सकिएला अक्टोबरसम्म पञ्चेश्वरको डिपिआर ?
Thursday, 07.14.2016, 08:24am
नेपालको हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत आयोजनाको रुपमा रहेको महाकाली सन्धिलाई वैधानिकता दिने गरी भएको पञ्चेश्वर सम्झौता अनुसारको काम गर्न भारतले चासो नदेखाइहका बेला यो परियोजनाका लागि आगामी अक्टोबरसम्म विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिने तयारी गरिएको छ ।
|
|
 |
माथिल्लो कर्णाली आयोजनाका प्रभावितलाई के ?
Tuesday, 06.21.2016, 11:35am
भारतीय कम्पनीले निर्माण जिम्मा पाएको विवादास्पद माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका प्रभावितले आफूहरूलाई चित्त बुझाएर तत्काल परियोजना अगाडि बढाउन भारतीय लगानीकर्ता ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर)लाई ध्यानाकर्षण गराएका छन् ।
|
|
 |
चार खर्ब ७० अर्ब ७३ करोड व्यापार घाटा
Tuesday, 06.14.2016, 12:27pm
सरकारले १० खर्बभन्दा बढीको बजेट सार्वजनिक गरेर मुलुकको आर्थिक विकास गर्ने सपनाा देखेको भए पनि वर्तमानमा मुलुकको अर्थतन्त्र तहसनहसकै अवस्थामा छ । वैदेशिक रोजगारीले धानिएको नेपालको अर्थतन्त्रमा आन्तरिक उत्पादन वृद्धिका जतिसुकै गगनभेदी नारा घन्काए पनि कुनै उपलब्धि छैन । विकासको कुरा केवल नाराका लागि नारा मात्र बन्नेगर्दा नेपाल आर्थिक परनिर्भर बन्दैगएको छ ।
|
|
 |
अन्डा र मासुमा नेपाल आत्मनिर्भर उन्मुख
Tuesday, 06.14.2016, 12:15pm
हरेक कुरामा विदेशनिर्भर बन्दै गएको नेपाल अन्डा तथा मासुमा भने आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ ।
|
|
 |
एकाएक मच्चियो हुण्डीको हुण्डरी
Tuesday, 05.17.2016, 11:18am
काठमाडौं । विश्व चर्चित पानामा पेपर्स लिक्सपछि काठमाडौंमा एकाएक हुण्डी कारोबारीहरू पक्राउ पर्न थाले । चर्चित उद्योगी–व्यवसायीहरूले करछलीको रकम लगानी गरेको खुलासासंगै दिन बिराएर हुण्डी कारोबारीहरू पक्राउ पर्न थालेका छन् । विदेशबाट नेपालमा र नेपालबाट विदेशमा पैसा पठाउने यस्तो कारोबार निरूत्साहित हुँदै गएका बेला पछिल्लो समय यसको कारोबार पुनः बढ्न थालेको देखिएको छ । वितेको एक सातामा झण्डै डेढ दर्जन हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।
|
|
 |
आयोजना लम्ब्याउने राम्रो बहाना भयो भूकम्प
Wednesday, 04.27.2016, 11:50am
काठमाडौं । नेपालका विकास आयोजनाहरू अनावश्यक रूपमा लम्ब्याउने गरिन्छ । अझ २०७२ सालको विनाशकारी भूकम्पपछि त राष्ट्रिय गौरबका आयोजनादेखि निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाहरूको काम लगभग ठप्प छ । भूकम्पले समस्यामा परेका आयोजनाहरूलाई भारतको नाकाबन्दीले अरू असर गर्यो र समय लम्ब्याउने बहाना पनि ।
|
|
 |
उद्योग व्यवसायका लागि २०७२ साल कालो वर्ष
Tuesday, 04.12.2016, 01:21pm
वर्ष २०७२ नेपाल र नेपालीका लागि कालो वर्ष नै सावित भयो । विनाशकारी भूकम्पले नेपालको अर्थतन्त्रलाई वर्षौं पछि धकेलिदियो । त्यस्तै संविधान जारी हुनुअघिदेखिको मधेश आन्दोलन, भारतको नाकाबन्दीले मुलुकको अर्थतन्त्र तहसनहस भयो ।
