युगसम्बाद साप्ताहिक
Yugasambad Saptahik
Sunday, 11.17.2019, 05:13am (GMT+5.5) Home Contact
 
 
::| Keyword:       [Advance Search]  
 
All News  
मुख्य समाचार
सम्पादकीय
दृष्‍टिकोण
आर्थिक
अन्तरर्वाता
विचार विवेचना
साहित्य भाषा
अन्तराष्ट्रिय
खेलकुद
कृति समीक्षा
अन्य समाचार
आजको समाचार
तस्वीरको बोली
दस्तावेज
विशेष रिपोर्ट
 
 
सम्पादकीय
 
समस्या सिर्जना राजनीतिबाटै
Monday, 08.29.2011, 02:06pm (GMT+5.5)

गृह मन्त्रालयले मुलुकको शान्ति सुरक्षा कायम गर्न १० वटा चुनौति रहेको हालै सार्वजनिक गरेको ती चुनौतिहरूमध्ये राजनीतिको नाममा मौलाउँदै गएको आपराधिक गतिविधि, अन्तरदेशीय अपराध, राजनीतिक दलहरूका भातृ संगठनहरू, तराई तथा पहाडका सशस्त्र समूह शान्ति सुरक्षाका लागि चुनौति बनेका छन् सार्वजनिक भएका यी चुनौतिको सामना गर्न अहिले राज्य सक्षम देखिएको छैन अपराधमा पनि राजनीतिकरण सुरक्षा निकायमा पनि राजनीतिकरण भएपछि मुलुकको शान्ति सुरक्षाको अवस्था कमजोर हुनु स्वाभाविक हो सानो होस् वा ठूलो होस् कुनै राजनीतिक दलको सदस्य भएपछि अपराधीले खुलेआम अपराध गर्ने छुट पाउने अवस्था रहेका कारण गृह मन्त्रालयले तयार गरेको चुनौतिको समाधानका लागि मुलुकका सबै राजनीतिक दलहरूबाट सामूहिक श्वेत पत्र जारी हुनुपर्छ अहिले जति पनि विकृति, विसंगतिहरूको जन्म भएको त्यसको सम्बन्ध राजनीतिसंगै जोडिएको

मुलुकको शान्ति सुरक्षा कायम गर्ने सवालमा राजनीतिमा बढ्दै गएको अपराधीकरण प्रमुख समस्याको रुपमा किटान गरिएको अन्तरदेशीय अपराध संसारकै समस्या हो तराईका सशस्त्र समूहहरू पनि राजनीतिक दाउपेचकै गोटी बनिरहेका अनेक सन्दर्भ देखिन्छन् पहाडका लिम्बुवान-खम्बुवानका गतिविधि पनि समस्याकै विषय बनिरहेको तर राज्य ती संगठनहरूका मागका बारेमा गहन रुपले प्रस्तुत हुन सकिरहेको छैन त्यस्तै राजनीतिक दलका भातृ संगठनहरूले मच्चाउने अपराधबारे पनि उनीहरू मौन रहन्छन् पछिल्लो समयम युथफोर्सले मच्चाइरहेका काण्डरु एकपछि अर्को गर्दै सार्वजनिक हुँदा अपराधीको किटानी हुँदा पनि प्रहरीले पक्राउ गर्न नसकेको शीर्ष नेताहरूको संरक्षणमा अपराधी रहेको समाचार सार्वजनिक हुनु लाजमर्दो स्थिति हो युथ फोर्ससंगै वाईसीएलको गतिविधि पनि त्यस्तै हालका दिनमा वाईसीएलको आपराधिक क्रियाकलाप सुनिएका छैनन् तर विगतमा मान्छे मारेको अभियोग लागेकालाई समेत पार्टीले कानुनी कार्बाहीको बाटो खोलिदिनुको साटो संरक्षण दिएर राख्यो यी केही सामान्य घटना मात्र हुन् अपराधीलाई कार्बाही गर्न खोज्ने प्रहरी अधिकृतलाई सरुवा गराइदिने, आफू अनुकूलको परिस्थिति सिर्जना गराउन दवाव दिने गरी सुरक्षा निकायमाथि हुने चलखेल पनि मुलुकको शान्ति सुरक्षाका लागि ठूलो चुनौति मानिएको

विगत चार वर्षयता मुलुकका उत्पन्न भएका समस्याको लेखाजोखा नै छैन तराई पहाडी क्षेत्रमा गरेर सयभन्दा बढी सशस्त्र समूह यसबीचमा जन्मिए यसको गर्भादान कसले ¥यो, किन ¥यो भन्ने सबैले जाने बुझेकै छन् तापनि त्यसलाई सच्याउने हिम्मत कसैको पनि छैन सत्ता स्वार्थका लागि जे गर्न पनि तयार हुने राजनीतिक नेतृत्वको गलत क्रियाकलापकै परिणाम अहिलेको समस्या हो संक्रमणकालमा यस्तै हुन्छ भनेर नेताहरूले अपराधकर्मलाई सामान्य रुपमा लिएका कारण मुलुकमा अपराधिकरणले संस्थागत विकास गर्ने मौका पायो अन्तर्राष्ट्रिय आपराधिक गिरोहको चलखेलसमेत एकाएक बढ्न पुग्यो नेपालमा यसबीचमा अन्तर्राष्ट्रिय आपराधिक गिरोहका कारण ठूलठूला काण्ड मच्चिएका छन् जमीम शाह हत्या काण्ड, युनिस अन्सारीमाथि गोली हानिएको काण्ड, नक्कली भारतीय रुपैयाँका खेल, लागू औषध तस्करी, हातहतियार ओसारपसार जस्ता घटनाहरू बढिरहेको प्रहरीको दावी रहे पनि त्यसलाई निस्तेज पार्ने संयन्त्रको विकास अझै हुन सकेको छैन

हरेक अपराध कुनै कुनै रुपमा राजनीतिसंगै जोडिएर आउने हुँदा पनि प्रहरीको मनोबल बढ्न सकेको छैन मुलुकको शान्ति सुरक्षामा पैसाका लागि हुने अपराध राजनीतिक स्वार्थका लागि हुने अपराध गरी दुई किसिमका अपराध निकै चुनौतिपूर्ण मानिएका छन् राजनीतिको नाममा हुने अपराधले मुलुको समग्र संयन्त्रलाई पक्षघातको शिकार बनाइरहेको सन्दर्भमा गृह मन्त्रालयले देखेको सुरक्षा चुनौतिलाई समाधान गर्न राजनीतिक नेतृत्व नै अग्रसर नभएसम्म सकारात्मक परिणाम आउन सक्दैन तर देशमा अहिले राजनीतिक संरक्षणमा आपराधिक गतिविधि जुनरुपले बढेका छन् तिनलाई हेर्दा सुरक्षा चुनौतिको सामना सहजै हुन कठिन यो दुःखद पक्ष हो



Rating (Votes: )   
Share     Print


Other Articles:
राष्ट्रिय पोशाकलाई मान्यता (08.22.2011)
मन्त्रीको सह्रानीय काम (08.15.2011)
जनस्वास्थ्यमाथि खेलवाड (08.09.2011)
लोकतन्त्रलाई नसुहाउने क्रियाकलाप (06.20.2011)
प्राप्त अवसर नगुमोस् (06.06.2011)
सास रहुञ्जेल आश (05.30.2011)
दुर्दिन ननिम्तियोस् (05.24.2011)



 
::| Latest News

 
[Page Top]