स्वरोजगारका नाममा कार्यकर्ता पोसिएछ
Tuesday, 05.28.2013, 08:13am
राम्रो कामको सुरुवात गर्ने भन्दै पार्टीका कार्यकर्ता पोस्ने थलोको रुपमा स्थापित हुन पुगेको युवा स्वरोजगार कोषले वितरण गरेको रकम अपारदर्शी भएको ठहर सहित सरकारले कोषको रकम वितरण स्थगन गरेको छ । कोषबाट एमाओवादी, नेपाली कांग्रेस तथा नेकपा एमाले र मधेशवादी दल निकटलाई रकम वितरण हुँदैआएको आरोपलाई सरकारले नै पुष्टि गरेको छ ।
|
|
 |
उच्च मूल्यवृद्धि : गरीबको जीवन कष्टकर
Tuesday, 05.21.2013, 07:59am
मुलुकको कूल जनसंख्याको ८० प्रतिशतभन्दा बढी जनता कृषिमा आश्रित भए पनि नेपालमा खाद्यान्न संकट चर्को छ । अर्कोतिर मूल्यवृद्धि पनि सर्वसाधारणले धान्नै नसक्ने गरी बढेको छ । जतिसुकै नारा घन्काए पनि दिगो कृषि विकासको रणनीति र योजना नहुँदा कृषि उपज समेत भारतबाट आयात गर्नुपर्ने अवस्था छ । कृषि प्रधान मुलुकमा तरकारी तथा फलफूल मात्र १० अर्ब रुपैयाँभन्दा बढीको आयात हुन्छ ।
|
|
 |
उल्टेला त ७ अर्ब राजश्व छली प्रकरण ?
Tuesday, 05.14.2013, 02:34pm
राजनीतिक नेतृत्वलाई रिझाएर आर्थिक अपराध गर्नेहरू बारम्बार उम्कने गरेका घटना नेपालमा अनगिन्ती छन् । विशेष गरी व्यापारीक क्षेत्रबाट भएका आर्थिक अपराधका मुद्दाहरूमा अनुसन्धान भएर प्रमाणित हुँदा पनि कारवाही हुने गरेको छैन । मुलुकमा आर्थिक अपराधका जति घटना सार्वजनिक हुन्छन् त्यसको सानो अंशमा मात्र कारवाही हुने गरेको छ । यस्तै आर्थिक अपराधको ठूलो चर्चा र चासोको विषय बनेको नक्कली भ्याट बील प्रकरणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रक्रिया अघि बढाउने संकेत गरेको समाचारले आर्थिक क्षेत्रमा चर्चा पाएको छ ।
|
|
 |
वैदेशिक रोजगारीको नाममा व्यापक ठगी
Tuesday, 05.07.2013, 08:10am
मुलुकको अर्थतन्त्र धानिरहेको वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र नेपाली युवाहरूको श्रम अनुसारको पारिश्रमिक दिलाउनेतिर कसैको पनि प्रभावकारी प्रयास छैन । यसको विपरीत वेरोजगार नेपाली युवाहरूको रोजगारीको आकांक्षामाथि खेलवाड गर्दै वैदेशिक रोजगारीमा पठाउने नाममा करोडौं करोड रुपैयाँ ठगी गर्ने धन्दा भने मौलाइरहेको छ । एक तथ्यांक अनुसार वितेको ९ महिनाको अवधिमा ९० करोड रुपैयाँ बराबरको ठगी वैदेशिक रोजगारीको नाममा भएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा सो बराबरको रकम ठगी भएको पाइएको हो ।
|
|
 |
नाजुक अर्थतन्त्र : दैनिक डेढ अर्बको व्यापार घाटा
Monday, 04.29.2013, 07:22pm
मुलुक कुनै पनि बेला उठ्नै नसक्ने गरी आर्थिक संकटमा फस्नसक्ने अवस्थाको सिर्जना भैरहेको छ । मुलुकमा आर्थिक वृद्धिदर र उत्पादकत्व वृद्धिमा सकारात्मक गतिविधि हुनै सकेको छैन । उद्योगी–व्यवसायीहरूमा बढ्दो असुरक्षा, लगानी मैत्री वातावरणको अभाव, ऊर्जा संकट, मजदुर समस्या लगायत निर्यातमूलक उत्पादनमा सरकारी उदासिनताले मुलुकको व्यापार घाटा चरम उत्कर्षमा पुगिरहेको छ । दैनिक डेढ अर्बको व्यापार घाटा हुनु भनेको कल्पनै गर्न नसकिने परिस्थिति सिर्जनाको आधार हो । यसले नेपालको अर्थतन्त्रको नाजुक अवस्थालाई नै चित्रण गरेको छ ।
|
|
 |
त्यत्रो आर्थिक सहायता कता गयो ?
