युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 05:26am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ पठाउने
Wednesday, 10.02.2019, 05:08pm (GMT+5.5)

बडादशैँका लागि गबाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । 
मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिकरूपमा काठमाडौँ तथा अन्य शहर पठाउन थालिएको हो । दशैँ र तिहारलाई लक्षित गरी विभिन्न सहकारीमा आबद्ध महिलाले पाँच हजार खसीबोका काठमाडौँ लगायतका अन्य शहरमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेकी अध्यक्ष गङ्गा चन्द ठकुरीले जानकारी दिनुभयो । 
केही व्यवसायीले बजारमा कृत्रिम अभावको अवस्था सृजना गरेर भारतीय खसीबोका भित्र्याउने चलखेल गरेको भन्दै अध्यक्ष ठकुरीले भन्नुभयो, “अहिले बजारमा खसीबोका छैनन् भनेर कृत्रिम अभाव देखाउने र चर्को मूल्यमा भारतबाट ल्याइएका खसीबोका बेच्ने दाउमा केही व्यापारी हुनुहुन्छ । अहिले पनि हामीसँग ५०० भन्दा बढी खसीबोका ‘हाम्रो ढकेरी बिक्री कक्ष’मा छन् । हामी पाँच हजार खसीबोका बिक्री गर्दैछौँ ।”
उहाँले उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध बाँकेका १५ र बर्दियाका चार वटा सहकारीका सात हजारभन्दा बढी सदस्य महिलाले उत्पादन गरेका चार हजार खसीबोका काठमाडौँ र एक हजार नेपालगञ्ज, बुटवल, तुलसीपुरलगायतका शहरमा पठाउन लागिएको जानकारी दिनुभयो । उहाँले राज्यले व्यवसायमुखी वातावरण बनाउन सके बाँके र बर्दियाका महिलाले उत्पादन गरेका खसीबोका पठाएर काठमाडौँमा खसीबोका अभाव हुन नदिने दाबी गर्नुभयो । 
उद्यमी महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरीद गरेर सहकारी जिल्ला सङ्घमार्फत काठमाडौँ लगायतका शहरमा पठाउने गरेका छन् । उहाँले पछिल्लो समयमा भारतबाट अवैधरूपमा भित्रिने खसीबोकाका कारण आफूहरूले गरेको उत्पादनले बजार नपाउने अवस्था हाल केही सुधार भए पनि प्रहरी प्रशासनले कागज हुँदाहुँदै पनि अनावश्यक दुःख दिने गरेको गुनासो गर्नुभयो । 
उहाँले जिउँदो खसी प्रतिकिलो रु ४५० देखि ५१५ का दरले खरीद गर्दै आएको र रु ५०० देखि ५५० सम्ममा बिक्री गर्ने गरेको बताउनुभयो । दशैँलाई लक्षित गरी किसानको घरघरबाट सङ्कलन गरिएका ५०० भन्दा बढी खसीबोका सङ्घको बिक्री केन्द्र ढकेरीमा राखिएको सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेले जनाएको छ । सङ्घका अनुसार घटस्थापनासम्म दुई हजारभन्दा बढी खसीबोका बिक्री केन्द्रमा जम्मा गरिनेछ ।
सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेकी अध्यक्ष ठकुरीले सरकारले गत फागुन ३ गतेदेखि नेपालमा भारतीय खसीबोकाको आयातमा कडाइ गरेपछि नेपाली कृषकलाई राहत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले भारतीय खसीबोका ल्याउन बन्देज लगाउँदा पनि आन्तरिक उत्पादनले बजारको माग धान्न सक्छ । यसका लागि सरकारले अब कृषकका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्छ ।” 
पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थता प्रमाणपत्रका आधारमा मात्रै खसीबोका भित्रिन दिने सरकारी नीतिले पशुपालक कृषकलाई थप हौसला मिलेको छ । व्यापारीले यस्तो प्रमाणपत्र ल्याउन नसक्दा भारतीय खसीबोका नेपाल भित्रिएका छैनन् । भारतीय क्वारेन्टाइनको स्वस्थता, सेनेटरी प्रमाण र ल्याब रिपोर्ट नल्याए खसीबोका भन्सार पास हुँदैनन् । सरकारको यस कदमले आफूले पालेका खसीबोकाले बजार पाउँछन् भन्नेमा नेपाली कृषक ढुक्क बनेका छन् ।


Rating (Votes: )   
Share     Print


Other Articles:
घरमै थन्कियो बहुमूल्य यार्सागुम्बा (09.25.2019)
सुनको कचौरा बोकेर किन भीख माग्ने ? (09.17.2019)
दुःख भएर के गर्नु लेकाली क्षेत्रमा छ लोभलाग्दो कमार्ई (09.17.2019)
दार्चुलाको स्याउले पाएन बजार (09.17.2019)
वर्षमा सात सयको मृत्यु हुन्छ विदेशमा (09.10.2019)
भ्रमण वर्ष सफलताका मुख्य आधार युरोपेली पर्यटक (09.10.2019)
रेमिट्यान्सले चुकेको सामाजिक मूल्य (08.20.2019)
विद्युत प्राधिकरणको मुनाफा बढ्दै जाँदा चुनौती पनि थपिँदै (08.20.2019)
मुलुक चरम आर्थिक संकटको दिशातिर (07.30.2019)
माथिल्लो तामाकोशीमा सकसै सकस (07.30.2019)
अबको एक महिनापछि ओसाका उडान (07.30.2019)
नेवानिको व्यवस्थापन विदेशीलाई दिने तयारी नेपाली असक्षम कि राजनीतिक स्वार्थ ? (07.22.2019)
दशैं अगाडि नै नारायणीमा मिनी पानीजहाज (07.22.2019)
यार्सा जोगाउने चिन्ता (06.18.2019)
संघीय संरचनाको पहिलो बजेट– कुन प्रदेशको कति ? (06.18.2019)
सन्तोषजनक बजेट - कार्यान्वयन चुनौतिपूर्ण (06.05.2019)
दुई तिहाईको सरकार गफमै सीमित - विकास खर्च न्यून व्यापार घाटा उच्च (05.28.2019)
भूकम्पले खण्डहर बनेको तातोपानी नाका यसरी खुल्दैछ (05.28.2019)
आठ महिनामा २४ प्रतिशतले आयात वृद्धि (04.30.2019)
अब पैंतालीस हजारमै जापान उड्न पाइने ! (04.30.2019)



 
::| Latest News

 
[Page Top]