युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 10.20.2019, 07:28pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
दार्चुलाको स्याउले पाएन बजार
Tuesday, 09.17.2019, 11:58am (GMT+5.5)

मुलुकका प्रमुख शहरहरुमा भारत तथा चीनबाट आयात भएका स्याउले ढाकिदा स्वदेशी उत्पादनले भने बजार नै पाउन सकेको छैन । यस्तो अवस्थाले गर्दा चिन्तित छन् दार्चुलाका स्याउ उत्पादक किसान । जिल्लाको अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन् । बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै लोभ्याउँछ पनि । लामो समयदेखि स्याउ खेतीमा लागेका धामीले गत वर्ष प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ ‘जोन’ कार्यक्रमअन्तर्गत थप स्याउ लगाए । अहिले उहाँको बारीमा झण्डै चार–पाँच सय बोट स्याउ छन् । 
सदरमुकाम खलङ्गाबाट दुई दिन लगाएर पुगिने पाथामा फलेको स्याउ बिक्री गर्न बजार अभाव छ । नजीकको बजार खण्डेश्वरी हो । अहिले गाउँपालिका केन्द्र रहेको खण्डेश्वरी बजारमा झण्डै दुई दर्जनभन्दा बढी पसल सञ्चालनमा छ । 
अपी हिमालसम्म सडक सञ्जाल पुगेको छैन । अस्थायी रूपमा गाउँपालिका–५ ओखल रेलासम्म सडक गुड्ने गरे पनि त्यहाँबाट आठदेखि १० घण्टा पैदल हिँडेपछि पाथा पुगिन्छ । गाउँबाट गाडीसम्म स्याउ ल्याउनका लागि प्रतिकिलो रु ४० भाडा पर्छ । सडक सञ्जाल नपुगेका कारण यहाँ उत्पादन भएको स्याउले बजार नपाएको अध्यक्ष धामी बताउनुहुन्छ ।
सडक नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाएको छैन । अपी हिमाल गाउँपालिका–३ र ४ मा अहिले स्याउ उत्पादन भएको छ । यही क्षेत्रमा गत वर्षदेखि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत समेत स्याउ खेती गरिएको छ । अहिले यस क्षेत्रमा उत्पादन हुने स्याउको बजार व्यवस्थापन समस्या भएको उहाँले बताउनुभयो ।
स्याउ सुपर जोन कार्यक्रम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका धामीलाई यो वर्ष उत्पादन भएको स्याउ बिक्री गर्न धौधौ छ । स्याउ जोन बनाएर स्याउ खेतीतर्फ आकर्षण गराए पनि स्याउ बिक्री गर्ने भण्डार गर्ने तथा स्याउका परिकार बनाउने तालीम र उपकरण नहुँदा स्याउ उत्पादक कृषक समस्यामा परेका छन् । 
अपी हिमालमा उत्पादन भएको अर्गानिक स्याउ अहिले खण्डेश्वरी बजारमै प्रतिकिलो रु १५० मा बिक्री हुन्छ । सबै स्याउ त्यहीँ बिक्री हुने अवस्था छैन । 
मार्मा गाउँपालिका–५ का स्याउ उत्पादक कृषक इन्द्रसिंह महताको बारीमा ५०० ओटा स्याउका बोट छन् । दशौँ क्वीन्टल स्याउ उत्पादन हुन्छ । विसं २०६७ देखि स्याउ खेती शुरु गरेका महतालाई स्याउ गाउँमा जोगाउ नै मुस्किल भएको  छ । उत्पादन भएको स्याउसमेत असिना र जङ्गली जनावरले सखाप पार्दा उहाँ निराश हुनुहुन्छ ।
स्याउ ‘सुपर जोन’ सञ्चालक समितिका अध्यक्ष धामी स्याउ उत्पादक किसानलाई स्याउको अचार बनाउने, स्याउका परिकार बनाउने र भण्डार गर्ने उपकरणसमेत सहयोग गर्नुपर्ने बताउनुहुन्छ । 
व्यासको छाङ्गरुमा स्याउ उत्पादन गर्दै आएका जीतसिंह बोहराले स्याउ प्रशोधनका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले एक हजारभन्दा बढी स्याउ व्यासमा फलाएका छन् । व्याससम्म नेपालतिर घोरेटो बाटोसमेत छैन् । 
मान्छे हिँड्नका लागि भारतीय बाटो प्रयोग गर्ने गरिए पनि त्यो बाटो भएर दार्चुलासम्म स्याउ ल्याउन निकै महँगो छ । उहाँले केही स्याउ भारतीय सुरक्षाकर्मीलाई रु ८० भारतीयमा बिक्री गर्ने गरे पनि बाँकी स्याउ फाल्ने गरेका छन् । स्याउबाट मदिरा तथा बाँकी स्याउ त्यतिकै सडाएर फाल्नुपर्ने अवस्था रहेको उहाँ गुनासो गर्नुहुन्छ । 
गत वर्षदेखि दार्चुलामा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन कार्यक्रम लागू भएको हो । गत वर्ष कार्यक्रमअन्तर्गत यहाँका अपी हिमाल, नौगाड, मार्मा, दुहुँ र व्यास गाउँपालिकामा स्याउ खेती गरिएको हो । 
गत वर्ष पाँच वटा स्थानीय तहका १६ वटा कृषक समूह र चार जना उद्यमीलाई जुम्लाबाट ल्याइएका १४ हजार २०० र इटालीबाट ल्याइएका गोल्डेन डेलिसियस जातका ७०० स्याउका बोट वितरण गरिएको स्याउ जोन एकाइ दार्चुलाका निमित्त प्रमुख विष्णुप्रसाद ओझाले जानकारी दिनुभयो । गत वर्षको कार्यक्रममार्फत जिल्लाका ४४० कृषक लाभान्वित भएको कार्यालयले जनाएको छ । 
चालू आवमा नौ वटै स्थानीय तहमा स्याउ र ओखर खेती विस्तारका लागि कूल रु एक करोड ५१ लाख ४० हजार खर्च गरिने कार्यालयले जनाएको छ । “स्याउका लागि बजार व्यवस्थापन चुनौती देखिएको छ”, कार्यालय प्रमुख ओझाले भन्नुभयो, “स्याउ प्याकेजिङ र परिकार निर्माणमा जोड दिनुपर्छ ।” 