Monday, 04.22.2013, 07:00pm
नेपालको बजेटको ठूलो हिस्सा वैदेशिक सहायता, ऋण तथा अनुदानमा भरपर्ने गरेको छ । विकास निर्माणका कामका लागि विदेशीकै मुख ताक्ने गरिएको छ । नेपाललाई विदेशी सहायता पनि मनग्गे आइरहेको छ तर यसको उपयोग कहाँ कसरी भैरहेको छ भन्ने आम चासोको विषय हिजो जस्तो थियो आज पनि त्यस्तै छ । गरीब नेपालीको नाममा आएको आर्थिक सहायता तथा अनुदानको ठूलो हिस्सा जताबाट आयो उतै जाने गरेको छ ।
|
|
 |
मुलुक बजेट विहीन हुनबाट मात्र बच्यो
Tuesday, 04.16.2013, 07:56am
सरकारले आर्थिक वर्ष २०६९।०७० सकिन तीन महिना बाँकी रहँदा समायोजित पूर्ण बजेट सार्वजनिक गरेको छ । चैत्र २७ गते सार्वजनिक गरिएको ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँको बजेट यसअघि ल्याएका दुई अध्यादेशहरूलाई समायोजन गरी ल्याइएको हो । बजेटमा सरकारले चालु खर्चका लागि २ खर्ब ७९ अर्ब १ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ भने पूँजीगत खर्चका लागि ६६ अर्ब १३ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, वित्तीय व्यवस्थाका लागि ५६ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ छुट्टाइएको छ ।
|
|
 |
आर्थिक वृद्धिदरको लाजमर्दो अवस्था
Tuesday, 04.09.2013, 07:25am
मुलुकको राजनीतिक अस्थिरताको चरम नमूना यस वर्ष निर्धारण गरिएको आर्थिक वृद्धिदरको लक्ष्य र यथार्थताबाटै छर्लङ्ग भएको छ । जताततै राजनीतिकरण भएको र आर्थिक उत्पादकत्वतिर कसैको पनि ध्यान नगएका कारण मुलुकको आर्थिक क्षेत्र अस्तव्यस्त हुन पुगेको छ । मुलुकको व्यापार घाटा ५ खर्बको हाराहारीमा पुग्ने अनुमान छ भने चालु आर्थिक वर्ष २०६९।०७० को लक्षित आर्थिक वृद्धिदर ३ दशमलव ५६ प्रतिशतमा खुम्चिने केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
|
|
 |
हाम्रा घोषणा र आर्थिक विकासको अवस्था
Monday, 04.01.2013, 07:02pm
मुलुकको आर्थिक, सामाजिक, शैक्षिक विकास कागजमा मात्र सीमित छ भन्ने कुरा कसैबाट लुकेको छैन । जुनसुकै क्षेत्रको पनि कागजी उपलब्धिको ढड्डा तेस्र्याएर विदेशी रिझाउने र उनीहरूबाट दान तथा ऋण लिने प्रपञ्च मात्र चलिरहेको छ । त्यसरी आएको सहायता रकम उपलब्धिमूलक र उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने परिपाटी पनि छैन । भएको रकम गोष्ठी, सेमिनार, प्रतिवेदन तयार, स्थलगत अध्ययन जस्ता विषयमै सकिने गरेको छ
|
|
 |
नेताहरूको सम्पत्तिमाथि छानबिन कहिले ?
