युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Saturday, 10.19.2019, 12:35am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
भ्रमण वर्ष सफलताका मुख्य आधार युरोपेली पर्यटक
Tuesday, 09.10.2019, 08:15am (GMT+5.5)

मुलुकले २०२० बाट नेपाल भ्रमण वर्ष मनाउँदैछ र विश्वका अधिकांश मुलुकमा यसको प्रचार–प्रसार सुरु भैसकेको छ । यस्तोमा नेपाल भ्रमणमा आउने पर्यटकमा ठूलो हिस्सा ओगट्ने युरोपेली मुलुकका पर्यटकलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन हुन सकेमा नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन सकिने देखिएको छ । युरोपेली मुलुकहरूबाट सन् २०१८ मा दुई लाख ४३ हजार २८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने यस वर्षको छ महीनाको अवधिमा यो सङ्ख्या एक लाख चार हजार ७८३ रहेको छ । 
नेपाल एक आकर्षक, सुरक्षित र मनोरम पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरी विश्व पर्यटन बजारमा नेपाललाई स्थापित गराउन हवाई सेवाको सुरक्षा, विश्वसनीयता र पर्यटकीय सेवा सुविधाको गणुस्तर वृद्धि, नयाँ गन्तव्य स्थलहरूको पहिचान र विविधीकरण तथा पूर्वाधार विकासमा जोड दिन सकिएमा भ्रमण वर्ष सफल हुनुको साथै त्यसपछि पनि क्रमशः पर्यटक आगमनमा वृद्धि ल्याउन सकिन्छ । 
नेपाल भ्रमण गरी फर्किएका पर्यटकले नेपालको बारेमा दिने सन्देश तथा विदेशस्थित नेपाली दूतावास र गैर आवासीय नेपाली(एनआरएन)को भूमिकाले बढीभन्दा बढी पर्यटक भित्र्याउने बलियो आधार बन्न सक्ने भएकाले भ्रमण वर्ष मनाइरहँदा यस पक्षलाई महत्व दिनुपर्ने हुन्छ । युरोपका प्रायः सबैजसो मुलुकमा नेपाली दूतावासको संयन्त्र रहेको र गैरआवासीय नेपाली सङ्घको पनि गठन भइसकेको सन्दर्भमा उनीहरूमार्फत नेपालमा बढीभन्दा बढी पर्यटक पठाउन सकिने राजदूत तथा एनएआरएनका प्रतिनिधिहरूको भनाइ छ । भ्रमण वर्षलाई सफल तुल्याउन युरोपेली पर्यटक मुख्य आधार हुनसक्ने उहाँहरूको विश्वास छ । 
युरोपस्थित नेपाली कुटनीतिक नियोगका प्रतिनिधिहरूले पनि भ्रमण वर्षलाई सफल तुल्याउन आ–आफ्नो देशमा प्रवद्र्धनात्मक क्रियाकलापहरू सञ्चालन गरिएको र वर्षभरि नै विभिन्न कार्यक्रमहरू राखिएको बताएका छन् । वर्षाैंदेखि साहसिक पर्यटकलाई मात्र महत्व दिने गरिँदा नेपालमा गुणस्तरीय र खर्चालु पर्यटक भित्र्याउन नसकिएकाले आगामी दिनामा बढी पैसा खर्च गर्नसक्ने, लामो अवधि बस्न रुचाउने र फुर्सदिला खासगरी जेष्ठ उमेरका पर्यटकलाई लक्षित गरी भ्रमण ‘प्याकेज’हरू तयार गर्नुपर्नेमा फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी जोड दिनुहुन्छ । 
नेपालको ‘हिन्दू किङ्डम’ बारेमा पुस्तक लेख्ने सिल्भा लेभी, हनी हन्टर फिल्म बनाउने यरिक भेली, अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो युरोपेली मौरिस हर्जोग, विश्वका आठ हजारभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने डा क्रिस्टिना जाना, नेपालको बारेमा विश्वभर प्रचार गराउने टोनी हेगनजस्ता व्यक्तित्वहरूको योगदानका बारेमा मात्रै प्रचार गराउन सकिएमा पनि ठूलो सङ्ख्यामा युरोपेली पर्यटकलाई आकर्षित गर्न सकिने उहाँको तर्क छ । 
