राज्यकोषमा थुप्रिएको अर्बौ रुपियाँ खर्च हुन सकेन
Tuesday, 02.17.2015, 02:52pm
काठमाडौं । राज्यको ढुकुटीमा अर्बौ रूपैँया थुप्रिए पनि त्यसको खर्च हुन नसक्दा मुलुकको विकासले गति लिन सकेको छैन । तालुकदार मन्त्रालयको समन्वय कार्ययोजना प्रभावकारी नहुनु तथा झन्झटिलो खरिद ऐन प्रक्रिया र निर्माण सामग्रीको अभावका कारणले मुलुकको विकास खर्च हुन नसकेको विज्ञहरू बताउँछन् ।
|
|
 |
बढाउँदैछ नेपाल टेलिकम ग्राहक
Tuesday, 02.10.2015, 02:10pm
काठमाडौं । नेपालमा सबभन्दा बढी राजश्व बुझाउने संस्थान नेपाल टेलिकमले पछिल्लो समय आफ्नो सेवा विस्तारसंगै ग्राहकको संख्या पनि बढाउँदै गएको छ । वार्षिक रू २० अर्ब भन्दा बढी राजस्व बुझाउँदै आएको टेलिकमले ग्राहक सङ्ख्या २६ गुणाले वृद्धि भएको छ ।
|
|
 |
चेक गणतन्त्रका लागि लगानीको ढोका खुल्यो
Monday, 02.02.2015, 06:25pm
काठमाडौं । नेपाल र युरोपेली मुलुक चेक गणतन्त्रबीच लगानी प्रवद्र्धन तथा आर्थिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता भएको छ । दुई मुलुकबीच पहिलोपटक भएको उक्त सम्झौता औद्योगिक विकास, लगानी विस्तार र निजी क्षेत्रसँगको साझेदारी एवम् सहयोगमा केन्द्रित छ ।
|
|
 |
सुन्तलाबाटै मासिक दुई लाख
Monday, 01.26.2015, 03:23pm
काठमाडौं । मेहेनती र लगनशील भएर परिश्रम गर्ने हो भने स्वदेशमै मासिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । वैदेशिक रोजगारीबाट फर्केकाहरू प्नि यतिबेला कृषि र पशुपालनमा लाग्दै आएका छन् ।
|
|
 |
आयोजनाहरूको लागत र समय बढेको बढ्यै
Monday, 12.29.2014, 07:40pm
काठमाडौं । जलस्रोतमा विश्वको दोस्रो धनी मुलुक नेपालमा जलस्रोतको उपयोगको स्थिति अत्यन्त नाजुक छ । न जलविद्युत आवश्यकता अनुसार उत्पादन भएको छ, न त सिंचाईको सुविधा नै । त्यस्तै सबै जनताले स्वच्छ खानेपानी पनि पाएका छैनन् । मुलुकको राजधानी नै काकाकुलको स्थितिमा छ ।
|
|
 |
चीनबाट प्राप्त सहयोग बढाउने प्रतिबद्धता
Wednesday, 12.24.2014, 03:30pm
काठमाडौं । विश्वको सबभन्दा ठूलो अर्थतन्त्र बन्न सफल नेपालको उत्तरी छिमेकी मुलुक चीन र नेपालबीच द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धताका अन्तरसरकारी संयुक्त आर्थिक एवम् व्यापार समितिको एघारौं बैठक चीनको राजधानी बेइजिङमा सम्पन्न भएको छ ।
|
|
 |
राजनीतिक प्रभाव विस्तार गर्न बजेट नदिइने
Wednesday, 12.10.2014, 01:56pm
काठमाडौं । स्थानीय निकाय जनप्रतिनिधविहीन रहेका कारण विकास निर्माणको काम प्रभावित भए पनि जिल्ला–जिल्लामा राजनीतिक नेताको प्रभाव विस्तारका लागि उनीहरूको पहुँचका आधारमा बजेट विनियोजन हुने गरेकोमा अब त्यस्तो चलनको अन्त्यका लागि राष्ट्रिय योजना आयोगले कदम चाल्न लागेको छ ।