Monday, 03.25.2013, 06:47pm
सुशासन, आर्थिक पारदर्शिता र जनतालाई राहत दिने घोषणा गर्दै धुवाँदार भाषण गर्ने नेताहरूको जीवन दिन प्रतिदिन विलासी बन्दै गएको छ । जनता भने हातमुख जोर्न यताउता भौतारिनुपर्ने अवस्था छ । रोजगारी सिर्जनाको वातावरण नै छैन । वैदेशिक रोजगारी एकमात्र विकल्प बनिरहेको छ । उता नेताहरू भने नवधनाड्यका रूपमा विलासी जीवन बिताइरहेका छन् ।
|
|
 |
व्यापार घाटाको कहालीलाग्दो अवस्था
Monday, 03.18.2013, 05:30pm
आर्थिक क्रान्तिको जतिसुकै गगनभेदी नारा लगाए पनि अहिलेसम्मका कुनै पनि सरकारले समग्रमा मुलुकको आर्थिक विकास गर्ने नीति निर्माण नै गर्न सकेका छैनन् । आर्थिक क्रान्ति केवल भाषण गर्ने मेसो मात्र बनिरहेको छ । मुलुकमा उत्पादनशीलताको प्रचूर अभाव छ । उद्योग धन्दाहरूको अवस्था चौपट छ । भएका लगानीहरू अनुत्पादक क्षेत्रमा बढी हुनाले बैंक तथा वित्तीय क्षेत्रहरू विस्तारै संकटमा पर्न थालेका छन् ।
|
|
 |
आर्थिक अपराधका मुद्दाको चाङ
Monday, 03.11.2013, 06:47pm
मुलुकको आर्थिक अवस्था एक कोणबाट मात्र होइन अनेक कोणबाट संकटको दिशातिर उन्मुख छ । आर्थिक उत्पादकत्व बढाउने कुनै योजना छैन । सरकारले पूँजीगत खर्च समेत गर्न सकेको छैन । यसले गर्दा कतिबेला बजारमा तरलताको अभाव सिर्जना हुने हो पत्तो छैन । अन्तर बैंकिङ व्याजदर बढ्दो छ । यस्तै मेसोमा बैंकिङ कसुरका घटनाहरू पनि एकपछि अर्को गर्दै सार्वजनिक भैरहेका छन् ।
|
|
 |
अर्थतन्त्रमा राजनीतिक संक्रमणको धमिरा
Monday, 03.04.2013, 04:30pm
देशको अर्थतन्त्र उकालो लाग्नुको सट्टा ओरालो लाग्ने क्रम जारी छ । राष्ट्रिय अर्थतन्त्र उकासिन राष्ट्रिय उत्पादकत्व वृद्धि अनिवार्य छ । राष्ट्रिय उत्पादकत्व वृद्धिका लागि राष्ट्रिय पुँजी र जनशक्तिको परिचालन, उपलब्ध वैदेशिक सहयोगको समुचित उपयोग, परम्परागत उत्पादन प्रणालीमा सुधार र उत्पादन वृद्धिका लागि नवीनतम प्रविधिको प्रयोग अनिवार्य छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमुखी उत्पादनले मात्र देशको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन सक्छ ।
|
|
 |
अर्थतन्त्र राजनीतिक बेथितिको शिकार
Wednesday, 02.27.2013, 05:05am
देशको अर्थतन्त्र ओरालो लाग्ने क्रम द्रुत गतिमा अगाडि बढेको छ । देशमा सरकार छ भने पनि त्यो कामकाजी नभै केवल जताततै बेथिति सिर्जना गर्नमा नै उद्यत छ । आर्थिक सूचकांकहरूले भनिरहेका छन्– विकासका क्षेत्रमा र राजश्व संकलनका क्षेत्रमा सरकारले राखेको सीमित लक्ष पनि पूरा नहुने टड्कारै देखिएको छ । राष्ट्रिय उत्पादकत्वमा निरन्तर ह्रास आइरहेको छ ।
|
|
 |
आर्थिक समस्या आउने संकेत
Monday, 02.11.2013, 03:47pm
केही महिना अघिसम्म वाणिज्य बैंकहरूमा प्रशस्त रहेको निक्षेप अहिले कम हुँदै जान थालेको छ । यतिबेला ऋण लगानीमा भएको विस्तारको तुलनामा निक्षेप संकलन नभएपछि मुलुकमा तरलता अभावको आशंका गर्न थालिएको छ । तरलताको अभावको कारणमा सरकारी खर्च नबढ्नुलाई मानिएको छ । सरकारले पूँजीगत खर्चका लागि छुट्याएको रकमको थोरै अंश मात्र खर्च गर्न सकेको छ । विकासका नयाँ नयाँ आयोजनाहरू संचालित छैनन् ।