|
|
 |
दिल्लीमा ओलीलाई थाङ्नामा सुताइएछ
Tuesday, 03.15.2016, 02:14pm
काठमाडौं । कुनै राष्ट्रघाती सम्झौता भएन भनेर छाती फुलाएर भारतबाट फर्कनुभएका प्रधानमन्त्री ओलीलाई नेपाल र भारतका अधिकारीहरूले थाङ्नामा सुताएको खबर बल्ल आएको छ । त्यो के भने भारतसंग ५ महिनाका लागि ८० मेगावाट विद्युत खरीद गर्दा भएको सम्झौतामा प्रसारण लाइनको भाडा भने वर्षैभरि तिर्नुपर्ने छ ।
|
|
 |
प्रवेशाज्ञा नशुल्क भएपछि चीनबाट पर्यटक बढ्ने अपेक्षा
Wednesday, 01.13.2016, 12:54pm
काठमाडौं । मन्त्रिपरिषद्ले केही दिन पहिले चिनीया पर्यटकलाई नेपाल प्रवेश गर्दा कुनै शुल्क नलिने निर्णय गरेपछि चीनबाट नेपाल आउने पाहुनाको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।
|
|
 |
फेरि डलरमा भुक्तानी दिइने
Tuesday, 01.05.2016, 11:36am
काठमाडौं । निजी क्षेत्रको लगानीमा बनेको भोटेकोसी र खिम्ती जलविद्युत आयोजनाको विद्युत खरीद अमेरिकी डलरमा गर्ने सम्झौता भएपनि नेपाल विद्युत प्राधिकरणले ती आयोजनाबाट दुई सय प्रतिशत घाटा खाएको छ । उत्पदन सुरु भएदेखि अहिलेसम्म झण्डै पौने खर्ब रुपैयाँ ती दुई आयोजनाले लगिसकेका छन् । तर, सरकार पुनः डलरमै लगानी र डलरमै भुक्तानीको नीति ल्याउने भएको छ ।
|
|
 |
रुद्राक्ष खेती : धार्मिक मात्र हैन आर्थिक लाभ पनि
Tuesday, 01.05.2016, 11:23am
काठमाडौं । धार्मिक, सांस्कृतिक र औषधिका रुपमा लोकप्रिय रुद्राक्ष यतिबेला विदेश निर्यातको नगदेबाली बन्दैगएको छ । नेपालको मध्यपहाडी क्षेत्रमा नगदेबालीका रूपमा किसानले उत्पादन गर्दैआएको रुद्राक्ष किन्न यतिबेला भोजपुरको षडानन्द नगरपालिका र सदरमुकाम आसपासमा रहेका बजार तथा गाउँमा चीनबाट आएका व्यापारी धेरै देख्न पाइन्छ ।
|
|
 |
कता गयो ‘विप्रेषण हाइड्रो’ ?
Tuesday, 12.22.2015, 12:28pm
काठमाडौं । नेपालको अर्थतन्त्र धान्ने काम वैदेशिक रोजगारीबाट भित्रिएको रकमले गरिरहेको छ । भारतको नाकाबन्दी र मधेश आन्दोलनले आन्तरिक अर्थतन्त्र अस्तव्यस्त बनिरहेका बेला वैदेशिक रोजगारी नै मुलुकको अर्थतन्त्र धान्ने संजिवनी बनेको छ । झण्डै नेपालको वार्षिक बजेट बराबर भित्रिने सो रकम उपभोग्य वस्तु खरीदमै सकिने गरेको छ । सो रकमलाई उत्पादनमूलक कार्यमा लगाउनुपर्ने आवाज उठे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।
|
|
 |
चीनले विद्युतीय रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने
Tuesday, 12.22.2015, 12:21pm
काठमाडौं । चीनले काठमाडौँ–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा अध्ययन गर्ने भएको छ । चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ । चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले केही दिन अघि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी शुक्रबारदेखि सम्भाव्यता अध्ययन गर्ने जानकारी गराएको हो ।
|
|
 |
