युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 03:03pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
नेपाल भ्रमण वर्ष २०२० - खराब पूर्वाधारका कारण असर पर्ने
Tuesday, 10.15.2019, 11:36am (GMT+5.5)

नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो मुस्ताङ । यहाँ वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्दछन् । तर सरकारले सन् २०२० मा बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्ष आउन तीन महीनामात्र बाँकी रहँदा । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने बेनी–जोमसोम–कोरलालगायत पर्यटकीयस्थलका सडक निर्माणमा भएको ढिलाइले भ्रमण वर्षलाई असर पुग्ने भएको छ । 
पर्यटकीयस्थल जाने यो मात्र नभइ उपत्यकाकै नगरकोट, ककनी, सुन्दरीजल, बौद्धलगायतस्थलका सडक पनि जीर्ण छन् । स्थलमार्गबाट उपत्यका बाहिरिने कलङ्की–नागढुङ्गा सडक अझै सम्पन्न हुनसकेको छैन । 
पर्यटकीयस्थलमा जाने अधिकांश सडकको दूरावस्था भएपछि प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले बेनीबाट कोरलासम्मको १८६ किमी सडकको स्थलगत अनुगमन गरेको छ । समितिले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीलाई बैठकमा डाँकी भ्रमण वर्ष अगावै पर्यटकीयस्थलसम्म पुग्ने सडक बनाउन निर्देशन दिएको थियो । भ्रमण वर्षमा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने घोषणा भइरहेकाले पर्यटकीय हबको सडकको अनुगमन गर्न आएको सभापति कल्याणीकुमारी खड्काले बताउनुभयो । 
“खराब पूर्वाधारकै कारण पर्यटकले बल्ल बल्ल ज्यान जोगाएर आएँ भन्ने सन्देश आफ्नो देशमा लिएर गए भने आउने अरुमा राम्रो सन्देश जाँदैन, तीन महीनामा पर्यटकीय क्षेत्रमा जोडिएका सडक सुधार गरी देश विदेशमा ठीक छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ”–उहाँले भन्नुभयो । 
 कास्की–पर्वत–म्याग्दी–मुस्ताङ चारवटै जिल्ला पर्यटकीय रुपमा अब्बल रहेकाले यस क्षेत्रको सडक भ्रमण वर्ष अगावै सुधारका लागि सरोरकार भएका निकायलाई निर्देशन दिने सभापति खड्काको प्रतिबद्धता थियो । 
मुस्ताङमा स्वदेशीमात्र नभइ विदेशी पर्यटकको समेत आवागमन बढी हुने गरेको छ । हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको मुक्तिनाथ जाने धार्मिक पर्यटकको सङ्ख्या पनि अत्यधिक हुन्छ । आश्विन कृष्ण औँसीका दिन असोज ११ गते हजारौँ तीर्थयात्री कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शनमा लागेका थिए । 
हजारौँ सार्वजनिक एवं निजी यातायातमा भक्तजन बेनीबाट जोमसोम हुँदै कागबेनीबाट मुक्तिनाथ जान्छन् । बेनीबाट जोमसोमसम्म पुग्ने सडकको अवस्थाले दुई दिनसम्म सडक जाम हुँदा धार्मिक तीर्थयात्री राति बसमै बस्न बाध्य भएका थिए । तीर्थयात्रीको भीड हुने बेलामा पानी परेर पहिरोसमेत खसिरहेको थियो । 
कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले रातारात पहिरो पन्छाएर सडक खुलाएको थियो । मुक्तिनाथ भन्दामाथि उपल्लो मुस्ताङ घुम्न जाने विदेशी पर्यटकको समेत भीड लाग्ने समय हो, कात्तिकसम्म । कात्तिकपछि चैतसम्म माथिल्लो मुस्ताङ जान सकिँदैन । 
जोमसोमसम्मको सडक निर्माण मङ्सिर १५ सम्म सक्नुपर्ने सम्झौता छ । जोमसोममाथिको सडक निर्माण गर्नुपर्ने अवधि सकिए पनि काम सम्पन्न नभएर म्याद थप्ने तयारी भइरहेको छ । जोमसोममाथिका सात ठेक्कामध्ये चार वटाको काम सम्पन्न भएको छ । तीनवटाको काम बाँकी छ । 
म्याग्दीको चमेरेबाट मुस्ताङको घाँसासम्मको करीब ३५ किमी सडकको अवस्था सबैभन्दा दयनीय छ । भीर र सीम क्षेत्रबाट पूर्वाधार निर्माण गर्नुपर्दा खोलिएको ट्र्याकमा हिलो जमेर धान रोप्ने खेतजस्तो बनेको छ । सवारी गुड्दा टायर जति हिलोमा गाडिन्छ । गाडिएको टायर निकाल्न घण्टौँ लाग्दा सवारी लामो समय जाममा पर्ने गरेका छन् । 
बेनीबाट जोमसोमसम्म चार वटा ठेक्का लागेका छन् । यो सडकमा ३५ पुल बनाउनुपर्नेमा एउटा सम्पन्न भएको छ । १९ वटा पुलको काम भइरहेको छ भने १५ वटाको ठेक्का गर्ने तयारी भएको छ ।
आयोजना प्रमुख मुकुन्दराज अधिकारी करीब पाँचवटा ठूला भीर क्षेत्र पार गरेर सडक निर्माण गर्नुपर्ने भएकाले काममा ढिलाइ भएको स्वीकार गर्नुहुन्छ । भीर क्षेत्रमा विष्फोटक पदार्थ विष्फोट गरेर सडक बनाउन अनुमति मागेर पत्राचार गरेको पाँच महीनासम्म पनि सम्बन्धित निकायबाट जवाफ नआउँदा काममा अप्ठ्यारो भएको उहाँको दुःखेसो छ । 
कोरिडोरमा समर, झौखेल, काभ्रे, मह र भीरकाटे नामका ठूला भीर छन् । समर भीरमा विष्फोट गरेर सडक बनाउने क्रममा नुवाकोटका ४२ वर्षीय ब्लाष्टर दलबहादुर अधिकारीको निधन भएको थियो । यो घटनाका कारण कामदारमा डर सिर्जना हुँदा पनि सडक निर्माणमा असर गरेको छ । 
विसं २०७२ मा भारतीय नाकाबन्दीपछि वैकल्पिक मार्गका रुपमा विकास गर्ने उद्देश्यले कालीगण्डकी कोरिडोरको निर्माण शुरु भएको थियो । कोरिडोरको निर्माण शुरु भए पनि छिटो गर्न सरकारको ध्यान जान नसकेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टको भनाइ छ ।
बेनीबाट करीब १८६ किमीको दूरीमा कोरला नाका छ । नाका खुल्ने भएपछि चीनतिर कार्यालय प्रयोजनका लागि ठूला भवन निर्माण सम्पन्न भए पनि नेपालतर्फ संरचना निर्माणको काम शुरु हुन नसकेको उहाँले बताउनुभयो । 
भ्रमण वर्ष घोषणा गर्दा तयारी नगरिएकाले अप्ठयारो पर्ने देखिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको भनाइ छ । पूर्वाधारलगायत पर्यटन क्षेत्रलाई प्रभाव पार्ने क्षेत्रको अवस्था अध्ययन गरेर भ्रमण वर्ष घोषणा गर्नुपर्नेमा सस्तो लोकप्रियताका लागि छिटो घोषणा भएको उहाँको भनाइ छ । 


