युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Wednesday, 11.13.2019, 12:13am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
राष्ट्रिय पोशाकलाई मान्यता
Monday, 08.22.2011, 03:26pm (GMT+5.5)

नेपालको राष्ट्रिय पहिचान र नेपालीको गौरबसंग सम्बन्धित एउटा प्रश्नको हल भएको छ । सर्वोच्च अदालतले गत बिहिबार नेपालको राष्ट्रिय पोशाक दौरासुरुवाल नै भएको फैसला गरेपछि राष्ट्रिय जिम्मेवारीमा बसेकाहरूले राष्ट्रिय पोशाकप्रति देखाएको उदासिनताको पनि अन्त्य हुन्छ भन्ने झिनो आशा पलाएको छ । परिवर्तनको नाममा मुलुकको अति सम्वेदनशील मानिएको विषयमा पनि अनर्थ रुपमा विवाद सिर्जना गर्ने प्रयास बारम्बार भैरहेको बेला आएको सर्वोच्चको फैसलाले राष्ट्रिय पोशाकप्रतिको विवाद एक हदसम्म साम्य भएको मान्न सकिन्छ । नेपालको राष्ट्रिय गीत बदलियो, राष्ट्रिय झण्डा पनि बदल्ने कुरा निकै चर्कोसंग आयो । राष्ट्रिय पोशाकका विषयमा पनि त्यस्तै विवाद उत्पन्न गरिए । राष्ट्रिय गान बदलियो त्यो ठूलो कुरा भएन तर राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाक समेत बदल्ने प्रयास नितान्त असंगत थियो । सर्वोच्च अदालतले दिएको फैसला सह्रानीय मानिएको छ ।

परिवर्तनको अनुभूति जनताको जीवनस्तर र राष्ट्रिय परिस्थितिको सकारात्मक फड्कोबाट मात्र हुन्छ । सिंहदरबारमा पस्नेको अनुहार बदलिएर परिवर्तनको अनुभूति हुँदैन । जनताको जीवनस्तर सुधारिनु पर्छ । राष्ट्र र जनताका लागि केही नगर्ने र आफ्नो कमजोरी लुकाउन जनताको ध्यान अन्तै मोड्ने गरी विवाद ल्याउनै नहुने पक्षमा विवाद खडा गर्ने काम मुलुकका लागि घातक हुन्छ । राजनीतिक स्वार्थका लागि संघीयता र संघीयताभित्र आत्मनिर्णयको अधिकारसहितको जातीय स्वायत्तता दिने पार्टीहरूको घोषणाले मुलुकमा साम्प्रदायिक सद्भाव खल्बल्याउने खतरा उत्पन्न ग¥यो र त्यो अझै टरेको छैन । यही विषयले मुलुकको संविधान निर्माणमा समेत अवरोध खडा गरिरहेको छ । संविधानमा राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाकका बारेमा पनि उल्लेख गर्नुपर्ने हुँदा अब केही हदसम्म सजिलो पारेको छ । संघीयताका विषयमा दलहरूको सहमतिबाहेक अरु कुनै उपाय छैन । अरुलाई घुर्की देखाउने र आफूलाई अरुभन्दा फरक देखाउने नाममा यतिबेला राष्ट्रिय पहिचानका महत्वपूर्ण पक्षहरूमाथि प्रहार भैरहेका छन् । त्यस्तोमा राष्ट्रिय पोशाक पनि परेको हो । मन्त्रीदेखि लिएर उच्च प्रशासकसम्म राष्ट्रिय पोशाकलाई उपेक्षा गर्दै विदेशी पहिरनमा ठाट्टिएर हिंड्ने गरेका छन् । यो लाजमर्दो स्थिति हो । सरकारले यसै आर्थिक वर्षदेखि कर्मचारीहरूका लागि पोशाकको व्यवस्था ग¥यो, तर त्यहाँ राष्ट्रिय पोशाकको महत्वपूर्ण पक्षलाई वेवास्ता गरियो । कर्मचारीहरू सुटटाइमा ठाँटिएर कार्यालय छिर्छन् । के कर्मचारीहरूका लागि राष्ट्रिय पोशाक नै अनिवार्य गर्न सकिंदैनथ्यो ? सर्वोच्च अदालतको निर्णयपछि केही परिवर्तन हुन्छ कि ? आशा गरौं ।

नेपालको राष्ट्रिय पोशाक नेपालको भूगोल सुहाउँदैन भन्ने भन्ने आग्रहजन्य धारणा पनि यदाकदा सुनिन्छ । तराईको गर्मीमा दौरासुरुवालकोट लगाउन त्यति सजिलो छैन भने हिमाली क्षेत्रको जाँडोमा त्यो पोशाकले काम गर्दैन भन्दै राष्ट्रिय पोशाकको मानमर्दन गर्नु नितान्त असंगत कुरा हो । राष्ट्रिय पोशाकको कुनै महत्व छैन भन्नु आफ्नैपनाबिरुद्ध उभिनु हो । राष्ट्रिय चिनारीको रुपमा रहने पोशाकको महत्व स्थापित हुनुमा कुनै लघुताभाष छैन । तर नेपालमा यतिबेला प्रधानमन्त्रीसम्मले विदेश भ्रमणमा जाँदा राष्ट्रिय पोशाक लगाउनुपर्ने आवश्यकता नठानेको विडम्वनापूर्ण स्थिति छ । यस्तो अवस्थाको अन्त्य चाँडै हुनुपर्छ । नेपालको राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाकको विश्व मञ्चमा अलग्गै पहिचान छ । हजारौंको भीडमा नेपाली राष्ट्रिय पोशाक लगाएको व्यक्ति सजिलै छुट्याउन सकिन्छ भने विश्वभरिको झण्डा फहराइएको स्थानमा नेपालको झण्डा सजिलै चिन्न सकिन्छ । यही हो नेपाल र नेपालीको मौलिक परिचय भनेको । यसलाई मास्ने होइन अझ फैलाउँदै जानुपर्छ । भारतमा रहेका नेपाली भाषीहरूले दौरासुरुवाललाई आफ्नो पहिचानको विषय बनाएर आन्दोलनमा उत्रिए तर नेपालमा प्रधानमन्त्री, मन्त्री, सभासद् र उच्च तहका कर्मचारीहरूलाई समेत लोकतन्त्रपछि अनिवार्य राष्ट्रिय पोशाक लगाउनुपर्ने नियम बसाउन सकिएन । पोशाकमा अनुशासन भयो भने व्यक्तिको चरित्रमा पनि अनुशासन कायम हुन्छ । पोशाकले मानिसको व्यक्तित्वमा जसरी निखार ल्याउँछ त्यसले राष्ट्रको परिचयलाई पनि उजिल्याउँदै जान्छ । त्यसैले राष्ट्रिय पोशाकको मानमर्दन हैन यसको सम्मान गर्नुपर्छ । सर्वोच्च अदालतको राष्ट्रिय पोशाक सम्बन्धी फसलालाई कार्यान्वयन गर्नु अब सरकारको दायित्व हो ।



Rating (Votes: )   
Share     Print


Other Articles:
मन्त्रीको सह्रानीय काम (08.15.2011)
जनस्वास्थ्यमाथि खेलवाड (08.09.2011)
लोकतन्त्रलाई नसुहाउने क्रियाकलाप (06.20.2011)
प्राप्त अवसर नगुमोस् (06.06.2011)
सास रहुञ्जेल आश (05.30.2011)
दुर्दिन ननिम्तियोस् (05.24.2011)



 
::| Latest News

 
[Page Top]