युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Tuesday, 04.24.2018, 02:35pm (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
कुटनीतिक जटिलताभित्रको अहं मुद्दा
Tuesday, 04.24.2018, 01:19pm
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको चीन भ्रमणको पूर्व तयारीका लागि चीनको पाँच दिने भ्रमणमा बेइजिङ् पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली द्विपक्षीय समझदारी वृद्धिको उत्साहवर्धक सन्देश प्रवाह गर्दै गत शनिवार स्वदेश फर्कनुभएको छ । भारतले नै निर्धारण गरेको मितिमा भारतको राजकीय भ्रमण पूरा गरेपछि चीन भ्रमणको अपरिहार्यता बोध गर्दै त्यसको पूर्व तयारीमा लाग्नुभएका प्रधानमन्त्री ओलीका सामु चीन भ्रमणमा जानु अघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडांैमा उतैबाट तोकिएको मितिमा स्वागत गर्नुपर्ने अवस्था सिर्जित भएको अनुभूत भैरहेको छ । अतीतका कटु अनुभवलाई ओझेलमा पारेर नेपालसित नयाँ ढंगले सम्बन्ध विस्तार गर्न आतुर देखिएको भारतले चीनसितको बहुआयामिक सम्बन्ध विस्तारप्रतिको आमनेपाली चाहनालाई र उत्तरतिरबाट खुल्ने सम्भावना देखिएको उज्यालो ढोकालाई निक्कै चासो राखेर हेरिरहेको कुरामा कुनै सन्देह छैन ।
सम्बन्ध सुधारको सही बाटो
Thursday, 04.12.2018, 11:23am
नेपाल भारत सम्बन्ध जटिलतम मोडबाट सरल र सहज बाटोतिर उन्मुख गराउन उच्च राजनयिक तहबाट रचनात्मक पहल भएको आभास भएको छ । नेपालका शक्तिशाली प्रधानमन्त्रीका रुपमा भारतको तिन दिने राजकीय भ्रमण सम्पन्न गरी केपी शर्मा ओली गत आइतवार साँझ स्वदेश फर्किसक्नुभएको छ भने यस पटक उहाँले पाउनुभएको आतिथ्य र द्विपक्षीय वार्ता क्रममा उठाइएका विषय एवं सम्झौता र सहमतिका बुँदाहरू केलाउँदा विद्यमान समस्याहरूको निराकरण र बहुआयामिक सहयोगात्मक सम्बन्ध विस्तारले गतिलिने अपेक्षा बढेको छ । औपचारिक तहबाट भनिने गर्दा नेपाल भारत सम्बन्ध जहिले पनि समस्यारहित, पूर्ण समझदारीमा आधारित, आपसी समझदारी र विश्वासबाट विकसित र सांस्कृतिक सहभाव एवं खुला सिमानाले जोडेको भौगोलिक सहजताबाट अभिसिञ्चित हुँदैआएको छ ।
आर्थिक परनिर्भरताको जञ्जिर
Tuesday, 04.03.2018, 01:44pm
विकास र समृद्धि यतिखेर देशको मूल नारा बनेको छ । राष्ट्रपतिले संसदमा गरेको संबोधनमा होस् अथवा प्रधानमन्त्रीका वारम्वारका कथन हुन् समृद्धि र विकासका कुरा छुट्ने गरेका छैनन् । पाँच वर्षको अन्तरालमा मुलुकको कायापलट नै हुने गरी आर्थिक विकासको गति तीब्रतर पारिने प्रतिबद्धताहरू बिस्कुन सुकाएसरह जताततै छरिएका छन् । देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा अगाडि बढाउनकै लागि संघीय, प्रादेशिक र स्थानीय सरकारहरू प्रतिबद्ध रहेका कुरा हरेक दिन सञ्चार माध्यम छाउने गरेका छन् । तर विधिको शासनको प्रत्याभूति हुने खालका कामको थालनी कुनै पनि क्षेत्रमा भएको थोरै पनि आभास जनताले पाएका छैनन् । राजधानी काठमाडौं धुलो र धुँवाले कुइरिमण्डल छ । नीलो आकाश र हरिया डाँडाकाँडा देख्नै मुस्किल छ भने राजधानीवासीले स्वच्छ हावामा सास पनि फेर्नपाएका छैनन् । 