सिमेन्टमा चौध अर्ब चिनीया लगानीको स्वीकृति
Tuesday, 12.22.2015, 12:15pm
चीनको सबैभन्दा ठूलो सिमेन्ट उत्पादक हुवाजिन (साङ्घाइ) लाई प्रत्यक्ष वैदेशिक लगानीमार्फत रु १४ अर्बको लगानीमा नेपालमा सिमेन्ट उद्योग खोल्ने बाटो खुलेको छ । यसले नारायणी सिमेन्ट कम्पनीमा लगानी गर्ने छ ।
|
|
 |
कसरी थेग्ने आर्थिक संकट
Tuesday, 12.15.2015, 12:12pm
काठमाडौं । विनाशकारी भूकम्प मधेश आन्दोलन र भारतको नाकाबन्दीका कारण मुलुकको आर्थिक अवस्था लक्षित वृद्धिदरमा नपुग्ने मात्र हैन ऋणात्मक हुने अवस्था सिर्जित भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा रकमको थुप्रो लागेको छ । अर्कोतिर बजार चलायमान गराउने विकास आयोजनाहरूको काम रोकिएका छन् । उसले गर्दा बेरोजगारी बढेर गरीबको संख्या बढ्ने देखिएको छ ।
|
|
 |
अब सौर्य ऊर्जामा लगानी बढ्नसक्ने
Tuesday, 12.15.2015, 12:04pm
मुलुकमा इन्धनको हाहाका मच्चिएका बेला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता हुने र अहिले काम गर्न पनि सहज वातावरण बनेको भन्दै प्रवद्र्धकले सौर्य ऊर्जाको हकमा पनि सो दर कायम भए आपूmहरू युद्धस्तरमा काम गर्न तयार रहेको बताएका छन् ।
|
|
 |
अर्थव्यवस्था ऋणात्मक बन्दै
Tuesday, 12.01.2015, 03:01pm
अघिल्लो सरकारले पेश गरेको आर्थिक वर्ष २०७२।०७३ को वार्षिक बजेटमा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । तर, संविान जारी भएपछि भारतले लगाएको नाकाबन्दी र मधेश आन्दोलनका कारण मुलुकको अर्थव्यवस्था ऋणात्मक बन्दैगएको छ । इन्धनको अभावले विकास निर्माणदेखि जनताको दैनिकीमा ठूलो संकट उत्पन्न गरेको छ । कालोबजारी मौलाएको छ ।
|
|
 |
सौर्य ऊर्जा तत्कालका लागि हो, दीर्घकालीन त जलविद्युत नै
Tuesday, 12.01.2015, 02:40pm
भारतको नाकाबन्दीपछि इन्धनमा चर्को अभाव छ । जलविद्युत उत्पादनको अपार क्षमता भए पनि त्यसको सदुपयोग नगर्दा अहिलेको हालत उत्पन्न भएको छ । कम्तिमा विहान बेलुका खाना पकाउनका लागि ग्यास र मट्टितेलको साटो विद्युत प्रयोग गर्ने नीति लिइएर काम गरिएको भए अहिलेको संकट पर्ने नै थिएन ।
|
|
 |
त्यो गौरबशाली इतिहास फर्काउनुपर्छ
Wednesday, 11.25.2015, 12:57pm
सुगौली सन्धि (सन् १८१६) भन्दा पहिले नेपाल–भारत व्यापार नेपालको पक्षमा थियो । नेपालको आयातभन्दा निर्यात पाँच गुणाले बढी थियो । सन्धिपछि व्यापार वृद्धि भयो । त्यो वृद्धि नेपालको विपक्षमा देखियो । तर, सन् १९२३ सम्म दुई देशको व्यापार नेपालकै पक्षमा थियो । त्यस बेला आयातभन्दा निर्यात दुई गुणा थियो ।
|
|
 |
ऊर्जा सङ्कटकाल घोषणा गर्ने तयारीमा
Wednesday, 11.25.2015, 12:49pm
२०६५ सालमा ऊर्जा संकटको घोषणा गरेर जलविद्युत विकासलाई द्रुतमार्गबाट संचालन गर्ने घोषणा गरेको तत्कालीन सरकारको योजना कागजी मात्र हुन पुग्यो । यतिबेला नाकाबन्दीका कारण मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने उद्देश्यले सरकारले पुनः ऊर्जा सङ्कटकाल घोषणा गर्ने तयारी गरेको छ ।
|
|
 |