युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.07.2020, 08:52am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
आर्थिक
 
दलहरू उदासिन, मुलुकको अर्थतन्त्र धरापमा
Monday, 05.30.2011, 03:55pm (GMT+5.5)

नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले डेढ हप्ता अघि मुलुकको अर्थतन्त्र सकारात्मक रहेको दावी गर्नुभए पनि अर्थविद्हरूले भने राजनीतिक अन्योल, राज्य राजनीतिक दलको अर्थतन्त्रप्रतिको उदासिनताका कारण मुलुकको अर्थतन्त्र धरापमा परेको धारणा सार्वजनिक गरेका छन् गभर्नर डा. खतिवडाले विभिन्न तथ्यांक सार्वजनिक गर्दै मुलुकको समग्र आर्थिक परिसूचकहरू सन्तोषजनक रहेकाले तत्काल आर्थिक संकटको सम्भावना नरहेको बताउनुभएको थियो उहाँले चालु आर्थिक वर्षमा राजस्व १४÷१५ प्रतिशतको हाराहारीमा वृद्धि भएको खर्च पनि सोही अनुपातमा भएकोले हाल बजेट घाटा नभएको त्यसको असर मौद्रिक क्षेत्रमा नपरेको दावी गर्नुभएको थियो अर्कोतिर सरकारी कोषको २५ अर्ब रुपैयाँ खर्च हुन नसकेको यसले तरलता अभाव हुने वित्तीय क्षेत्रका जानकारहरूले बताइरहेका छन् सरकारले विकास बजेटलाई राजनीतिक स्वार्थपूर्तिका लागि खर्च गर्ने तयारी गरिरहेको पनि सार्वजनिक भएको अर्थमन्त्री भरतमोहन अधिकारी भौतिक योजना तथा निर्माणमन्त्री अग्नि सापकोटाको मिलेमतोमा मध्यपहाडी लोकमार्गको अर्ब रुपैयाँ नेताहरूको चाहना अनुसार विषयान्तर गरिएको समाचार सार्वजनिक भएको

सरकारले जतिसुकै ढाकछोप गर्न खोजे पनि मुलुकको राजनीतिक अस्थिरताका कारण लगानी वातावरण बन्न नसकेको बन्द, हड्तालको बढोत्तरीले औद्योगिक उत्पादनमा भएको व्यापक कटौती तथा ऊर्जा संकटले आर्थिक क्षेत्रलाई झन् कमजोर बनाइरहेको मुलुकको अर्थतन्त्रका विषयमा स्पष्ट सूचना प्रवाह नगर्ने प्रवृत्तिको बढोत्तरीका कारण कुनबेला कस्तो संकट निम्तिने हो यसै भन्न सकिन्न अर्कोतिर मुलुक हाँक्ने जिम्मा लिएका राजनीतिक दलहरू अर्थतन्त्रको सुधारतिर पूर्णतः उदासिन रहेका कारण संकट झन् बढ्दै गएको पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार राजनीतिक दलहरू मुलुकको अर्थतन्त्रको सुधारका लागि पूर्णरुपमा उदासिन रहेका छन् राजनीतिक अन्योलका कारण पेट्रोलियम पदार्थको अहिलेसम्म मूल्य निर्धारण हुन नसकेको, आयात बढी निर्यात कम भएकोले अर्थतन्त्र संकटमा परेको उहाँको दावी

राजनीतिक दलहरू मुलुकको स्थायित्व दिगो आर्थिक विकासका लागि पटक्कै उत्सुक नदेखिँदा आर्थिक वर्ष २०६७÷०६८ मा विकासका लागि ५५ अर्ब रुपैयाँ निकासी गरेको भए पनि राजनीतिक अन्यौलका कारण त्यसको १५ प्रतिशत पनि खर्च हुन नसकेको अर्थविद् डा. चिरञ्जीवी नेपालको भनाइ सरकारी बजेटको २५ अर्ब रुपैयाँ खर्च हुन नसकेर त्यतिकै बसेको, गएको तीन वर्षमा एक खर्ब ६२ अर्ब रुपैयाँ बिना शीर्षकमा खर्च भएको, वैदेशिक अनुदान ९९ खर्ब रुपैयाँ रहेकोमा २० अर्ब रुपैयाँ मात्र खर्च भएको जानकारी दिंदै यसले गम्भीर स्थिति निम्त्याउने खतरा रहेको अर्थविद् नेपालको दावी

नेपालको अर्थतन्त्र परनिर्भरतामा आधि सरिरहेको भएको बजेट समेत खर्च गर्न राज्य असफल भएर मुलुकको अर्थतन्त्र झन सङ्कटमा परेको कसैबाट लुकेको विषय होइन आर्थिक वृद्धिदर उपादकत्व वृद्धिका लागि लगानी मैत्री वातावरणको पूर्ण अभाव शान्ति सुरक्षाको अभाव तथा राजनीतिक अन्योलका कारण मुलुकमा निजी क्षेत्रलाई लगानी गर्ने वातावरण नभएको, घरजग्गा कारोबार ठप्प, वित्तीय संस्थामा समेत तरलता देखिएकाले नेपालको अर्थतन्त्र धराशायी बनेको नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष सुरेश बस्नेतको दावी

आर्थिक गतिविधिसंग सम्बन्धित कुनै पनि निकायले मुलुकको वर्तमान परिस्थिति सन्तुलित रहेको चिन्ता गर्नेपर्ने अवस्थामा नरहेको दावी प्रस्तुत गर्न सक्दैनन् अर्कोतिर प्राप्त विदेशी सहयोग तथा अनुदानको समेत उपयोग गर्न नसक्ने , विकासका नाममा कार्यकर्ता पोस्ने नेताको भोट बैंक सुरक्षित राख्ने मनसायले गलत समयमा विकास बजेटलाई विषयान्तर गर्दा जनतामा अन्योल निराशा बढ्ने देखिन्छ अर्कोतिर राजनीतिक दलहरूले -आफ्नो दृष्टिकोण सिद्धान्तलाई एकातिर पन्छाएर मुलुकको अर्थतन्त्रको सुधार विकास निर्माणको लागि सामूहिक निर्णय गर्न सकिरहेका छैनन् यस्तो अवस्थामा आशा गर्ने ठाउँ कहीं कतै छैन शान्ति संविधानको मार्गमा एकजुट हुन नसक्ने दलहरूले आर्थिक नीतिमा एउटै धारणा बनाउछन् भन्ने पत्यार गर्ने आधार नै तयार भएको छैन यसले गर्दा मुलुक असफल भैसकेको धेरै अर्थविद्हरूको ठहर राज्यले जनतालाई दिनुपर्ने सेवा सुविधा दिन नसक्नु, नीतिगत रुपमा अन्तर्राष्ट्रिय सम्बन्धलाई कायम राख्न नसक्नु, शान्ति सुरक्षाको अभाव सीमा सुरक्षित राख्न नसक्नुले राज्य असफल भएको विज्ञहरूको ठम्याइ



Rating (Votes: )   
Share     Print


Other Articles:
आर्थिक संकटको ढाकछोप (05.24.2011)



 
::| Latest News

 
[Page Top]