वैदेशिक हस्तक्षेपको रन्को
Tuesday, 03.27.2018, 12:17pm
युरोपेली संघले गत हप्ता चार महिना अगाडि सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गरेपछि त्यसमा समेटिएका विषयलाई लिएर परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग र प्रेस काउन्सिल नेपालले घोर आपत्ति जनाएका छन् ।  सो प्रतिवेदनले निर्वाचन आयोगबाट जारी आचार संहिताको ठाडो उल्लंघन गर्दै पर्यवेक्षण सम्बन्धी प्रचलित अन्तर्राष्ट्रिय मान्यता र समझदारीपत्र विपरीत नेपालको संविधानको प्रावधानमाथि ठाडो चुनौती दिएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने धृष्टता गरेको सर्वत्र अनुभूत भएको छ । नेपालको घरेलु मामिलामा अनुचित चासो राख्दै जातिय विद्वेष फैलाउने गरी खस आर्यको आरक्षण खारेज गर्न अवाञ्छित सुझाव दिएर सो प्रतिवेदनले जाति विशेषविरूद्ध प्रत्यक्ष परोक्ष रूपमा नकारात्मक विभेद देखाउने घोर आपत्तिजनक काम गरेको छ । नेपाल सरकारले सो प्रतिवेदनमाथि आपत्ति जनाउँदै सच्याउन गरेको आग्रहलाई पनि पर्यवेक्षण टोलीले अस्वीकार गरेको छ ।
झिना मसिना कुरा
Tuesday, 03.20.2018, 11:03am
झिना मसिना कुरा गरेर अव देश उँभो लाग्नसक्ने अवस्था छैन । २००७ सालको आधारभूत राजनीतिक परिवर्तनपछि मुलुकले राजनीतिक आर्थिक, सामाजिक एवं वैदेशिक सम्बन्ध लगायतका हरेक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर पाएको भए पनि संकीर्ण राजनीतिक सोच र व्यवस्थापकीय क्षमता र दृष्टिकोणको अभावमा प्राप्त अवसरहरू गुम्दै गए । आन्तरिक राजनीतिक कलहको बीज झ्यांगिदै गयो । समयक्रममा अनेक प्रकृतिका राजनीतिक प्रयोग भए तर राजनीतिक स्थिरता, विकास र समृद्धिको राष्ट्रिय आकांक्षा सधैं मृगतृष्णा सावित भयो । आत्मनिर्भरताका सम्भाव्य क्षेत्रहरू पनि कमजोर बनाउने क्रम बढ्यो । वैदेशिक हस्तक्षेप र चलखेल नियमित आकस्मिकता जस्तै बन्यो । आन्तरिक स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरेर आन्तरिक आवश्यकताको सम्बोधन गर्ने  गरी राष्ट्रिय क्षमताको विकास गर्ने सोच, दृष्टिकोण र इच्छाशक्ति नै जागृत हुन सकेन ।  
अर्थतन्त्रको उल्टो बाटो
Tuesday, 03.06.2018, 02:40pm
देशको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको आर्थिक सूचकांकहरूले प्रष्ट इंगित गरिरहेका छन् ।  प्रधानमन्त्री केपी ओली स्वयंले राष्ट्रिय ढुकुटी रितै रहेको जनाउ सांसदहरूलाई दिनुभएको ताजा प्रसंग छ । अर्थ मन्त्रालयका जिम्मेदार अधिकारीहरूले व्यापार घाटा ९ खर्ब पुगेको, भुक्तानी सन्तुलन ६ अर्बले  र चालु खाता ७५.७१ अर्बले घाटामा रहेको र बिप्रेषणको वृद्धि दर पनि ०.