कर्णाली नदी डल्फिन क्षेत्रको रूपमा विकास गर्नुपर्छ
नेपालमा डल्फीन पाइने एक मात्र नदी हो कर्णाली । सो नदीलाई डल्फीन क्षेत्रका रुपमा विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्नसक्छ । यसै मेसोमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कैलालीको कर्णाली नदीलाई डल्फिन क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । कैलाली होटल व्यवसायी सङ्घद्वारा टीकापुर नगरपालिका–७ वैदी ढुङ्गानाटोलमा शनिबार आयोजित डल्फिन महोत्सवको शनिबार उद्घाटन गर्दै उहाँले डल्फिनको संरक्षण र प्रचारप्रसारमा सरकारले सहयोग गर्ने बताउनुभयो । 
“डल्फिन पाइने कर्णाली, मोहना र काढा नदीको दोभानमा डल्फिनको बासस्थान बनाउन सरकारले लगानी गर्छ”, मन्त्री भट्टराईले भन्नुभयो, “स्थानीय पर्यटन प्रवद्र्धनका लागि तपार्इंहरू योजना बनाएर आउनुस्, डिपिआर निर्माण र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने काम सरकारले गर्छ ।”
उहाँले डल्फिनलाई पर्यटक मुख्य आकर्षणको केन्द्र बनाउन सरकार सहयोग तयार रहेको उल्लेख गर्दै पर्यटन प्रवद्र्धन, स्थानीयको व्यावसायिक क्षमता अभिवृद्धि, आयआर्जनका लागि सक्ने सहयोग गर्ने सरकारको जिम्मेवारी हो र यस क्षेत्रलाई डल्फिन क्षेत्रका रूपमा सरकारले विकास गर्छ भन्नुभयो । 
मन्त्री भट्टराईले टीकापुर हवाई मैदानमा हवाईजहाज उडाउने टीकापुरवासीको सपना पूरा गर्ने बताउँदै टीकापुर नेपालकै ऐतिहासिक र केही शहरमध्ये व्यवस्थित प्लानिङ भएको क्षेत्र भएकाले यहाँको समस्यालाई ध्यान दिएर सरकारले टीकापुर विमानस्थललाई नयाँ ढङ्गले सञ्चालन गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “छिट्टै प्राविधिक टोली अध्ययनका लागि टीकापुर पठाउँछौँ, टोलीले अध्ययन गरेर काम शुरु गर्छ, तपाईं विश्वस्त रहनुहोस् ।”
मन्त्री भट्टराईले कर्णाली नदी हुँदै ताक्लाकोटबाट मानसरोवरको याज्ञा गर्न सकिने वातावरण बनाउन धार्मिक पर्यटनका रूपमा विकास गर्ने उल्लेख गर्दै थारू र पहाडीको मिश्रित समुदाय रहेको कैलालीको सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास आवश्यक रहेको बताउनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुगोस्, पर्यटन प्रवद्र्धन र डल्फिनको प्रचारप्रसार होस् भन्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तेजबहादुर बोहराले जानकारी दिनुभयो । महोत्सवमा तीन दिनसम्म चल्नेछ ।