फ्रान्समा कूल जनसङ्ख्याको झण्डै डेढ गुणा बढी पर्यटकले भ्रमण गर्ने र विश्वका अधिकांश मुलुकका कुटनीतिक नियोगहरू राजधानी पेरिसमा रहेकाले नेपालका बारेमा गरिने प्रवद्र्धनात्मक कार्य बढी प्रभावकारी हुने हुँदा दूतावासले यसतर्फ विशेष ध्यान दिएको राजदूत अधिकारी बताउनुहुन्छ । फ्रान्समा ६०÷७० वटा नेपाली रेस्टुराँ रहेको र तीमध्ये आधाभन्दा बढी पेरिस शहरमै रहेकाले त्यहाँ खान जाने पर्यटकलाई नेपालका बारेमा परिचय गराउन सकिने सम्भावना रहेको एनआरएन फ्रान्सका पूर्व अध्यक्ष एकिन्द्र मल्ल ठकुरीको भनाइ छ । 
नेपालले पर्यटनको कुरा गरेको धेरै वर्ष भए पनि अहिलेसम्म रणनीतिक ढङ्गबाट बजारीकरण हुन नसक्दा युरोपबाट जति सङ्ख्यामा पर्यटकले नेपाल भ्रमण गर्नुपर्ने हो त्यो हुन नसकेको बताउनुहुन्छ बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा । उहाँँ भन्नुहुन्छ, “अहिलेसम्म पनि हामीले युरोपेली पर्यटकको रुचिका बारेमा बुझ्ने कोशिस गरेका छैनौँ । कुनै अध्ययन भएको छैन । एउटै देशभित्र पनि फरकफरक रुची राख्ने पर्यटक हुने हुँदा उनीहरूको चाहनाअनुसार प्रवद्र्धनात्मक रणनीति बनाउने हो भने धेरै युरोपीय नेपाल भ्रमणमा जानेछन् ।” 
युरोपबाट नेपाल जान हवाई भाडा महङ्गो पर्ने, सिधा हवाई उडान नभएको, नेपाल गोर्खा भूकम्पले ध्वस्त भई पुनःनिर्माणमा जुटेको छ भन्ने जस्ता तर्क उपयुक्त नभएको बताउँदै उहाँँ भन्नुहुन्छ, “हवाई भाडा केही महङ्गो भएपनि यहाँँ खाना र बस्न सस्तो छ, सिधा उडान नभए पनि ‘कनेक्सन’ उडान प्रयोग गर्न सकिन्छ र भूकम्पले पर्यटन क्षेत्रमा कुनै असर नपारेको भन्नेजस्ता सन्देश विस्तार गर्नु आवश्यक छ ।” 
नेपालका लागि जर्मनीका राजदूत रोलाल्ड सेफरले दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै जर्मनी सरकार र जनस्तरबाट नेपालको विकासमा सहयोग रहँदै आएको बताउँदै नेपाल आर्थिक समृद्धिको बाटोमा अगाडि लम्किरहेकाले यसलाई अझ अगाडि बढाउन सहयोगका क्षेत्रहरू अझ विस्तार गरिनेछ भन्नुभयो । उहाँले जर्मनी पर्यटकका लागि नेपाल एक मुख्य गन्तव्य स्थल रहेकाले पर्यटकीय पूर्वाधार, सुरक्षा र नयाँ सम्पदाहरूको प्रवद्र्धन हुन सकेमा ठूलो सङ्ख्यामा पर्यटक जाने सम्भावना रहेको उहाँको भनाइ थियो । 
नेपालका लागि जर्मनीका महावाणिज्य दूत रामप्रताप थापाले नेपालको पर्यटन प्रवद्र्धनका लागि जर्मनीमा रहेका विभिन्न सङ्घसंस्थाहरू इच्छुक रहेकाले उनीहरूलाई यसबारेमा जानकारी गराउन र आगामी दिनमा सहयोग अभिवृद्धि गराउन सकिने बताउनुभयो । जर्मनीबाट मात्र हाल वर्षमा करीब १७÷१८ हजार पर्यटक नेपाल जाने गरेको र यसलाई दोब्बर बनाउन सकिने उहाँको विश्वास छ । 