५५ प्रतिशतले ऋणात्मक रहेको अनि राजस्व असुली पनि लक्षअनुरूप नभएको जानकारी नयाँ अर्थमन्त्रीलाई दिएको खुलाशा भएको छ । आखिर देशको आर्थिक अवस्था किन यति नाजुक स्थितिमा पुग्यो, यसको मूल कारण के हो र यसको जवाफदेहिता कहाँ छ भन्ने अहं प्रश्नको जवाफ दिने कोही निस्केको छैन । बाटो विराएको यात्री आफ्नो गन्तव्यमा कहिल्यै पुग्न सक्दैन भनेजस्तै भएको छ नेपालको अर्थतन्त्र पनि ।
उज्यालो भविष्यतिर लम्किने विश्वास
Tuesday, 02.20.2018, 10:58am
नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली फागुन ३ गते बिहिवार प्रधानमन्त्री नियुक्त हुनुभएको छ । उहाँको सत्ता पुनरागमनलाई नेपाली जनताले निक्कै आशाप्रद दृष्टिले हेरेका छन् । उहाँले २०७२ सालमा जटिल परिस्थितिमा पहिलो पटक प्रधानमन्त्री बनेर नौ महिना सरकार चलाउँदा राष्ट्रियताको पक्षमा दह्रोसंग उभिएर  भारतीय हस्तक्षेप र नाकाबन्दीको जुन रुपमा सामना गर्नुभएको थियो  त्यो नै निर्वाचन जित्ने बलियो आधार बनेको थियो । सत्ता बाहिर रहेर तीनै तहको निर्वाचनमा होमिँदा पनि नेपाली जनताले उहाँको अभियानलाई दरो साथ दिए ।  राष्ट्रहितको पक्षमा उहाँले चालेका कदमहरूलाई जनताले अनुमोदन गरेकाले नै उहाँको सत्ता पुनरागमन स्वाभाविक र सहज बनेको हो । निर्वाचनको पूर्व सन्ध्यामा दूरदृष्टि राखेर एमाले र माओवादी केन्द्रबीच निकट भविष्यमै पार्टी एकीकरण गर्ने सहमतिसहित चुनावी गठबन्धन हुनुले आम मतदातालाई धेरै उत्साहित बनाएको निर्वाचन परिणामले नै देखायो ।  
शहीद दिवसको औपचारिकता
Tuesday, 01.30.2018, 02:53pm
नेपाललाई निरंकुश जहानिया राणा शासनको क्रुर पञ्जाबाट मुक्त गरेर नागरिक अधिकारको बहाली र कानूनी राज्यको स्थापनाका लागि सचेत र संगठित अभियान चलाएका नेपाल आमाका सच्चा सपुतहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ प्रातःस्मरणीय अमर शहीदहरू हुन् । एक शताब्दिदेखि हुकुमी शासन चलाउँदैआएको निरंकुश राणा शासनका विरुद्ध संघर्षको विगुल फुक्ने यी महान आत्माहरूलाई राज्य विप्लबको अभियोग लगाएर वि.सं.१९९७ को माघ १० र १५ गतेको बीचमा तत्कालीन क्रुर शासकहरूले मृत्युदण्ड दिएका थिए । नेपालको राजनीतिक इतिहासमा जिउँदो शहीदका रुपमा लामो समयसम्म चर्चित रहेका टंकप्रसाद आचार्य, रामहरि शर्मा, गोविन्दप्रसाद उपाध्यायलगायतका ऐतिहासिक पुरुषहरूको उत्सर्गपूर्ण भूमिकाको निरन्तरता र देशभित्र र बाहिरबाट राणा शासनविरुद्ध परिचालित मुक्ति आन्दोलनलाई यिनै शहीदहरूको रगतले उर्जा दिएकाले दश वर्षको अन्तरालमा नै २००७ सालमा जहानिया हुकुमी शासनको अन्त्य र प्रजातन्त्रको अभ्युदय भएको थियो ।
सीमा अतिक्रमणको पीडा
Thursday, 01.25.2018, 12:34pm