Rating (Votes: )   
Share     Print


Other Articles:
वर्षमा सात सयको मृत्यु हुन्छ विदेशमा (09.10.2019)
भ्रमण वर्ष सफलताका मुख्य आधार युरोपेली पर्यटक (09.10.2019)
रेमिट्यान्सले चुकेको सामाजिक मूल्य (08.20.2019)
विद्युत प्राधिकरणको मुनाफा बढ्दै जाँदा चुनौती पनि थपिँदै (08.20.2019)
मुलुक चरम आर्थिक संकटको दिशातिर (07.30.2019)
माथिल्लो तामाकोशीमा सकसै सकस (07.30.2019)
अबको एक महिनापछि ओसाका उडान (07.30.2019)
नेवानिको व्यवस्थापन विदेशीलाई दिने तयारी नेपाली असक्षम कि राजनीतिक स्वार्थ ? (07.22.2019)
दशैं अगाडि नै नारायणीमा मिनी पानीजहाज (07.22.2019)
यार्सा जोगाउने चिन्ता (06.18.2019)
संघीय संरचनाको पहिलो बजेट– कुन प्रदेशको कति ? (06.18.2019)
सन्तोषजनक बजेट - कार्यान्वयन चुनौतिपूर्ण (06.05.2019)
दुई तिहाईको सरकार गफमै सीमित - विकास खर्च न्यून व्यापार घाटा उच्च (05.28.2019)
भूकम्पले खण्डहर बनेको तातोपानी नाका यसरी खुल्दैछ (05.28.2019)
आठ महिनामा २४ प्रतिशतले आयात वृद्धि (04.30.2019)
अब पैंतालीस हजारमै जापान उड्न पाइने ! (04.30.2019)
२५ खर्बको लगानी प्रस्ताव- द्रुत कार्यान्वयन आवश्यक (04.25.2019)
केही भएको पनि छैन नभएको पनि हैन (04.25.2019)
कामै नगरी भुक्तानी भ्रष्टाचार होइन र ? (04.16.2019)
सबै नेपालीलाई बैंक खाता अभियान- वित्तीय पहुँचको आधार (04.16.2019)



 
::| Latest News

 
[Page Top]