विश्वका ८० भन्दा बढी देशमा बसोबास गर्ने गैरआवासीय नेपालीहरू आफ्नो जन्मभूमिको विकासप्रति निकै अभिप्रेरित रहेको बताउँदै ती देशहरूमा रहेका गैरसरकारी संस्थाहरूसँग सहकार्य गरी नेपाल भ्रमणमा जान पर्यटकलाई अभिप्रेरित गराउने क्रियाकलापमा जोड दिइएको एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने बताउनुहुन्छ । युरोपका प्रायः सबैजसो देशमा नेपाली पुगेका छन् र अधिकांशले रेस्टुराँ व्यवसाय सञ्चालन गरेका छन् ।
नेपालीले सञ्चालन गरेका रेस्टुराँमा ‘मिनी नेपाल’को झल्को आउने हुँदा खानेकुरादेखि आतिथ्य सत्कारमा नेपालीपन देखाउनुपर्ने एनआरएन अन्तर्राष्ट्रिय महिला संयोजक रजनी प्रधान बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ती रेस्टुराँमा नेपाल झल्किने पर्चा–पम्लेट राख्ने र पर्यटकलाई नेपाली हस्तकलाका सामग्री उपहार दिने गरिएमा त्यसले सकारात्मक सन्देश जानेछ ।” 
नेपाल भ्रमण गरी फर्केका वा नेपाली खानाको स्वाद लिइसकेका युरोपेली नागरिकहरू नेपाली रेस्टुराँमा खान जाने वा नेपाली उत्पादनहरू खरिद गर्न रुचाउने हुँदा उनीहरूको आवश्यकता अनुसार युरोपभरि नै नेपाली उत्पादनहरूको प्रवद्र्धन गर्दै आउनुभएका रबिन्द्रमान श्रेष्ठ भन्नुहुन्छ, “नेपाली वस्तुको अलग्गै ‘ब्राण्ड’ बनाउन सकिएमा यसले पनि नेपालको पहिचान बढाउन सकिन्छ ।” नेपालका मःमः, वियर, चाउचाउ, सेलरोटीलगायतका वस्तुको ‘ब्राण्डिङ’ गर्न सकिने उहाँको तर्क छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
रेमिट्यान्सले चुकेको सामाजिक मूल्य (08.20.2019)
विद्युत प्राधिकरणको मुनाफा बढ्दै जाँदा चुनौती पनि थपिँदै (08.20.2019)
मुलुक चरम आर्थिक संकटको दिशातिर (07.30.2019)
माथिल्लो तामाकोशीमा सकसै सकस (07.30.2019)
अबको एक महिनापछि ओसाका उडान (07.30.2019)
नेवानिको व्यवस्थापन विदेशीलाई दिने तयारी नेपाली असक्षम कि राजनीतिक स्वार्थ ? (07.22.2019)
दशैं अगाडि नै नारायणीमा मिनी पानीजहाज (07.22.2019)
यार्सा जोगाउने चिन्ता (06.18.2019)
संघीय संरचनाको पहिलो बजेट– कुन प्रदेशको कति ? (06.18.2019)
सन्तोषजनक बजेट - कार्यान्वयन चुनौतिपूर्ण (06.05.2019)
दुई तिहाईको सरकार गफमै सीमित - विकास खर्च न्यून व्यापार घाटा उच्च (05.28.2019)
भूकम्पले खण्डहर बनेको तातोपानी नाका यसरी खुल्दैछ (05.28.2019)
आठ महिनामा २४ प्रतिशतले आयात वृद्धि (04.30.2019)
अब पैंतालीस हजारमै जापान उड्न पाइने ! (04.30.2019)
२५ खर्बको लगानी प्रस्ताव- द्रुत कार्यान्वयन आवश्यक (04.25.2019)
केही भएको पनि छैन नभएको पनि हैन (04.25.2019)
कामै नगरी भुक्तानी भ्रष्टाचार होइन र ? (04.16.2019)
सबै नेपालीलाई बैंक खाता अभियान- वित्तीय पहुँचको आधार (04.16.2019)
पर्यटनमा देखिएको उत्साह र भोग्नुपरेको वियोग (04.16.2019)
विश्वव्यापी बजार भएको रत्न प्रशोधन कहिले ? (04.10.2019)



 
::| Latest News

 
[Page Top]