|
|
 |
चमेलियाको म्यादसंगै लागत बढ्दै
Wednesday, 12.10.2014, 01:55pm
काठमाडौं । मुलुककै लगानीमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना निर्धारित समयमा सम्पन्न नहुने स्पष्ट भएको मात्र हैन लागत झण्डै आधा बढेको छ । ८ अर्ब रुपैयाँमा सम्पन्न गर्ने गरी सुरु गरिएको आयोजनामा १२ अर्ब रुपैयाँ खर्च भैसकेको छ ।
|
|
 |
वार्षिक ४ अर्ब रेमिट्यान्स खाएरै सकिन्छ
Tuesday, 12.02.2014, 02:35pm
काठमाडौं । मुलुकको अर्थतन्त्र वैदेशिक रोजगारीबाट भित्रिएको रकमबाटै चलिरहेको छ । खाद्यान्नदखि औषधि, लत्ताकडा, तरकारी, फलफूल सबै आयात गर्नुपर्छ । तर, मुलुक भने कृषि प्रधान भनेर प्रचारित छ ।
|
|
 |
घोषणा गरिएअनुसार भएन साफ्टा
Tuesday, 11.25.2014, 02:53pm
जसरी सार्कको घोषणा र प्रतिबद्धता कार्यान्वयनमा कमजोरी देखिएको छ त्यस्तै अवस्था सार्क स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अस्तित्वमा आएको आठ वर्ष बितिसक्दा पनि यसको सार्थक र नतिजामुखी कार्यान्वयन हुन सकेको छैन ।
|
|
 |
१९७ मेगावाट विद्युत सित्तैमा पाउने
Tuesday, 11.25.2014, 02:51pm
एकपछि अर्को गर्दै भारतीय कम्पनीसंग आयोजना विकास सम्झौता भैरहेको छ । केही समय पहिले माथिल्लो कर्णालीको परियोजना विकास सम्झौता गरेको लगानी बोर्डले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानीकर्ता सतजल विद्युत् निगमसँग गरिने परियोजना विकास सम्झौता(पिडिए)लाई स्वीकृत गरेको छ ।
|
|
 |
आपसी टकराव नै लक्ष्य प्राप्तिको चुनौति
Tuesday, 11.18.2014, 02:58pm
काठमाडौं । जे जस्तो अभिप्रायले सार्कको गठन भएको थियो त्यो लक्ष्यको एक छेउसम्म पनि यो संगठन पुग्न सकेको छैन । यसको प्रमुख कारण भनेको सार्कका सदस्य मुलुकबीचको टकराव नै हो । सार्कले आफ्नो वडापत्रमा यस क्षेत्रका जनताको कल्याण गर्ने साथै उनीहरूको जीवनस्तर माथि उठाउने एवम् यस्तै चरित्रका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनसँग सहयोगात्मक सम्बन्ध कायम गर्ने उद्देश्य राखेको छ ।
|
|
 |
प्रवेशाज्ञा प्रक्रियाको नाममा लुटको खेती
Tuesday, 11.18.2014, 02:56pm
काठमाडौं । नेपालमा रोजगारीको अभावका कारण यहाँका युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । युवाहरूको यसै बाध्यताको गलत फाइदा उठाउँदै केही व्यक्ति तथा संस्थाले नाजायज लाभ लिने गरिरहेका छन् ।
|
|
 |
बजारभरि विदेशी स्याउ डोल्पाको स्याउ बोटमै कुहिने
Tuesday, 11.11.2014, 12:48pm