सीमा व्यवस्थापनमा यथासमयमा समुचित ध्यान नदिँदा उत्पन्न भएको समस्याले नेपालभूमि निरन्तर खुम्चिँदैआएको तथ्य सार्वजनिक हुँदैआएको छ । भारतको अतिक्रमणकारी चरित्र र नेपालका शासकहरूको जवाफदेहिताविहीन प्रवृत्ति एवं भारतसंग खुलेर सीमा रक्षाकाबारेमा कुरा राख्ने क्षमताको अभावले गर्दा नेपालको अखण्डभूमि अतिक्रमणको चपेटामा पर्दैआएको छ । सन् १८१५–१६ को सुगौली सन्धिपछि खुम्चिएको नेपाल अझै पनि खुम्चिने क्रममा रहेको सीमा अतिक्रमणको निरन्तरताका घटनाले पुष्टि गरेका छन् । नेपालको वर्तमान क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर (५६ हजार ८सय २७ स्क्वायर माइल) रहेको अभिलेख छ भने भारतले बेलायती साम्राज्यबाट स्वतन्त्र भएपछिमात्रै पनि नेपालको लगभग १ हजार ३ सय वर्ग किलोमिटर क्षेत्रफलको भूमि अतिक्रमण गरिसकेको सीमाविद्हरूले सप्रमाण प्रस्तुत गर्दैआएका छन् । 
ठूलो अनर्थ निम्तिने संकेत
Tuesday, 01.09.2018, 01:19pm
ताजा जनादेशपछि राष्ट्रिय राजनीति स्वाभाविक गतिमा जुन दिशामा अगाडि बढ्छ भन्ने अपेक्षा र अनुमान गरिएको थियो, ठीक त्यसको विपरीतका गतिविधिहरू प्रायोजित रूपमा अगाडि बढेका छन् । नेपालको आन्तरिक राजनीतिमा अवाञ्छित चलखेल गरी हुँडलो मच्चाउँदै आएको बाह्यशक्तिले नेपाली जनमतले किनारातिर धकेलेका विभिन्न समूह र संवैधानिक जवाफदेहिता बोकेका निकायभित्रै आफ्नो पहुँच र प्रभाव विस्तार गरेर जुन षडयन्त्रात्मक चाल चलिरहेको छ । त्यसले तत्कालका लागि निर्वाचनको परिणाम प्रकाशनमा बिलम्ब र जनादेशका आधारमा नयाँ सरकार गठनमा अवरोध खडा गरेको प्रष्ट अनुभूत गराए पनि मूलतः नेपालको आधारभूत राजनीतिक परिवर्तन र भावी दिशा निर्धारणमा नेपाली जनताको स्वामित्व स्थापित हुन नदिने दुराशय रहेको कुरामा कुनै सन्देह छैन ।
मुलुकको भविष्यमाथि खेलबाड नहोस्
Tuesday, 01.02.2018, 01:46pm
नेपाली जनताले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उत्साहपूर्ण सहभागिता जनाएर आगामी पाँच वर्षका लागि आफ्ना प्रतिनिधि छानिसकेका भए पनि ताजा जनादेश अनुसारको नयाँ सरकार गठन बिलम्बको शिकार बन्ने निश्चित प्रायः देखिएको छ । नेपालको आन्तरिक राजनीतिक दिशा निर्धारण र सत्ता गठन प्रक्रियालाई सतहमा हेर्दा नेपाली जनताको अभिमत नै अन्तिम निर्णायक हुने देखिए पनि पर्दा पछाडिका अनेक खेलले नेपाली जनमतको उपेक्षा गर्ने र निर्दे्शित र नियन्त्रित रुपमा राजनीतिक दिशा निर्धारण गर्ने र सरकार गठनमा पनि निर्णायक भूमिका स्थापित गर्नअनेक प्रपञ्च चल्ने गरेको हिजो जुन अनुभव थियो आज पनि त्यही स्थिति दोहो¥याउने कसरत चलिरहेको प्रचूर आभास भैरहेको छ । जनादेश अनुसारको नयाँ सरकार गठनका लागि कहिले राष्ट्रियसभाको गठन प्रक्रियावारे देखिएको कानूनी जटिलतालाई अगाडि सार्ने र कहिले निर्वाचन आयोग भित्रैबाट प्रक्रियागत बिलम्ब गराउने जुन काम भैरहेको छ त्यो कति स्वाभाविक र कति सुनियोजित हो भन्ने अहं प्रश्न खडा भएको छ ।
अर्थहीन विवाद
Tuesday, 12.26.2017, 11:30am
