युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Friday, 11.15.2019, 06:14pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
गर्न चाहे रातारात हुनेरहेछ
Tuesday, 10.15.2019, 11:44am (GMT+5.5)

काठमाडौं । काठमाडौं उपत्यकाको सडकको दूरावस्थाको चित्रण सदनदेखि सडकसम्म सधै भैरहे पनि सुधारको खासै पहल नभैरहेका बेला चिनीया राष्ट्रपतिको भ्रमण हुने भएपछि रातारात काठमाडौं दुलही जस्तै सिंगारिंयो । ठेकेदारले समयमा काम गरेन, सार्वजनिक खरीद ऐनले झण्झट निम्त्यायो भन्ने जिम्मेवार निकायका अधिकारीहरुको भनाईकाबीच मुलुकमा विदेशी पाहुनाको भ्रमण हुने भएपछि भने रातारात सडक पिच गर्ने, रंगरोगन गर्ने र फूलबारी बनाउने काम युद्धस्तरमा भयो र काठमाडौंको मुख्य भागले काँचुली नै फे¥यो ।
लामो समयदेखि राजधानीको कुरुपता प्रदर्शन गरिरहेको राजधानीको मुटुमा रहेको तीनकुनेलाई नयाँ आकार दिइयो । अस्थायी संरचना भनिए पनि त्यसको संरक्षण गर्ने हो भने मुलुक भित्रिने हरेक विदेशीको नजरमा काठमाडौंको सुन्दरताको पहिलो दृश्य त्यहीबाट देखिनेछ । तीनकुनेमा कल्की, पाम, धुपीका बिरुवा रोपिएका छन् । विभिन्न प्रजातिका फूल रोपिएको छ । 
तीनकुनेको खाली जग्गालाई बगैँचा बनाउन शिवपुरी नर्सरी खटिएको थियो । दुबोको चपरी राख्न नेपाली सेनाका जवान पनि खटिए । काठमाडौं महानगरका कर्मचारी, दैनिक ज्यालादारीमा ल्याइए । चिनियाँ राष्ट्रपति सि चिनफिङको शनिबारबाट नेपालको राजकीय भ्रमण सुरु हुनुअघि नै काठमाडौँका सडक तथा विभिन्न क्षेत्र फूलका बिरुवा रोपेर सिँगारियो । फोहरमैला र अतिक्रमणले खण्डहर जस्तै बनेको तीनकुने पार्कले नयाँ जीवन पायो । काठमाडौँ महानगरको संयोजनमा नितान्त नयाँ बनेको सो पार्कलाई थप स्थायित्व दिए राम्रो हुने स्थानीयको भनाइ छ । 
सडक कालोपत्रे गर्र्ने, ट्राफिक सङ्केत निर्माण गर्नेदेखि नयाँ राख्ने तथा सडक आसपास बोटबिरुवा रोप्ने काम युद्धस्तरमा सकियो । 
यस्तै सडक धुलो भएको क्षेत्रमा बढार्ने र रङरोगनको काम तीव्र पारियो । मजदूरहरू दशैँ नभनी माइतीघर मण्डलालाई सजाउन व्यस्त भए । मण्डलामा पनि विभिन्न प्रकारका रङको संयोजन गरियो । 
माथिका समाचार विवरणहरुले के सन्देश दिन्छ भने नेपालीमा काम गर्ने क्षमताको कमी हैन इच्छाशक्तिको कमी हो । परिआएको खण्डमा रातारात काम हुन्छ भन्ने प्रमाण योभन्दा अघि पनि भेटिएकै हो तर यसपटक जुनगति र ढंगमा काम गरियो यसै गरी गर्ने हो भने काठमाडौंको सौन्दर्यमा ‘सुनमा सुगन्ध’ हुने थियो । एउटा खाल्डो पुर्न महिनौं लाग्ने यो मुलुकमा विदेशी पाहुना आउँदा रातारात काम गरेर शहरको रुप नै बदल्ने क्षमता राख्नेहरुले सबै विकास निर्माणका कामलाई यसरी नै सम्पन्न गरे समृद्ध नेपाल सुखी नेपालीको नाराले सार्थकता पाउथ्यो ।


Rating (Votes: )   
Share     Print


Other Articles:
नेपाल भ्रमण वर्ष २०२० - खराब पूर्वाधारका कारण असर पर्ने (10.15.2019)
दशैं आयो– महंगीले छोयो आकाश (10.02.2019)
बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ पठाउने (10.02.2019)
घरमै थन्कियो बहुमूल्य यार्सागुम्बा (09.25.2019)
सुनको कचौरा बोकेर किन भीख माग्ने ? (09.17.2019)
दुःख भएर के गर्नु लेकाली क्षेत्रमा छ लोभलाग्दो कमार्ई (09.17.2019)
दार्चुलाको स्याउले पाएन बजार (09.17.2019)
वर्षमा सात सयको मृत्यु हुन्छ विदेशमा (09.10.2019)
भ्रमण वर्ष सफलताका मुख्य आधार युरोपेली पर्यटक (09.10.2019)
रेमिट्यान्सले चुकेको सामाजिक मूल्य (08.20.2019)
विद्युत प्राधिकरणको मुनाफा बढ्दै जाँदा चुनौती पनि थपिँदै (08.20.2019)
मुलुक चरम आर्थिक संकटको दिशातिर (07.30.2019)
माथिल्लो तामाकोशीमा सकसै सकस (07.30.2019)
अबको एक महिनापछि ओसाका उडान (07.30.2019)
नेवानिको व्यवस्थापन विदेशीलाई दिने तयारी नेपाली असक्षम कि राजनीतिक स्वार्थ ? (07.22.2019)
दशैं अगाडि नै नारायणीमा मिनी पानीजहाज (07.22.2019)
यार्सा जोगाउने चिन्ता (06.18.2019)
संघीय संरचनाको पहिलो बजेट– कुन प्रदेशको कति ? (06.18.2019)
सन्तोषजनक बजेट - कार्यान्वयन चुनौतिपूर्ण (06.05.2019)
दुई तिहाईको सरकार गफमै सीमित - विकास खर्च न्यून व्यापार घाटा उच्च (05.28.2019)



 
::| Latest News

 
[Page Top]