काठमाडौं । मुलुकलाई खाद्यान्न, तरकारी तथा फलफूलमा आत्मनिर्भर बनाउन सकिने प्रशस्त सम्भावना र आधार छन् तर तिनको सदुपयोग हुन नसक्दा, उचित नीति, नियम र व्यवस्था नहुँदा यी वस्तुमा चरम परनिर्भरता छ । नेपालमा उत्पादित खाद्यान्न, फलफूलको बजार व्यवस्थापन नहुँदा एकातिर चीन र भारतबाट आयात भैरहेको छ भने अर्कोतिर किसानको उत्पादन खेतबारीमा कुहिने अवस्था छ । यस्तोमा स्याउ खेतीका लागि उर्वर भूमि मानिने मध्यपश्चिमका पहाडी जिल्लाका किसानहरू मारमा छन् । कर्णाली अञ्चलको डोल्पामा उत्पादित स्याउको ढुवानी नहुँदा बोटमा कुहिने गरेको छ ।
|
|
 |
जलवायु सम्मेलनमा पीडितको नाराबाजी
Tuesday, 11.04.2014, 08:16am
काठमाडौं । जलवायु परिवर्तनले सर्वाधिक असर पार्ने मुलुकमध्ये शीर्ष स्थानमा रहेको नेपालको हिमाली क्षेत्र अरु बढी प्रभावित हुने गरेको छ । यसले गर्दा हिमाल जोगाउने चुनौति बढिरहेको छ ।
|
|
 |
खेतबारी बाँझो राखे सरकारले हडप्ने
Tuesday, 10.21.2014, 10:23am
काठमाडौं । ८० प्रतिशतभन्दा बढी जनता कृषिमा आश्रित, प्रशस्त खेतीयोग्य जमिन पनि छ तर खाद्यान्नमा परनिर्भरता बढ्दैछ । यसको एउटै कारण भनेको खेतीमा युवा शक्तिको उदासिनता र जमिनको उपयोगमा सरकारी नीतिको अभाव ।
|
|
 |
एनआरएनले अन्तर्राष्ट्रिय लगानी भित्र्याउनु पर्छ
Wednesday, 10.15.2014, 01:33pm
काठमाडौं । मुलुकको अर्थतन्त्र विदेशमा श्रम गरिरहेका नेपालीहरूले धानिरहेका छन् । त्यस्तै ठूलो संख्याका नेपालीहरू विदेशमा प्रतिष्ठित उद्यमी–व्यवसायी बनेर धन आर्जन गरिरहेका छन् । तर, मुलुकमा सोचेजस्तो लगानी भित्रिन सकेको छैन । यस्तोमा प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभएको छ ।
|
|
 |
दशैंको रौनक : ठूलादेखि फुटपाथसम्म भ्याइनभ्याई
Tuesday, 09.30.2014, 11:12am
काठमाडौं । नेपालीहरूको महान चाड बडा दशैं घरघरमा भित्रिसकेको छ । देश–विदेशबाट आआफ्ना घर फर्कनेहरूको भीडभाड एयरपोर्टदेखि बसपार्कहरूसम्मै छ । व्यवसायीहरूलाई भ्याइनभ्याइ छ ।
|
|
 |
चमेलियाको लागत प्रतिमेगावाट ५४ करोड
Tuesday, 09.23.2014, 05:44am
काठमाडौं । नेपालको नदीनालाबाट विद्युत निकाल्न सामान्यतया एक मेगावाटको लागत रु १५ करोड हुने अनुमान छ । तर मुलुकका महत्वपूर्ण र राष्ट्रिय लगानी रहेका आयोजनाहरूको सोभन्दा तीन गुणा बढी लागत पर्ने गरेको छ । यसको एउटै कारण भनेको भ्रष्टाचार नै हो । यस्तै अवस्थामा पुगेको छ चमेलिया । अहिले सो आयोजनामा प्रतिमेगावाट ५४ करोड लागत पुगेको, भेरिएसनको नाममा पटक–पटक म्याद थपिएको र अवैधानिक रुपमा लागत बढाइएको पाइएको छ ।
|
|
 |
सस्तो श्रममा विदेशिने दिन जाने भो
Tuesday, 09.09.2014, 05:25pm
काठमाडौं । सस्तो श्रम–सस्तो ज्यालामा मलेसिया, खाडी मुलुक र केही मात्रामा कोरियामा सीमित नेपालको वैदेशिक रोजगारीले अब युरोपको ढोका खोल्ने भएको छ । सरकारले अब युरोप, अमेरिका लगायतका मुलुकमा रोजगारीका लागि कामदार पठाउन तयारी सुरू गरेको छ ।
|
|
 |