लोकतान्त्रिक राजनीतिक प्रणालीले सार्वभौमसत्ता सम्पन्न जनताको अभिमतलाई नै राजनीतिक निकासको सर्वोत्तम उपाय स्वीकार गर्दछ । नेपालमा प्रजातन्त्र र लोकतन्त्रको अभ्यासका क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको नवीनतम प्रयोगको पहिलो चरणमा छ । संघीय संसदका निम्ति पहिलो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक मतदानको अन्तिम नतिजा आइसके पनि अर्थहीन विवादका शृङ्खलाले सत्ता राजनीतिको भविष्य अझै सुनिश्चित बनेको छैन । पाँच वर्षको अवधिका लागि पहिलो पटक भएको संघीय संसद र प्रादेशिक संसदहरूको निर्वाचनमा सार्वभौम नेपाली जनताले पाँच वर्षका लागि टिकाउ सरकार दिने, विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने र कुटनीतिक सन्तुलन कायम गरी बाह्य हस्तक्षेपमुक्त सुशासनको प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गरेको वाम गठबन्धनलाई पूर्ण बहुमत दिएका छन् तापनि नियन्त्रित अस्थिरता सिर्जना गर्ने प्रकृतिका असङ्गत खेलहरूको सुनियोजित प्रायोजन भैरहेको वर्तमान परिदृश्यले इंगित गरिरहेको छ ।
जनमतको सम्मान होस्
Tuesday, 12.19.2017, 01:10pm
नेपाल संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम सार्वजनिक भैसकेको छ । प्रत्यक्ष प्रतिनिधित्व र समानुपातिक प्रतिनिधित्वका लागि भएको मतदानको नतिजाले संघीय संसद र प्रादेशिक संसद दुवैतिर वाम गठबन्धनले पाँच वर्षका लागि स्थिर सरकार चलाउन पुग्ने गरी जनताले पूर्ण बहुमत दिएको प्रष्ट बोध गराएको छ । 
निर्वाचनको नतिजाले दिएको सन्देश
Tuesday, 12.12.2017, 02:48pm
मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणनाको नतिजाले नेपाली जनता राजनीतिक स्थायित्व र राष्ट्रिय समृद्धिको ब्यग्र प्रतिक्षामा रहेको सन्देश प्रवाह गरेको छ । केही महिना अगाडि भएको स्थानीय तहको निर्वाचन र अहिले भएको निर्वाचनले विगतमा पटकपटक बहुमत ल्याएर पनि राजनीतिक स्थायित्व र राष्ट्रिय विकास र समृद्धिका लागि रचनात्मक र परिणामदायी योगदान दिन विफल भएको नेपाली कांग्रेसलाई प्रजातन्त्र र लोकतन्त्रको फलाको गर्दैमा र वामपन्थी दलहरूलाई सत्तोसराप गर्दैमा जनताले नपत्याउने पाठ सिकाएको छ । नेपाली जनता समयक्रममा सचेत बन्दैगएका छन् र देश र जनताको भविष्य निर्माणको बाटो तय गर्न स्वयं अग्रसर छन् भन्ने निर्वाचनको नतिजाले दिएको छ ।
निर्वाचनको महाभारत
Tuesday, 12.05.2017, 03:48pm
प्रतिनिधिसभा र प्रदेशसभा गठनका लागि पर्सी  २१ गते बिहिवार दोस्रो चरणको निर्वाचन हुँदैछ । यो निर्वाचन सम्पन्न हुनासाथ मंसिर १० गते पहिलो चरणमा भएको मतदान र दोस्रो चरणमा भएको मतदानको एकसाथ मतगणना सुरू हुने निर्धारित कार्यक्रम छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि पहिलो पटक भएको यो निर्वाचनले विधिको शासन, स्थिर सरकार र युगसापेक्ष विकासको प्रत्याभूति दिनुपर्छ भन्ने आम आकांक्षा मुखरित भैरहेको छ । 
