिर सरकारभन्दा फरक देखिएन । दुई तिहाईको सरकार बनेको झण्डै डेढ वर्षमा मुलुकमा तात्विक रुपमा देखिने विकासका कुनै काम भएका छैनन् । तथ्यांक जस्तोसुकै सार्वजनिक गरे पनि मुलुकको आर्थिक अवस्था कमजोर रहेको र विकास गर्न सरकार असक्षम रहेको प्रष्टै देखिएको छ । यो सरकारले पनि विकास खर्च गर्न सकेको छैन । चालू खर्च बढ्दै जाने तर विकास खर्च हुनै नसक्ने अवस्था अहिले कायम छ । सम्भवतः अबको केही सातापछि दैनिक अबौं रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक हुनेछ । 
दुई तिहाईको शक्तिशाली सरकारको हालत किन यस्तो त ? के सरकारमा बस्नेहरु नालायक भएर हो वा कर्मचारीको असहयोग ? प्रश्न दुबै सही छ । अर्थ्विदहरुको भनाइमा कर्मचारीयन्त्रले बजेट कार्यान्वयनमा उदासिनता देखाउँदा जनताको विकासको चाहना बन्धक बनिरहेको छ । तर, यसको कारण खोज्ने कि नखोज्ने ? काम नगर्नेलाई हटाएर काम गर्नेलाई ल्याउने कि नल्याउने । अनि अर्को महत्वपूर्ण कुरा कर्मचारी प्रशासनलाई राजनीतिकरण हुनबाट अब पनि नरोक्ने हो भने देशमा व्यवस्था नै अभिषापको रुपमा स्थापित हुनेछ ।
सरकारले बनाएको योजना र लक्ष्य खराब थिएन तापनि सो अनुरुप किन काम हुन सकेन ? किन हरेक वर्ष चालु खर्च र विकास खर्चबीचको अन्तराल बढ्दो छ ? गणतन्त्र आएलगत्तैको आर्थिक वर्षमा चालु र विकास बजेट बीचको अन्तर ३७ अर्ब थियो । गत आर्थिक वर्ष मा त्यो बढेर ४ खर्ब २६ अर्बमा पुगेको छ ।
गणतन्त्र आएपछिको आर्थिक वर्ष २०६३।६४ मा सरकारले ७७ अर्ब १२ करोड चालु खर्च गरेको थियो । तर, ३९ अर्ब ७२ करोड रुपैयाँ विकास बजेटमा खर्च भएको थियो । अन्तर ३७ अर्बको थियो । यो अन्तर हरेक आर्थिक वर्षमा बढ्दै गएको छ ।
बाँकी अवधि अस्थिर सरकार थियो भनेर छोड्ने हो भने पनि संविधान जारी भएपछि आव २०७३।७४ मा चालु खर्च ५ खर्ब १८ अर्ब पुग्यो । विकास बजेट भने २ खर्ब ८ अर्ब मात्र खर्च भयो । गत आव २०७४।७५ मा ६ खर्ब ९६ अर्ब चालु खर्च हुँदा पुँजीगत खर्च २ खर्ब ७० अर्ब थियो ।
चालू आर्थिक वर्ष सकिन २ महिना मात्रै बाँकी रहँदा विकास खर्च एक खर्ब ३० अर्ब भएको छ । अब झण्डै १ खर्बभन्दा बढी विकास बजेट जेठ र आसारमै खर्च हुने अनुमान छ । यसैबाट देखिन्छ नेपालको विकास सतहमा हैन कागजमा मात्र देखिन्छ ।
किनभने १० महिना सुतेर बस्ने सरकार, विकासे निकाय र मन्त्रालयहरु असार लागेपछि विकास खर्चको आधाजसो रकम खर्च गर्छन् । त्यसको नतिजा काम जस्ताको तस्तै बजेट स्वाहा । विगत ५ वर्षको तथ्यांक हेर्दा यो अझै प्रष्ट हुन्छ । आव २०७०।७१मा ४०.६, २०७१।७२ मा ४५.९ प्रतिशत ०७२।७३ मा ४७ प्रतिशत, ०७३।७४ मा ४१.२ प्रतिशत र २०७४।७५ मा ३९.४ प्रतिशत पुँजीगत खर्च असार महिनामा भएको थियो ।
विकास खर्च गर्न नसक्ने सरकारले व्यापारघाटालाई घटाउनसक्ने कुरै भएन । हरेक वर्ष आयातको हिस्सा बढ्ने र निर्यातको हिस्सा घट्ने क्रम यो वर्ष पनि तीव्र दरमा उकालो लागेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा ११ खर्ब ७८ अर्बको वस्तु तथा सेवा आयात हुँदा ७८ अर्ब ५३ करोडको वस्तु मात्रै निर्यात भएको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब ८२ अर्बको आयात भएको थियो भने ६६ अर्ब ६४ करोडको निर्यात थियो । 