|
|
 |
निर्यातमा अबरोध : अर्थतन्त्रलाई ठूलो धक्का
Monday, 02.04.2013, 06:55pm
नेपालको अर्थतन्त्र वाञ्छित सुधारको बाटोतिर छैन । तीब्र गतिमा बढेको आयात र अपेक्षित गति लिन नसकेको निर्यात व्यापारले देशको अर्थतन्त्र धराशायी बन्दैगएको छ । नेपालको निर्यात व्यापारलाई धक्का दिने र निरुत्साहित गर्ने केही घटना यो हप्ता पनि घटे । पहिलो घटना नेपाल–भारत व्यापार सन्धिको प्रावधान विपरीत नेपालको जडिबुटी निर्यातमा भारतले व्यवधान खडा गर्यो र सन्धिले दिएको अधिकार नेपाली जडिबुटी निर्यातकर्ताले उपभोग गर्न पाएनन् । भारतको उत्तर प्रदेश सरकारले जडिबुटी निकासीमा ट्राञ्जिट पास अनिवार्य लिनुपर्ने बखेडा खडा गरेर जडिबुटी निर्यातलाई जटिल र समस्यामूलक बनाइदिएको छ ।
|
|
 |
चीनको उदारतापछि निर्यातमा उल्लेख्य प्रगति
Monday, 01.28.2013, 04:07pm
नेपालको असल छिमेकी मुलुक चीनसंगको व्यापार घाटा चुलिंदै गएका बखत पछिल्लो पाँच महिनामा नेपालबाट चीनतर्फको निर्यात व्यापार २५४ प्रतिशतले बढेको छ । यसको कारण भनेको चीन निर्यात हुने नेपाली वस्तुमा चीनले भन्साररहित सुविधा दिनु हो । चीनले गत वर्ष नेपालका सात हजार ७ सय ८७ वस्तुमा यो सुविधा दिएको थियो ।
|
|
 |
सरकार उदासिन भए पनि निजी क्षेत्र सक्रिय
Monday, 01.21.2013, 04:15pm
नेपालको कृषि पेशाले समग्र
आर्थिक गतिविधिलाई प्रभावित
पार्ने भए पनि यसको समयोचित
सुधार र सोही अनुसारको लगानी
हुन सकिरहेको छैन तापनि मुलुकको
कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको महत्वपूर्ण हिस्सा रहिआएको छ । कृषि उत्पादन बढेको
बेला मुलुकको आर्थिक
वृद्धिदर पनि राम्रो
हुने र कृषि उत्पादन घटेका
बेला आर्थिक वृद्धिदर
पनि घट्ने गरेको
छ । यस वर्ष आर्थिक
वृद्धिदर सरकारले प्रक्षेपण गरेअनुसार नहुने घोषणा
भैसकेको छ ।
|
|
 |
कसरी भयो ऋण तिर्ने क्षमताको विकास ?
Tuesday, 01.08.2013, 03:05pm
नेपालको
समग्र अर्थतन्त्र धरासायी बन्दैगएको यावत सूचकांकले देखाइरहेका छन् । आर्थिक उत्पादकत्वको सबै क्षेत्रले महाँसंकट झेलिरहेको सर्वत्र पीडा व्यक्त भैरहेको छ । यस्तो बेलामा एसियाली विकास बैंकले भने नेपालको ऋण तिर्नसक्ने क्षमतामा सुधार भएको भन्दै नेपाललाई अब अनुदान नदिने र ऋण सहुलियतमात्र दिने भएको कुरा सार्वजनिक भएको छ ।
|
|
 |
भ्रष्टाचार निवारण : भ्रमको खेती मात्र
Tuesday, 01.01.2013, 07:10am
हरेक प्रधानमन्त्रीले भ्रष्टाचार बिरुद्ध आफूले शून्य सहनशीलता प्रदर्शन गर्ने भन्दै मातहतका निकायलाई भ्रष्टाचार नगर्न निर्देशन दिने गरेका छन् । उनीहरू यति सहज रुपमा भ्रष्टाचार नगर्न भन्दछन् कि भ्रष्टाचार भैरहेको उनीहरूका आँखैले देखेको छ । तर पनि भ्रष्टाचार कम हुनुको साटो झन्झन् बढ्दो छ । भ्रष्टाचार बिरुद्ध विश्वव्यापी अभियान चलाउने ‘ट्रान्सपरेन्सी इन्टरनेसनल’को प्रतिवेदनले यस्तै देखाउँछ । नेपाल भ्रष्टाचार हुने मुलुकको माथिल्लो सूचीमा छ ।
|
|
 |