स्वच्छ निर्वाचनका चुनौतीहरू
Tuesday, 11.28.2017, 11:20am
प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ स्थानका लागि हिमाली र उच्च पहाडी ३२ जिल्लामा  मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण र निर्बिघ्न सम्पन्न भएको देखिए तापनि निर्वाचनको स्वच्छता र सुरक्षा प्रबन्धका वारेमा गहन प्रश्न खडा भएको छ । मंसिर २१ गते ४५ जिल्लामा १ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेशसभाका लागि हुने निर्वाचनमा यस्तै सुरक्षा प्रबन्धले निरन्तरता पाउने हो र स्वच्छ निर्वाचनका लागि यस्तै चुनौती खडा हुने हो भने मुलुकले निकट  भविष्यमा के कस्ता  जटिल समस्याहरूको सामना गर्नुपर्ने हो भन्ने पूर्वानुमान नै गर्न कठीन छ । पहिलो प्रश्न सुरक्षा प्रबन्धकै बारेमा उठेको छ ।
प्रमुख मुद्दाहरू सधैं ओझेलमा
Friday, 11.24.2017, 12:56pm
मुलुक अहिले समग्र रुपमा निर्वाचनमय भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका ३२ जिल्लाका क्रमशः ३७ र ७४ सदस्यका लागि हुने मतदानको दिन आउन अब ५ दिनमात्र बाँकी छ । मुलुकका खास राजनीतिक, आर्थिक, सामाजिक मुद्दाहरू के हुन् ती केलाएर तिनको निराकरणका उपायबारे प्रष्ट धारणा र कार्ययोजनाप्रस्तुत गरेर मतदाताहरूलाई आकर्षित गर्ने प्रयास गर्नुभन्दा राजनीतिक गालिगलोज, आरोप प्रत्यारोप, विकास र समृद्धिका आकाश–पताल जोड्ने कुरा गरेर मतदाताको सिंगो पंक्तितलाई भ्रमित पार्ने किसिमका अनपेक्षित अभ्यासहरू अहिले तीब्र वेगवान बनेका छन् । लाग्छ– मुलुक अझै लोकतान्त्रिक राजनीतिक संस्कार निर्माणको बाटोबाट विमुख भैरहेको छ । 
घोषणापत्र कि भ्रम र झूटको पुलिन्दा ?
Wednesday, 11.15.2017, 02:06pm
निर्वाचनको मौसम आउनासाथ मतदाताहरूलाई आकर्षित गर्ने आकांक्षा राखेर घोषणापत्र जारी गर्ने प्रचलनलाई राजनीतिक दलहरूले यस पटक पनि निरन्तरता दिएका छन् ।  निर्वाचनको तिथि मिति तोकिएपछि जनतालाई के के सपना देखाएर आफ्नो पक्षमा तान्न सकिन्छ भन्ने अभिधेय बाहेक घोषणापत्रहरूको कुनै उपादेयता र सार्थकता नरहेको उदाहरण प्रमुख राजनीतिक दलहरूका अघिल्ला अघिल्ला पटकका घोषणापत्रहरूले नै प्रस्तुत गर्दैआएका छन् । मुलुक यतिखेर राज्य पुनःसंरचनाको क्रमबद्ध नयाँ चरणमा छ । केही महिना अगाडि मात्र पुनःसंरचित स्थानीय तहको निर्वाचन निर्बिघ्न सम्पन्न भयो । स्थानीय निकायलाई अधिकार सम्पन्न स्थानीय सरकारका रुपमा स्थापित गरिने प्रतिबद्धतासहितका भाषणका पर्रा छुटे । तर सिंहदरवार केन्द्रित सत्ता मानसिकताको जञ्जालबाट पुनर्संरचित स्थानीय निकायहरू मुक्त भएको कुनै आभास अहिले छैन ।
आचारसंहिताको राजनीतिक पाटो
Tuesday, 11.07.2017, 11:03am