देशको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३.८ प्रतिशत छ भने निर्यातको हिस्सा ६.२ प्रतिशत मात्रै छ । आयात निर्यात अनुपात यो वर्ष बढेर १५ प्रतिशत पुगेको छ । यसअनुसार नेपालले ९४ रुपैयाँको वस्तु आयात गर्दा मुस्किलले ६ रुपैयाँको वस्तु निर्यात गरिरहेको देखिन्छ । यो अवधिमा १२ खर्ब ५६ अर्बको वैदेशिक कारोबार भएको छ, यो २० प्रतिशतको बढोत्तरी हो । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा भारतसँग मात्रै ७ खर्ब ११ अर्बको ब्यापार घाटा छ । 
भारतमा ५० अर्बको निर्यात हुँदा ७ खर्ब ६१ अर्ब बराबरको वस्तु तथा सेवा आयात भएको छ । चीनसँग १ खर्ब ६७ अर्बको ब्यापार घाटा देखिन्छ । १ अर्ब ७८ करोडको वस्तु चीन पठाएको नेपालले त्यहाँबाट १ खर्ब ६९ अर्बको आयात गरेको छ । धेरै ब्यापार घाटा हुने मुलुकमा त्यसपछि युएई छ । युएईमा जम्माजम्मी १७ करोडको निर्यात गरेको नेपालले त्यहाँबाट झण्डै २९ अर्ब ८५ करोड अर्बको वस्तु ल्याएको छ । युएईसँग २९ अर्ब ६६ करोडको ब्यापार घाटा देखिन्छ ।फ्रान्सबाट १८ अर्ब ८० करोडको आयात र १ अर्ब ७ करोडको निर्यात हुँदा १७ अर्ब ७३ करोडको ब्यापार घाटा देखिएको छ । यस्तै, इन्डोनेसियासँग १४ अर्ब ६८ करोड, थाइल्यान्डसँग ११ अर्ब ८९ करोड, मलेसियासँग १० अर्ब ६५ करोड र क्यानडासँग १० अर्ब ३४ करोडको ब्यापार घाटा छ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
भूकम्पले खण्डहर बनेको तातोपानी नाका यसरी खुल्दैछ (05.28.2019)
आठ महिनामा २४ प्रतिशतले आयात वृद्धि (04.30.2019)
अब पैंतालीस हजारमै जापान उड्न पाइने ! (04.30.2019)
२५ खर्बको लगानी प्रस्ताव- द्रुत कार्यान्वयन आवश्यक (04.25.2019)
केही भएको पनि छैन नभएको पनि हैन (04.25.2019)
कामै नगरी भुक्तानी भ्रष्टाचार होइन र ? (04.16.2019)
सबै नेपालीलाई बैंक खाता अभियान- वित्तीय पहुँचको आधार (04.16.2019)
पर्यटनमा देखिएको उत्साह र भोग्नुपरेको वियोग (04.16.2019)
विश्वव्यापी बजार भएको रत्न प्रशोधन कहिले ? (04.10.2019)
पाँच वर्षभित्र नेपाल अल्पविकसितको सूचीबाट हट्ने ! (04.10.2019)
नेपालीले बनाए मिनी पानीजहाज (04.04.2019)
उत्साहका साथ सकियो लगानी सम्मेलन (04.04.2019)
लगानी सम्मेलन उद्घाटनदेखि समापनसम्म (04.04.2019)
भाषा परीक्षाका लागि ९२ हजारको आवेदन (04.04.2019)
बढ्दो आर्थिक अपराध (03.28.2019)
माथिल्लो तामाकोशी हरेक घरको चासो (03.28.2019)
नयाँ वर्षदेखि जनकपुर–जयनगर रेल (03.18.2019)
१२ सय मेगावाट विद्युत थप हुँदै (03.18.2019)
मध्यमस्र्याङ्दीलाई माथ गर्दै मेलम्ची (01.01.2019)
कूटनीतिक क्षमता भए नेपाली विमान युरोप उड्थे (12.11.2018)



 
::| Latest News

 
[Page Top]