Rating (Votes: )   
Share     Print


Other Articles:
दशैं आयो– महंगीले छोयो आकाश (10.02.2019)
बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ पठाउने (10.02.2019)
घरमै थन्कियो बहुमूल्य यार्सागुम्बा (09.25.2019)
सुनको कचौरा बोकेर किन भीख माग्ने ? (09.17.2019)
दुःख भएर के गर्नु लेकाली क्षेत्रमा छ लोभलाग्दो कमार्ई (09.17.2019)
दार्चुलाको स्याउले पाएन बजार (09.17.2019)
वर्षमा सात सयको मृत्यु हुन्छ विदेशमा (09.10.2019)
भ्रमण वर्ष सफलताका मुख्य आधार युरोपेली पर्यटक (09.10.2019)
रेमिट्यान्सले चुकेको सामाजिक मूल्य (08.20.2019)
विद्युत प्राधिकरणको मुनाफा बढ्दै जाँदा चुनौती पनि थपिँदै (08.20.2019)
मुलुक चरम आर्थिक संकटको दिशातिर (07.30.2019)
माथिल्लो तामाकोशीमा सकसै सकस (07.30.2019)
अबको एक महिनापछि ओसाका उडान (07.30.2019)
नेवानिको व्यवस्थापन विदेशीलाई दिने तयारी नेपाली असक्षम कि राजनीतिक स्वार्थ ? (07.22.2019)
दशैं अगाडि नै नारायणीमा मिनी पानीजहाज (07.22.2019)
यार्सा जोगाउने चिन्ता (06.18.2019)
संघीय संरचनाको पहिलो बजेट– कुन प्रदेशको कति ? (06.18.2019)
सन्तोषजनक बजेट - कार्यान्वयन चुनौतिपूर्ण (06.05.2019)
दुई तिहाईको सरकार गफमै सीमित - विकास खर्च न्यून व्यापार घाटा उच्च (05.28.2019)
भूकम्पले खण्डहर बनेको तातोपानी नाका यसरी खुल्दैछ (05.28.2019)



 
::| Latest News

 
[Page Top]