नेपालमा जबजब निर्वाचनको मौसम आउँछ तब तब आचारसंहिता पालना गर्ने गराउने प्रतिबद्धताका पर्रा छुट्छन्  । तर व्यवहार हेर्ने हो भने जुनसुकै तह र चरणको निर्वाचनमा मतदाता आकर्षण गर्ने होडले आचारसंहिता उल्लंघनको महामारी नै चल्छ  । पहिले पहिले मतदान केन्द्र नै कब्जा गरेर एकछापे मतदान गर्नेसम्मका हर्कत सतहमा आउनेगरेका हुन्थे भने अहिले तस्वीरसहितको मतदान परिचयपत्रको कारणले गर्दा मतदानकेन्द्र कब्जागर्ने स्थिति छैन  । अर्कातिर  प्रमुख राजनीतिक दलहरूको संगठन सञ्जाल हरेक मतदान केन्द्रसम्म नै फैलिएकाले र मतदाताहरू पनि क्रमिक रुपमा सचेत बन्दैगएकाले मतदानकेन्द्रमै धाँधली हुने क्रम रोकिएको प्रतीत हुन्छ  । तर मतदाताहरूलाई आर्थिक प्रलोभन दिएर एवं अनेक वस्तु उपलब्ध गराएर आकर्षित गर्ने हर्कत रोकिएको छैन  । कार्यकर्ता परिचालनका नाममा मतदाताहरूलाई भोजभतेरतिर लोभ्याउने जस्ता कामहरू त सामान्य नै भैसकेका छन्  । कतिपय उम्मेदवारले अब चुनावी खर्च धान्न नै मुस्किल हुने भयो (मनी र मसल विना निर्वाचनको सामना गर्न नसकिने अवस्था सिर्जना भयो भन्ने पीडा विगतमा चुनाव जित्ने–हार्ने उम्मेदवारहरूले नै भन्ने गरेका थिए  । 
सम्भावनाको नयाँ ढोका खुल्यो !
Wednesday, 10.11.2017, 01:52pm
नेपालमा जनअनुमोदित ठूलो वामपन्थी दलको रुपमा स्थापित भएको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी र दोस्रो ठूलो वामपन्थी दलको हैसियतमा रहेको सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच आगामी मंसिर १० र २१ गते हुनलागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको पूर्वसन्ध्यामा भएको चुनावी तालमेलको सहमति र अन्ततः पार्टी एकीकरण नै गर्ने गरी विकसित भएको समझदारीले राष्ट्रिय राजनीतिमा ठूलै तरंग पैदागरेको छ । नेपालको आन्तरिक राजनीति सिद्धान्त, विचार र आचरणलाई बलिबेदीमा चढाएर केवल क्षणिक सत्तास्वार्थमा मात्र केन्द्रित हुँदैगएको पृष्ठभूमिमा वैचारिक निकटता देखाइरहेका राजनीतिक दलहरूबीच चुनावी तालमेल र  पार्टी एकीकरणको समझदारी बन्नु र त्यसलाई व्यवहारमा उतार्ने कसरत गर्नुले नेपालको राष्ट्रिय राजनीतिले नयाँ दिशा समत्नलागेको प्रष्ट संकेत गरेको छ ।
  » आचार संहिताको ढोल
  » भ्रष्टाचारको चौतर्फी प्रभाव
  » राष्ट्रहितविरूद्धको सौदावाजी
  » बाढीपहिरोको र डुवानका अन्तर्निहित कारणहरू
  » संकीर्ण स्वार्थका नियोजित खेलहरू
  » आर्थिक समृद्धिको सपना मात्र
  » देखावटी आचारसंहिता
  » निर्वाचन सार्ने घातक निर्णय
  » राजनीतिक प्रदुषणको प्रभाव
  » सन्देहको निवारण होस्
  » सवै पक्षले मनन गर्नुपर्ने बेला
  » म्याक्रोनको जस्तै उदय नेपालमा कति सम्भव ?
  » उपलब्धिमूलक निर्वाचन
  » सन्निकट निर्वाचनको सार्थकता
  » निर्वाचनविरूद्ध असंगत चलखेल
  » नयाँ वर्षको शुभकामना
  » घोषित निर्वाचनको चुनौती
  » प्रधानमन्त्रीको चीन भ्रमण
  » गोविन्द गौतमको हत्या : सीमा अतिक्रमणको पीडा
  » कालो बादल हटेको छैन



 
::| Latest News

 
[Page Top]